Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, May 31, 2013

अब आउदो चुनाबमा गणेश लामा काभ्रे बाट चुनाब लड्ने गच्छादारको दाबी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, जेष्ठ १७ - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राजधानीको चर्चित डनको रुपमा परिचय बनाएका केन्द्रीय सदस्य गणेश लामाले आगामी संविधानसभामा चुनाव जित्ने दाबी गरेका छन् ।
गच्छदारले लामा काभ्रेबाट चुनाव जित्ने पार्टीको नेता भएको भन्दै आरोप लाग्दैमा उनलाई पार्टीबाट हटाउने कुनै काम नहुने स्पष्ट पारे ।
लामालाई फसाउन पूर्वाग्रही ढंगले सरकार लागि परेको आरोप लगाउँदै गच्छदारले अहिले विभिन्न पक्षबाट मनोवल गिराउने काम गरिरहेको दाबी गरे । ‘गणेश लामाको विषय सब जुडिस्टको विषय हो,’ शुक्रबार  रिपोर्टर्स क्लवको ज्ञापन बुझ्दै उनले भने, ‘अहिले उनलाई फसाउन राज्य पक्षले टर्चर दिइरहेको छ । त्यो जायज छैन ।’
गुन्डागर्दीबाटै ठूलो परिमाणमा अवैद्य सम्पत्ति जोडेका लामासहित पाँच डनविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले मुद्दा दायर गरेको ५ । विशेष अदालतले लामासहित दीपक मनाङे, पर्शुराम बस्नेत, चक्रे मिलन र अभिषेक गिरीलाई १५ दिनभित्र उपस्थित हुन वारेन्ट जारी गरेको छ ।
सम्पत्ति शुद्धीकरणले मुद्दा दायर गरेकामध्ये लामासँग सवैभन्दा बढी २७ करोड १ लाख ६१ हजार रुपैयाँ बराबरको चल/अचल सम्पत्ति फेला परेको छ ।
मिति घोषणा छिट्टै
गच्छदारले आगामी जेठ २० गते बिहान बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकले निर्वाचन अध्यादेशमा रहेको विमतिहरुमा सहमति गरेर सरकारलाई मिति तोक्न सिफारिस गर्ने दाबी गरे ।
‘जेठ २० गते हामी सरकारलाई निर्वाचनको मिति घोषणा गर्ने वातावरण बनाई दिन्छौं,’ एक साताभित्र निर्वाचनको मिति घोषणा हुने दाबी गर्दै उनले भने, ‘मिति तोक्न बैठकले मन्त्रिपरिषदलाई निश्चित मार्ग निर्देश गर्छ ।’
अध्यक्ष गच्छदारले थ्रेस होल्ड राख्नु पर्ने भए पनि थ्रेस होल्डकै कारण साना दलहरु चुनावमा भाग नलिने अवस्था भएकोले संविधानसभालाई समावेशी बनाउन यसलाई हटाउनुपर्ने आवश्यकता भएको दावी गर्दै त्यो हट्ने वित्तिकै निर्वाचनको सबै प्रक्रिया अघि बढ्ने विश्वास ब्यक्त गरे ।
माओवादीको माग पुरा हुँदैन
नेकपा–माओवादीले अघि सारेको सरकारको बर्खास्त, गोलमेच सम्मेलनबाट नयाँ सरकारको गठनलगायतका कुनै पनि माग पुरा हुन सक्ने खालको नभएकोले पुरा गर्न नसकिने स्पष्ट पार्दै पुरा हुन नसक्ने माग राख्नु निर्वाचन हुन नदिने षडयन्त्र भएको आरोप लगाए । ‘लोकतन्त्र चाहने दल निर्वाचन बाहिर रहन सक्दैन,’ उनले भने, ‘बाहिर हुने दल आफै“ सकिन्छ ।’
मधेसमा एउटै पार्टी हुँदैन
मधेसमा एउटै पार्टी भएर चुनाव लड्ने सम्भावना अत्यन्तै न्यून रहेको स्पष्ट पार्दै गच्छदारले साना दललाई आफूमा मर्ज गराएर मर्ज नहुने मधेसवादी दलहरुसँग तालमेल गरेर चुनाव लड्ने दावी गरे । ‘मधेसमा एक पार्टी बनाउने सम्भावना अत्यन्तै न्यून छ,’ उनले भने, ‘मधेसवादी दलहरुसँग तालमेल र मर्ज हुन सक्छ ।’
एमाओवादीसँग चुनावी तालमेलको विषयमा कुनै कुराकानी नभएको भन्दै उनले मधेसी दलहरुको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा कायमै रहेकोले नयाँ मोर्चाको आवश्यकता नभएको दावी गरे । ‘अब मोर्चा सक्रिय हुन्छ,’ उनले भने, ‘छिट्टै यसको बैठक बसेर निर्वाचनको रणनीति तय गर्छ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला