![]() |
सोल, भाद्र १
७ - कोरियामा फोनमा बोल्दाबोल्दै एक नेपालीको मृत्यु भएको छ । रोजगारी गर्न यहाँ आएका सुनसरी मधेलि १ का दिपककुमार चौधरीको साथीसँग फोनमा बोल्दा बोल्दै मृत्यु भएको हो । आइतबार ३.५५ बजेतिर कम्पनि हो
स्टेलमा फोनमा बोलिरहेका बेला असहज भएपछि संगै रहेका साथीहरुले एम्बुलेन्स र प्रहरी बोलाएका थिए तर केहिबेर मै चौधरीको मृत्यु भएको बुटवलका कृष्ण थापाले बताए ।चौधरी गत मे १ किम्हे औद्योगिक क्षेत्रमा रहेको हान टेक कम्पनीको कामदारको रुपमा कोरिया आएका थिए । मोटर पाट्र्स उत्पादन गर्ने सो कम्पनीमा अरु २ नेपाली कार्यरत छन् ।
शव बुसानको अस्पतालमा सोमबार परिक्षण गरिएको छ । प्रहरी र चिकित्सक प्रारम्भिक प्रतिबेदनमा चौधरीको मृत्यु हृदयघातका कारण भएको उल्लेख गरिएको छ । संगै रहेका साथीहरुले बताए अनुसार उनलाई मृगौला र रक्तचापको समस्या थियो ।
२४ बर्षीय चौधरी अबिबाहित थिए । घटनाको जानकारी परराष्ट्र मन्त्रालय मार्फत परिवारलाई जानकारी दिइएको सोलस्थित नेपाली दूताबासका श्रम सहचारी अनिलकुमार गुरुङले बताए
![]() |


No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला