Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, August 22, 2013

पुर्ब लडाकु हरुलाई सेनाको अधिकृत बनाउदै

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र ६ - माओवादी सेनाका ७० पूर्वलडाकुले सोमबार नेपाली सेनाको उपसेनानी (लेफ्टिनेन्ट) को दज्र्यानी चिह्न लगाउने भएका छन् । अधिकृत तहको भर्ना, छनोट उत्तीर्ण ७१ मध्ये ७० जनाले आधारभूत तालिम पूरा गरेका हुन् । एक जनाले भने स्वास्थ्यका कारण बीचमै छाडेका थिए ।
सैनिक प्रवक्ता सहायकरथी सुरेशराज शर्माका अनुसार सोमबार दज्र्यानी चिह्न लगाएपछि सबैलाई तीन महिनाको 'बि्रजिङ कोर्स' मा सहभागी गराइनेछ । विभिन्न तालिमपछि क्रमशः माथिल्लो पद दिइनेछ ।
लडाकु समायोजनसम्बन्धी विशेष समितिले पूर्वलडाकुमध्येबाट एक जनालाई कर्णेल -महासेनानी), दुई जनालाई लेफ्टिनेन्ट कर्णेल -प्रमुख सेनानी), १३ जनालाई मेजर -सेनानी), ३० जनालाई क्याप्टेन -सहसेनानी) पद दिने निर्णय गरिसकेको छ । बाँकी उपसेनानी हुनेछन् । एमाओवादीले यामबहादुर अधिकारीलाई कर्णेल र लेफ्टिनेन्ट कर्णेल वासुदेव घिमिरे र पदम लामालाई दिने निर्णय गरिसकेको छ । वरिष्ठता, सेवा अवधि, शिक्षालगायत आधारमा अन्य पद वितरण गरिनेछ ।
शिविर रहँदासम्म इलामको चुलाचुलीस्थित पहिलो डिभिजनका कमान्डर अधिकारीले २०६१ सालमा कृष्णभीरमा माओवादीले गरेको एम्बुस आक्रमणको नेतृत्व गरेका थिए । उनी युद्धकालमा 'प्रतीक्षा' उपनामले चर्चित थिए । शिविरमा रहँदा घिमिरे नवलपरासीस्थित चौथो र लामा सिन्धुलीस्थित दोस्रो डिभिजनको उपकमान्डर थिए ।
सेनाका अनुसार आधारभूत तालिम सकेका २५ उपसेनानीलाई थप ६ साताको पेसासम्बन्धी ज्ञान, सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकाबारे तालिम दिइनेछ । सहसेनानी र सेनानीका उम्मेदवारलाई ६ साताको प्रथम चरणको तालिमपछि सहसेनानीमा पदोन्नति गरिनेछ । छ साता कम्पनी कमान्डर एन्ड स्टाफ कोर्स -सीसीएससी) तालिमको परिमार्जित सिलेबल्स र एक साता सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकासम्बन्धी तालिमपछि ३० जनालाई सहसेनानी र बाँकी १६ अधिकृतलाई सेनानी दर्जा प्रदान गरी इकाईमा पठाइनेछ ।
सेनानी १६ मध्ये ३ जनालाई गणपति तालिम गराई त्यसपछि प्रमुख सेनानीमा पदोन्नति गरिनेछ । र, एक जना प्रमुख सेनानीलाई महासेनानीमा पदोन्नतिका लागि नेपाल सरकारमा सिफारिसको प्रक्रिया अघि बढाइनेछ । महासेनानीका लागि मन्त्रिपरिषद्को स्वीकृति चाहिन्छ । गणपति तालिमको समयतालिका मिलेको अवस्थामा अधिकारी यसै वर्षभित्र महासेनानी बन्नेछन् ।
अधिकृतसहित समायोजन रोजेका सबै पूर्वलडाकु सेनामातहतको राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयमा खटिने छन् । सेनाको मेजर जनरल -उपरथी) ले नेतृत्व गर्ने महानिर्देशनालयलाई निकुञ्जबाहेकको वन र औद्योगिक सुरक्षा, दैवीप्रकोप उद्धार र विकास निर्माणको जिम्मेवारी तोकिएको छ ।  
पूर्वलडाकुले पाउने पद -अधिकृत तह)
महासेनानी :    १
प्रमुख सेनानी :    २
सेनानी :     १३
सहसेनानी :   ३०
उपसेनानी :    २४
जम्मा :       ७०
अधिकृतमुनिका पद
सुवेदार :    १४
जमदार :   ४२
हुद्दा :        १७०  
अमल्दार :    १९३
प्यूठ :      १८०
सिपाही :   ७५३
जम्मा :       १३५२

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला