Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, September 7, 2013

चाइना घुम्न गाको रात भरि भोकै भय कसरि भय त चिन जस्तो ठाउमा रात भरि भोकै यो भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र २२ - चीनको विकासको गति त्यहीँ पुगेपछि मात्रै थाहा हुँदोरहेछ । चीनको विकास र यहाँको द्रुतगतिको रेलको रफ्तार झन्डै झन्डै उस्तै रहेछ । ६ वा ८ लेनका चौडा सडक । उत्तिकै फ्लाइओभरहरू । हरियाली, सफा सुग्घर ठूल्ठूला घरहरू । मान्छेको व्यस्तता पनि उस्तै । २० औं कारहरू लोड गरेर हिँडेका लरीहरू । पुराना घरलाई विस्थापित गर्दै बनाइएका तीस चालीसतले घरहरू । मानौं संसारको सबै विकास चीनमै केन्दि्रत छ । १९७८ मा देङ्ग स्याओ पेङ्गले उदार अर्थनीति लिएपछि कम्युनिस्ट चीनको कायापलट सुरु भएको मानिन्छ । चीन अहिले पनि त्यही गतिमा विकासको पथमा अग्रसर देखिन्छ । केही नगरी विश्वकै दोस्रो ठूलो अर्थतन्त्र कसरी बन्थ्यो होला र ? हरेक महिनाजसो कुनै न कुनै नेपाली नेता चीन पुगिरहेका हुन्छन् । तर, यिनले यो देशको प्रगतिबाट केही किन सिक्न नसकेको होलान् भनेर मलाई अचम्म लाग्यो ।

गएको साउन ६ देखि २२ गतेसम्म चीनका तीन प्रान्त कान्सु, साङ्सी, जेझियाङ र तियानजिन नगरपालिकाको भ्रमण गर्ने मौका मिलेको थियो । 'चाइना डेली' पत्रिकाले निम्ता गरेका अमेरिकी, ब्राजिली, सिंगापुरे, मलेसियाली, थाई, भारतीयलगायत १२ जना विदेशी फोटो पत्रकारमध्ये म पनि एक थिएँ ।

ग्वान्जाउ एयरपोर्ट हुँदै लानजाउ एयरपोर्ट -कान्सु प्रान्त) बाट हाम्रो यात्रा सुरु भयो । सार्वजनिक स्थान, विज्ञापन होडिङ बोर्ड, ट्राफिक संकेत, रेस्टुरेन्टका मेनु, अधिकांश पत्रिका चिनियाँमा थिए । पहिलो दिनको डिनरमै खुब सास्ती झेल्नुपर्‍यो । 'गल्फ डेली'का फोटो पत्रकार अब्दुल रहमान र म २०-२५ वटाजति रेस्टुरेन्ट खोज्दै खुब चहार्‍यौं ।

चाइनिज अक्षरको मेनु र अंग्रेजी पनि नबोल्ने चिनियाँ रेस्टुरेन्टका कामदारसँगको अर्को सम्पर्क भाषा थिएन । बल्लबल्ल एक चिनियाँ भेटिए अरबी भाषा बोल्ने । अब्दुलको सहयोगमा हामीले त्यो दिनको भोक मेट्यौं । भोलिपल्ट मलाई झन् समस्या थपियो । चिनियाँहरू बिहान ६ बजे ब्रेकफास्ट, १२ बजे लन्च र ५ बजे डिनर गर्दा रहेछन् । नेपालीको ८-९ बजे डिनर गर्ने बानी । पाँच बजे डिनर खाए पनि नौ बजेतिरदेखि पेटमा मुसा कुद्न थालिहाल्यो । त्यो रातभरि कुदिरह्यो ।



ठूला घर, साना पहाड


हामी साङ्सी प्रान्तको हुवा माउन्टेन गएका थियौं । हजारौं विदेशी स्वदेशी पर्यटक त्यहाँ ओइरिएका थिए । खासमा त्यो हुवा भन्ने डाँडोलाई नै उनीहरूले माउन्टेन भनेका रहेछन् । तर भीर भएका ठाउँमा भर्‍याङ, ठाउँठाउँमा खानेपानीको स्रोत, रेस्टुरेन्ट, रेस्ट गर्न बनाइएका संरचना देख्दा झल्झली नेपालको सम्झना आउने । तुलना नगरुँ भने पनि आफ्नो देश र उनीहरूको देशबीच तुलना भइहाल्ने । हाम्रो देशका डाँडाकाँडा तीभन्दा हजार गुना राम्रा छन् । तिनलाई चटक्क पारेर सिँगार्न पाए हाम्रा पहाडमा पनि पर्यटकले पाइला राख्न नमिल्ने घुइँचो हुन्थ्यो होला । तर हामी आफैं विकास गर्न अघि नसर्ने, अरू बाहिरका को मान्छे आएर हाम्रा लागि विकास गर्दिउन् ?

करिब १६ दिनको भ्रमणमा धेरैवटा विमानस्थलको अनुभव गर्न पाइयो । हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलभन्दा कैयौं गुणा ठूला र राम्रा त त्यहाँको आन्तरिक विमानस्थल नै रहेछन् । विदेशीहरू भित्रिने मुख्य मार्ग हवाइमार्ग नै हो । त्यसैले विमानस्थलमा जस्तो इम्प्रेसन पर्छ, ती विदेशी त्यो देशका बारेमा त्यस्तै धारणा बनाउँछन् । हाम्रोमा चाहिँ भएको एउटै अन्तर्राष्ट्रिय विमानस्थलको पिच भत्केर ठूला विमान नल्याऊ है भन्नुपर्ने अवस्था छ । फेरि हामी र पश्चिमा पत्रकारबीच पनि विविधता थियो । हामीलाई अग्ला भवन, ठूला हरियाली बाटाहरू, समुद्री किनारहरू रमाइलो लाग्ने । उनीहरू चाहिँ डाँडाकाँडा, खेतबारी देख्दा मोहित हुने ।



नाम र सुटिङ

चिनियाँहरूको नाम पनि दुइटा हुँदो रहेछ । चिनियाँ भाषाको नाम विदेशीहरूले नबुझ्ने हुँदा उनीहरू दोस्रो नाम राख्दा रहेछन् । त्यो चाहिँ आफूलाई मन परेका चिजका नाम हुँदा रहेछन् । मैले भेटेका केहीको नाम यस्ता थिए- रोज, बिफ, समर, विन्टर, प|mेबुअरी, मार्च, एन्जल, फिसर, बेम्बो, एप्पल आदि ।

चीनको सबैभन्दा ठूलो फिल्म निर्माणस्थल हेङदियान वल्र्ड स्टुडियो पनि पुगियो । त्यहाँ धेरै फिल्मका सुटिङ भइरहेका थिए । जहाँ पनि क्लिक पार्ने बानी लागिसेकका फोटो पत्रकारको नाताले मैले क्लिक गर्न सुरु गरिहालें । तर, एक क्लिक गरेपछि मात्रै थाहा भयो, फोटो खिच्न अनुमति रहेनछ । हत्तपत्त क्यामरा प्याक गर्दै कुलेलम ठोक्नुपर्‍यो ।

कुनै पनि प्रान्त र नगर छिर्दा कम्प्युटरराइज्ड प्रणालीको कर उठाउने ठाउँ हुने रहेछ । व्यवस्थित तरिकाले उठाइएको करको रकम सडक निर्माण, पार्क निर्माण र नभएका पूर्वाधारमा खर्च गर्ने रहेछन् । सहरलाई हरियाली बनाउन सडक वरिपरि लाखौंको संख्यामा रूख रोपिएको छ । एउटा रूखलाई तीनवटा काठको टेका लगाएर सीधा पारिएको देख्दा हरियाली बनाउन कत्तिको मिहिनेत गर्नुपर्ने रहेछ भन्ने देखियो ।

हामी हरियो वन नेपालको धन भनेर पढेका मान्छे । हामीले चाहिँ सडकछेउका सारा रूख काटेर सखाप पार्‍यौं, उनीहरू भने सडक छेउमा रूख रोपिरहेका छन् ।



कृत्रिम वर्षा

जेझियाङ प्रान्त पुग्दा करिब ३८ देखि ४० डिग्रीसम्मको तापक्रम थियो । हामी घुम्दै थियौं एक्कासि पानी पर्‍यो । हामीलाई घुमाउने चिनियाँ भन्दै थिए, 'यो त कृत्रिम पानीको वषर्ा हो ।' हामी अचम्म मान्दै पानीमा भिजेर रमायौं । चीनले कृत्रिम बादल बनाएर पानी पार्छ भन्दा हामी जोक भनेको होला भन्ठान्थ्यौं । त्यहाँ प्रत्यक्ष भिज्न पाइयो ।

हामी एक रेस्टुरेन्टमा लन्चमा पुग्दा काँटा र चम्चा किनेर ल्याइएको देखियो । मैले सोधे 'हरेक ग्राहकलाई नयाँ चम्चाकाँटा दिनुहुन्छ ?' रेस्टुरेन्ट मालिकले भन्यो, 'हामी चम्चाकाँटा प्रयोग गर्दैनौं । तपाईंको समूहमा आधीजसोले चपस्टिक प्रयोग गर्नु हुन्न भन्ने थाहा पाएर ल्याएको ।'
नेपालमा गाडीमा हिँड्दा डाँडाकाँडा, उकालो ओरालो र घुमाउरो बाटो हुँदै जानुपर्छ । तर चीनमा जतिसुकै ठूलो पहाड भए पनि धागो तानिएजस्तो सीधा बाटो । उनीहरूले डाँडा छेडेर निर्माण गरिएको टनेल देख्दा नेपालमा बन्न नसकेका विभिन्न सुरुङ मार्गको झलझल्ती याद आयो ।



विन लादेन

कान्सुका अधिकांश महिला छोटो स्कर्ट लगाएर राति १२-१ बजेसम्म पनि निर्धक्क हिँडेका देखिए । नेपालमा जस्तो केटाहरूले जिस्काएको पनि सुनिएन । सायद कानुन कडा भएर होला ।

एउटा होटलको बाहिर पार्क गरिरहेको गाडीमा अलकायदाका नेता बिन लादेनको तस्बिर देख्दा अनौठो लाग्यो । चीनका धेरै ठाउँमा निःशुल्क वाइफाई पाइने । तर, फेसबुक ट्विटर चलाउने बानी लागेका हामीलाई चाहिँ त्यो वाइफाईको स्वादै नआउने । किनभने चीनमा फेसबुक र ट्विटर दुवै चल्दारहेनछन् । चुरोट चाहिँ विमानस्थल, म्युजियमजस्ता ठाउँबाहेक अन्त जहाँ पनि तानेर बसिरहेका देखिन्थे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला