Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, September 4, 2013

भैसी बोल्ने भय भैसीले भन्थ्यो होला हत्या होकी आत्मा हत्या

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

प्राय: पानी परिरहेकाले मौसममा त्यति उष्णताको अनुभव नगरिएपनि आसन्न संविधानसभाको चुनावलाई लिएर राजनीतिक दलका कार्यकर्ताहरु वीचको सरगर्मी र एक युवतीको मृत्युलाई लिएर दिनहुँ निस्कने गगनभेदी नारा सहितको जुलुसले बागलुङ सदरमुकामको वातावरण निकै तातेको छ । यहाँ सिगानाकी एक युवतीको मृत्युको प्रसंग उठान गर्न खोजिएको छ । जनै पूर्णिमाको दिन भदौ ५ गते आफना पतिदेव अर्जुन (दुर्गा बहादुर) खडकाका साथ माईती रेश गएर सोही दिन साँझ घर फर्किएकी तुलसी खडका त्यस्को भोलिपल्ट विहान अर्थात भदौ ६ गते भैंसी बाँध्ने गोठ (कटेरा)मा झुण्डिएको अवस्था मृत भेटिईन् । तुलसीको मृत्यु अहिले आत्महत्या वा हत्या बीचमा झुण्डएको छ । माईती पक्ष भन्छन यो सुनियोजित हत्या हो, घरपक्ष भन्छ तुलसीले आत्महत्या गरेकी हुन् ।
स्वाभाविकरुपमा मृतकप्रति सहानुभूति रहन्छ, सायद यहिनै मानवीयता हो । तर यसले आत्महत्या या हत्यालाई ईंगित गर्दैन । यो अनुसन्धान र छानविनको विषय हो । मृतकको शवको पोष्टमार्टम गरिएको छ र भिसेराका लागि काठामाडौँ पठाईएको छ, जस्को रिपोर्ट आउन बाँकी छ । 
मृतकका माइती पक्ष (आफन्त)ले तुलसीको सुनियोजित तरिकाले हत्या गरी झुण्डाईएको भनी तुलसीका पति अर्जुन खडका, सासू भुमा, अमाजू सीता कार्की नन्द रिता कार्की र भानिज रविन कार्कीलाई किटानी उजुरी दिएपछी उल्लेखित अभियुक्तहरुलाई नियन्त्रणमा लिएर घटनाको गम्भिरतापूर्वक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । थुनामा रहेका अभियुक्तहरुलाई प्रहरीले सम्मानित जिल्ला अदालतबाट पहिलो चोटी ५ दिन र पछिल्लो चोटी १५ दिनको म्याद थप गराई अनुसन्धान अगाडी बढाएको बताएको छ भने जिल्ला सरकारी वकिल कार्यालयमा अभियुक्तहरुको बयान लिने काम सकिन लागेको श्रोतको दावी छ । यता मृतकका आफन्त शुभचिन्तकहरु ‘हत्यारालाई फाँसी देउ, महिला हिँशा अन्त्य गर’ जस्ता नारावाजी गर्दै दिनहुँ जसो बजार परिक्रमालाई निरन्तरता दिईरहेका छन् । अभियुक्तहरुलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लैजादा होस या जिल्ला अदालतमा म्याद थप्न प्रहरी
ले लिएर जाँदा होस जुलुस नारावाजी गर्दै पुगेको हुन्छ । हत्याराहरु उम्कन नदिन र कडा कार्बाहीका लागि दबाब दिन भन्दै आज आईतबार पनि जिल्ला प्रहरी कार्यालय जान लागेको महिलाहरुको एक जुलुसलाई प्रहरीले जिल्ला हुलाक कार्यालय अगाडी रोकेको छ । निश्चयपनि हत्या हो भने सही अनुसन्धान गरी अभियुक्तहरुलाई सँजाय दिलाउनै पर्छ, त्यस्मा कसैको दुईमत हुन सक्तैन । र घटनालाई रा
जनीति वा कसैसंगको प्रतिशोध लिन जनदबाब सिर्जना गरेर अनुसन्धान प्रक्रियामा दखल दिनकै लागी नाराबाजी गरिनुलाई सही कदम मान्न सकिन्न । 

तुलसी यस संसारमा छैनन् । उनको मृत्यु स्वभाविक होईन । तुलसीको मृत्यु, हत्या वा आत्महत्या अनुसन्धान र न्याय सम्पादनले पुष्टी गर्ला त्यो प्रतिक्षाको विषय हो । तर हत्या नभएर आत्महत्या गरेकी हुन् तुलसीले भने आत्महत्या गर्नुपर्ने अवस्थामा कसले पु-यायो ? के कति कारणले उनी आत्महत्याको निर्णयमा पुगिन ? यो देशमा त्यो कानून बनिसकेको छैन जस्ले कसैलाई आत्महत्या गर्न बाध्य पार्नेमाथि पनि ज्यान मुद्दा चलाएर सजायँ दिलाउन सकियोस । 

कुरा धेरै छन् । जति मुख उति कुरा । कसको कुरा ठीक कसको बेठीक । सुन्दै जाने, बुझदै जाने अनि एउटा बिचार बनाउने । त्यो बाहेक अरु बाँकी नै छैननि त सडकका मान्छेहरु सित । 

तुलसीको हत्या आशंकामा प्रहरी हिराशतमा रहेका अर्जुन घटनाको ८।१० दिन अघी मात्र विदेश रोजगारीबाट घरमा फर्किएका थिए । उनि ३ वर्ष पहिले रोजगारीका लागि खाडी मुलुकमा गएका थिए । घरमा फिरेपछी तुलसीसंग अर्जुनको बसउठ राम्रो थियो । उनी विदेशमा रहँदा यहाँ घरमा सासू, नन्द, अमाजूवीच उनको सम्वन्ध चीसो भएकाले तुलसी प्राय माइती नै बस्ने गर्थिन् । 

रेशमा पूर्णिमाको टीकोटालो पछी भोलि बागलुङ बजार किनमेल गर्न जानु छ भन्दै घर (सिगाना) फर्किएका थिए ती दम्पति । तर त्यो भोलि देखिनन् तुलसीले, गोठमा बाँधेको भैँसी साक्षी छोडेर उनी गईन् कहिल्यै नफर्किने गरी । 

लोग्ने रोजगारी गर्न विदेश गएका धेरै नेपालीहरुको घरजम बिग्रिएका घटनाहरुको चाङ ठुलो छ नेपालमा । दुई तीन वर्ष पछी घरमा आउँदा न आफुले पठाएको कमाई न आफनी अर्धांगिनी सबै गुमाउनेहरुपनि धेरै भेट्टिन्छन गाउँघरमा । यस्ता घटनाहरुलाई मध्यजनरमा राखेर सोँच बिचार गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । 

मोबाइल फोन ‘कनेक्शन’ पनि पारिवारिक कलहको बीउ बनेको छ समाजमा । तुलसीले खेलाउने मोबाइल कलको विवरणले अनुसन्धानमा मद्दत पुग्न सक्छ । कसैले उनलाई केहि सन्देश (एसएमएस) पठाएको छ कि ? त्यस्तोमा उनको प्रत्युत्तर सन्देश कस्तो गयो ? अथवा कुनै बदमाशले तुलसीका पति अर्जुनको मोबाइलमा दम्पतिवीच चरम् फाटोपार्ने सम्मका भनौँ, ‘त्यो त मेरी हो, नपताए उसले पठाएको सन्देश (एसएमएस) हेर’ भनेर उल्टै एसएमएस पठाएका छनकि ? प्रहरीले यस दिशामा पनि अनुसन्धान बढाएको समाचार श्रोतको दावी छ । 

श्रोतका अनुसार तुलसीसंग मोबाइलमा सन्देश आदान प्रदान गर्ने गरेको म्याग्दीवासी एक जनालाई प्रहरीले म्याग्दीबाट पक्राउ गरी ल्याएको छ । 

तुलसी भैँसी गोठमा झुण्डिएको अवस्थामा मृत भेट्टिएको कुरा माथि नै उल्लेख छ । कस्तो छ त वारदात स्थल ? कसरी उनको शरीर झुण्डिएको छ ? घटनाको प्रकृति कस्तो छ ? घटनास्थलका तस्वीरहरुले पनि विव्दान पाठकहरुलाई केहि हदसम्म वास्तविकताको नजिक पुग्न सहयोग पुग्ला भनेर धौलाश्रीले प्राप्त गरेका केहि तस्बीरहरु (मन विचलित पार्ने भएपनि) यहाँ दिन सान्दर्भिक ठानेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला