Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, September 7, 2013

पुतलीसडकमा बन्द कर्ताले ट्याक्सी माथि यसरी लाठि प्रहार गरे

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र २२ - १० बजेदेखि रत्नपार्क हुँदै आएको एमाओवादी कार्यकर्ताको जुलुस पुतली सडक चोक आइपुग्दा फाट्ट फुट्ट गाडी चलिरहेको थियो । जुलुसमा सहभागीहरुले एक्कासी एउटा ट्याक्सीलाई निशाना बनाएर लाठीले हान्दै तोडफोडमा उत्रिए ।
द्वन्द्वकालमा भएको हत्यामा संलग्न भएको आरोपमा आफ्ना कार्यकर्ता रामप्रसाद अधिकारी शुक्रबार राजधानीबाट पक्राउ परेपछि एमाओवादीले आज शनिबार उपत्यकासहित चितवन र गोरखा जिल्ला बन्द गरेको थियो ।
एमाओवादी कार्यकर्ता तोडफोडमा उत्रिएपछि छेउमै रहेको थोरै प्रहरीले रोक्न खोजे तर सकेनन् । अगाडीको ट्याक्सी तोडफोड हुँदै गर्दा पछाडीको अर्को ट्याक्सीमा सानो बच्चासहित बसेका एक पुरुष र महिला अत्तालिदै भागे ।
यो दृश्य देखेर घ्याच्च ब्रेक हान्दा अर्को मोटरसाईकल सडकमै पछारियो । एमाओवादीले कार्यकर्ताले ट्याक्सी तोडफोड गरेपछि वरपर रहेका सबै सर्वसाधारण निकै आत्तिएका देखिन्थे । ट्याक्सी तोडफोड गरेर शंकरदेव क्याम्पसतिर लागेको कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेपछि भने र्‍याली तितरवितर भयो 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला