Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, July 12, 2013

तँपाई पनि अनलाइन बैंकिंग कारोबार गर्नुहुन्छ भने होसियार

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                                                                        २०७० असार  काठमाडौँ,असार २७
  गते । अनलाइन बैंकिङ्ग अन्र्तगत कारोबारमा सावधानी नअपनाए सेवाग्राहि जुनसुकै समयमा ठगिन सक्ने खतरा बढेको छ ।
अनलाइन बैंकिङ्ग मार्फत् कारोबार जति सहज छ त्यति नै खतरा रहेको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय, प्रमाणीकरण नियन्त्रकको कार्यालयका नियन्त्रक राजनराज पन्त बताउनुहुन्छ । कार्यालयले बुधवार यहाँ आयोजना गरेको नियमित पत्रकार भेटघाट मिडिया टेकटकमा उहाँले उक्त कुरा बताउनुभएको हो । 
नियन्त्रक पन्तले सहजरुपमा उपलब्ध रहेका असुरक्षित इन्टरनेट वाइफाइ हटस्पट, साइवर मार्फत् गरिने अनलाइन कारोबारमा ह्याकरहरुले जुनसुकै समय आक्रमण गर्न सक्ने खतरा रहको बताउदैँ अनलाइन बैंकिङ्ग कारोवार गर्दा सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बैंकको जस्तो देखिने वेव साइट तथा स्पाम इमेल मार्फत ठगी हुने भएकाले सेवा ग्राहीहरु सचेत हुनु पर्ने विचार व्यक्त गर्नुभयो । 
नियनत्रक पन्तले अनलाइन बैंकिङ्ग सेवा प्रदायक बैंकहरुले आफ्ना ग्राहकहरुलाई यस सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने भन्दै प्रयोगकर्ताले समेत सुविधा प्रयोग गर्दा त्यसका सकारात्क तथा नकारात्मक पक्षका बारेमा जानकारी लिनुपर्नेमा जोड दिनुभयो । उहाँले हालसम्म नेपालका बैंकहरुले आफ्नो वेव साइटको परीक्षण गर्ने परिपाटि नभएको बताउदैँ वेव सफ्टवेयर, अन्तरिक वैंक प्रविधि सुरक्षा अडिट लगायतका पक्षहरुमा ध्यान दिन आग्रह गर्नुभयो ।
अनलाइन बैंकिङ्ग गर्दा इन्टी भाइरस भएको कम्प्यूटर प्रयोग गर्ने, अपरिचित व्यक्ति वा ठेगानाबाट आएको इमेल तथा एसएमएसको जवाफ नदिने, आफूले कारोबार गर्न थालेको वेव साइट सम्बन्धित बैंकको हो वा होइन यकिन गरेर मात्र आफ्नो युजर नेम र पासवर्ड राख्ने गर्दा यस्ता ठगिबाट बच्न सकिन् छ ।
नेपालमा सर्वप्रथम कुमारी बैंकले सन् २००२ मा अनलाइन बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो । त्यस्तै कुमारी बैंकले नै सन् २००४मा एसएमएस बैंकिङ्गको समेत आरम्भ गरेको थियो । त्यस्तै सन् १९८४मा हिमलय बैंकले एटीएम सेवा शुरु गरेको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला