![]() |
मन्थली- हाम्रो रामेछाप डवली जिल्ला शिक्षा कार्यालय रामेछापले जिल्लाका १३ वटा विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कार्यालयले जिल्लास्थित शिक्षकका पेसागत सङ्घ सङ्गठनसँगको सहमतिका आधारमा कम विद्यार्थी र बढी शिक्षक भएका विद्यालयहरु छनोट गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो। तीन दिनसम्म बसेको पेसागत सङ्गठन र शिक्षा कार्यालयका प्रतिनिधिको संयुक्त बैठकले विद्यालयको अनुगमनका क्रममा विद्यार्थी सङ्ख्या १० जनाभन्दा काम भेटिएका र भौगोलिक आधारमा टाढा नभएका १३ वटा विद्यालय बन्द गर्ने निर्णय गरेको कार्यालयका उपसचिव हेमन्त बुढाथोकीले बताए।
यसरी बन्द हुने विद्यालयमा सबै प्राथमिक विद्यालय रहेको र ती विद्यालयमा कार्यरत शिक्षकलाई अन्य नजिकैको पायक पर्ने विद्यालयमा समायोजन गरिएको छ। बन्द गर्ने निर्णय भएका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई भने नजिकैको विद्यालयमा पढ्न जाने व्यवस्था मिलाइएको पनि बुढाथोकीले जानकारी दिए।
बन्द गर्ने निर्णय भएका विद्यालयमा भीमेश्वर प्रावि रैकाडाँडा सुकाजोर, सरस्वती प्रावि थुम्का सुकाजोर, बुढामहादेवस्थान प्रावि सालु, भुमेस्थान प्रावि कुवापानी माकादुम, तावे छेलिङ गुम्बा प्रावि रस्नालु, नैसा प्रावि फर्पु, ढुङ्गेश्वर प्रावि कुँडहर मन्थली, सिद्धेश्वर जनता प्रावि सुनारपानी भ्यागुरे, हलेश्वरी ओम प्रावि डडुवा, चण्डेश्वरी प्रावि ठिङ्ग्रे रामपुर, बालकल्याण प्रावि मुगीखोला भटौली, इन्द्रावती प्रावि शिखर कटेरी कठजोर र अरुणोदय प्रावि धोवीखोला दोरम्बा रहेका छन्।
तेर्हि प्राथमिक विद्यालय बन्द गर्नुका साथै २३ वटा प्राथमिक विद्यालयको कक्षा १–५ लाई घटाएर १–३ कायम गरिएको छ । दश वटा विद्यालयमा कक्षा १ देखि ३ सम्म एकै शिक्षकले पढाउने गरी बहुकक्षा प्रणालीको व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ।
निर्णय कार्यान्वयनका लागि भने केही समय लाग्न सक्ने पनि बुढाथोकीले बताए । -हाम्रो रामेछाप डबली
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला