Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, September 1, 2013

इराकमा मारिएका नेपालीबारे फिल्म बनेका छन्

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Iraq
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुह्होस

वैदेशिक रोजगारीको सिलसिलामा जोर्डनबाट इराक पुर्‍याइएका १२ नेपालीको अपहरणपछि हत्या हुँदा पूरै देश रोएको थियो । मेनपावर कम्पनीको लापरबाहीलाई दोषी मान्दै कैयनको भीडले राजधानीका प्रायः सबै मेनपावर कम्पनीमा क्षति पुर्‍याएको थियो । भौतिक क्षति त नौ वर्षमा पूरा भयो होला तर पीडित परिवारको अवस्था कस्तो होला ? उक्त घटनापछि वैदेशिक रोजगारमा कत्तिको परिवर्तन आएको होला ? यही विषयमा फिल्म बनाएका निर्देशक अरुण प्रधान 'अवस्थामा रत्तिभर सुधार नभएको' गुनासो गर्छन् ।
प्रधानले २०६१ भदौ १५ मा आतंककारीको अपहरणमा परी ज्यान गुमाएका १२ नेपालीको घटनालाई समातेर बनाएको फिल्म '१२ नेपाली एक चिहान' को ठीक नै वर्षपछि अर्थात् भदौ १५ मा नै फस्टलुक सार्वजनिक गरियो । 'हुन त हामी आजकै दिनमा फिल्म रिलिज गर्न चाहन्थ्यौं । पीडित परिवारसँग पनि त्यही संकल्प गरेका थियौं । तर केही प्राविधिक कारणले गर्दा सकेनांै,' फिल्मका लेखकसमेत रहेका निर्देशक प्रधानले कार्यक्रममा स्पष्टीकरण दिँदै भने, 'अब हामी फिल्मलाई पहिले विदेशमा प्रदर्शन गर्छौं अनि आएको प्रतिक्रियाबाट देशमा रिलिज गर्छौं ।' घटना अध्ययनका लागि चार वर्ष खर्चिइएको फिल्मका लागि ज्यान गुमाउने १२ नेपालीभन्दा पहिले पनि त्यसैगरी पक्राउपछि छुट्कारा पाएका वास्तविक नेपालीले समेत अभिनय र ज्ञान बाँडेको निर्देशकले खुलाए ।
शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा फिल्मको पोस्टरसँगै प्रोमो पनि सार्वजनिक गरियो भने गायक शिव परियारले फिल्ममा प्रयोग गरिएको एक गीतका केही हरफ गाएर सुनाए । संगीता प्रधानको लगानी रहेको फिल्ममा राजन खतिवडा, जतिन ताम्राकार, रवीन्द्र झा, विक्रम सिंह, उत्तमजंग लिम्बु, सोनु जयन्ती लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा गुरुकुल विराटनगर, मण्डला थिएटर, मिथिला नाट्य परिषद् जनकपुर, अनाम धरान, सृष्टि नाट्यसमूह, मगर चलचित्र संघ, बुटबल र संवाद समूहका कलाकारको उपस्थिति रहेको छ । प्रवलदीप विश्वास र कुन्दन राईको संयुक्त संगीत रहेको फिल्म शेरबहादुर लामाले खिचेका हुन् । ६० लाख रुपैयाँ लगानीमा बनेको भनिएको फिल्म मृतक १२ नेपालीकै घरगाउँमा पुगेर खिचिएको हो । निर्देशक प्रधानले प्रदर्शनबापत फिल्मबाट हुने कमाइको १० प्रतिशत रकमको अक्षय कोष बनाई मृतक १२ नेपालीको नाममा ट्रस्ट खोलिने जानकारी दिए । उनले उक्त ट्रस्ट वैदेशिक रोजगारका पीडित परिवारको हितमा खर्चिने पनि जनाए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला