![]() |
ठेकेदार कम्पनीले २७ महिनाभित्र (नोभेम्बर ०१५) मा काम सम्पन्न गर्ने सम्झौतापत्रमा उल्लेख छ । जापानको सहयोगमा निर्माण हुने केन्द्रले मेलम्चीबाट साढे २७ किमी लामो सुरुङबाट दैनिक ल्याइने १७ करोड लिटर पानी प्रशोधन गर्नेछ । मन्त्री छविराज पन्त, जापानी प्रतिनिधी र निर्माण कम्पनीबीच सहरी विकास मन्त्रालयमा अन्तिम सम्झौता भएको हो । ठीक १ वर्षअघि प्रशोधन केन्द्र निर्माणका लागि सरकारले बोलपत्र आह्वान गरेको थियो । अस्टि्रयाली र भारतीय कम्पनीले संयुक्त रूपमा ४ अर्ब २० करोडको ठेक्का पाएका हुन् ।
मन्त्री पन्तले निर्माण कम्पनीलाई चाूडो काम सुरु गर्न आग्रह गरे । काम गर्दा आइपर्ने समस्या समाधानका लागि सरकारले सहयोग गर्ने विश्वास दिलाए । 'मेलम्चीप्रतिको विश्वास जगाउन सकारात्मक काम गर्नुपर्छ, त्यसका लागि एकमात्र आधार गुणस्तर हो,' उनले भने ।
उक्त रकम मेलम्ची खानेपानी विकास समितिको अनुमानभन्दा १७ प्रतिशत (९८ करोड ५० लाख) कम हो । यसअघि गरिएको बोलपत्र रद्द भएपछि समितिले सीडब्लु, प्रतिभा, हिटाचीका साथै चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसनलगायत ६ कम्पनी छनोट गरेको थियो । समितिले बोलपत्रमा धेरै जटिल प्रक्रिया राखेपछि अन्त्यमा ६ मध्ये ३ मात्र सहभागी भएका थिए ।
आयोजना प्रमुख कृष्णप्रसाद आचार्यले ठेक्काको टुंगो लागिसकेकाले प्रशोधन केन्द्र निर्माण सुरु हुने बताए । 'अब तिव्रता साथ काम हुन्छ,' उनले भने । प्रतिभा इन्डस्टि्रज लिमिटेड प्रतिनिधि नटराजनले काम समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाए । 'कुनै शंका नगरे हुन्छ काम समयमै सम्पन्न गछौं,' उनले भने ।
आयोजनाको प्रथम चरणमा सिन्धुपाल्चोकको रिबर्मास्थित मेलम्ची खोलामा बाूध बनाउने, मुहानक्षेत्रबाट साढे २७ किमी लामो सुरुङमार्फत काठमाडौंको सुन्दरीजलमा प्रतिदिन १७ करोड लिटर पानी ल्याइपुर्याउने र त्यहाू निर्माण हुने प्रशोधन केन्द्रमा प्रशोधित गरी काठमाडौं उपत्यकामा वितरण गरिने योजना छ । यस्तै, दोस्रो र तेस्रो चरणमा क्रमशः याङरी र लार्के खोलाहरूबाट १७/१७ करोड लिटर पानी थप्ने सरकारी लक्ष्य छ ।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला