Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, September 6, 2013

सामसुंग कम्पनीले ल्यायो बिस्वोकै सबै भन्दा ठुलो टिभी ११० इन्चको

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
दक्षिण कोरियाली कम्पनी सामसुङले विश्वमा अहिलेसम्मकै ठूलो आकारको घरायासी टेलिभिजन सार्वजनिक गरेको छ । युएचडी टिभी ११० नाम दिइएको उक्त टेलिभिजनको स्त्रिmन ११० इन्च अर्थात् झण्डै साढे २ मिटरको रहेको छ । निकै अत्याधुनिक प्रविधिले युक्त यो टेलिभिजन आगामी वर्षबाट बजारमा बिक्रि सुरु हुने सामसुङले जनाएको छ 
जर्मनीको बर्लिनमाआयोजित व्यापार मेलाका क्रममा यो भिमकाय टेलिभिजन सार्वजनिक गरिएको छ । यो ११० इन्चको टेलिभिजन बजारमा आउन अझै केही समय लाग्ने भएपछि सामसुङले ९८ इन्चको एस नाइन हाइ डेफिनेसन टेलिभिजन भने बजारमा ल्याइसकेको जनाएको छ । यसको अन्तराष्ट्रिय बजारमा मूल्य झण्डै ६६ लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ ।
सामसुङका अनुसार यो ११० इन्चको अल्ट्रा एच डी टेलिभिजनबाट जापानी दर्शकहरुले सुरुमा आगामी वर्ष हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न पाउनेछन् भने बेलायती दर्शकले सन् २०१५ को रग्बी विश्वकप हेर्न पाउनेछन् ।
बर्लिनमै आयोजित समारोहमा सामसुङले दुइजना मान्छेले एकैचोटी दुइवटा च्यानल हेर्न मिल्ने टेलिभिजन पनि सार्वजनिक गरेको छ । एस ९ सी नामक उक्त टेलिभिजनको स्त्रिmन सिधा नभएर केही घुमेको छ 
TV3 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला