Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, September 11, 2013

वाइवाईसहित २ सय ६७ वटा खाद्य उत्पादन फ्याक्ट्री बिरुद्द मुद्दा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र २६ - चौधरी समूहले उत्पादन गर्ने वाइवाई तयारी चाउचाउसहित
२ सय ६७ वटा खाद्य उत्पादनमा जनस्वास्थ्यलाई प्रतिकूल असर पर्ने अखाद्य वस्तु भएको प्रमाणसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दर्ता गरेको छ ।
विभागकी महानिर्देशक जीवनप्रभा लामाका अनुसार वाइवाई चाउचाउमा गुणस्तरहीन तेल प्रयोग भएको पाइएको छ । विभागले नमुना संकलन गर्दा उत्पादनका क्रममा प्रयोग हुने तेल गुणस्तरहीन रहेको तथ्य फेला पारेको हो । विभागले मंगलबार पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०६९/७० का गरेका कारबाहीहरूबारे जानकारी गराउँदै वाइवाईमा गुणस्तरहीन तेल प्रयोग भएको र कतिपयमा तौल पूरा नभएको बताएको हो । 'नमुना संकलनका क्रममा वाइवाई गुणस्तरहीन तेलमा बनाइने गरेको भेटियो,' विभागका प्रवक्ता प्रमोद कोइरालाले भने, 'पटकपटक पुरानो तेल प्रयोग भइरहेको छ ।' उनका अनुसार गत फागुनमा ललितपुरबाट संकलन गरिएको चाउचाउलाई बबरमहलस्थित विभागको अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालामा जाँच गर्दा उपभोक्ताले खान नहुने तेलमा चाउचाउ तयार पारिएको तथ्य फेला परेको हो ।
उपभोक्ताबाट उजुरी परेपछि विभागले ललितपुरको सैंबुस्थित वाइवाई चाउचाउको कारखानामा पनि अनुगमन गरेको थियो । 'बजारबाट संकलन गरिएको र कारखानाको नमुनामा गुणस्तरहीन तेल प्रयोग भएको भेटियो,' महानिर्देशक लामाले भनिन् ।
विभागले खाद्य ऐन २०२३ अनुसार वाइवाईविरुद्ध ललितपुर जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको छ । उक्त अभियोग पुष्टि भए उद्योग सञ्चालकले ५ हजार रुपैयाँ जरिवाना वा एक वर्ष जेल सजाय वा दुवै भोग्नुपर्छ । महानिर्देशक लामाका अनुसार वाइवाईसहित गत आर्थिक वर्षमा ३ हजार २ सय ४४ वटा खाद्य वस्तुको नमुना संकलन गरी गुणस्तर जाँच गरिएको थियो । खाद्य उद्योग/खाद्य थोक एवं खुद्रा बजारमा पुगेर विभागले १ हजार ४ सय ६८ पटक खाद्य उद्योगको उत्पादन स्वच्छता निरीक्षण गरेको थियो । यस क्रममा प्रशोधित पिउने पानी, दूध, दूधजन्य पदार्थ, प्रशोधित दूध, घिउ, बटर, खाने तेल, दाल, मसलाजन्य पदार्थमा पनि समस्या देखिएको महानिर्देशक लामाले बताइन् । यसक्रममा विभागले न्यूनस्तर, मिसावट र दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने २ सय ६७ व्यवसायीविरुद्ध स्थानीय प्रशासन कार्यालयहरूमा मुद्दा दर्ता गरेको
छ । अखाद्य वस्तुबारे उपभोक्ता सजक हुँदै गरेको बताउँदै विभागले त्यस अवधिमा 'र्‍यापिड रेस्पोन्स टिम' मार्फत २ सय ४७ पटक विभिन्न खाद्यजन्य उद्योगमा आकस्मिक निरीक्षण गरेको थियो ।
यसैबीच यस वर्ष विभागको खाद्य प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । अब यस प्रयोगशालामा विश्लेषण गरिएको प्रतिवेदनका आधारमा नेपाली खाद्य उत्पादनले अन्तर्राष्ट्रिय बजार पाउने सम्भावना बढेको छ । विभागले केन्द्रीय प्रयोगशालाले पाएको अन्तर्राष्ट्रिय मान्यताले खाद्य निर्यात व्यापार बढ्ने भनेको छ स्रोत : ekantipur 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला