Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, April 28, 2013

१० बर्से बालिका बलात्कृत प्रहरी फन्दामा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

राजविराज, वैशाख १५ - सप्तरीको कञ्चनपुर गाविस ९ की १० वर्षीया बालिकाको बलत्कृत भएकी छिन् । कञ्चनपुर गाविस वडा नम्बर ९ की ती बालिका शनिबार साँझ घर नजिकैको पसलमा बलात्कृत भएकी हुन् ।
घर नजिकै रहेको पसलमा सामान खरीद गर्न पुगेकी ती बालिकालाई पसलधनी ३० वर्षीय  हरेन्द्र यादवले बलात्कार गरेको पीडित परिवारको दाबी छ ।
जिल्लाकै गोबरगाढा गाविसस्थित उपस्वास्थ्य चौकीका इन्चार्ज समेत रहेका अहेव देवको पसलमा समान खरीद गर्न पुगेको बखत ती बालिकालाई देवले जर्बजस्ती बलात्कार गरेको पीडित परिवारलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पीडित बालिकाको शनिबारै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ ।
यता घटनापछि फरार भएका अहेव देवलाई सप्तरी प्रहरीले आइतबार जिल्लाको भारदहस्थित भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ परेका देवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
'पीडित परिवारले अहेव देवमाथि कारबाही गर्न दिएको जाहेरीको आधारमा हामीले अनुसन्धान सुरु गरिसकेका छौं', जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी श्यामसिंह चौधरीले भने, 'पीडित र पीडक दुवैको स्वास्थ्य जाँच भईसकेको छ, रिपोर्ट आएपछि आरोपीतको अपराध प्रमाणित हुनेछ ।'
पक्राउ परेका अहेव देवलाई प्रहरीले हाल जिल्ला प्रहरी कार्यालयको थुनुवा घरमा राखेको छ । उनले पत्रकार सम्मेलनमा आफु निर्दोष भएको दाबी गरेका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला