![]() |
मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठको रणनीति पूरै 'फ्लप' भएको खेलमा नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक थियो । सबैभन्दा कमजोर पक्ष रिसिभ रह्यो । लिबरो पुष्पजंग मल्ल दबाबमा देखिए र एकपछि अर्को गल्ती गरे । अन्य खेलाडी मिलन मल्ल, सञ्जय अर्याल, सुनील श्रेष्ठ, महेन्द्र श्रेष्ठ, कुलबहादुर थापाले अंक बटुले पनि त्योभन्दा बढी गल्तीलाई निरन्तरता दिए ।
'नतिजाले देखाए जस्तो खेल एकतर्फी थिएन,' माल्दिभ्सका प्रशिक्षक मोहम्मद सराफले भने,'खेल प्रतिस्पर्धात्मक थियो । तर नेपाली खेलाडीमा अनुभवको कमीले गर्दा हामीलाई सहज भयो । साथमा उसका राम्रो खेलाडी लिफ्टर इम रानालाई रोक्ने रणनीतिमा सफल भयौं ।'
प्रशिक्षक श्रेष्ठले सुरुआतमा ओपन स्पाइकरमा कैलाश भट्टको स्थानमा मिलन मल्ललाई खेलाएका थिए । पहिलो सेट २५-१७ ले गुमाएपछि उनले दोस्रोमा खुसी चौधरीलाई लिफ्टरमा ल्याए र इमलाई स्पाइकरका रूपमा प्रयोग गरे । खुसीले पनि राष्ट्रिय टिममा डेब्यु गरे । तर त्यो सेट पनि नेपालले २५-१९ ले गुमायो । अन्तिम सेटमा नेपाल २०-१८ ले पछि पर्दामात्र कैलाशलाई भित्र्याएका थिए । तेस्रो सेटको अन्त्यमा नेपालको टिम सेट जस्तो देखिए पनि त्यो घरेलु दर्शकलाई खुसी पार्न अबेर भइसकेको थियो । प्रशिक्षक श्रेष्ठले टिमले १७/१८ अंक जोडेपछि रोकिनुको पछि अनुभवको कमी, कम तयारी, जम्पको कमी रहेको बताए । श्रीलंकाले सोमबार उपाधिका लागि माल्दिभ्सको सामना गर्नेछ । श्रीलंकाले आइतबार अफगानिस्तानलाई ३-० को सोझो सेटमै हरायो ।
टिकटबाट ३ लाख नेपाल भलिबल संघले टिकटबाट ३ लाख ३२ हजार ७ सय रुपैयाँ उठाएको छ । संघले दिएको जानकारीअनुसार आइतबार टिकटबाट १ लाख ५० हजार उठेको छ ।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला