Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, September 8, 2013

धरान तिज धमाकामा धाँदली चेलीबेटी हरुले गरे नारा बाजी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२२ भाद्र, धरान । तीजको दर खाने दिन पारेर शुक्रबार धरानमा आयोजित पूर्वाञ्चलव्यापी ‘तीज-तारा’ कार्यक्रममा निर्णायकले सबैभन्दा कम अंक दिएको समुहलाई आयोजकले प्रथम बनाएको भन्दै सहभागी चेलीहरुले कार्यक्रमस्थलमै नाराबाजी गरेका छन् । विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका ११ समूहवीचको प्रतिष्पर्धामा सहभागी समुहहरुले कार्यक्रम बहिस्कार गरेर नाराबाजी गरेका थिए । प्रतियोगितामा तेस्रो घोषित धरानको दिव्य आचार्य लाईन समुहका सहभागीहरु उदघोषकले पटक-पटक पुरस्कार लिंन बोलाउँदा पनि मञ्चमा गएनन् । आयोजकले पैसाको चलखेल गरेको भन्दै यनीहरुले कार्यक्रमस्थलमै नाराबाजी गरे । तेस्रो भएको समुहकी एलिसा श्रेष्ठले जसले बढी पैसा खर्च गर्‍यो, उसैलाई 
आयोजकले विजेता घोषणा गरेको भन्दै आफ्नो समुहले पुरस्कार बहिस्कार गरेको बताइन् । कार्यक्रममा बेष्ट डान्सर घोषित झापाकी निशा श्रेष्ठले मञ्चमै गएर तीजतारामा प्रतिभाको होइन, पैसाको मात्र कदर भएकाले आफु वेष्ट डान्सर भए पनि चित्त नबुझेको बताइन् । कार्यक्रममा ३ जना निर्णायक राखिए पनि निर्णायकले गरेको निर्णय लागु नहुँदा सहभागीहरु आक्रोशित भएका हुन् । आयोजक मकालु टेलिभिजनले भने एसएमएस भोटका आधारमा विजेता घोषणा गरिएकाले यस्तो भएको बताएको छ । तर, प्रतियोगिताकी सहभागी गंगा कार्कीले आफूहरुले कसको कति भोट आयो भनेर हेर्न खोज्दा पनि आयोजकले दिन नमानेको बताइन् । मकालु टेलिभिजनले आयोजना गरेको प्रतियोगितामा झापाको नन्द-भाउजू समुह प्रथम, सूर्यज्योति समुह दोस्रो र दिव्यआचार्य समुह तेस्रो घोषित भएका थिए । पहिलो र दोस्रो हुनेले पुरस्कार ग्रहण गरे पनि तेस्रो हुने समुह नाराबाजी गर्दै बाहिरियो । कार्यक्रममा निणर्ायक नगेन्द्र राई एसएमएस भोटका कारण आफुहरुले गरेको निर्णय अनुसार विजेता घोषित नभएको बताउँछन् । मकालु टीभीले केही महिनाअघि गरिमा डान्स सेन्टरसँग मिलेर आयोजना गरेको स्वरमणि र नटराजमा पनि आर्थिक चलखेल भएको भन्दै यस्तै विरोध भएको थियो
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला