भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 |


तपाइँ एनसेल चलाउनु हुन्छ र तपाइँका आफन्त विदेशमा छन् भने एनसेलको नयाँ अफर तपाइँका लागि लाभदायक हुने देखिन्छ। एनसेलले नयाँ अफरका रुपमा अन्तर्राष्ट्रिय आगमन कलमा असार २६ देखी ‘कल आयो पैसा पायो’ सुरु गरेको छ। यो उपहार योजनामा एनसेल प्रयोगकर्ताले ११३१ मा फोन गरेर सहभागी हुन पाउने छन्।कल गरेर योजनामा सहभागी हुनेहरुले आफ्नो एनसेलको नम्बरमा विश्वको कुनैपनि देशबाट आएको फोनमा कुराकानी गर्दा प्रति मिनेट एक रुपैंया बोनस पाउने छन्। यसरी पाउने बोनसमा उनीहरुले एक पटकमा अधिकतम ३० रुपैंया सम्म बोनस पाउने एनसेलले जनाएको छ।यो योजनामा पाएको बोनस ब्यालेन्स रकम एनसेलको नेर्टवर्क भित्र कुरा गर्न, एस.एम.एस, एम.एम.एस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ। उक्त रकम पाँच दिनभित्र प्रयोग गरिसक्नु पर्ने एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सन्जु कोइरालाले बताइन्। कोइरालाले यसखालको योजनाले एनसेलका प्रयोगकर्तालाई विदेशमा रहेका आफन्तसँग कुराकानी साथै केही रकम पनि बोनस पाउँदा थप उत्साहित बनाउने आशा राखेको बताइन्।एनसेलले केही समय अघि देखी यो योजना लुम्बिनी र राप्तीमा मात्र लागु गरेको थियो। यसखालको बोनस रिचार्ज उपहार योजनालाई देशभर लगेपछि विदेशमा आफन्त भएका परिवारलाई आफन्तले फोन गर्दा केही रकम उपहारका रुपमा पनि प्राप्त हुनेछ। यो विदेशबाट आएको फोन उठाउँदा बोनर रकम प्राप्त हुने यो योजना आगामी असोज २४ सम्म रहनेछ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला