Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, July 20, 2013

अन्तर्राष्ट्रिय फुटबलमा हार बेहोर्दै आएको नेपाल उपाधिमै केन्द्रित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, श्रावण ५ - अन्तर्राष्ट्रिय फुटबलमा हार नियमित बेहोर्दै आएको नेपालले दोस्रो साफ यू-१६ च्याम्पियनसिप जित्ने प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । दक्षिण एसियाली आठमध्ये सात देश सहभागी प्रतियोगितामा उपाधि जित्ने दाबी गर्ने उनी एक्लो हुन् । ६ पाहुना टोलीले भने स्तर सुधार गर्ने लक्ष्य बनाएका छन् ।
'व्यक्तिगत र टिम सेटका रूपमा सबै खेलाडी राम्रा छन् । त्यसैले उपाधि जित्ने लक्ष्य छ,' महर्जनले भने । विगतको तुलनामा टेक्निक, ट्याक्टिस र शारीरिक रूपमा अहिलेको टिम उत्कृष्ट भएको उनले बताए । उनको टिमले भुटानविरुद्धको खेलसँगै शनिबार समूह 'ए' को यात्रा सुरु गर्नेछ । नेपालले अफगानिस्तानविरुद्ध सोमबार र डिफेन्डिङ च्याम्पियन पाकिस्तानविरुद्ध बुधबार खेल्नेछ । भुटान र अफगानिस्तान साफ यू-१६ मा नयाँ टिम हुन् ।
'भुटानविरुद्ध खासै चिन्ता लिनुपर्ने छैन । तर, बढी आत्मविश्वासी हँुदैनौं,' महर्जनले भने । डेढ-दुई वर्षयता एन्फा एकेडेमीमा रहेका १६ खेलाडी नेपाली टिममा छन् । बाँकी ७ खेलाडी ३ महिनाअघि भएको प्रतिभा छनोटबाट लिइएको हो । एकेडेमीमा रहेका खेलाडीले इरानमा यू-१३, काठमाडौंमा यू-१४ फेस्टिभल र जापानमा किजुना बोन्ड प्रोजेक्ट -दक्षिण एसियाका ८ र जापानका २ टिम सहभागी) खेलेका थिए । ती अनुभव साफमा काम लाग्ने प्रशिक्षकको विश्वास छ ।
'यू-१४ फेस्टिभल र जापानमा गरेको प्रदर्शन तथा अभ्यासका आधारमा अहिलेको टिममा राम्रो सम्भावना देखेको छु,' महर्जनले भने । अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न नसक्ने नेपालको कमजोरी साफ यू-१६ मा हटाउने उनले बताए । 'सिनियर टिमसँगको मैत्रीपूर्ण खेलमा निरन्तर गोल गरे । त्यसैले गोलको समस्या अभाव नहोला,' उनले भने ।
यू-१६ ले अढाई महिने तयारीमा जावलाखेल, संकटा, सरस्वती, एपीएफ, थ्री-स्टार, नेपाल यू-२३ र सिनियर टिमसँग १० खेल खेलेको थियो । उसले एपीएफ, सरस्वती र जावलाखेललाई हरायो । चार खेल बराबरीमा टुंगिए । बंगलादेशविरुद्ध २०६९ असोजमा सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड विमल घर्तीमगर, अञ्जन विष्ट, मिडफिल्डर हेमन्त थापामगर -कप्तान) अनिल राई र डिफेन्डर अनन्त तामाङ मुख्य खेलाडी हुन् ।
विमल, हेमन्त, अनिल र अनन्तले सिनियर राष्ट्रिय टिमसँगै ३ साता अभ्यास गरेका छन् । त्यसैले आफ्नो टिममा साफ यू-१६ च्याम्पियन बन्ने क्षमता भएको महर्जनले बताए । असोज ९-१३ मा काठमाडौंमा हुने एएफसी यू-१६ च्याम्पियनसिप छनोटको तयारी पनि हो, साफ यू-१६ । त्यसमा नेपालले बलिया प्रतिद्वन्द्वीहरू इराक, बहराइन र तुर्कमेनिस्तानविरुद्ध खेल्नुपर्नेछ । त्यसैले साफ यू-१६ नेपालको क्षमता नाप्ने अवसर हुनेछ । 'साफ यू-१६ जित्दै एएफसी छनोटमा टिमलाई  आत्मविश्वासी बन्न चाहन्छौं । र, साफ च्याम्पियनसिपमा सिनियर टिमलाई हौसला दिन चाहन्छौं,' महर्जनले भने ।
भीम थापा, थोमस फ्लाथ, विराटकृष्ण श्रेष्ठ र कृष्ण थापा राष्ट्रिय टिमको प्रशिक्षक छँदा सहायक भूमिकामा रहेका महर्जन अफगानिस्तान र भारतलाई बलिया प्रतिद्वन्द्वी मान्छन् । काठमाडौंमै आयोजित पहिलो संस्करणमा मुख्य प्रशिक्षक रहेका सुनील श्रेष्ठ र मृगेन्द्र मिश्र महर्जनका सहायक छन् । श्रेष्ठले सम्हालेको नेपाल यू-१६ दुई वर्षअघि तेस्रो भयो । सेमिफाइनलमा भारतसँग टाइब्रेकरमा ४-२ ले हारेपछि नेपालले तेस्रो स्थानका निम्ति भएको खेलमा बंगलादेशलाई २-१ ले पन्छाएको थियो । पाकिस्तान, भारत, अफगानिस्तान, बंगलादेश, श्रीलंका र भुटानले भने प्रतियोगिताबाट फुटबल स्तर सुधारको आस गरेका छन् ।
होटलको स्तर भएन’
काठमाडौं- बंगलादेशका डच प्रशिक्षक रेने कोस्टरले साफ यू-१६ च्याम्पियनसिपमा उपलब्ध गराएको होटल राम्रो नभएको बताए । उनले शुक्रबार पत्रकार सम्मेलनमा भने, 'व्यवस्थापन राम्रो छैन । सुविधा भएन । होटल राम्रो भएन । बिरामी भएर एक खेलाडी अस्पताल नै लानुपर्‍यो । राम्रो सुविधा पाए राम्रो हुनेछ ।'नक्सालस्थित क्राउन प्लाजामा बसेको बंगलादेशले मात्र होइन, स्वयम्भूस्थित पिस जोनमा रहेको श्रीलंकाले पनि व्यवस्थापनको आलोचना गर्‍यो । श्रीलंकाली म्यानेजर समन कोटेजले भने, 'हामी प्रतियोगितामा खेल्न मानसिक रूपमा तयार छैनौं । राष्ट्रिय टिमका निम्ति यस्तो बसाइ सुविधा अपेक्षा गरेका थिएनौं । हामी दक्षिण एसियाली हौं । पाँचतारे होटलको सुविधा मागेका छैनौं । आधारभूत सुविधा त दिनुपर्‍यो नि ।' एकै कोठामा ५ खेलाडी बस्नुपरेको र ५ खेलाडीले एउटै बाथरुम प्रयोग गर्नुपर्ने बाध्यता भएको कोटेजले बताए । प्रतियोगितामा अतिथि सत्कारका संयोजक रमेश रायमाझीले भने व्यवस्थापन राम्रो भएको दाबी गरे । 'एक कोठमा ३ जनासम्म खेलाडी राखेका छौं,' एन्फाका केन्द्रीय सदस्यसमेत रहेका उनले भने, 'बंगलादेशी खेलाडी ट्याङ खाएपछि बिरामी भएका हुन् । होटलको स्तर पहिले के थियो ? थाहा छैन । अहिले हाम्रा खेलाडी बस्न सक्ने स्तरका छन् ।' निरीक्षण गरेपछि कमजोरी भेटिए होटल परिवर्तन गर्नसक्ने रायमाझीले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला