Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, May 12, 2013

देशमा निरंकुशता संस्थागत रुपमा मौलाउँदै गएको छ ः भन्छन कांग्रेस नेता घिमिरे

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रामेछाप । बेशाख २८गते, 
नेपाली काग्रेसका नेता लक्ष्मण प्रसाद घिमिरेले खिलराज रेग्मीलाई मन्त्रीपरिषद अध्यक्ष बनाएर सुरु भएको निरंकुशता लोकमानसिँह कार्कीलाई अख्तियार प्रमुख बनाउँदा झन् मौलाउँदै गएको बताउनु भएको छ । देश अहिले अदृश्य शक्तिले चलाएको बताउँदै घिमिरेले देखिने शक्तिसँग भन्दा अदृश्य शक्तिसँग लड्न निक्कै गारो हुने बताउनु भयो ।  
घिमिरेले देशमा निरङकुशता बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्नु भयो । सुगौली सन्धि पछि देश अहिले सबैभन्दा बढी संकटमा परेको घिमिरेले बताउनु भयो । नेपाल टे«ड युनियन काग्रेस स्वतन्त्र रामेछापको पाँचौ जिल्ला अधिवेशनको शनिबार मन्थलीमा उद्घाटन गर्दै घिमिरेले खिलराजलाई सत्ता बुझान दलहरुलाई अदृश्य शक्तिले उत्पे्ररित गरेको बताउनु भयो । 
उहाँले माओवदी अध्यक्ष प्रचण्डले शिविरमा हुँदै नभएका लडाकुहरुको नाममा ५ करोड ६१ लाख रुपैयाँ  भन्दाबढि लिएर भ्रष्टाचार गरेको आरोप लगाउदै यस्ता भ्रष्टचारी नेताले मुलुकको नेतृत्व लिन नसक्ने बताउनुभयो  । उहाँले प्रचण्ड आफु प्रधानमन्त्री हुन लालायित भइरहेको भएपनि नेपाली कांग्रेसले अब उनलाई सहयोग नगर्ने बताउनुभयो । माओवादी अहिले पनि चुनावमा जाने मानसिकतामा नरहेको बताउनु भयो । नेपालका राजनितिक दल र तीनका नेताहरु असक्षम छन् भन्ने कुरा प्रमाणित गराउन अदृश्य शक्ति लागेको उहाँको आरोप थियो ।
घिमिरेले प्रजातन्त्रको संस्थागत विकास भए मात्र ट्रेड युनियन अधिकार स्थापीत हुन सक्ने बताउँदै अहिले लोकतन्त्र खतरामा परेकोले यसको स्थापनाको लागि फेरी आन्दालनमा जानु पर्ने अवस्था आउन सक्ने भएकोले तयारी अवस्थामा रहन समेत आग्रह गर्नु भयो । 
कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सभापति रामचन्द्र खड्का, पूर्व सभापति आङटावा शेर्पा, विद्यार्थी नेता रत्न कार्की लगायतले बोल्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रसिंह धामीको अध्यक्षतामा भएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला