Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, July 20, 2013

बलात्कार भयर उजुरी गर्न गको महिललाई जेल हालियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 (दुबई), श्रावण ५ - बलात्कार घटनाबारे प्रहरीमा उजूरी गर्ने नर्वेकी एक महिलालाई दुबईमा १६ महिना कैद फैसला सुनाइएको छ । नर्वेकी इन्टेरियर डिजाइनर मार्टे डेबोराह डलेल्भ घुम्नको लागि दुबई जाँदा बलात्कृत भएकी थिइन् । बलात्कार बारेको उजूरी गरेकी २४ बर्षीया उनलाई मादक पदार्थ सेवन गरेका, परपुरुषसाग सम्बन्ध राखेको र झुटो बोलेको आरोप लगाइएको छ ।
उनलाई अघिल्लो हप्ता अदालतले जेल सजाय सुनाइएको हो । बीसीले जनाएअनुसार उनी अदालतको निर्णयविरुद्ध अपिल गर्दैछिन् । उनको अपिलको सुनुवाई सेप्टेबरको लागि तय भएको छ ।
उनलाई उदृत गर्दै एफपीले लेखेको छ,'म निकै तनावमा छु । यो निकै क्रुर निर्णय हो । म यहाँबाट मुक्ति चाहन्छु ।' यो घटनाले नर्वेका अधिकारवादी र सरकारी अधिकारीलाई आक्रोशित बनाएको छ ।
डलेल्भका अनुसार उनी मार्च ६ तारिखका दिन उनी दुबईको एक नाईट क्लबमा साथीहरुसाँग जाँदा बलात्कृत भएकी हुन् । तर, प्रहरीलाई उजूरी गर्दा आफ्नो पासपोर्ट र पैसा खोसेर उल्टी आफूविरुद्ध मुद्दा चलाइएको भनाई महिलाको छ । उनी हाल दुबईस्थित नर्वेजियन सिमास सेन्टरमा शरण लिइरहेकी छन् । उनले समस्याको समाधानको लागि घटना सार्वजनिक गरेको जनाएकी छन् ।
अदालतले  फैसला गरेपछि उनी प्रहरीको खोजीको सूचीमा परेकी छन् । नर्वेको बिदेश मन्त्रालयले घटनालाई आफ्नो देशको न्यायको मुखमा झिँगा भनी टिप्पणी गरेको छ । नर्वेले दुबईका अधिकारसाग सम्पर्क गरी घटनाबारे जानकारी लिने कोशिश भइरहेको जनाएको छ । घटनाको बिभिन्न मानवअधिकारवादी संस्थाले विरोध जनाएका छन् । स्रोत कान्तिपुर 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला