![]() |

यसरी समातिनेहरुमा पुत्राजया अध्यागमन कार्यालयमा गई आउटपास नलिईकन सेटिङको माध्यममार्फत गलत वाटो अपनाएर घर र्फकन थालेकाहरु भएको हुनसक्ने अनुमान गरिएको छ । नेपाल एयरलाइन्सवाट सोमवार १९० जनाले टिकट लिएको भएपनि ६२ जना यात्रुहरु अपुग भएको कारण क्वालालम्पुर विमान स्थलवाट प्लेन उड्न सकेको छैन । नेपाल एयरलायन्सकी कन्टि्र मेनेजर रसु कार्किले भन्नुभयो-’वोडिङ पास लिएकाहरु मध्ये ६२ जना इमि्रगेसनले अफलोड गरिदिएको कारण केहि समस्या भएको छ ।’
उहाँले भन्नुभयो-’नेपाली दूतावासले दिएको ट्राभल्स डकुमेण्ट र इमि्रगेसनले दिएको आउट पासको अवधि हेरेर वोडिङ पास दिने गरेका छौँ, हामीसंग इमि्रगेसनले दिने आउट पास हेर्न मिल्ने सिस्टम हुँदैन, कुन सक्कली हो कुन नक्कली हो हामीले कसरी थाहा पाउने ? यस सम्वन्धमा नेपाली दूतावासका कार्यवाहक राजदूत लेखनाथ भट्टराईले आफुले भर्खरै मात्रै जानकारी पाएको र तत्कालै त्यसको सम्वन्धमा पत्रचार गर्ने जानकारी दिनु भएको छ । sorce: onlinekhabar
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला