![]() |
फोनमा तपाईको वा तपाईले कुरा गर्न चाहेको ब्यक्तीको पहुँच छैन भने पनि भिओआईपी प्रविधी बाट देशभित्रै कल गरे सरहको दरमा बिदेश कुरा गर्न सक्नु हुन्छ।
दुवै तर्फ प्रविधीको पँहुच छ भने वाईफाई भएको वा राम्रो जिपीआरएस ईन्टनेट सुबिधा भएको मोबाईल बाट तपाईनिशुल्क कुरा गर्न सक्नु हुन्छ। आउनुहोस यस किसीमको सुबिधा प्रदान गर्ने केही कहलिएका साईटहरुबारे चर्चा गरौ।
भाईवर (Viber)
यस एप्लीकेशनको साहायताले भिओआपी (Voice-Over-Int ernet- Protocal) प्रविधीबाट वाईफाई वा थ्रिजी (3G) प्रविधी नेटवर्कमा आवद्द भएको मोबाईलमा टेलीफोनमा कुरा गरे झै कुरा गर्न सकिन्छ। निशुल्क रुपमामा पाईने यो सफ्टवेयर एन्ड्रोईड (Android), ब्लाकबेरी (BlackBerry), आईओस (iOS), सिम्बायोन (Symbion), विन्डोज मोबाईल (Windows Mobile) अपरेटिङ्ग सिस्टम (OS) जडान भएको मोबाईलमा ईन्सटल गर्न सकिन्छ।
मोबाईलमा यो सफ्टवेयर ईन्सटल भए पछी प्रयोगकर्ताको मोबाईल नम्बरलाई यसले युजरनेम को रुपमा ग्रहण गर्दछ जसले गर्दा एप्लीकेशन सिन्क्रोनाईज (Synchronize) हुने
यसेको मुख्या सर्भरमा सम्पर्क स्थापित गरी तपाईको मोबाईल कन्ट्याक्ट लिष्टमा भएकाहरु मध्ये कसकसले पहिले नै भाईवर चलाई रहेका छन सो देखाउछ र ति कन्ट्याक्टहरु सँग तपाई ईन्टरनेटको माध्यमबाट निशुल्क कुरा गर्न सक्नु हुन्छ।
यसमा अन्य केही भिओआईपी (VOIP) सफ्टवेयर जस्तो कन्टयाक्ट जोड्न पर्ने, स्वीकृत नहुन्जेल पर्खनु पर्ने, छुट्टै सर्म्पर्क सूची बनउनु पर्ने
जस्ता झन्झट हुदैन।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला