Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, August 17, 2013

मदिरा पियर गाडी चलाउदा मन्त्रि दुघटनामा परि घाइते भयको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Photo: मदिरा पिएर गाडी चलाउँदा पूर्वराज्यमन्त्री दुर्घटनामा
रायले उद्धारमा संलग्न प्रहरी र चिकित्सकलाई मुख छाडे
================================
सर्लाही, श्रावण ३२ - पूर्व राज्यमन्त्री खोभारी राय दुर्घटनामा परेका छन् ।
नयाँरोडबाट बिहीबार साँझ बरहथवातर्फ जाँदै गर्दा उनले चलाएको बा२च ९९४८ नम्बरको जिप चिप्लेर खेतमा पुगेको थियो । मदिरा सेवन गरि आफैँले गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । नजिकको धरहरा सशस्त्र प्रहरी बेश क्याम्पले उनको उद्धार गरि प्रहरीलाई खबर गरेको थियो । राति हरिवनको नमुना अस्पतालमा सामान्य उपचारपछि घर फिर्ता भएका थिए । मदिरा सेवन गरेका रायले उद्धारमा संलग्न प्रहरी र चिकित्सकलाई समेत दुर्व्यवहार गर्दै मुख छाडेको स्रोतले वतायो ।
उद्धार गर्दा उनी हिलाम्ये अबस्थामा रहेको प्रहरीले जनायो । रायले पानी परेर सडकमा हिलो भएकाले आफूले चलाएको जिप चिप्लेर खेतमा खसेको वताए । 'सड बिग्रेर जिर्ण भएकाले चिप्लिएर खेतमा पुग्यो,' उनले भने, 'खासै चोटपटक लागेको होइन् । बढी हल्ला भएछ ।'
सर्लाही, श्रावण ३२ - पूर्व राज्यमन्त्री खोभारीमदिरा पियर गाडी चलाउदा दुर्घटनामा  परि घाइते भयका छन ।
नयाँरोडबाट बिहीबार साँझ बरहथवातर्फ जाँदै गर्दा उनले चलाएको बा२च ९९४८ नम्बरको जिप चिप्लेर खेतमा पुगेको थियो । मदिरा सेवन गरि आफैँले गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । नजिकको धरहरा सशस्त्र प्रहरी बेश क्याम्पले उनको उद्धार गरि प्रहरीलाई खबर गरेको थियो । राति हरिवनको नमुना अस्पतालमा सामान्य उपचारपछि घर फिर्ता भएका थिए । मदिरा सेवन गरेका रायले उद्धारमा संलग्न प्रहरी र चिकित्सकलाई समेत दुर्व्यवहार गर्दै मुख छाडेको स्रोतले वतायो ।
उद्धार गर्दा उनी हिलाम्ये अबस्थामा रहेको प्रहरीले जनायो । रायले पानी परेर सडकमा हिलो भएकाले आफूले चलाएको जिप चिप्लेर खेतमा खसेको वताए । 'सड बिग्रेर जिर्ण भएकाले चिप्लिएर खेतमा पुग्यो,' उनले भने, 'खासै चोटपटक लागेको होइन् । बढी हल्ला भएछ ।'
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आज सम्मको पैसाको बिनिमय दर हेर्नुहोस उकालो लाग्दै छ कहाँ सम्म जानी हो थाहा छैन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Exchange Rate for 17 August, 2013

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
98.42
99.02
European euro
1
131.27
132.07
UK pound sterling
1
153.85
154.78
Swiss franc
1
106.15
106.80
Australian dollar
1
90.25
90.80
Canadian dollar
1
95.47
96.05
Singapore dollar
1
77.46
77.93
Japanese yen
10
10.10
10.16
Chinese renminbi (Yuan)
1
16.10
16.20
Saudi Arabian riyal
1
26.24
26.40
Qatari riyal
1
27.03
27.19
Thai baht
1
3.15
3.17
UAE Dirham
1
26.80
26.96
Malaysian ringgit
1
30.02
30.20
South Korean Won100
8.84
8.89

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
15.13
Danish Krone
1
17.60
Hong Kong dollar
1
12.69
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, August 16, 2013

दोन्दकालमा रामेछापको दोरम्बा हत्याकाण्ड !

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Photo: दशक अघिको दोरम्बा हत्याकाण्ड !
===========================
काठमाडौं, ३२ साउन (ओएनएस) : तत्कालित विद्रोही नेकपा माओवादी सशस्त्र युद्धमा रहेको बेला भएको रामेछापको दोरम्बा घटनाको शुक्रबार १० वर्ष पुग्यो ।
 
विसं २०६० साल साउन ३२ गते आजकै दिन तत्कालीन शाही नेपाली सेनाले कब्जामा लिएर २१ जना माओवादी कार्यकर्ताको दोरम्बामा सामूहिक हत्या गरेको थियो ।
 
माओवादी युद्धकालका ठूला दर्दनाक घटनाहरु मध्ये दोरम्बा घटना पनि पर्दछ । सरकारसँग वार्ता प्रक्रिया चलिरहेको बेला तत्कालिन शाही नेपाली सेनाले दोरम्बाको डाँडाकटेरीस्थित एक घरमा ‘सेल्टर’ लिइरहेका माओवादी कार्यकर्ताहरुको सामूहिक हत्या गरेको थियो ।
 
सेनाको सोही आक्रमणपछि हापुरेको वार्ता निष्कर्षमा नपुगी शान्तिप्रक्रिया भंग भएको थियो । घटनाको १० वर्ष बित्दा पनि दोषीलाई कारबाही हुन नसकेको पीडितहरुले गुनासो गर्ने गरेका छन् ।
काठमाडौं, ३२ साउन  तत्कालित विद्रोही नेकपा माओवादी सशस्त्र युद्धमा रहेको बेला भएको रामेछापको दोरम्बा घटनाको शुक्रबार १० वर्ष पुग्यो ।
विसं २०६० साल साउन ३२ गते आजकै दिन तत्कालीन शाही नेपाली सेनाले कब्जामा लिएर २१ जना माओवादी कार्यकर्ताको दोरम्बामा सामूहिक हत्या गरेको थियो ।
माओवादी युद्धकालका ठूला दर्दनाक घटनाहरु मध्ये दोरम्बा घटना पनि पर्दछ । सरकारसँग वार्ता प्रक्रिया चलिरहेको बेला तत्कालिन शाही नेपाली सेनाले दोरम्बाको डाँडाकटेरीस्थित एक घरमा ‘सेल्टर’ लिइरहेका माओवादी कार्यकर्ताहरुको सामूहिक हत्या गरेको थियो ।
सेनाको सोही आक्रमणपछि हापुरेको वार्ता निष्कर्षमा नपुगी शान्तिप्रक्रिया भंग भएको थियो । घटनाको १० वर्ष बित्दा पनि दोषीलाई कारबाही हुन
 नसकेको पीडितहरुले गुनासो गर्ने गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भक्तपुर जिल्लालामा ग्याँस भेटियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भक्तपुर, श्रावण ३२ - बालकोटको रोज भिलेजबासीलाई वितरण गर्न खनिएको बोरिङबाट ग्यास निस्केको छ । ७ बर्षअघि खनिएको बोरिङमा मंगलबारदेखि ग्यास निस्केको हो ।
बोरिङबाट सोमबारसम्म पानीको सट्टा ग्यास निस्केको कामदारहरु बताउँछन् । पानी आउन छाडेपछि बस्तीका ७० घरका बासिन्दा ट्याक्करबाट पानी किनेर खान थालेका छन् ।
जमिनमुनीबाट निस्केको ग्यास पाइप लगाएर स्थानीयले परिक्षण गर्दा बलेपछि वरीपरीको घरधनी त्रसित भएका छन् । बालकोट ३ मा रहेको रोजभिलेजको घर नम्बर ५ मा बस्दै आएका भीमप्रसाद सापकोटा ग्यासको कारण क्षति हुन सक्ने डरले रातभरी सुत्न नसकेको बताए ।
स्थानीय प्रहरीले खबर गरेपछि खानी विभागका अधिकारीहरु पनि अध्ययनका लागि शुक्रबार पुगेका थिए । विभागका सिनियर डिभिजन जिओलोजिष्ट दिनेश कुमार नापितले बोरिङबाट निस्केको ग्यास मिथेन भएको बताए । यो ग्यास सधै यही रुपमा आएमा पाइपबाट वितरण गर्न सकिने उनले बताए ।
दुई सय ५० मिटर गहिराइ रहेको बोरिङबाट ग्यास निस्केकोले स्थायी रुपमा हुन सक्ने उनले अनुमान गरे । प्रत्येक घरमा १ हजार लिटर वितरण  हुने उक्त बोरिङबाट दैनिक ७० देदि ८० हजार लिटर पानी तान्ने गरेको थियो थियो






भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भने जस्तो कहाँ हुन्छ बिदेस सोचे जस्तो कहाँ हुन्छ बिदेस संखुवा सभाका लाल बहादुर स्यांङतानलाई यस्तो दुर्घटनाबाट बाँचेको छ कतारमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

कतार, श्रावण ३१ - २१ मे २०१२ । चैनपुर—७, संखुवासभाका लालबहादुर स्याङ्तान र उनका पन्जाबी मित्र 'अन्डर ग्राउन्ड'को ट्यांकीमा छिरे । उनको खास काम ट्यांक्कीबाट चुहिने पानीलाई रोक्नु हो । टेक्निकल भाषामा 'वाटर पु्रफिङ इन्जेक्सन' को काम ।
जता पानी चुहिन्छ, त्यता डि्रल लगाउने र इन्जेक्सन हान्ने । इन्जेक्सन हान्दा प्वाल परेको वरिपरिको भित्तालाई चर्काउँछ र एकैछिनमा जाम भएर पूरै प्वालहरू टालिन्छ । लालबहादुरले यस्तो इन्जेक्सन दिनमै २०/२५ वटासम्म हान्ने गर्छन् । काममा पोख्त र सिपालु उनका लागि इन्जेक्सन हान्नु चुट्की मार्नुजस्तो भइसकेको थियो ।
त्यस दिन पनि त्यही काम गर्नु थियो । ट्यांकीको पिँधमा केही फोहोर थियो । पानी छिपछिप । अलि गन्ध आइरहेको थियो । अलिबेर अडिएर पनि काम गर्न गार्‍हो थियो । उनीहरू हतारहतार काम सकेर बाहिरिने योजनामा थिएँ । सामान तयारी अवस्थामा राखें । ड्रिल गर्ने स्थान पत्ता लगाए । डि्रल गर्न करेन्टसँग जोडे । स्टार्ट गरे ।
दिन सधैं एकनासको हुँदैन रहेछ । स्टार्ट सुरु मात्रै के गरेका थिए, आगोको झिल्को निस्क्यो । सेकेन्डमै पूरै ट्यांकीभरि आगोको मुस्लोले ढाक्यो । 'आँखा खोल्न सकिने स्थिति भएन । जीउ पूरै हावामा उडेजस्तो भयो, करेन्ट लागेको जस्तो ।
यस्तो पोल्यो कि त्यसको सीमा थिएन,' उनले भने, 'एकछिनमा बाहिरबाट रुइरहेको आवाज सुनियो । पन्जाबी मित्र बाहिर निस्किसकेछ ।' लालबहादुर पनि अन्दाज लगाएर ट्या)की बाहिर आगोको शरीर बोकेर निस्किए । शरीरमा लगाएको डांग्रो कपडा केही थिएन । पेन्टी र सेफ्टी जुत्ता मात्रै जाल्न बाँकी थियो । झन्डै पाँच मिनेटसम्म आगोमै जलेको अनुमान छ । पोलेको सहन नसकेर साथीभाइलाई गुहारेको सम्म उनलाई याद छ । केहीबेरमै एम्बुलेन्समा हालेपछि उनी बेहोस भए ।
......
४८ दिनपछि उनी होसमा आए । शरीरभरि डे्रसिङ । स्थान कतै खाली छैन । बिस्तारै बिस्तारै थाहा हँुदै गयो, जलेर दुवै हातका औंला काम नलाग्ने भएछन् । औंलाका नसाहरू छैनन् । कान्छी औंला छैन । पिँडुला, तिघ्रा त्यस्तै । पाखुराको छाला झिकेर हातमा टाँसिएछ ।
एउटा देब्रे कान पनि पूरै जलेछ । दाहिने कान जलेर अर्को आकार लिएछ । पिँडुला र तिघ्राका छालाहरू 'चाउचाउ' जस्तो आकार भएछ । नाक र ओठ बिगि्रयो । पेन्टी नजलेकाले संवेदनशील अंग जोगियो । खुट्टामा सेफ्टी जुत्ता भएकोले खुट्टाका औंलाहरू सुरक्षित भए । उनी झन्डै चार महिनासम्म अस्पतालमै बसे । अस्पतालबाट क्याम्पमै लगेर राखियो ।
कम्पनीले विशेष हेरचाहका लागि सहयोगी उपलब्ध गराएन । उनका साथीभाइले लुगा धुइदिनेदेखि खाना खुवाइदिनेसम्मका सहयोग गरिदिए । भन्छन्, 'दुर्घटनापछिको दःख, कष्टको वर्णन गरेर सक्तिन । त्यो पीडालाई न भुल्न सक्छु, न भन्न सक्छु ।'
.....
४० वर्षीय लालबहादुर २०१० जुलाई २ तारिख कतारमा मेसनका कामको लागि आएका थिए । तर उनलाई केही समयमै 'वाटर पु्रफिङ इन्जेक्सन' को जिम्मा दिइएको थिए । उनी घर फिर्ने तयारीमा रहेको दुई साताअघि मात्रै यसरी दुर्घटनामा परे । '२ जुलाईमा भिसाको म्याद सकिने हुँदा घर फिर्नका लागि कम्पनीमा घर फिर्ती निवेदन पनि दिइसकेका थिए,' उनले भने, 'मे २१ ले छुट्टै स्थिति बनेर आइदियो ।'
भयंकर ठूलो दुर्घटना परेका उनलाई दरिलो भाग्यले बचायो । सधैंभर सम्झाइराख्ने यो घटनामा उनका गरिखाने १० नंग्रा गुम्यो । 'हामी शारीरिक मिहिनेतमा रमाउनेका लागि हातको औंलाहरू गुम्नुको पीडालाई कसरी भुल्न सकिएला त ?' हालैका शुक्रबार सनैया १५ नम्बरमा भेटिएका लालबहादुर भन्दै थिए, '२१ मे आउनेबित्तिकै मेरो आङ नै जिरिङ्ग हुन्छ ।' हुन त उनलाई देख्ने/भेट्ने जो कोही पनि डराइहाल्छन् । अझ बिस्तारै शरीरको लुगा हटाउने हो भने मन थाम्न गार्‍हो पर्छ ।
घर आउने खबर पाएको परिवारले त्यस्तो दुर्घटनामा परेको खबर सुन्नुपर्दा झन् स्थिति के भयो होला ? यही अत्यासलाई सन्त्वना दिन उनी छिटो घर फिर्न चाहिरहेका छन् । घरमा १९, १६ र ७ वर्षका छोराछोरी छन् । यता भएको बेला ठूली छोरीको विवाह भयो । त्यसमा सहभागी हुन नपाएकोमा ठूलो चिन्ता पनि छ । अब उनका लागि गरिखान शरीरले दिँदैन ।
अहिलेसम्म क्षतिपूर्तिको लागि जस्तोसुकै परिस्थितिसँग जुधेर बसेका हुन् । कतार सरकारको अंगभंग गुमेपछि क्षतिपूर्ति तोक्ने निकाय 'सुपि्रप हेल्थ काउन्सिल'ले एक सय ४१ प्रतिशत (करिब दुई लाख ८२ हजार रियाल) क्षतिपूर्ति दिनुपर्ने निर्णय गर्दिसकेको छ । तर, कम्पनी भन्छ, 'तिम्रो बिमा एक सय प्रतिशत मात्रै गरिदिएको हो ।
मरे पनि बाँचे पनि एक सय प्रतिशतभन्दा बढी दिन सक्तिन ।' त्यो भन्दै लालबहादुरलाई दिएको केही एडभान्स कटाएर यही आइतबार (४ अगस्ट) मा एक लाख ९२ हजार रियाल दियो । ८२ हजार रियाल दिएन । उनले बिरामीपछिका महिनाहरू तलब पाएनन् । उनी ८२ हजार रियाललाई माया मार्दै स्वदेश फिर्दै छन् । यो विषयमा लालबहादुर अलमलमा परेका छन्


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

बैदेसिक रोजगारीमा जाने नेपाली कामदारको करार पत्र अब राहादानिमै

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
साउन ३१ वैदेशिक रोजगारीमा जाने नेपाली  कामदारको  करारपत्र हटाउन सरकारले राहदानीमै पारिश्रमिक राख्न थालेकोह छ 
वैदेशिक रोजगार व्यवसायीले दुई थरी सरकारलाई देखाउने र वास्तविक करारपत्र बनाउँदै कामदारलाई न्यून पारिश्रमिकमा पठाएको भेटाएपछि वैदेशिक रोजगार विभागले पासपोर्टमै पारिश्रमिक टास्न थालेको   हो ।
श्रम तथा रोजगार मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कममा मागपत्र ल्याउने र विभागमा नक्कली कागजात पेस गर्ने म्यानपावर एजेन्सी यो व्यवस्थाबाट निरुत्साहित हुने विश्वास विभागको छ ।
सरकारले मुख्य श्रम गन्तव्य मुलुक साउदी अरबमा १ हजार रियाल( ९२५ हजार रुपैयाँ), कतार १२ सय रियाल (९३० हजार रुपैयाँ) र संयुक्त अरब इमिरेट्स युएईमा ११ सय रियाल (९२७ हजार ५ सय) पारिश्रमिक तोकेको छ । 
विभागले यीभन्दा कम पारिश्रमिकमा श्रम स्वीकृति दिँदैन । तर एजेन्सीहरुले नक्कली करारपत्र बनाई धमाधम कामदार पठाइरहेका छन् । ‘यस्तो खुला ठगी नियन्त्रण गर्न राहदानीमै श्रम स्वीकृतिको स्टिकर राख्न थालेका हौँ , विभागका महानिर्देशक विनोद केसीले भने,’अब त्यस्ता ठग म्यानपावर ठाउँमा आउँछन् । ‘ कारोबार दैनिकमा
 खबर छ ।
उनका अनुसार कामदारले पनि सम्बन्धित मुलुक नपुगेसम्म आफूले पाउने पारिश्रमिक बढी र लागत खर्च कम देखाउने गरेका छन् । विदेशमा समस्या भएपछिमात्र बास्तविक समस्या खुलाउँछन्,उनले भने,’यसले पनि नियमनमा असहज भएको थियो ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, August 15, 2013

नेपालका पाइलटहरूले ड्रक्स तथा ब्राउन सुगर प्रयोग गरेको खुलासा: भयको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

  काठमाडौं,श्रावन २१,नेपाल एउटा यस्तो मुलुक जहा धेरै जस्तो बिमान दुर्घट्ना हुने गर्छ। सर्बेक्षन अनुसार् बिश्वमा सबै भन्दा धेरै बिमान दुर्घट्ना हुने मुलुक मध्य नेपाल् पनि एक हो । यहा धेरै बिमान दुर्घटना हुन्छ छानबिन समिति पनि गठन हुन्छ तर प्रतिबेद्नमा जहिले पनि मौसम् कै कारण दुघट्ना भएको देखाउछ त कहीले प्राबिधिक गडबढि कै कारण देखाउछ । तर नेपालमा भने मौसम र प्राबिधिक कारण नभई बिमान चालककै लपारबहीका करण दुर्घटना भएको रहस्य खुलेको छ । जुन रहस्य हो ड्रक्स,कतिपय पाइलटहरूले ड्रक्स तथा ब्राउन सुगर प्रयोग  गरि बिमान उडाएको कारणले गर्दा नेपालमा धेरै जस्तो बिमान दुर्घट्ना हुन्छ तर दोस भने मौसम या अन्य कारण देखाईन्छ । यो रहस्य खुलेको हो एक जना ब्यक्ति जो पाइलट सम्म ड्रक्स तथा हिरोइन पुर्याउने गर्छ। जस्ले हामीलाई आफ्नो नाम नखुलाउने शर्तमा यो घट्ना खुलाएको हो । उनको भनाइ अनुसार ड्रक्स,ब्राउन सुगर,वाह्याइट सुगर तथा हिरोईन भारतको रोक्सोल देखि अबैध बाटो भएर नेपालमा भित्र्याईन्छ । केही मात्रामा कलाकार देखि पाइलट सम्म यी लागुपदार्थ कारोबार गरिन्छ भने केही अबैध बाटो हुँदै अफ्रिकन मुलुक लगायत अन्य मुलुकमा सप्लाई हुने गरेको उनको तर्क छ। यस्तै अवस्था रहे नेपालमा बीमान दुर्घट्ना क्रम अझै बद्ने अनुमान गर्न सकिन्छ त्यति मात्रा होईन त्रिभुबन अन्तरराष्ट्रिय बिमान स्थल लागु अौशधी कारोबार गर्ने टन्जिट पोइन्ट ब्न्दै गएकोले नेपालले अन्तराट्रिय जगतमा लज्जास्पद हुँदै गएको छ ।त्यसैले समय मै सम्बधित पक्षको ध्यान पुगेन भने नेपालले अझ धेरै क्षेती बेहोर्नु पर्ने निश्चित छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

के अचम्मको भिडियो हो यस्तो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

जापानबाट फर्केर अध्यागमनमै बिहे

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

३१ साउन, काठमाण्डौ । छोरीको अन्तरजातिय प्रेम सम्बन्ध टुटाउन विष्णुबहादुर श्रेष्ठले छोरीलाई जापान पठाएका थिए । छोरी रिजु श्रेष्ठ अनिच्छाका बाबजुद परिवारको दबाबमा अध्ययनका लागि जापान त गइन् तर जापानमा पढाइतिर भन्दा उनको मन हरपल आफ्नो प्रेमीतिरै थियो । यसैले ६ महिनापछि नै उनी जापानबाट भागेर प्रेमी बिजय पूर्वेलाई भेट्न र्फकने निर्णय गरिन् । उनी सोमवार काठमाण्डौ विमानस्थलमा उत्रिइन् । तर र्फकने क्रममा झमेलामा परिन् । ड्रागन एयरमार्फत हङकङको ट्रान्जिट भएर आएकी उनको बाटोमै पासपोर्ट हरायो । त्रिभुवन विमानस्थलमा चेकजाँच गर्दा पासपोर्ट नभएपछि उनलाई अध्यागमन कार्यालयले पक्राउ गर्‍यो । अध्यागमन कार्यालय विमानस्थलले कारबाहीका लागि सोमवार नै अध्यागमन विभाग कालिकास्थान पठाये ।
1809304-Tribhuvan_International_Airport_Kathmandu_Nepal
उनी जापानबाट फर्किएको खबर पाएपछि उनका प्रेमी विजय पूर्वै त लिन जाने नै भए उनका आमाबुबा पनि विभागमा उपस्थित भए । उनलाई विभागले तारेखमा छाड्ने निर्णय गर्‍यो । प्रेमीकै यादमा देश फर्किएकी उनी त्यहाँ दोस्रो झमेलामा परिन् । उनलाई कसले बुझेर लैजाने भन्नेमा ठूलै विवाद भयो । पक्राउ परेका व्यक्तिलाई छोड्दा सबैभन्दा निकटको आफन्तलाई बुझाउने गरिन्छ । जसअनुसार रिजुका बुबा उनलाई लिन गएका थिए । तर उनले बुबासंग कुनै हालतमा नजान र प्रेमी पूर्वेसंगमात्र जाने अड्डी लिइन् । अध्यागमनका कर्मचारी संकटमा परे र विण्णुबहादुरले छोरीलाई आफूले लैजान पाउनु पर्ने दाबी गरे । उनका प्रेमीको पनि आफ्नो दाबी कायमै थियो । ‘दुबै पक्षका ठूलो समूह नै जम्मा भएको थियो , विभागका शाखा अधिकृत देवषिर् सापकोटा भन्छन्,’कसलाई बुझाउने भन्नेमा ठूलै तनाब मच्चियो ।’ रिजुका प्रेमी मधेसी मूलका भएकाले संस्कृति नमिल्ने भन्दै उनका बुबाले पहिलेदेखि नै सम्बन्धलाई रुचाएका थिएनन् । तर रिजु आफ्नो प्रेमीप्रति पागल भइसकेकी थिइन् । कुनै हालतमा पनि उनी पूर्वेसंग जाने भन्दै परिवारसंग बोल्न पनि अस्वीकार गरिन्
विवाद बढ्दै गएपछि रिजु र विजयले एक अर्कालाई श्रीमान श्रीमतीको घोषणा गरे । विजयले विभागका महानिर्देशकलाई पत्र लेख्दै आफूहरुको विवाह एकमहिनाभित्र दर्ताको प्रमाणपत्र बुझाउने भन्दै रिजुलाई आफैलाई बुझाउन आग्रह गरे । दुवैजनाले आफूहरु श्रीमान श्रीमती नै भएको भनेर घोषणा गरी निवेदन दिएपछि विभागका कर्मचारी मात्र होइन रिजुका परिवारको समेत केही लागेन । उनका बाबु विष्णुबहादुरले छोरी विजयकै साथ जान लिखित मन्जुरी दिए । यसरी जापानबाट फर्केकै दिन रिजुले अध्यागमन कार्यलयमै बिहे गरेर आफ्नो प्रेम सफल बनाइन      स्रोत : नयाँ पत्रिका दैनिकले
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, August 14, 2013

गोर्खाका कृष्णप्रसाद हत्या पाटि बाटै भाको हो पाटि सेक्रेटरीको बयान

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
चितवन, श्रावण ३० - गोरखा फुजेल ७ का कृष्णप्रसाद अधिकारीको हत्या आफ्नै पाटीको योजना अनुसार भएको तत्कालीन माओवादी पार्टीका सेक्रेटरीले बताएका छन् । ‘घटना पार्टीको योजना अनुसार भएको हो,’ तत्कालीन विद्रोही माओवादीका चितवन जिल्ला सेक्रेटरी यमबहादुर परियार ‘इन्द्रजित’ ले भने, ‘अहिले हत्यारा खोजेर पत्ता लगाउन सकिंदैन ।’
उनले द्धन्द्धकालिन घटना भएकाले घटनामा संलग्न को कता पुगे थाहा पाउन नसकिने बताए । द्धन्द्धकालमा धेरै घटना भएको र त्यही समयमा कृष्णको पनि हत्या भएको दावी गरे । उनले अहिले आएर घटनाबारे खोजी गर्ने काम भएको बताए । परियारले हत्या पार्टीले गरे पनि कसले गरेको भन्ने प्रस्ट्याउन चाहेनन् । एसएलसी दिएर जयमंगलामा हजुरबाआमालाई भेट्न आएका १८ वर्षीय कृष्णलाई सेनाको सुराकीको आरोपमा चितवनको रत्ननगरस्थित बकुलरबाट माओवादी कार्यकर्ताले कालो पट्टी बांधेर अपहरण गरेका थिए ।
उनलाई अपहरण गरेर कयरखोला पुर्याई ‘सफाया’ गरिएको भन्दै माओवादी कार्यकर्ताले शव ल्याएर टाँडीबजारमा फालेका थिए । ०६१ जेठ २४ गते हत्यापछि उनको परिवार विक्षिप्त छ । कृष्णको हत्यासँगै उनका बुवा नन्दप्रसाद, आमा गंगामाया र दाइ नूरप्रसाद न्यायका संघर्क्ष गरिरहका छन् । बाबु र आमाले तीन सातादेखि राजधानीमा अमरण अनसन जारी राखेका छन् ।
हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै धर्नादेखि अनशन बसे पछि मंगलबार सरकारले घट्नाको अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन दिएको छ । हत्याको समयमा माओवादी पार्टीका जनसरकार प्रमुख भने डण्डपाणी पौडेल थिए । परिवारको कसैसँग रीसराग नभएको नन्दप्रसादकी आमा गौरीमायाले बताइन् । ‘बिनाकारण माओवादीले निर्दोष नातिलाई अपहरण गरेर तड्पाईतड्पाई हत्या गरे,’ ७८ वर्षीया गौरीमायाले भनिन्, ‘तर हत्यारालाई अहिलेसम्म कारबाही भएको छैन । अन्यायमा परेकाले न्याय नपाउने भए किन न्यायालय राख्नुपर्यो ?’ उनी नातिको हत्या भएदेखि विक्षिप्त छिन् ।
परिवारमा हत्यामा बाबुराम भट्टराईकी पत्नी हिसिला यमीकी पीए जानुका पौडेललगायत संलग्न रहेको भन्दै मृतक कृष्णका दाजु नूरप्रसादले प्रहरीमा किटानी जाहेरी दिएका थिए तर प्रहरीले कुनै चासो दिएको थिएन । उता हत्या आरोप लगाइएका पर्शुराम पौडेलले आफू र परिवार निर्दोष भएको भन्दै बिना कारण आफ्नो परिवारलाई आरोप लगाएर झुटो प्रचार गरिएको दाबी गरे । ‘हत्यामा संलग्न जोसुकै होस् उसलाई कारबाही गरिनुपर्छ,’ उनले भने, ‘तर बिना प्रमाण अरूको चरित्र हत्या गर्ने गरी हत्यारा भन्दै हाम्रो नाम राखेर प्रचार गर्न पाइदैन ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, August 7, 2013

केनिया अन्तरास्ट्रिय बिमान स्थलमा भिषण आगालगी भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

केनियाको अन्तराष्ट्रिय बिमानस्थलमा भिषण आगलागी भएको छ । आगलागी भय पस्चात सबै विमानस्थलका आवोत जवोत बिमान हरु सबै बन्द गरियको छ । पूर्वी अफ्रिकाको महत्वपूर्ण केन्द्रको रुपमा रहेको जोमो केन्याटा अन्तरार्ष्ट्रिय विमानस्थलको आगलागी निक्कै डरलाग्दो भएको बताइएको छ ।
कयौ माइल टाढा बाट पनि धुवाको मुस्लो देखिएको समाचारमा उल्लेख छ । आगलागी विमानस्थलको मध्य भागबाट सुरु भएकोले नियन्त्रण गर्न निक्कै कठिनाइ भैरहेको समाचार मा उल्लेख छ ।
अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाए अनुसार अहिले त्यहाँ उद्दार कार्य जारि भैरहेको छ ।
अहिले सम्म आगलागीको कारण थाहा हुन सकेको छैन भने आगलागीमा के कति क्षति भयो भन्ने क्जुलना सकेको छैन,                                                  

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

बम बिस्पोटमा ११ जना बालबालिकाको मृत्यु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
blastपाकिस्तान  श्रावण २३ - पाकिस्तानको कराँचीमा बुधबार बिहान यक बजार छेत्रमा बम  बिस्पोट गराउदा  ११ जना बालबालिकाको मृत्यु भएको छ भने थप २४ जना घाइते भएका छन् । उक्त बम बजार क्षेत्रमा बिष्फोट भएको थियो । आइएएनएसका अनुसार प्रहरीका अनुसार उक्त विष्फोटक पदार्थ मोटरसाइकलमा बाँधिएको थियो । सहरको ल्यारी क्षेत्रमा फुटबल खेल सकिएको केही समयमा नै उक्त विष्फो६न भएको त्यस क्षेत्रका प्रान्तीय विद्यायक शानिया नजले बताए ।
स्थानीय मिडियाका अनुसार बालबालिकाको स्थानीय दुई टीम बीच भएको फुटवल खेल सकिएर बाहिर निस्कँदै गरेको बेला उक्त बिष्फोटन गराइएको हो । मारिनेहरु धेरै जसो १२ देखि १४ बर्ष उमेर समुहको रहेको बताइएको छ ।


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, August 5, 2013

बेलायतमा संकर बि सी र गीता राइले तहल्का मच्चाय भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

इजराइल्मा यक महिलाको हत्या गरि लगेज्मा हाली फालिय्को फेला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
इजरायल, २० साउन – इजरायलको तेलअभिभको हागनास्थित रेल स्टेशन नजिक एक महिलाको टुक्राटुक्रा पारेर लेगजमा हालिएको लाश फेला परेको छ । उक्त लगेजलाई एक व्यक्तिले देखेपछि उठाउन खोज्दा भारी भएपछि शंकास्पद वस्तु होला भनेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी आएर चेक गर्दा त्यो लगेजमा एक महिलाको लास लाइ खुप यातना दिएर मरेको अनुमान सजिलै गर्न सकिने कुरा प्रहरीले जानकारी गराएको छ । ति महिलाको लास लाइ हरेक ठाउमा चक्कुले हानेर काटेको घाउ देख्न सकिन्छ । ति महिलाको शरीरक पुरै अंग काटेर छुट्यायर लगेजमा राखिएको अवस्थामा भेटिएको छ भने महिला अन्दाजी ३० बर्ष को रहेको जनाइएको छ ।
यो घटनाको बारेमा अहिले अनुसन्धान भै रहेको कुरा इजरायलको वाइनेट न्यूजले जनाएको छ । ति महिला को हुन् इजरायली हुन् या अरु कुनै देश बाट काम गर्न आएकी हुन् यसको बारेमा भने कनै जानकारी गराइएको छैन्।

        

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

दुइ रुपिया गाडी भाडा नदियकोमा जवान केटालाई गोलि हानी मारियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, August 1, 2013

दुलाहा दुलहीको सुवागारत कहाँनी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
दुलहा खाटमा आयो । दुलहीतिर नजिकिदै मुन्टो तानेर बिस्तारै भन्यो : 'एउटा कुरा देखाउँ ?

दुलही मुस्कुराउँदै मुन्टो हल्लाएर हुन्छ भनिन् । दुलहाले सिरक खोल्यो र दुवैलाई गर्लम्म छोप्यो ।

दुलहा दुलहीसँग टाँसियो । कानेखुशी गर्दै खुसुक्क भन्यो : 'हेर त, ससुराले दिनुभएको बत्ती बल्ने घडी !'

दुलहीले भनिन् : 'छ्या ! कस्तो केटाकेटीजस्तो कुरा गर्नुभा'को !'

दुलाहा : 'किन र ?'

दुलहीले थपिन् : 'मैले त अरु नै केही कुरा देखाउनु हुन्छ होला भन्ने सोचेकी !' 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

तँपाइको पनि कम्पुटर स्लो भको छ कि फास्ट गराउने पाँच तरिका हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
कम्प्युटर, यो उपकरणसँग हाम्रो दैनिकी र रोजीरोटी नै जोडिइसकेको छ। कम्प्युटर बिना संसार मात्र होइन घरबार पनि चल्न सक्छ भन्ने सोच निक्कै कमसँग हुने अवस्था बनिसकेको छ। यसको माध्यम भएर नै हिसाब किताब देखी लेखन र सम्पर्क सबै हुने गर्दछ। त्यसो त अनलाइन भइसकेको दैनिकीमा यो नै इन्टरनेट र साथीभाईसँग जोडिने सर्म्पर्कमा बस्ने माध्यम हो। मनोरञ्जन देखी कार्यालयको काम अनि व्यवसायको प्रबर्द्धन सबै काम हुन्छ यो प्राविधिक बट्टो कम्प्युटरमा। घर वा कार्यालय २४ सै घण्टा जस्तो कम्प्युटर खुल्ला पनि हुन्छ अनि सक्रिय पनि। यसरी कम्प्युटरमा काम गरिरहँदा तपाइँलाई कम्प्युटर सुस्तो भएको अनुभव भएको पनि होला। कम्प्युटर चलाउँदा चलाउँदा तपाइँको हातले दिने कमाण्ड कम्प्युटरले काम गर्ने गति भन्दा छिटो पनि भइसकेको हुन्छ। जसका कारण पनि तपाइँलाई कम्प्युटर सुस्तो भएजस्तो लाग्छ। त्यसो त लामो समय सम्म इन्टरनेट हेर्दा वा दैनिक जस्तो चलाउँदा कम्प्युटरमा बन्ने टेम्पोररी फाइलका कारण पनि कम्प्युटरको काम सुस्तो हुनसक्छ। कारण जे भएपनि तपाइँ हामी आजकल कम्प्युटर सुस्तिएको मन पराउँदैनौं। हामीलाई कम्प्युटर छिटो खुलोस् अनि छिटो छिटो काम गर्न सकियोस् भन्ने लाग्छ। तर विभिन्न कारणले कम्प्युटर भने सुस्तो भइरहेको हुन्छ।                        
                   डिस्क क्लिनअप03 Boost your computer Speed Disk Clean up in computer to make speed operationकम्प्युटर चलाउँदा यसमा रहेका विभिन्न ड्राइभमा अनावश्यक वा आवश्यक फाइलहरुले गर्दा खाली ठाउँको कमी हुँदै गयो भने पनि कम्प्युटर सुस्तो हुन्छ। कम्प्युटरका प्राथमिक र दि्वतिय खालका ड्राइभमा विभिन्न सफ्टवेयर वा फाइलहरु चलाउँदाका अनावश्यक टेम्पोररी फाइल साथै विभिन्न समयका इरर रिपोर्ट जम्मा हुन्छन्। वीण्डोज प्रणालीले यस्ता खालका फाइल हटाउने सुविधा दिएको हुन्छ। जुन तपाइँले सम्बन्धित ड्राइभमा दायाँ क्लिक गरेर डिस्क क्लिनअप भन्ने सुविधा पाउनुहुन्छ। जसले अनावश्यक त्यस्ता फाइल हटाइ दिन्छ र तपाइँको कम्प्युटरको गति बढ्छ। त्यसका लागि तपाइँले कम्प्युटरमा स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क क्लिनअपमा जानुपर्छ। त्यसपछि देखीने वीण्डोमा गएर डिस्क क्लिनअपमा क्लिक गरेपछि तपाँइको कम्प्युटरको छनौट गरिएको डिस्कमा रहेका अनावश्यक फाइलहरु हटेर तपाइँको कम्प्युटर छिटो चल्छ 
                                                    
इन्डेक्सीङ बन्द गर्नुस
02 Boost your computer Speed Drive allows to contents indexedकम्प्युटरमा एउटा सुविधा हुन्छ तपाइँले सुरक्षित (सेभ) गरेको फाइल तथा फोल्डरलाई इन्डेक्सीङ गर्ने। जसको कारण कम्प्युटरले तपाइँले कुनै पनि ड्राइभमा राखेको फाइल तथा फोल्डर खोज्दा छिटो पत्ता लगाउँछ। कम्प्युटरको कुनै पनि ड्राइभको प्रोपर्टिजमा तपाइँले इन्डेक्सीङको सुविधा उल्लेख गरेको पाउनु हुन्छ। जसले कम्प्युटरको प्रोसेसर र मेमोरीको धेरै अंश खपत गर्दछ। यसको मतलब हो तपाइँको कम्प्युटर सुस्त हुन्छ। यसखालको इन्डेक्सीङ सुविधा नीजि तथा व्यक्तिगत प्रयोगका कम्प्युटरहरुमा प्रयोग नगर्दा पनि हुन्छ। किनभने तपाइँ आफूले राखेको फाइल तथा फोल्डर कहाँ हो भन्ने थाहा नै नहुने भन्ने हुँदैन इन्डेक्सीङ सेवालाई प्रयोग नगर्दा (डिसेबल गर्दा) कम्प्युटरमा पर्ने प्रभाव भनेको खोजी (सर्च) सुस्तो (स्लो) हुने मात्र हो। यसरी कम्प्युटरमा इन्डेक्सीङ बन्द गर्न वा प्रयोग नगर्न कुनै पनि ड्र्राईभ (सी, डी वार् इ)को आइकनमा दायाँ (राइट) क्लिक गरेर प्रोपर्टिजमा गएर ‘Allow files on this drive to have content indexed in addition to file properties ‘ मा रहेको ठीक (चेक)लाई हटाउन सक्नुहुन्छ। यसो गर्नुभयो भने तपाइँको कम्प्युटर छिटो हुन्छ।


टेम्पोररी फाइल फाल्नुस01 Boost your computer Speed search-for-temporary-filesकम्प्युटर चलाउँदा कम्प्युटरमा हामीले खोलेका फाइल तथा सफ्टवेयर चल्ने क्रममा धेरै अरु टेम्पोररी फाइलहरु बन्ने गर्दछन्। त्यस्ता फाइलहरुले पनि कम्प्युटरलाई सुस्तो बनाउँछन्। त्यसैले यस्ता फाइल समय समयमा हटाउनु (डिलिट गर्नु) पर्छ। कम्प्युटरमा यस्ता खालका फाइलहरु जम्मा हुने एउटै मात्र वीण्डो हुन्छ। कम्प्युटरलाई छिटो बनाउन चाहनुहुन्छ भने तपाइँले कम्प्युटरको स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर %temp% टाइप गर्नुपर्छ।यती टाइप गरेर इन्टर गरेपछि तपाइँको कम्प्युटरमा उत्पन्न भएका सबै टेम्पोररी फाइल भएको फोल्डर वीण्डो खुल्छ। त्यहाँ भएका सबै फाइल तथा फोल्डर डिलिट गर्न सक्नुहुन्छ। जसले तपाइँको कम्प्युटरलाई छिटो बनाउँछ।

हार्ड ड्राइभ डिफ्र्यागमेन्ट गर्ने04 Boost your computer Speed Defragmentation of Hard disk

कम्प्युटरको डिस्कमा गरिने डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कलाई केही थप कामहरु लगाउँछ। जसको कारण कम्प्युटरले गर्ने कामहरु सुस्तो हुन्छ। यसको विपरित डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कमा रहका फाइलहरुलाई क्रमबद्ध रुपमा यसरी मिलाउँछ ताकि उसले त्यसलाई छिटो भेट्न र खोल्न सकोस्। त्यसैले समय समयमा कम्प्युटरका ड्राइभहरुलाई डिफ्र्यागमेन्ट गर्नुपर्छ। यसो गरेको खण्डमा पनि कम्प्युटरको गति केही बढेको अनुभव गर्न सकिन्छ। डिफ्र्यागमेन्ट गर्नका लागि कम्प्युटरमा क्रमैसँग स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क डिफ्र्यागमेन्टर जानु पर्दछ। त्यसो त कुनै पनि ड्राइभका दायाँ क्लिक गरेर प्रोपर्टिजमा रहेको टुल भन्ने विकल्प (अप्सन)मा गएर डिफ्र्यागमेन्ट गर्ने बटन पाउन सक्नुहुन्छ।
अनावश्यक सुरुवाती प्रोग्राम हटाउने
05 Boost your computer Speed Disable Unnecessary StartUp itemsजब तपाइँ कम्प्युटर खोल्नुहुन्छ। कम्प्युटरसँगै विभिन्न सफ्टवेयरहरु पनि खुल्छन्। मेसेन्जर, नेपाली मिती र क्यालेण्डर, डाउनलोड मेनेजर लगायतका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुलिरहेका हुन्छन्। जुन तपाइँका लागि सँधै आवश्यक नभएपनि तपाइँको कम्प्युटरमा पृष्ठभूमिमा चलिरहेका हुन्छन्। जसले तपाइँको कम्प्युटर र इन्टरनेटको गति दुवैलाई सुस्तो बनाउँछन्। यस्ता सफ्टवेयरहरुलाई बन्द गराउनु भयो भने कम्प्युटरको गति कम्तिमा २० प्रतिशत बढ्छ। कम्प्युटरका सुरुवाती (स्टार्टअप) प्रोग्राम हटाउनका लागि तपाइँले कम्प्युटरको स्र्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर msconfig टाइप गर्नुपर्छ। त्यसपछि गरिने इन्टरले तपाइालाई सिस्टम कन्फिगरेसनको विकल्पमा पुरयाउँछ त्यहाँ रहेको स्टार्टअप विकल्पमा गएर तपाइँलाई कम्प्युटरसँगै खुल्नु आवश्यक नभएका सफ्टवेयरहरुलाई नखुल्ने बनाउन सक्नुहुन्छ। स्टार्टअपमा देखिएका सफ्टवेयरहरु मध्ये आफूलाई आवश्यक नलागेकामा भएको ठीक (चेक)लाई हटाउनुस् र ओके गर्नुहोस्। तपाइँको कम्प्युटर अब छिटो खुल्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

बिदेस बाट कल आयो भने बोनस पाँउछ एन्सेलमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
तपाइँ एनसेल चलाउनु हुन्छ र तपाइँका आफन्त विदेशमा छन् भने एनसेलको नयाँ अफर तपाइँका लागि लाभदायक हुने देखिन्छ। एनसेलले नयाँ अफरका रुपमा अन्तर्राष्ट्रिय आगमन कलमा असार २६ देखी ‘कल आयो पैसा पायो’ सुरु गरेको छ। यो उपहार योजनामा एनसेल प्रयोगकर्ताले ११३१ मा फोन गरेर सहभागी हुन पाउने छन्।कल गरेर योजनामा सहभागी हुनेहरुले आफ्नो एनसेलको नम्बरमा विश्वको कुनैपनि देशबाट आएको फोनमा कुराकानी गर्दा प्रति मिनेट एक रुपैंया बोनस पाउने छन्। यसरी पाउने बोनसमा उनीहरुले एक पटकमा अधिकतम ३० रुपैंया सम्म बोनस पाउने एनसेलले जनाएको छ।यो योजनामा पाएको बोनस ब्यालेन्स रकम एनसेलको नेर्टवर्क भित्र कुरा गर्न, एस.एम.एस, एम.एम.एस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ। उक्त रकम पाँच दिनभित्र प्रयोग गरिसक्नु पर्ने एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सन्जु कोइरालाले बताइन्। कोइरालाले यसखालको योजनाले एनसेलका प्रयोगकर्तालाई विदेशमा रहेका आफन्तसँग कुराकानी साथै केही रकम पनि बोनस पाउँदा थप उत्साहित बनाउने आशा राखेको बताइन्।एनसेलले केही समय अघि देखी यो योजना लुम्बिनी र राप्तीमा मात्र लागु गरेको थियो। यसखालको बोनस रिचार्ज उपहार योजनालाई देशभर लगेपछि विदेशमा आफन्त भएका परिवारलाई आफन्तले फोन गर्दा केही रकम उपहारका रुपमा पनि प्राप्त हुनेछ। यो विदेशबाट आएको फोन उठाउँदा बोनर रकम प्राप्त हुने यो योजना आगामी असोज २४ सम्म रहनेछ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

ग्यालेक्सी एस फोरले घरै जलायो यसरि

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
चिनमा सामसुङको ग्यालेक्सी एस फोरबाट उत्पन्न भएको आगोले घर नै सखाप पारेको छ। चिनियाँ भाषाको एक ब्लगले ४७ वर्षिय डूको ग्यालेक्सी एस फोरले उनको घर नै ध्वस्त पारेको उल्लेख गरेको हो। उक्त ब्गलले डूले आफ्नो फोनलाई चार्जमा राखेर ‘लभ मसिन’ नाम गरेको खेल खेल्दा मोबाइल पड्केको उल्लेख गरेको छ।01 Samsung Galaxy S4 in flamesमोबाइल पड्केको आवाज आएपछि डराएर डूले मोबाइल सोफामा फालेको र मोबाइलबाट आगोको ज्वाला निस्केर सोफा हुँदै पूरै अपार्टमेन्ट नै जलेको ब्लगमा उल्लेख छ।
02 Samsung Galaxy S4 in flamesसामसुङ ग्यालेक्सी एस फोरबाट उत्पन्न भएको आगोले छोपेको डूको अपार्टमेन्टको आगो निभाउन अग्निनियन्त्रकलाई आधा घण्टा समय लागेको थियो।
03 Samsung Galaxy S4 in flamesआगोबाट डू र उनकी श्रीमती उनीहरुको कुकुरका साथ जोगिन भने सफल भएका छन्। ग्यालेक्सी एस फोरको कारण जलेको घरका मालिक डूले आफूले मोबाइलमा कुनै पनि सस्तो उपकरण नजोडेको बताएका छन्। उनले एक महिना अघि मात्र उक्त फोन किनेका थिए। फोनमा जोडेको चार्जर र ब्याट्री सामसुङ कै र सक्कली भएको ब्लगले उल्लेख गरेको छ। सामसुङ ग्यालेक्सी एस फोरबाट आगो उत्पन्न भएको यो नै पहिलो घटना भने होइन। स्रोत ; dorsanchar
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला