Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, July 18, 2013

कतारी राजदुत माया कुमारी सर्माआले आफ्नो गल्ति स्विकारिन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, श्रावण ३ - कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले सामाजिक सञ्जालमा नेपाली श्रमिकका पीडासम्बन्धी लेखहरू लेखेकै भरमा नेपाली नागरिक दीपेन्द्र भेटवाललाई कतारबाट निष्कासन गर्न पत्राचार गरेको स्विकारेकी छन् । भेटवाललाई कतारबाट निकाला गर्न त्यहाँको सरकारलाई पत्राचार गरेको विषयमा परराष्ट्र मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफमा उनले यस्तो स्वीकार गरेकी हुन् । उनले परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईलाई सम्बोधन गर्दै यही असार १६ गते जवाफ लेखेकी हुन् ।
सामाजिक सञ्जालमा लेखेकै भरमा आफ्ना नागरिकलाई देश निकालासम्मकै कदम उठाउन शर्माले कतारी सरकारलाई औपचारिक आग्रह गरेकी थिइन् । त्यसबारे उनले नेपालको परराष्ट्र मन्त्रालयलाई पूर्वजानकारी समेत गराएकी थिइनन् ।
मन्त्रालयले पूर्वजानकारी किन नगराएको भनेर सोधेकामा उनको जवाफी पत्रमा त्यसबारे केही उल्लेख छैन । शर्माले पत्रमा भेटवालद्वारा सामाजिक सञ्जालमा 'पोस्ट' गरेका वाक्यहरू पनि उल्लेख गरेकी छन् । 'वर्षौंदेखि आफ्नै देशका शासक/प्रशासकबाट ठगिँदै आएका सोझा जनता यता विदेशमा पुगेपछि पनि ठगिन छाडेका छैनन्,' एउटा वाक्य यस्तो छ । अन्य वाक्यमा नेपालीको शिर झुकेको, नेपाली मजदुरले आत्मदाहसमेत गरेको लगायत प्रसंग छन् ।
शर्माको जवाफ पढ्दा उनले भेटवाललाई व्यक्तिगत रिसइवीका कारण कतारबाट निकाला गराउन खोजेको प्रस्ट बुझिने परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् । 'सामाजिक सञ्जालमा मानिसले जिम्मेवार ढंगले आफ्नो मनमा लागेको कुरा लेख्न सक्छ । त्यसमाथि उनले सामाजिक सञ्जालमा लेखेको भनेर उल्लेख गरिएका वाक्यहरू पढेर कोही आत्मदाहका लागि प्रेरित हुने भन्ने तर्क पनि हावादारी छ,' उनीहरू भन्छन् ।
शर्माको जवाफी पत्रमा भेटवालसँगका आफ्ना व्यक्तिगतस्तरका मतभिन्नताहरूलाई पनि उनलाई देशै निकाला गर्नका लागि आवश्यक आधारका रूपमा प्रस्तुत गरेकी छन् । 'यो पत्रका कुराहरू अध्ययन गर्दा उनलाई कारबाही गर्नुपर्ने देखिन्छ । कम्तीमा नसिहत,' मन्त्रालयका एक वरिष्ठ अधिकारी भन्छन् ।
मन्त्रालयले उनको पत्र र त्यसको विषयलाई अहिलेसम्म औपचारिक रूपमा बाहिर ल्याएको छैन । राजदूत शर्माले कतारी विदेश मन्त्रालयस्थित एसिया विभागमा गएर प्रस्टीकरण दिएको विषयमा पनि जवाफमा उल्लेख गरेकी छन् । उनले बीबीसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा बोलेको विषयलाई मिडियाले बंग्याएको दाबीसमेत गरेकी छन् । कतारी विदेश मन्त्रालय गएर माफी मागेको, त्यो घटनाबाट आफूलाई मार्गनिर्देशन भएको पनि उनले जनाएकी छन् ।
साझा सवाल कार्यक्रममा शर्माले कतार नेपाली नागरिकका लागि खुला जेल भएको भन्दै टिप्पणी गरेको समाचार सञ्चार माध्यमहरूले प्रसार गरेका थिए ।
विदेश मन्त्रालयमा स्पष्टीकरण दिएर हिँड्दा त्यहाँका अधिकारीले आफूलाई लिफ्टसम्म आएर बिदा गरेको प्रसंग पनि उनले उल्लेख गरेकी छन् । शर्माले कतारी सरकारलाई पत्र लेखेपछि त्यहाँको नेपाली समुदायको विरोधका कारण परराष्ट्र मन्त्रालयले उक्त पत्र फिर्ता लिन निर्देशन दिएको थियो । शर्मा एनेकपा (माओवादी) को सिफारिसमा कतारमा राजदूत नियुक्त भएका थिय ,

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला