भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 |
काठमाडौ, भाद्र १९ - साइज जिरो फिगर अभिनेत्री करिना कपुर उनको साइज बढेको हल्लाले यति बेला चर्चामा छिन् । मोटाएर साइज बढेको भए त उनले पनि ऐश्वर्या रायको जस्तै नकारात्मक टिप्पणीको सामना गर्नुपथ्र्यो होला, तर त्यसो होइन । एउटा फिल्मको सेटमा पुगेकी करिनाको बढेको पेटले गर्भवतीको शंका बढाइदिएको छ । तर करिनाको उक्त पेट ११ महिनाअघि विवाहमा बाँधिएका सैफ अली खानले नभई निर्देशक पुनीत मल्होत्राले बढाइदिएका हुन् । खासमा करिना गर्भवती अवस्थामै फिल्म सेटमा पुगेकी नभएर गर्भवती हुनका लागि पुगेकी हुन् ।

केही समयअघि मात्रै सन्तान नजन्माउन हतार नभएको अभिव्यक्ति दिएकी करिना 'गोरी तेरे प्यार में' को सुटिङ सेटमा कुर्ता सलवारमा देखिएकी थिइन् । त्यति बेला उनको पेट पुट्ट देखिएको थियो । त्यो देखेर धेरै जना झस्किएका थिए । करिना 'एक मैं और एक तू' को-स्टार इमरान खानसँग उक्त फिल्ममा दोस्रो पटक देखिन लागेकी हुन् । त्यसमा उनी गर्भवतीको भुमिकामा देखिँदै छिन् । यसअघि पनि उनी 'हिरोइन' मा बढेको पेट सहित देखिएकी थिइन् । अबको दुई महिनापछि रिलिज गर्ने भनिएको उक्त फिल्ममा निर्देशक पुनीतले करिनालाई पहिल्यै गर्भवतीको अवतारमा ल्याएर फोकटमा चर्चा बटुल्न सफल भएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला