भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 |

म्याग्दी साउन, ९ गते । जिल्ला कारागार म्याग्दीमा रहेका कैदी तथा बन्दीहरुले उडुस र लामखुट्टेको टोकाईबाट रातमा निदाउन नपाएको गुनासो गरेका छन् । गर्मि समय सुरु भएसंगै कारागारमा उडुस र लामखुट्टले टोकेर रातमा निदाउन नदिने समस्या देखीएपनी कारागार प्रशासनले आफुहरुको समस्याप्रति वेवास्ता गरेको कैदी ÷बन्दी शिब पाईजाले मेरोजिल्ला डट कम लाई बताए । रातभरी सुत्ननै पाईदैन् कैदीबन्दी पाईजाले मेरोजिल्ला डट कम लाई भने –‘‘ उडुस मार्ने विषादी छर्केको भएपनी केही राहत भएको छैन् ।’’ गर्मी बढेसंगै कारागारभित्र उडुस संगै लामखुट्टेको संक्रमण बढेकाले रातभर ी राम्रो संग निदाउन नपाउने कैदी नाईके राम वहादुर विकले गुनासो गरे । सवैसंग मच्छेडबाट जोगीनका लागी झुल समेत छैन् उनले भने । यता कारागार प्रशासनले उडुस नियन्त्रणको लागी जति प्रयास गरेपनी पुर्ण रुपमा निर्मुलन पार्न नसकेको जनाएको छ ।
पटक पटक उडुस माने र् विषादि प्रयोग गरेको भएपनी समस्या समाधान नभएको जिल्ला कारागार म्याग्दीका निमिक्त जेलर रमेश रेग्मीले मेरोजिल्ला डट कम लाई बताउनुभयो । यसैविच क्षमता भन्दा दोब्बर बढि कैदी बन्दी रहेको म्याग्दी कारागार मा गर्मीको समयमा एकैठाउँमा बस्नुपर्दा समस्या हुने गरेको भन्दै कैदीबन्दीहरुले पङ्खाको व्यवस्था गर्न माग गरेका छन् । विभिन्न को ठामा मिलेर सुन्ने भएकाले १० वटा पङ्खाको व्यवस्था गरिदिन उनीहरुले कारागार प्रशासन र विभिन्न संघ संस्थालाई आग्रह गरेका छन् । कारागारमा सुरक्षाकर्मी, प्रशासन र कैदीबन्दी सवैलाई गर्मिको समयमा पंङखाको आवस्यकता पर्ने भएपनी व्यवस्थापन गर्न नसकिएको निमित्त जेलर रेग्मीले मेरोजिल्ला डट कम लाई बताउनुभयो । उहाँका अनुसार ३० जना पुरुष र ७ जना महिला क्षमताको कारागारमा अहिले ६० जना पुरुष र ७ जना महिला गरि ६७ जना कैदीबन्दी रहेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला