Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, July 2, 2013

अफगानीस्तानमा चार नेपाली मारिय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काबुल (एजेन्सी), असार १८ -अफगानिस्तानमा बिद्रोहीको आक्रामंमा परि   चार नेपाली मारियको  छ । तालिवानी बिद्रोहीहरुले नाटो सैनिकलाई सामन उपलब्ध गराउने एक कम्पनीमा आक्रमण गर्दा त्यहाँ सुरक्षा गार्डको रुपमा कार्यरत चार नेपालीको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आज बिहान भएको आक्रमणमा ४ नेपालीसहित कम्तिमा ७ जनाको मृत्यु भएको बीबीसीको समाचारमा जनाइएको छ । काबुलमा रहेको उक्त कम्पनीले नाटो सैनिकहरुलाई सामान उपलब्ध गराउँथ्यो । आक्रमणकारीहरुले एक ट्रक बिस्फोटक पदार्थ ल्याएको काबुलका प्रहरी प्रमुखलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
ट्रकमा बिस्फोटक पदार्थ लिएर आक्रमणकारी कम्पनीको गेटबाट भित्र पस्न खोज्दा सुरक्षा गार्डले रोकेका थिए । लगत्तै भएको फायरिङमा नेपाली गार्डसहित बिद्रोही मारिएका हुन् । फायरिङ आधा घण्टा चलेको थियो । ट्रकमा ल्याइको बिस्फोटक पदार्थ पड्कदा घटनास्थलमा ठूलो खाल्डो परेको छ ।
काबुल प्रहरीले आक्रमणमा संलग्न चारजना बिद्रोही मारिएको दाबी गरेको छ । बिद्रोहीले ल्याएको ट्रकको पछाडि रहेका दुई वटा ट्रकका चालक पनि आक्रमणमा मारिएका छन् । उनीहरु गेट भित्र छिर्ने पालो कुरेर बसेका थिए ।
अफगानीस्तानमा पछिल्लो पटक आक्रमणकारीहरुले लगातार हमला गरिरहेका छन् । केही दिन अघि मात्रै राष्ट्रपति भवन नजिकै आत्मघाति बिस्फोट गराउँने बिद्रोही प्रयास अफगानी सैनिकले असफल पारेका थिए । त्यसअघि अफगानीस्तानको सर्वोच्च अदालत र बिमानस्थलमा पनि आक्रमण प्रयास भएका थिए ।
'चार नेपाली सुरक्षा गार्ड, एक अफगानी सुरक्षा गार्ड र दुई अफगानी नागरिक मारिएका छन्', काबुलका प्रहरी प्रमुख मोहम्मद आयुब सलांगीलाई उदृत गर्दै समाचार एजेन्सी एएफपीले लेखेको छ । आक्रमणमा परी ४ घाइते छन् । ठूलो ट्रकमा बिस्फोटक पदार्थ लिएर आएका दुई-तीन जना आक्रमणकारीहरुले सुरक्षा गार्डविरुद्ध लगाचार ३०-४० मिनेट फायरिङ गरेका थिए । संलग्न सबै आक्रमणकारी मारिएको संलागीले जनाएका छन् ।
अफगानीस्तानमा रहेको १० हजार नाटो सैनिकले सुरक्षा जिम्मा अफगानी सैनिकलाई दिएर फिर्ता हुने तयारीमा छन् । अर्को बर्षसम्म अफगानीस्तानको सैनिकलाई देशको सम्पूर्ण सुरक्षा हेर्ने गरी जिम्मा दिने तयारी छ । १२ बर्षदेखि अफगानीस्तानमा हिंसात्मक बिद्रोह गर्दै आइरहेको तालिवानीहरुले राष्ट्रपति हमिद करजाईलाई अमेरिकी कठपुतलीको संज्ञा दिादै वार्ता गर्न अस्वीकार गर्दै आएका छन् ।
सन् २००१ यता अफगानीस्तानमा ३ हजार तीनसय बढी बिदेशी सैनिकहरु मारिएका छन् । तीमध्ये ७ सय ११ जना सन् २०१० मा मात्र मारिएका हुन् । कल कायदा नेता बिन लादेन लुकेको आशंकामा अमेरिकाले सन् २००१ मा अफगानीस्तानमा आक्रमण सुरु गरेको थियो ।
घटना स्थलमा खटियका तैनाथ नाटो अफगानी सैनिक हरु





भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला