भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, वैशाख ४ - सातामा थप ४३ उडान गर्ने गरी नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच नयाँ हवाई सेवा सम्झौता भएको छ । मंगलबार भएको सम्झौताअनुसार अब दुई मुलुकका विमान कम्पनीले साताको ७० उडानसम्म (यात्रुबाहक) गर्न पाउने भएका छन् ।
यसअघिको सम्झौतामा साताको २७ उडान (यात्रुबाहक) र १ उडान कार्गोको थियो । अब पूरै ७० उडान नै यात्रुबाहकको हो । कार्गो उडानको सीमा तोकिएको छैन । नयाँ सम्झौतामा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरे र यूएईका तर्फबाट नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक ओमार बिन गालिबले हस्ताक्षर गरे । पहिले सीमित संख्या तोकिँदा
यूएईबाट सञ्चालन हुने विमान कम्पनीले उडान थप्न तथा नयाँ विमान कम्पनीले सेवा सुरु गर्न नसकेको गुनासो बढ्दो थियो ।
त्यसैले सरकारले टप (टेम्पररी अपरेटिङ परमिट) का आधारमा साताको थप १४ उडान सेवा दिएको थियो । सम्झौतामा भएको सबै उडान संख्या खपत गर्ने मुलुकलाई यस्तो सुविधा दिने प्रावधान छ । यूएईसँगको हवाई सेवा सम्झौता पुनरावलोकन एक वर्षअघि गर्ने भनिएको थियो । त्यतिबेला एयर अरेबियालाई पाँचौं स्वतन्त्रता अधिकार दिने विषयमा ठूलो विवाद सिर्जना भएपछि यो काम पछाडि धकेलिएको हो । गत फागुन ४ मा मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र पुनरावलोकनको वार्ता अगाडि बढेको हो । अझै पनि पाँचौं स्वतन्त्रता अधिकारका विषयमा सम्झौता मौन छ । उद्गम स्थानबाट काठमाडौं आएर यहाँबाट फेरि नयाँ यात्रु बोकेर अर्को गन्तव्यमा उडान गर्न पाउने अधिकार पाँचौं स्वतन्त्रता अधिकार हो ।
सन् १९९९ मा भएको पहिलो हवाई सम्झौताअनुसार नेपाल र यूएईका विमान कम्पनीले साताको ११ उडान गर्न पाउने व्यवस्था थियो । यो संख्या अपुग भएपछि सन् २००७ मा सम्झौता पुनरावलोकन गरी उडान गर्न पाउने संख्या २८ पुर्याइएको थियो । मालबाहक उडानतर्फ दुवै पक्षका तोकिएका विमान कम्पनीले जुनसुकै प्रकारको जहाज प्रयोग गरी साताको जतिसुकै संख्यामा उडान गर्न पाउने नयाँ सम्झौता भएको छ । सम्झौताअनुसार यूएईको मान्यता प्राप्त विमान कम्पनी या त्यसको तेस्रो पक्षीय कोड सेयर साझेदार विमान कम्पनीलाई नेपाल प्रवर्द्धनका लागि प्रोत्साहन गर्ने सहमति पनि भएको छ । मन्त्रालयका अनुसार यसका लागि नेपाल पर्यटन बोर्ड तथा यूएईका विमान कम्पनीबीच छुट्टै सम्झौता हुने छ । एउटाले उडान गर्ने तर अर्कोले मार्केटिङ गरेर सेवा सञ्चालन गर्नुलाई कोड सेयर उडान भनिन्छ । यात्रुका लागि सुरुमा यसलाई बुझ्न गाह्रो भए पनि लामो दूरीको यात्राका लागि यो सजिलो बाटो भएको विमान कम्पनीहरूको दाबी छ । हाल यूएईबाट एयर अरेबिया, इत्तिहाद, फ्लाई दुबई, र्याक एयरवेजले सेवा सञ्चालन गरिरहेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला