Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, June 14, 2013

दलालले आफनै बहिनीलाई पनि कतार पुर्याय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 जेष्ठ ३१ दोहा कतार - अस्पताल र बिमानस्थलको सफाईमा काम गर्न भनि  आएका ८ जना नेपाली युबतीलाई घरको काम गर्न पठाएपछि आफूहरु ठगि र आन्यायमा परेको बतायका छन र दुताबासको सरणमा पुगेको छन् 

दोहाको एक 'क्लिनिङ एण्ड हस्पिट्यालिटी' क्षेत्रमा काम गर्ने कम्पनीमा आएका उनीहरु भागेर दुताबासका पुगेका हुन् । दुताबासले उनीहरुलाई सुरक्षित रुपमा राखेको जनाएको छ ।

एउटा कोठामा राखिएका उनीहरु सात जना भाग्न सफल भएका थिए । एकजना काममा गएको बेला छुट्न पुगेपछि दुताबासले कम्पनी स्पोन्सरलाई भनेपछि दुताबासमा ल्याइदिएको छ ।

भागेर आउनेहरुमा धरानका ममता राई, कृष्णमाया राई, शर्मिला राई, सर्लाहीका गोमाकुमारी मगर, शर्मिला माया भोजन, बुद्धिमाया घलान र स्याङ्जाका अल्साना बनु छन् । धरानका ममता, कृष्णमाया र सर्मिला आफन्त हुन् ।

उनीहरु काठमाडौंस्थित स्टार नेपाल इन्टरनेशनललाई ३० हजारदेखि ६५ हजार रुपैयाा बुझाएर आएका 'यता आएपछि हामीलाई दैनिक घरको काम पठाउने गर्‍यो', पीडित मध्येका ममता राईले भने,'हामीलाई अस्पताल र बिमानस्थलमा काम दिने भनेका थिए ।'

पीडित मध्येका स्याङ्जाका अल्साना बनु एजेन्टका आफ्नै काकाकी छोरी हुन् । नाताले नजिकको दाई हुन् । 'यिनले आफ्नै बहिनी समेत भनेन', बनुले भनिन,'एजेन्टहरु यति निर्दयी हुन्छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।'

'यहाँ मेरो अरु दाई पनि हुनुहुन्छ',उनले भने,'उहाँहरुको सहयोगले हामी सफल रुपमा दुताबासमा आइपुग्यौं ।'

उनलाई शुरुमा पार्टी प्लेस, त्यसपछि जिमखानाभित्रको काम भनिएको थियो । 'बिमानस्थलमा आइसकेपछि जिमखानाको काम अहिले मिलेन । यता आइज अरुमा लगाइदिन्छु भनेको थियो', उनले भने,'यता आएपछि सम्र्पकमा आएन ।'

उनीहरुले घरमा दैनिक १२ घण्टा सम्म काम गर्नुपर्ने बताए । 'खानाको टुंङ्गो पनि नहाुने । १५ जनाको समूहलाई ५ गिलास चामल दिन्थ्यो', अर्का पीडित भोजनले भने ।

दुताबासले स्पोन्सरलाई टिकट र एक्जिट पेपर ल्याउन बोलाएको थियो । दुताबासले उनीहरुको फिर्ती प्रक्रिया सुरु गरिसकेको छ । राजदुत मायाकुमारी शर्माले स्पोन्सर टिकट र एक्जिट पेपर दिन तयार भएको बताए । उनका अनुसार चार जनालाई लागत रकम फिर्ता गराएको र चार जनालाई म्यानपावरले दिने सहमति भएको छ । पीडित र उसका आफन्तले यसमा एजेन्टको बदमासी भएको भन्दै कारबाहीको लागि माग राखेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला