Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, July 18, 2013

कतारमा आई डी कार्ड नबोकी हिन्नेलाइ १० हजार रियल जरोबना गर्ने भयको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

दोहा, श्रावण १ - कतार सरकारले अब आफ्नो वैध परिचयपत्र नबोक्ने, कतार आएको सात दिनभित्रै मेडिकल र फिंगरप्रि न्ट नगराउने र कामदारको राहदानी राख्नेलाई १० हजार रियाल जरिवाना लगाउने भएको छ ।
खोज तथा अनुगमन विभाग (एसएफडी) का प्रमुख बिग्रेडिएर नसिर मोहमद इसा अल सायदले कतारमा कार्यरत आप्रवासी समुदायका नेताहरूसँग छलफल गर्दै कतार सरकारको नयाँ नियमको विषयमा यस्तो जनकारी दिएका हुन् ।
उनले कतारमा कार्यरत सबै आप्रबासी कामदारले बैध परिचयपत्र बोकेर बस्नुपर्नेमा जोड दिए । 'सधै आआफ्नौ आइडी कार्ड साथमा बोक्नुपर्छ । नत्र सम्बन्धीत अधिकारीले परिचय पत्र माग्दा नपाएमा पक्राउ गरी १० हजार रियाल जरिवाना तिर्नुपर्छ', उनले भने ।
अब कामदार कामका लागि कतार आइपुगेको सात दिनमै मेडिकल र फिंगरपि्रन्ट गरिसक्नुपर्ने नियम ल्याएको छ । मेडिकल र फिंगरपि्रन्ट भएपछि मात्रै कतारमा स्थायी रूपमा बसेर काम गर्नका लागि आवासीय अनुमति (आरपी) पाउने व्यवस्था हुन्छ । आरपी लाइसकेपछि मात्रै यहाँ कामदारले आफ्नो परिचयपत्र पाउने व्यवस्था छ । कतारले समयमै आरपी नलगाउने कम्पनीलाई  दैनिक रूपमा जरिवाना लगाउने एसएफडीले जनाएको छ ।
'आरपी लगाउने दायित्व स्पोन्सरको हो,' उनले भने, 'उसले यो दायित्वको निर्वाह नगरेमा १० हजार रियाल जरिवाना लगाउने नियम छ ।' कतारमा काम गर्न आउने कामदारले महिनौं बितिसक्दा पनि स्पोन्सरले आरपी नलगाइदिने, साथमा परिचयपत्र नदिने हुँदा नेपालीले ठूलो समस्या खेप्दै आएका छन् । दूतावासमा उजुरी लिएर आउने समस्याहरू यिनैमा केन्दि्रत हुने श्रम सहचारी इन्द्रदेव पाण्डेले बताए ।
'आईडी कम्पनीसँग छ । हामीलाई दिएको छैन । फोटोकपी मात्रै दिने गर्छ,' एउटा सप्लाई कम्पनीमा कार्यरत तनहुँका पदम गौतमले कान्तिपुरलाई भने, 'बेलाबेला हाम्रा साथीहरू प्रहरीबाट पक्राउ पनि हुने गरेका छन् । कम्पनीले त्यस्तो भए आफैं प्रहरीमा जाने बताउँछ ।'
दुई साताअघि नेपाल र कतारबीच भएको श्रम बैठकमा नेपालले परिचयपत्र नभएकालाई पक्राउ नगरी अस्थायी परिचयपत्र उपलब्ध गराउन औपचारिक रूपमा उठाएको थियो ।  
एसएफडी प्रमुख सायदका अनुसार ६ महिनाभित्र आरपी नलगाएमा कामदारलाई स्वदेश पठाइने छ । 'समयमै आरपी नलगाएमा सम्बन्धित ठाउँमा गएर स्पोन्सरविरुद्ध उजुरी दिनुपर्छ,' उनले भने, 'नत्र कामदारलाई स्वदेश पठाइने कानुनी व्यवस्था छ ।'
कतार सरकारले कामदारको राहदानी कामदारसँगै राख्न पाउनुपर्ने नीति ल्याएको छ । 'अब कामदारको राहदानी कम्पनीले राख्न पाउँदैन । आरपी लगाएपछि राहदानी कामदारलाई नै फिर्ता दिनुपर्छ,' उनले भने, 'त्यसरी राहदानी नदिने कम्पनीलाई १० हजार रियाल जरिवाना लगाइने छ । जरिवाना तिर्दा पनि नदिए दैनिक रूपमा जरिवाना तिर्दै जाने व्यवस्था मिलाइएको छ ।' पासपोर्ट अझ नदिइएमा थप ५ हजार रियाल जरिवाना तोक्ने नियम छ । यहाँ कार्यरत अधिकांश नेपाली कामदारसँग आफ्नो राहदानी साथमा छैन ।
कतारले दुईवर्षे करार अवधिबाट 'क्यान्सिल' भएर गएको खण्डमा दुई वर्षसम्म आउन नपाउने नियम यथावत् भएको उनले बताए । तर पूर्वस्पोन्सरले अनुमति दिएमा भने तुरुन्तै आउन पाउने प्रवधान छ ।
बिग्रेडियर नसिरका अनुसार भिजिट भिसा र व्यावसायिक भिसामा आउनेलाई पनि कडाइ गरिएको छ । भिजिट भिसामा अनुमति दिएकोभन्दा बढी समयसम्म बसेको पाइएमा १५  दिनदेखि तीन वर्षको जेल र २० हजारदेखि १ लाख रियाल जरिवाना तोकेको छ ।
समुदायको तारिफ
कतारको विकासका लागि विभिन्न समुदायले पुर्‍याएको योगदानको तारिफ गर्दै उनले सबै समुदायप्रति खुसी व्यक्त गरेका छन् । 'विकासको सहयात्री बन्न आइपुगेकाप्रति विभिन्न समुदायप्रति हामी गर्व गर्छौं,' उनले भने, 'हामी तपाईहरूसँग निकट सम्बन्ध बनाइराख्न चाहन्छौं ।'
उनले विभिन्न देशबाट आएका अलगअलग विचार, दृष्टिकोण, संस्कृति, भाषा, लवाइखुवाइ भए पनि एउटा घर मानेर शान्तपूर्वक बसेर विकासका लागि अगाडि बढेकामा आफूहरू निकै कृतज्ञ भएको बताएका छन् ।
अन्तरक्रियामा सहभागी हुनेमा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि थिए । यसलाई गैरअवासीय नेपाली संघ कतारका अध्यक्ष अमृत गुरुङले समन्वय गरेका थिए । खोज तथा अनुगमन विभाग (एसएफडी) का प्रमुख बिग्रेडिएर नसिर मोहमद इसा अल सायदले समुदायमा परेको समस्याहरू समाधान गर्न आफूहरू तयार रहेको बताउँदै केही परे जानकारी दिन आग्रह गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

कतारी राजदुत माया कुमारी सर्माआले आफ्नो गल्ति स्विकारिन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, श्रावण ३ - कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले सामाजिक सञ्जालमा नेपाली श्रमिकका पीडासम्बन्धी लेखहरू लेखेकै भरमा नेपाली नागरिक दीपेन्द्र भेटवाललाई कतारबाट निष्कासन गर्न पत्राचार गरेको स्विकारेकी छन् । भेटवाललाई कतारबाट निकाला गर्न त्यहाँको सरकारलाई पत्राचार गरेको विषयमा परराष्ट्र मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफमा उनले यस्तो स्वीकार गरेकी हुन् । उनले परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईलाई सम्बोधन गर्दै यही असार १६ गते जवाफ लेखेकी हुन् ।
सामाजिक सञ्जालमा लेखेकै भरमा आफ्ना नागरिकलाई देश निकालासम्मकै कदम उठाउन शर्माले कतारी सरकारलाई औपचारिक आग्रह गरेकी थिइन् । त्यसबारे उनले नेपालको परराष्ट्र मन्त्रालयलाई पूर्वजानकारी समेत गराएकी थिइनन् ।
मन्त्रालयले पूर्वजानकारी किन नगराएको भनेर सोधेकामा उनको जवाफी पत्रमा त्यसबारे केही उल्लेख छैन । शर्माले पत्रमा भेटवालद्वारा सामाजिक सञ्जालमा 'पोस्ट' गरेका वाक्यहरू पनि उल्लेख गरेकी छन् । 'वर्षौंदेखि आफ्नै देशका शासक/प्रशासकबाट ठगिँदै आएका सोझा जनता यता विदेशमा पुगेपछि पनि ठगिन छाडेका छैनन्,' एउटा वाक्य यस्तो छ । अन्य वाक्यमा नेपालीको शिर झुकेको, नेपाली मजदुरले आत्मदाहसमेत गरेको लगायत प्रसंग छन् ।
शर्माको जवाफ पढ्दा उनले भेटवाललाई व्यक्तिगत रिसइवीका कारण कतारबाट निकाला गराउन खोजेको प्रस्ट बुझिने परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् । 'सामाजिक सञ्जालमा मानिसले जिम्मेवार ढंगले आफ्नो मनमा लागेको कुरा लेख्न सक्छ । त्यसमाथि उनले सामाजिक सञ्जालमा लेखेको भनेर उल्लेख गरिएका वाक्यहरू पढेर कोही आत्मदाहका लागि प्रेरित हुने भन्ने तर्क पनि हावादारी छ,' उनीहरू भन्छन् ।
शर्माको जवाफी पत्रमा भेटवालसँगका आफ्ना व्यक्तिगतस्तरका मतभिन्नताहरूलाई पनि उनलाई देशै निकाला गर्नका लागि आवश्यक आधारका रूपमा प्रस्तुत गरेकी छन् । 'यो पत्रका कुराहरू अध्ययन गर्दा उनलाई कारबाही गर्नुपर्ने देखिन्छ । कम्तीमा नसिहत,' मन्त्रालयका एक वरिष्ठ अधिकारी भन्छन् ।
मन्त्रालयले उनको पत्र र त्यसको विषयलाई अहिलेसम्म औपचारिक रूपमा बाहिर ल्याएको छैन । राजदूत शर्माले कतारी विदेश मन्त्रालयस्थित एसिया विभागमा गएर प्रस्टीकरण दिएको विषयमा पनि जवाफमा उल्लेख गरेकी छन् । उनले बीबीसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा बोलेको विषयलाई मिडियाले बंग्याएको दाबीसमेत गरेकी छन् । कतारी विदेश मन्त्रालय गएर माफी मागेको, त्यो घटनाबाट आफूलाई मार्गनिर्देशन भएको पनि उनले जनाएकी छन् ।
साझा सवाल कार्यक्रममा शर्माले कतार नेपाली नागरिकका लागि खुला जेल भएको भन्दै टिप्पणी गरेको समाचार सञ्चार माध्यमहरूले प्रसार गरेका थिए ।
विदेश मन्त्रालयमा स्पष्टीकरण दिएर हिँड्दा त्यहाँका अधिकारीले आफूलाई लिफ्टसम्म आएर बिदा गरेको प्रसंग पनि उनले उल्लेख गरेकी छन् । शर्माले कतारी सरकारलाई पत्र लेखेपछि त्यहाँको नेपाली समुदायको विरोधका कारण परराष्ट्र मन्त्रालयले उक्त पत्र फिर्ता लिन निर्देशन दिएको थियो । शर्मा एनेकपा (माओवादी) को सिफारिसमा कतारमा राजदूत नियुक्त भएका थिय ,

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, July 15, 2013

नेपालले पहिलो दक्षिण एसियाली आमन्त्रित पुरुष भलिबलमा नेपाल दोस्रो हार बेहोर्दै तेस्रो स्थानमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, असार ३१ - नेपालले पहिलो दक्षिण एसियाली आमन्त्रित पुरुष भलिबलमा लगातार दोस्रो हार बेहोर्दै तेस्रो स्थानमा सीमित हुँदा आइतबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा धेरै कमजोरी छताछुल्ल भए । उही स्तरको तर अनुभवमा कमी रहेको घरेलु टिम माल्दिभ्ससँग हरेक पक्षमा चुक्यो र खेल ३-० को सोझो सेटमा गुमायो ।
मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठको रणनीति पूरै 'फ्लप' भएको खेलमा नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक थियो । सबैभन्दा कमजोर पक्ष रिसिभ रह्यो । लिबरो पुष्पजंग मल्ल दबाबमा देखिए र एकपछि अर्को गल्ती गरे । अन्य खेलाडी मिलन मल्ल, सञ्जय अर्याल, सुनील श्रेष्ठ, महेन्द्र श्रेष्ठ, कुलबहादुर थापाले अंक बटुले पनि त्योभन्दा बढी गल्तीलाई निरन्तरता दिए ।
'नतिजाले देखाए जस्तो खेल एकतर्फी थिएन,' माल्दिभ्सका प्रशिक्षक मोहम्मद सराफले भने,'खेल प्रतिस्पर्धात्मक थियो । तर नेपाली खेलाडीमा अनुभवको कमीले गर्दा हामीलाई सहज भयो । साथमा उसका राम्रो खेलाडी लिफ्टर इम रानालाई रोक्ने रणनीतिमा सफल भयौं ।'
प्रशिक्षक श्रेष्ठले सुरुआतमा ओपन स्पाइकरमा कैलाश भट्टको स्थानमा मिलन मल्ललाई खेलाएका थिए । पहिलो सेट २५-१७ ले गुमाएपछि उनले दोस्रोमा खुसी चौधरीलाई लिफ्टरमा ल्याए र इमलाई स्पाइकरका रूपमा प्रयोग गरे । खुसीले पनि राष्ट्रिय टिममा डेब्यु गरे । तर त्यो सेट पनि नेपालले २५-१९ ले गुमायो । अन्तिम सेटमा नेपाल २०-१८ ले पछि पर्दामात्र कैलाशलाई भित्र्याएका थिए । तेस्रो सेटको अन्त्यमा नेपालको टिम सेट जस्तो देखिए पनि त्यो घरेलु दर्शकलाई खुसी पार्न अबेर भइसकेको थियो । प्रशिक्षक श्रेष्ठले टिमले १७/१८ अंक जोडेपछि रोकिनुको पछि अनुभवको कमी, कम तयारी, जम्पको कमी रहेको बताए । श्रीलंकाले सोमबार उपाधिका लागि माल्दिभ्सको सामना गर्नेछ । श्रीलंकाले आइतबार अफगानिस्तानलाई ३-० को सोझो सेटमै हरायो ।
टिकटबाट ३ लाख नेपाल भलिबल संघले टिकटबाट ३ लाख ३२ हजार ७ सय रुपैयाँ उठाएको छ । संघले दिएको जानकारीअनुसार आइतबार टिकटबाट १ लाख ५० हजार उठेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

२०७०/७१ को लागि ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट थोरै नयाँ धेरै पुरानै कार्यक्रमलाई निरन्तरता दिंदै बजेट सार्बजनिक गरियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Photo: News Flash »
बजेट भाषण जारी, संविधानसभा निर्वाचनका लागि १६ अर्ब
२० प्रतिशतसम्म कर्मचारीको तलव वृद्धि गर्ने तयारी
========================================

काठमाडौं, असार ३० - नयाँ नारा र कार्यक्रम नथपी सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सिंहदरवारमा अहिले बजेट प्रस्तुत गरिरहेका छन् ।
बजेटमा संविधानसभा निर्वाचन, ऊर्जा, कृषि, भौतिक पूर्वाधार, शिक्षा, पर्यटन, लगानी प्रबर्द्धन, सुशासन प्राथमिकतामा परेका छन् । सरकारले आगामी संविधानसभा चुनावका लागि १६ अर्ब बजेट छुट्याएको छ ।
बजेटबारे प्रत्यक्ष जानकारी पाउन यहाँ क्लिक गर्नुहोस्
संक्षेपमा बजेट
·    सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको हलबाट बजेट भाषण सुरु भएको छ । हलमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, उच्च अधिकारीहरुको उपस्थिति छ ।
·    अर्थसचिवले बजेट भाषण कार्यक्रमबारे जानकारी दिएका छन् ।
·    अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट भाषण सुरु गरेका छन् ।
·    निर्वाचित भावी सरकारलाई निरन्तता दिने हिसावले बजेटको तयारी भएको अर्थमन्त्रीको भनाइ ।
·    सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहित गर्ने ।
·    संविधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन सहयोग पुर्‍याउने ।
·    जलविद्युत, कृषि, भौतिक पूर्वाधार, शिक्षा, पर्यटन, निजी क्षेत्रका लागि लगानी प्रबर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सुशासन प्राथमिकता ।
·    संविधानसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थालगायतका लागि १६ अर्ब छुट्याइएको छ ।
·    राष्ट्रिय गौरवका आयोजनमा बजेट बृद्धि । केही कार्यक्रम थप ।
·    गौतम बुद्ध, पोखरा विमानस्थलका लागि, निजगढमा विमानस्थल बनाउन आवश्यक बजेट विनियोजन ।
·    कलंकी-कोटेश्वर सडकलाई ८ लेन बनाइने, ५१ करोड छुट्याइयो ।
·    विभिन्न निर्माणाधिन सडकका लागि पनि रकम विनियोजन ।
·    सवारी दर्ता कागजलाई स्मार्ट कार्डमा परिवर्तन गरिने ।
·    ३१ हजार युवालाई तालिमका लागि ६१ करोड विनियोजन ।
·    निरक्षरलाई साक्षर बनाउन १ अर्ब ।
·    प्राकृतिक विपद्मा परेका विद्यालयलाई बजेट विनियोजन ।
·    ७५ वर्ष पुगको बृद्ध र १५ वर्ष मुनिकालाई निःशुल्क मुटुरोग उपचार ।
·    अन्तर्जातीय विवाह गर्नेलाई १ लाख दिने नीतिलाई निरन्तरता ।
·    नाप नक्सालाई डिजिटल डाटाबेसमा रुपान्तरण गरिने ।
·    एक अर्बभन्दा बढी लगानी गर्नेलाई प्रधानमन्त्री सम्मान ।
·    स्वदेशी उत्पादनलाई सरकारी निकायमा उपयोग गर्न कानुनी व्यवस्था गरिने ।
·    स्थानीय निकायका लागि १२ अर्ब विनियोजन ।
·    चार सय झोलुङ्गे पुल बनाइने ।
·    खेलकुद पूर्वाधारमा २१ करोड ।

बजेटबारे प्रत्यक्ष जानकारी पाउन यहाँ क्लिक गर्नुहोस्
.......................
कर्मचारीको तलब वृद्धिलगायतमा विवाद भएपछि आइतबार बिहानमात्र बजेटलाई अन्तिम रुप दिइएको थियो । सरकारले तीन वर्षपछि कर्मचारीको तलव वृद्धिको तयारी गरेको छ । यसअघि आइतबार नै बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७०/७१ को वार्षिक आयव्यय अनुमान (बजेट) लाई अनुमोदन गरेको थियो । मन्त्रिपरिषद्ले बजेट अनुमोदन गरेपछि यसैगरी वजेटसँग सम्बन्धित आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश राष्ट्रपति रामवरण यादवसमक्ष  सिफारिस गरेको थियो । राष्ट्रपतिले आइतबार नै अध्यादेश अनुमोदन गरेपछि सरकारले सार्वजनिक गर्न लागेको हो ।
 
-काठमाडौ, असार ३१ - थोरै नयाँ र धेरै पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा ५ खर्ब १७ अर्ब रुपैयाँ खर्च गर्ने योजना सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रम नथपेर दलीय संयन्त्रलाई रिझाएको अर्थले १८ प्रतिशत तलब र एक हजार भत्ता थपेर स्थायी सरकारसमेत भनिने कर्मचारीको पनि मन जित्ने प्रयास गरेको छ ।
आयकर छुटको सीमा बढाइदिएको बजेटले अन्य नोकरी पेसा र स्वरोजगारीलाई समेत केही राहत दिएको छ । मंसिर ४ को निर्वाचनलाई कोइरालाले १६ अर्ब रुपैयाँ विनियोजन गरेका छन् ।
बजेटले कृषि, ऊर्जा र पूर्वाधारमा पर्याप्त बजेट विनियोजन गर्न कुनै धक नमानेको देखिन्छ । कृषिमा गत वर्षको भन्दा दोब्बर खर्च बढाइएको छ । ऊर्जाले थप ७ अर्ब पाएको छ । प्रसारण लाइनका लागि मात्रै १३ अर्ब राखिएको छ । 'पर्याप्त बजेट विनियोजन भए पनि निर्वाचनको माहोल हुने हुँदा कार्यान्वयनमा चुनौती छ,' पूर्वअर्थसचिव रामेश्वर खनालले भने । स्थानीय निर्वाचनको विषय पनि बजेटमा समेटिएकाले कर्मचारीको व्यस्तता बढ्ने उनले बताए । ३ खर्ब ५३ अर्ब चालू र ८५ अर्बको पँुजीगत खर्चसँगै निजी क्षेत्रलाई महत्त्व दिएर ५.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य बजेटको छ । 'सन २०२२ सम्म अतिकम विकसित देशबाट माथि उठ्ने लक्ष्यअनुसार फराकिलो वृद्धि बजेटको उद्देश्य हो,' बजेट सार्वजनिक गर्दै कोइरालाले भने । राष्ट्रिय गौरवका आयोजनामा पशुपति, लुम्बिनी विकास र चुरे संरक्षणलाई समेत समेटिएको छ । हुलाकी राजमार्ग, माथिल्लो तामाकोसीमा र मध्य पहाडीमा पर्याप्त रकम विनियोजन गरेको कोइरालाले बताए ।
खुला अर्थतन्त्रलाई मूलनीतिका रूपमा प्रस्तुत गर्न खोजेका अर्थमन्त्रीले एमाले र माओवादीको विरोधका कारण नसके पनि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यक्रम समेट्न भ्याएका छन् । एक अर्बभन्दा बढी लगानी गर्नेलाई पुरस्कार दिइने भएको छ ।
सिमेन्ट उद्योगसम्म सडक र प्रसारण लाइन पुर्‍याउन एक अर्ब २३ करोड खर्चिने योजना छ । 'बजेट साधारण नै हो तर दुई वर्षपछि पूर्ण बजेट आउनु उपलब्धिपूर्ण हो,' उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कारले प्रतिक्रिया दिए । तर, निजी क्षेत्रलाई समेत बढावा दिने विकास खर्च न्यून हुनु चिन्ताजनक रहेको उद्योग परिसंघका उपाध्यक्ष हरिभक्त शर्माले बताए ।
शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी बढाएको सरकारले साक्षर नेपाल नामक अभियानअन्तर्गत सबैसम्म शिक्षा पुर्‍याउने महत्त्वाकांक्षी योजना पनि बजेटमा ल्याएको छ । त्यसअन्तर्गत साढे १६ लाखलाई साक्षर बनाउनुपर्ने छ । शिशुलाई ३ वर्षसम्म कुपोषण हुन नदिन 'सुनौलो हजार दिन' नामक योजना ल्याइएको छ । प्राथमिक तहमा स्वास्थ्य परीक्षणको सुविधा पनि सरकारले दिने भनेको छ । मध्य र सुदूरपश्चिममा एक/एकवटा आवासीय विद्यालयको योजना पनि छ । सबै विकास क्षेत्रमा वृद्धाश्रम अर्को विशेषता हो । 'सामाजिक सुरक्षाका कार्यक्रम राम्रा हुन् तर कार्यान्वयन स्पष्ट छैन,' अर्थविद् विश्वम्भर प्याकुर्‍यालले भने ।
राजस्व असुलीले साथ दिएको वर्तमान सरकारले योजना आयोगको सीमा नाघेर बजेट ल्याउन पाउँदा दिल खोलेर खर्च पनि गरेको छ । ५ खर्ब ६ अर्ब रुपैयाँको सीमा भए पनि ११ अर्ब बढी विनियोजन गरिएको छ ।
यो सुविधाका कारण सरकारले खेलकुदको बजेट झन्डै दोब्बर गरेको छ । ६६ करोडबाट १ अर्ब २६ करोड पुर्‍याएर मूलपानीमा क्रिकेट मैदान बनाउनेलगायत कार्यक्रम समेटिएको छ ।
खर्च धान्ने मुख्य स्रोत राजस्वबाट ३ खर्ब ५४ अर्ब रुपैयाँ असुली हुने देखिएको छ । वैदेशिक अनुदान ६९ अर्ब रुपैयाँ आउने अनुमान छ । ४३ अर्ब रुपैयाँ आन्तरिक र बाँकी बाह्य ऋण उठाएर खर्चको जोहो गर्ने योजना सरकारको छ । ४४ अर्ब रुपैयाँ जति वैदेशिक ऋण लिइने छ ।
सरकारी लक्ष्यअनुसारको खर्च र त्यसलाई आवश्यक मुद्रा बजारमा प्रवाह हुँदा औसत बजार मूल्य ८ प्रतिशतले बढ्ने अनुमान सरकारको छ ।


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, July 14, 2013

बिस्वोकै सबै भन्दा बलिया राँगा हरुको लडाई भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

बिबाहको लागि ४० लाख तिरेर हेलीकोप्टर

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
चितवन, असार २९ - यहाँका एक धनाढ्य परिवारमा विवाहका लागि हेलिकोप्टर नै चार्टर गरेर दुलही अन्माएका छन् ।
विवाहलाई भब्य बनाउन अनेक सुबिधा प्रयोग गरेका दुलाहा रविसम्शेर थापाले दुलही लिनका लागि हेलिकक्टर चार्टर गरेर ल्याएका हुन् ।
एयर डाएनेष्टी नाइन एन एइएक्स नम्बरको हेलीकप्टर उनले २ घण्टाका लागि ४ लाख तिरेर भाडामा लिएका हुन् । लमजुङ बेशीशहर-३ त्रिवेणीटोलका तिलकबहादुर पौडेलकी छोरी साजनासाग बिबाह गरेका उनले दुलही लिन हेलिकप्टरमा सरर् उडे । साढे ११ बजे भरतपुर बिमानस्थलमा अबतरण गरिएको हेलीकप्टरमा उनलाई पुर्‍याउन आफन्तको ठूलो भीड थियो । हेलीकप्टर ५ जना क्षमताको भएकोले उनले हजुरवुवा मोहनबहादुर, बहिनी पिन्की, भिनाजु भुवनबिक्रम कुँवर र दाइ नाता पर्ने रोनाल्ड डल्लाकोटीलाई लगेका थिए ।
'हजुरवुवाको अन्तिम ईच्छा पूरा गर्न हेलिकप्टर ल्याएको हुँ', एयरपोर्टमा ईकान्तिपुरसँग कुरा गर्दे दुलाहा रविले भने,'हजुरवुवा गाडीमा जान सक्नुहुन्न, उहाँको मेरो विवाहमा जन्ती जाने चाहना पुरा गरेको हुँ ।' यो आबश्यक देखेर भाडामा लिएको उनले प्रष्ट्याए
यो विवाहमा जन्ती जाने मात्र ६ सय बढी छन् । १२ नं टोलका अधिकांश र जिल्लाका गन्यमान्य ब्यक्तिलाई निमन्त्रणा गरिएको दाजु रोनाल्डले जानकारी दिए ।
भरतपुरमा सम्भवतः अहिलेसम्मकै यो ठूलो र भब्य बिबाह भएको स्थानीय बताउँछन् । 'हामीले यसको विवाह भब्य बनाउनै खोजेका हौं',रोनाल्ड भन्छन्', 'जन्तीका लागि ५५ वटा जिप, कार, ३ ठूला बस भडामा लिइएको छ ।' ५५ तोला सुन मात्र खरिद गरिएको उनले जानकारी दिए ।
के भन्छ त कानुन ?
अहिले भड्किलो बिबाह गर्ने लहर चलेकै बेला सरकारी निकायले नरोकेपनि कानुनले कसैलाई पनि यस्तो गर्न छुट दिएको छैन । कानुन ब्यवसायीका अनुसार, यस्तो बिबाह गर्नेलाई सरकारी अधिकारीले सचेत बनाएर रोक लगाउन पाउँने अधिकार छ । चितवन वारका अध्यक्ष राजकुमार श्रेष्ठले सामाजिक सुरक्षा ऐन बमोजिम ५० जना मात्र जन्ती लान पाउने ब्यबस्था कानुनमा रहेको उल्लेख गरे । दाइजो वा उपहारको रुपमा १० हजार मात्र उपयोग गर्न पाइन्छ, उनले भने,'तर, अहिले यो ब्यबहारिक रुपमा सम्भव देखिएको छैन् ।' कानुनमा संसोधन नगरेसम्म कारवाहीको मापदण्ड र प्रयोग सधैंभरी यस्तै फितलो भइरहने उनले बताए । दाइजो लिन वा दिन पाईंदैन, तर खुशीले उपहारको रुपमा लेनदेनलाई कानुनले नरोकेको उनको भनाई छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, July 13, 2013

लोग्नेमान्छेको के विश्वास ?’यौनका फूल, यौनका कांडा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
532333_336207406461878_1941576703_nमानिसहरू उसलाई प्रतिभाशाली तर सन्की कलाकारको रुपमा चिन्दछन् र ऊ छ पनि त्यस्तै । उसलाई मुड चलेको दिन एकै क्षणमा तीन चार वटा चित्र बनाउँछ तर मुड चलेन भने महिनौं दिनसम्म पनि कुची र रङ्गलाई छुँदैन । उसलाई चित्र बनाउने मुड चल्न कि त ज्यादै खुसीको क्षण आउनु पर्छ, कि ज्यादै विस्मातको, कि आक्रोसको वा उन्मादको । सामान्य अवस्थामा ऊ चित्र बनाउँनै सक्दैन । यो उसको कमजोरी हो कि बिशेषता, उसैलाई थाह छैन । उसले बाबुसँग झगडा गरेर घर छोडेर हिंडेको दिन लगातार २१ घण्टासम्म चित्र बनाएको थियो । त्यतिखेर उसले बनाएका पाँचवटा ठूला ठूला अमूर्त चित्रमध्ये चार वटा बिक्री भइसकेका छन् ।
आफ्नो सिर्जना विक्रीको मामलामा पनि ऊ त्यति सहज छैन । कुनै कला पारखीले उस्को चित्र किन्न खोज्यो भने उसले त्यो मानिसलाई उक्त चित्र मन पराउनुको कारणबारे राम्रैसँग अन्तर्वार्ता नै लिन्छ । चित्तबुझ्दो उत्तर नदिनेले जति पैसा दिए पनि ऊ आफ्नो चित्र बेच्दैन । तर कसैले उसलाई साह्रै चित्त बुझ्दो उत्तर दियो भने ऊ सित्तैमा चित्र दिएर पठाउन पनि बेर मान्दैन । 
एक पटक एउटा विदेशी कला पारखी उसकहाँ चित्र हेर्न आयो । एउटी युवतीले आफ्नो नवजात शिशुलाई स्तनपान गराइरहेकी चित्र त्यो ६५ नाघेको बूढो बिदेशीले औधी मन परायो । त्यो चित्र मन पराउनुको कारण बारे सोघ्दा त्यो विदेशीले त्यो चित्र हेर्दा आफूलाई त्यो स्तनपान गर्ने शिशु आफू नै भएको र त्यो युवती आफूलाई जन्माउने आमाजस्तै लागेको र ती ममतामयी आमालाई आफूले वाल्यकालमै एक मोटर दुर्घटनामा गुमाउनु परेको भनेर आफ्नो वेदना पोख्यो । उसले त्यो चित्र त्यो धन्ााढ्य बिदेशीलाई एक पैसा पनि नलिइकन उपहार स्वरुप दियो । त्यो बिदेशीले आश्चर्य र अप्ठ्यारो मान्दै पैसा दिन खोज्दा उसले “आमाको वात्सल्यलाई पैसामा किन्न खोज्ने मूर्खता नगर” भनेर पैसा लिन पटक्क मानेन ।
त्यही चित्र करिव दुई महिना अघि एक विदेशी युवकले तीन सय डलर तिरेर किन्न खोज्दा उसले दिएको थिएन । किनकि उसले त्यो चित्र मन पराउनुको कारण सोघ्दा त्यस युवकले “युवतीको स्तन निकै मन पर्‍यो” भनेको थियो ।
यस्तै किसिमको अत्यन्तै भावुक, सन्की तर प्रतिभाशाली छ ऊ । उसको यो सन्काहापनले गर्दा कतिपय मानिसहरू उसलाई मन पराउँदैनन् भने कतिपय कलाकारहरू उसको प्रतिभाको इष्र्या गरेर उसको कलाको भन्दा सन्कीपनको बढी चर्चा गरी उसलाई होच्याउन तल्लिन हुन्छन् ।
उसले मूर्त, अमूर्त, ल्याण्डस्केप, स्केच, कार्टुन, पोट्रेट आदि चित्रकलाका सवैजसो विधामा आफ्नो प्रतिभा देखाएको छ । उसले चित्रकलाकै लागि विभिन्न स्थानको यात्रा पनि गर्ने गरेको छ । तर ऊ प्रचारमा आउन चाहँदैन । ऊभन्दा धेरै कम प्रतिभा भएका र कनिष्ठ कलाकारहरूले पटकपटक एकल चित्रकला प्रदर्शनी आयोजना गरेर आमासञ्चारमा छाइसकेका छन् तर उसले भने त्यस्तो प्रदर्शनी आयोजना गर्ने सोच समेत बनाएको छैन । ऊ त्यस्ता कला प्रदर्शनीहरू भ्याएसम्म हेर्न त जान्छ तर उद्घाटन वा समापन समारोहमा भने झुक्किएर पनि जाँदैन । किन रे भन्दा कलाकारिताको ‘क’ पनि नजानेका मान्छेले प्रमुख अतिथि भएर कलाका बारेमा भाषण छाँटेको ऊ सहन सक्दैन रे ।
अहिलेसम्म कुनै पत्रकारले उसको अन्तरवार्ता लिएका छैनन् । न त उसले कुनै पत्रकार चिनेको छ । कदाचित कुनै पत्रकार ऊसँग अन्तर्वार्ता लिन गयो भने पनि उसले बरु गाली पाउला, अन्तर्वार्ता सायद पाउने छैन ।
वास्तवमा ऊ धेरै कला तयार गरेर बिक्री गरी धन कमाउने, प्रदर्शनी आयोजना गरेर नाम कमाउने पक्षमा छैन । गतिलै मुड आएर नरन्थिनिएसम्म कुची नसमाउने भएकोले उसका कलाकृति अरु कलाकारको दाँजोमा थोरै हुनु स्वाभाविकै हो ।
उसले जीवनमा पहिलो चित्र कहिले बनायो त्यो त उसलाई पनि थाहा छैन तर चार कक्षामा पढदाखेरि बनाएको हिमालको कापबाट सूर्य उदाइरहेको चित्रलाई स्कुलले पुरस्कृत गरेको उसलाई अझसम्म सम्झना छ । यति मात्र होइन, ऊ एसएलसी पास गरेर स्कुलबाट विदा हुँदासम्म पनि प्रधानाध्यापकको कोठामा उसले चार कक्षामा छँदा बनाएको त्यो चित्र झुण्डिरहेकै थियो । यसबाट ऊ वास्तवमा निकै प्रेरित भएको थियो ।
ऊ १० कक्षामा पढदा ९ कक्षामा पढ्ने एउटी केटीसँग ऊ किन हो किन मनमनै आकषिर्त हुन पुग्यो । तर उसले व्यक्त गर्न सकेको थिएन । एक दिन स्कुलकै हाताभित्र अचानक उसले एउटा विद्यार्थी परिचय पत्र खसिरहेको अवस्थामा भेट्टायो । सँयोगबश त्यो परिचय पत्र अरु कसैको नभएर त्यही केटीको रहेछ । ऊ यति खुशी भयो कि त्यहाँबाट फटाफट् घर आएर कोठाको ढोका थुनी परिचयपत्रमा रहेको त्यो केटीको फोटो हेरेर विभिन्न कोणबाट उसको सातवटा चित्र तयार गर्‍यो । भोलिपल्ट एउटा चित्र आफैले राखी बाँकी छ वटा चित्र र परिचयपत्र त्यो केटीलाई नै फर्काइदिंदा केटीको आश्चर्यको सीमा रहेन ।
त्यसपछि केही महिनासम्म त्यो केटीसँग उसको निकै हिमचिम रहृयो । यस अवधिमा उसले राति अवेलासम्म बसेर धेरै चित्र बनायो । वास्तवमा स्त्री सौन्दर्यलाई कलामा उतार्न थालेको उसले यतिखेरैदेखि हो । पढाईमा उसलाई कुनै समस्या थिएन । पहिलो, दोस्रो नभए पनि ऊ हरेक बिषयमा सजिलैसँग उत्तीर्ण हुन्थ्यो । तर उसको बाबु भने कलामा लागेर छोरोले समय खेर फाल्यो, कलामा नलागी पढ्नमै मात्र लागेको भए पहिलो, दोस्रो नै हुन्थ्यो भनी कच्कच् गरिरहन्थे ।
त्यो केटीसँग उसको राम्रै चल्दै थियो । उनीहरू एकान्तमा पनि भेटेर मनका कुरा साट्थे । एक दिन यस्तै एकान्त मिलनको क्षणमा उसले आफ्नी प्रेमिकालाई चुम्वन गर्न खोज्यो तर केटीले भने गालामा मात्र चुम्वन गर्ने अनुमति दिई । ऊ भने मुखमै यौवनपूर्ण चुम्वन गर्न चाहन्थ्यो । उसले – “मेरो विश्वास लाग्दैन ?” भनी सोद्धा केटीले- “लोग्नेमान्छेको के विश्वास ?” भन्ने जवाफ दिई । ऊ यति रन्थनियोकी त्यहाँबाट जुरुक्क उठेर हिंडेको उसले फेरि कहिल्यै त्यो केटीको मुख हेरेन । घर आएर उसले बैंशालु युवतीहरूका विभिन्न आकार र किसिमका २०-२५ जोडी ओठहरूको चित्र बनायो । त्यो केटीले उसँग सम्पर्क गर्न निकै प्रयास गरी तर केहीसिप लागेन । यसरी उसको पहिलो प्रेमको मुना अनायास निमोठियो ।
कलेजको पढाई सकेर सानोतिनो काम चलाउ जागीरमा अल्भिmए पछि उसले पनि विवाह गर्‍यो । उसले आफ्नो आवश्यकताले भन्दा पनि बूढी आमाको मन बुझाइदिन इष्टमित्रकै बन्दोबस्तमा साधारण हिसावले विवाह गरेको थियो । स्कुले जीवनमा पलाएको प्रेमको टुसा निमोठिए पछि ऊ अरु केटी प्रति गम्भीर रुपमा कहिल्यै आकषिर्त भएन । सुहागरातमा नव यौवना दुलही र ऊ मिलेर यौनको खेल मजासँग खेले । वास्तवमा एउटी युवतीको सर्वाङ्ग नाङ्गो शरीरको अवर्णनीय सौन्दर्यलाई उसले पहिलो पटक देख्ने सौभाग्य सुहागरातमा नै पाएको थियो ।
पहिलो दाम्पत्य यौन सुखपछि दुलही असीम सन्तुष्टी बोकेर निद्राको काखमा गइन् । ऊ भने असीम उन्माद लिएर कुची र रङ्गसँग खेल्न थाल्यो र भरखर आफूलाई यौवनको चरमसुख दिने दुलहीलाई क्यान्भासमा प्राकृतिक रुपमा उतार्‍यो । बस्त्रबिहीन भईकन पनि अश्लील भन्न पटक्कै नमिल्ने यस्तो जीवन्त चित्र बनाएको उसले यो पहिलो पटक हो ।
समय आफ्नो गतिमा बग्दैछ । समयको कुचीले उसको कालो कपालमा अव अलिकति सेतो रङ्ग पोतिदिएको छ । अहिले एक जना अधबंैशे मानिस उसको सामु बसिरहेको छ । त्यो मानिस उसले बनाएको एउटी नवयुवतीको चित्र किन्न खोज्दैछ । त्यो मानिस केही दिन अघि उसको एक जना नाता पर्ने मानिससँग यो घरमा आएको थियो । भित्तामा रहेको त्यो नवयुवतीको चित्रलाई उसले त्यो दिन निकै बेरसम्म नियालेर हेरेको थियो । त्यसपछि पनि तीन चार चोटी कुनै न कुनै बहानामा उसकहाँ आएर त्यो चित्र हेर्ने गरिरहेको थियो । अहिले ऊ त्यो चित्र किन्न खोज्दै छ । त्यो मानिस चित्रको मोल सोध्दै छ तर ऊ भने त्यो चित्र किन्न खोज्नुको कारण सोध्दै छ । उसले कारण नवताई चित्र नबेच्ने अडान स्पष्ट गरेपछि त्यो अधबैंशे मानिसले त्यो चित्र किन्न खोज्नुको रहस्य खोल्यो ।
आजभन्दा धेरै बर्ष अघि त्यो मानिस कलेज पढदा त्यो चित्रमा देखिएकी केटीको घरमा डेरा गरी बसेको रहेछ । करिव दुई बर्षसम्म त्यही घरमा डेरा गरी बस्दा त्यो केटी र उसका परिवारसँग गहिरो सम्बन्ध बस्यो । एक दिन त्यो केटीलाई हलुका ज्वरो आएको थियो । ऊ पनि हड्ताल भएकोले कलेज गएको थिएन । संयोगबश घरमा अरु कोही थिएनन् । त्यो केटीले “मलाई ज्वरो आएको छ, डिग्री हाली दिनुस्न” भनी । उसले केटीको कोठामा गई केटीको मुखमा डिग्री हाली दियो । दुई मिनेटपछि मुखबाट डिग्री झिक्न लाग्दा केटीले उसको हात च्याप्प समाती । उसले पनि आफूलाई रोक्न सकेन । किनकि एउटै छानो मुनी रहेकी बैंशालुप्रति ऊ पहिलेदेखि नै आकषिर्त थियो, व्यक्त मात्र गर्न सकेको थिएन ।
उसले डिग्री हेर्‍यो । ज्वरो ९९ र १ लाइन मात्र रहेछ । त्यसपछि दुवैजना यौन उन्मादको पोखरीमा डुवुल्की मार्न थाले । यसरी सुरु भएको उनीहरूको लीला केही महिनासम्म चल्यो । पछि केटीका बाबुआमालाई केही शङ्का लाग्यो । त्यसपछि कोठा खाली गरिदिनु भन्ने आदेश उसले पायो । त्यो आदेशलाई शीरोपर गरी ऊ अन्यत्र कोठा सर्‍यो । त्यसको केही समयपछि त्यो केटीको पनि अन्यत्रै विवाह भयो……. ।
यसरी जीवनमा पहिलो पटक आफूलाई यौन सुख दिने केटीको यति राम्रो चित्र देखेर चकित भई यसले त्यो चित्र किन्न खोजेको रहेछ । कलाकारले त्यो मानिस त्यसरी डेरा गरेर बसेको ठाउँ, केटीको नाम आदि सवै सोध्यो । यति वृतान्त सुनेपछि उसले त्यो चित्र पैसा नलिइकनै त्यो मानिसलाई उपहार स्वरुप दिई पठायो । कृतज्ञता व्यक्त गर्दै चित्र च्यापेर त्यो मानिस गएपछि ऊ आज धेरै महिनापछि फेरि कुची र रङ्गमा हराउन थाल्यो । उसले भरखरै उपहार दिएर पठाएको त्यो चित्र अरु कसैको नभई उसको बिद्यार्थी जीवनमा “लोग्नेमान्छेको के विश्वास ?” भनेर उसलाई चुम्बन गर्न नदिने उसकी प्रेमिकाको थियो ।
(यौनका फूल, यौनका कांडा कथा संग्रहबाट)
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, July 12, 2013

तँपाई पनि अनलाइन बैंकिंग कारोबार गर्नुहुन्छ भने होसियार

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                                                                        २०७० असार  काठमाडौँ,असार २७
  गते । अनलाइन बैंकिङ्ग अन्र्तगत कारोबारमा सावधानी नअपनाए सेवाग्राहि जुनसुकै समयमा ठगिन सक्ने खतरा बढेको छ ।
अनलाइन बैंकिङ्ग मार्फत् कारोबार जति सहज छ त्यति नै खतरा रहेको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय, प्रमाणीकरण नियन्त्रकको कार्यालयका नियन्त्रक राजनराज पन्त बताउनुहुन्छ । कार्यालयले बुधवार यहाँ आयोजना गरेको नियमित पत्रकार भेटघाट मिडिया टेकटकमा उहाँले उक्त कुरा बताउनुभएको हो । 
नियन्त्रक पन्तले सहजरुपमा उपलब्ध रहेका असुरक्षित इन्टरनेट वाइफाइ हटस्पट, साइवर मार्फत् गरिने अनलाइन कारोबारमा ह्याकरहरुले जुनसुकै समय आक्रमण गर्न सक्ने खतरा रहको बताउदैँ अनलाइन बैंकिङ्ग कारोवार गर्दा सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बैंकको जस्तो देखिने वेव साइट तथा स्पाम इमेल मार्फत ठगी हुने भएकाले सेवा ग्राहीहरु सचेत हुनु पर्ने विचार व्यक्त गर्नुभयो । 
नियनत्रक पन्तले अनलाइन बैंकिङ्ग सेवा प्रदायक बैंकहरुले आफ्ना ग्राहकहरुलाई यस सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने भन्दै प्रयोगकर्ताले समेत सुविधा प्रयोग गर्दा त्यसका सकारात्क तथा नकारात्मक पक्षका बारेमा जानकारी लिनुपर्नेमा जोड दिनुभयो । उहाँले हालसम्म नेपालका बैंकहरुले आफ्नो वेव साइटको परीक्षण गर्ने परिपाटि नभएको बताउदैँ वेव सफ्टवेयर, अन्तरिक वैंक प्रविधि सुरक्षा अडिट लगायतका पक्षहरुमा ध्यान दिन आग्रह गर्नुभयो ।
अनलाइन बैंकिङ्ग गर्दा इन्टी भाइरस भएको कम्प्यूटर प्रयोग गर्ने, अपरिचित व्यक्ति वा ठेगानाबाट आएको इमेल तथा एसएमएसको जवाफ नदिने, आफूले कारोबार गर्न थालेको वेव साइट सम्बन्धित बैंकको हो वा होइन यकिन गरेर मात्र आफ्नो युजर नेम र पासवर्ड राख्ने गर्दा यस्ता ठगिबाट बच्न सकिन् छ ।
नेपालमा सर्वप्रथम कुमारी बैंकले सन् २००२ मा अनलाइन बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो । त्यस्तै कुमारी बैंकले नै सन् २००४मा एसएमएस बैंकिङ्गको समेत आरम्भ गरेको थियो । त्यस्तै सन् १९८४मा हिमलय बैंकले एटीएम सेवा शुरु गरेको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

तितो सत्ते २०१३ जुलाई ११

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, July 11, 2013

आफ्नो तरकारी बगैंचामा स्तो फल फले पछी परिवारै दङ्ग

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
इंगल्याण्डको केन्टकी ५२ वर्षीया क्यारोल कोलेनले आफ्नो बगैँचामा लटरम्म फलेको स्ट्रबेरीको बोटमा एउटा अनौठो आकारको स्ट्रबेरी भेट्टाएपछि केही बेर अनौठो मान्दै सुम्सुम्याइन् पनि ।

त्यसपछि त्यसलाई घरभित्र लगेर परिवारका अन्य सदस्यलाई देखाइन् । लिंग आकारको स्ट्रबेरी हेर्दा सुरुमा सबै अचम्ममा परे र पछि सबैलाई अलि अलि लाज पनि लाग्यो । त्यस्तो आकारको फल हेर्दा परिवारका सबै सदस्य मरि मरि हाँसेको क्यारोलले जानकारी दिइन् । त्यो स्ट्रबेरीको तस्वीर पनि खिचे ता कि घरमा आउने अरुलाई पनि त्यो अजिवको फल देखाउन पाइयोस् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

स्ता पापी मान्छे हरु पनि हुदो रहेछ संसारमा दुइ दाजु भाइलाई कुटी कुटी मारे भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आफ्नो तौल घटाउन दिनको ७ पटक यौन सम्पर्क गर्न रुचाउने महिला भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                               
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

मेलम्चीको खाने पानि अब परसोधन केन्द्र बन्ने

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
बुधबार ८ करोड ५० लाख लिटर क्षमताको प्रशोधन केन्द्र निर्माण सम्झौता भएको छ ।
ठेकेदार कम्पनीले २७ महिनाभित्र (नोभेम्बर ०१५) मा काम सम्पन्न गर्ने सम्झौतापत्रमा उल्लेख छ । जापानको सहयोगमा निर्माण हुने केन्द्रले मेलम्चीबाट साढे २७ किमी लामो सुरुङबाट दैनिक ल्याइने १७ करोड लिटर पानी प्रशोधन गर्नेछ । मन्त्री छविराज पन्त, जापानी प्रतिनिधी र निर्माण कम्पनीबीच सहरी विकास मन्त्रालयमा अन्तिम सम्झौता भएको हो । ठीक १ वर्षअघि प्रशोधन केन्द्र निर्माणका लागि सरकारले बोलपत्र आह्वान गरेको थियो । अस्टि्रयाली र भारतीय कम्पनीले संयुक्त रूपमा ४ अर्ब २० करोडको ठेक्का पाएका हुन् ।
मन्त्री पन्तले निर्माण कम्पनीलाई चाूडो काम सुरु गर्न आग्रह गरे । काम गर्दा आइपर्ने समस्या समाधानका लागि सरकारले सहयोग गर्ने विश्वास दिलाए । 'मेलम्चीप्रतिको विश्वास जगाउन सकारात्मक काम गर्नुपर्छ, त्यसका लागि एकमात्र आधार गुणस्तर हो,' उनले भने ।
उक्त रकम मेलम्ची खानेपानी विकास समितिको अनुमानभन्दा १७ प्रतिशत (९८ करोड ५० लाख) कम हो । यसअघि गरिएको बोलपत्र रद्द भएपछि समितिले सीडब्लु, प्रतिभा, हिटाचीका साथै चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसनलगायत ६ कम्पनी छनोट गरेको थियो । समितिले बोलपत्रमा धेरै जटिल प्रक्रिया राखेपछि अन्त्यमा ६ मध्ये ३ मात्र सहभागी भएका थिए ।
आयोजना प्रमुख कृष्णप्रसाद आचार्यले ठेक्काको टुंगो लागिसकेकाले प्रशोधन केन्द्र निर्माण सुरु हुने बताए । 'अब तिव्रता साथ काम हुन्छ,' उनले भने । प्रतिभा इन्डस्टि्रज लिमिटेड प्रतिनिधि नटराजनले काम समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाए । 'कुनै शंका नगरे हुन्छ काम समयमै सम्पन्न गछौं,' उनले भने ।
आयोजनाको प्रथम चरणमा सिन्धुपाल्चोकको रिबर्मास्थित मेलम्ची खोलामा बाूध बनाउने, मुहानक्षेत्रबाट साढे २७ किमी लामो सुरुङमार्फत काठमाडौंको सुन्दरीजलमा प्रतिदिन १७ करोड लिटर पानी ल्याइपुर्‍याउने र त्यहाू निर्माण हुने प्रशोधन केन्द्रमा प्रशोधित गरी काठमाडौं उपत्यकामा वितरण गरिने योजना छ । यस्तै, दोस्रो र तेस्रो चरणमा क्रमशः याङरी र लार्के खोलाहरूबाट १७/१७ करोड लिटर पानी थप्ने सरकारी लक्ष्य छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, July 10, 2013

MERI BASSAI - 9th July 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
part1


 

part2

part3

part4


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, July 9, 2013

नेपाली चेलीलाई दलालले फसाउन कत्रो बाहाना हेर्नुहोस भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

हलीयुडका हट नायिका भनेर चिनिने बिध्या बालन्का बाथरूम हट फोटो शूट भिडियो हेर्नुस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

धादिंग जिल्लाको यक चरी नामको डनमाथि गोलि प्रहार

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Chariकाठमाडौ, असार २२ - चरी नामले चिनिने डन दिनेश अधिकारीलाई शुक्रबार राति गोली प्रहार गरिएको छ । धादिङबाट काठमाडौं र्फकदै गर्दा गएराति नैकापनजिकै उनीमाथि गोली प्रहार भएको हो ।
एमाले नेता केपी ओली नजिक मानिने चरी धादिङबाट काठमाडौं फर्किदै थिए । शुक्रबार धादिङमा नेता ओलीको उपस्थितिमा कार्यक्रम भएको थियो । चरी को हातमा गोली लागेको छ । हाल उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
शिक्षण अस्पतालमा उपचार गराइरहेका चरी ले पहिले आफ्नै लागि काम गर्ने राधे नामक व्यक्तिले आफूमाथि आक्रमण गरेको प्रहरीलाई बताएका छन् । ती व्यक्ति धादिङका हुन् । तर, उनको आक्रमण गरेको भन्नेबारे यकिन भइनसकेको प्रहरीले बताएको छ । आक्रमणकारीहरुले खुकुरीलगायतका हतियासरसमेत ल्याएका थिए ।
आक्रमण गर्न आएका राजेन्द्र तामाङ चरी चढेको गाडीको ठक्करबाट घाइते भएको बुझिएको छ । तामाङलाई ठक्कर दिएलगत्तै स्थानीय युवाले चरी चढेको गाडीलाई नियन्त्रणमा लिएका थिए । लगत्तै अर्को गाडी खोज्दै हिडेका चरी लाई प्रहरीले देखेपछि अस्पताल पुर्‍याएका थिए

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, July 7, 2013

अमेरिकामा ३०१ यार्त्रु बोकेको बिमान दुर्घटना ग्रस्तभिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भाइरस सम्बन्धही केहि जानकारी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

 

१. भ्रम : इन्टरनेट नजोडिएको कम्प्युटरमा भाइरस लाग्दैन ।

तथ्य : इन्टरनेट नभए पनि पेन ड्राइभ, सिडी, मोबाइल फोन, क्यामेरा आदि कम्प्युटरसग जोडिएका हरेक कुराबाट भाइरस सर्न सक्छ ।

२. भ्रम : भाइरस लागेपछि कम्प्युटर कामै नलाग्ने हुनसक्छ ।

तथ्य : भाइरसले डाटासम्म विगार्न सक्ने भए पनि कम्प्युटर हार्डवेयर विगार्न
सक्दैन ।

३. भ्रम : EXE फाइलमा मात्र भाइरस हुन सक्छ ।

तथ्य : EXE मात्र होइन फल्यास, पिडिएफ अनि वर्ड र एक्सेलका रूपमा पनि भाइरस आउन सक्छ।

४. भ्रम : कम्प्युटरको समस्या भाइरसका कारणले मात्र आउन सक्छ ।

तथ्य : अधिकांश कम्प्युटरका समस्या भाइरसका कारणले उत्पन्न भएका हुदैनन् ।

५. भ्रम : फायरवल इनेवल गरेपछि एन्टिभाइरस नहाले पनि हुन्छ ।

तथ्य : फायरवलले नेटवर्कबाट छिर्ने केही शंकास्पद गतिविधिको निगरानी गर्ने भए पनि भाइरसबाटै बचाउन सक्दैन ।

६. भ्रम : प्रायः भाइरस बनाउनेले ठूला–ठूला कम्पनी तथा व्यक्तिका कम्प्युटरलाई मात्र निशाना बनाउछन् ।

तथ्य : – भाइरस सरुवा रोग जस्तै हो जुन जस्तो कम्प्युटरमा पनि लाग्न सक्छ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

तनहुँको दमौली नजिकै मादी नदीमा पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको यात्रुबहाक बसखस्दा ९ जनाको मृत्यु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
तनहुँ, असार २२ । तनहुँको दमौली नजिकै मादी नदीमा पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको यात्रुबहाक बस खस्दा ९ जनाको मृत्यु भयको छ  छ । घटनास्थलबाट ९ जनाको शव निकालिएको छ । शवको सनाखत भई नसकेको प्रहरीले जनाएको छ । पोखराबाट मुग्लिन आउँदै गरेको ना ४ ख ४६८४ नम्बरको मिनिबस पुलबाट नदीको विचमा खसेको बताइएको छ । घटनास्थलबाट अहिलेसम्म १० जनालाई जीवितै उद्दार गरिएको छ । बसमा ४० यात्रु रहेको अनुमान गरिएको छ । हराईरहेकाहरुको खोजी र उद्दार कार्य जारी राखिएको छ । स्थानीयवासी, नेपाली सेना र प्रहरीले उद्दार कार्य गरिरहेका छन् ।


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, July 6, 2013

तंपाई बिदेस बाट नेपाल जाँदै हुनहुन्छ भने त्रिभ्बुवन बिमान्स्थलमा सामानको भन्सार सम्बन्धि बिबरण हेनुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१. के तँपाई बिदेस्बाट नेपाल जान्दै हुनहुन्छ यदि जाँदै हुनहुन्छ भने होसियार भयर जानु होलानि  तँपाई पनि त्रिभुवन बिमानस्थलमा ठगियला दुख गरेर कमायर लगेको धन ठगि गरेको  र बिदेशबाट अफ्नो देस फर्केर गयको नेपाली  चेलीबेटीमाथि बलत्कारगरेको खबर सम्म सुनेको प्रमाण हरु सार्बजनिक भैसकेको छ कसैले यस्तो प्रबिर्ती देखायमा निम्न निकाय र निम्न टेलिफोन नम्बर हरुमा तुरुन्त सम्पर्क गर्नुहोला

२,त्रिभवन अन्तरास्ट्रिय बिमानस्थल सम्बन्धित टेलिफोन नम्बर हरु 
----------------------------------
१.महापरबंधक त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल गौचर ०१४११३२६१, ०११३२३४ 
२.प्रहरी महानिरिछेक DIGPबिमानस्थल  ०१४११३१७०, ०१४११३१५१ 
३. माहा निर्देसक भन्सार बिभाग ०१४२५९७१३
४.भन्सार प्रमुख ०१४४७०३८२,०१४४७०११० 
५.माहनिर्देसक अध्यागमन बिभाग ०१४४२९६५९,०१४४२९६६० 
६.महानिरेसक श्रम बिभाग ०१४४६१२९९,०१४४६१२९५ 
७.cibप्रमुख प्रहरी मा नि digp ०१४४१४३९९ ,०१४४११७७६ ,९८५१२८३१४० 
८. प्रहरी प्रधान कार्यलय ०१४४१२७८०,०१४४१२४३२ 
९,दुटी अफिसर त्रिभुवन अंतरास्ट्रीय बिमानस्थल ,०१४११३१६३ 
१०.tdo दुटी अफिसर त्रिब्भुवन अन्तरास्ट्रिय बिमानस्थल गौचर ०१४११३९६३
११.श्रम मन्त्रालय ०१४२११७९४,०१४२१९९९१ 
१२ बैदेसिक रोजगार प्रबर्दन बोर्ड फ्री नम्बर १६६००१५०००५ ,०१ ४१०२६०७ .०१ ४१०२७११ 
१३.बैदेसिक रोजगार ब्यबसायी संघ ०१,४४२६७२० 
  

३,  बिदेस बाट त्रिभुवन अंतरास्ट्रीय बिमानस्थलमा भन्सार नलागने समान हरुको जानकारी 
=============================================
५० ग्राम सम्मको सुन लाना पाउने ५०० ग्राम चांदी लाना पाउने 
३०,००,००० सम्मको जडित गरगहना लाना पाउने 
१४ इन्च देखि ५० इन्च सम्मको lcd tv लाँदा २५० र सो भन्दा बढीको लागेमा प्रति इन्च १२५० 
तिर्नु पर्ने ल्यापटप कम्पुटर क्यामरा मोबाल फोन यक यक थान बिल सहित हुनु पर्ने 
१० जोर सम्मको लत्ता कपडा लाना पाउने १० जोर भन्दा बढी लगेमाभन्सार मुन्लांकन बमोजिम भंसार लाग्ने ,घरायसी समान हरु जस्तै मिक्चार ,जुसर ,आइरन , इलेक्ट्रोनिक समान हरु २ ,२ थान लाना पाउने , त्रिभुवन बिमान स्थलका कर्मचारी अथवा अपरचित कुनै बेक्तिले भंसार चुटाइ दिन्छु अथवा भन्सार रेट कम गरि दिन्छु भनेमा तँपाई फस्नु होला होसियार हुनु होला  अन्य आफ्नो समान तुत फुट हरय्मा तुरुन्त नजिकको प्रहरी अथवा सम्बन्धित एर्लांस्लाई सम्पर्क गर्नुहोला ,
बिनम स्थलमा तँपाइलाई केहि आफ्ठ्यारो सम्स्स्या परेमा जानकारी चाहिय्मा police help desk airport no ,014113151 तुरुन्त सम्पर्क गर्नुहोला यी दुबई अन्तरास्ट्रिय विमास्थल टर्मिनलको अराईभल डीपचार्को छेउमा छन 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, July 5, 2013

Jeevan Sathi with Jitu Nepal & Muna Nepal

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, July 4, 2013

फेसबूकमा नयाँ chat icoin थपियो प्रयोग गरि हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
02 Facebook Sticker store free stickers for Facebook Chats
केहि दिन पहिले मात्रै facebookle coment बाट पनि फोटो अपलोड गर्ने सुबिध्हा थापिय्को थियो अहिले फेरी अर्को यौटा मनोरन्जनात्मक सुब्धा थापिय्को छ त्यो हो च्याटको लागि तँपाई फेसबुक कत्तिको चलाउनु हुन्छ
fesbook चलाउडा कत्तिको मजा लिनु हुन्छ 
फेसबुकमा साथीभाईसँग च्याट गर्नुहुन्छ भने तपाइँका 
लागि रमाइलो र आकर्षक फिचर थप भएको छ। फेसबुकले आज देखी च्याटमा कुराकानीका क्रममा स्माइली बाहेक अर्को सुविधा पनि थपेको छ। त्यो हो स्टिकर। जुन स्माइली भन्दा आकारमा ठूलो र आकर्षक रंगहरुका साथ उपलब्ध छ। हुन त फेसबुकले यो सुविधा एण्ड्रोइड र आइओएसमा केही पहिले देखी नै उपलब्ध गराइसकेको थियो। आज देखी भने वेबसाइटमा पनियो उपलब भयको छ 



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, July 2, 2013

अफगानीस्तानमा चार नेपाली मारिय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काबुल (एजेन्सी), असार १८ -अफगानिस्तानमा बिद्रोहीको आक्रामंमा परि   चार नेपाली मारियको  छ । तालिवानी बिद्रोहीहरुले नाटो सैनिकलाई सामन उपलब्ध गराउने एक कम्पनीमा आक्रमण गर्दा त्यहाँ सुरक्षा गार्डको रुपमा कार्यरत चार नेपालीको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आज बिहान भएको आक्रमणमा ४ नेपालीसहित कम्तिमा ७ जनाको मृत्यु भएको बीबीसीको समाचारमा जनाइएको छ । काबुलमा रहेको उक्त कम्पनीले नाटो सैनिकहरुलाई सामान उपलब्ध गराउँथ्यो । आक्रमणकारीहरुले एक ट्रक बिस्फोटक पदार्थ ल्याएको काबुलका प्रहरी प्रमुखलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
ट्रकमा बिस्फोटक पदार्थ लिएर आक्रमणकारी कम्पनीको गेटबाट भित्र पस्न खोज्दा सुरक्षा गार्डले रोकेका थिए । लगत्तै भएको फायरिङमा नेपाली गार्डसहित बिद्रोही मारिएका हुन् । फायरिङ आधा घण्टा चलेको थियो । ट्रकमा ल्याइको बिस्फोटक पदार्थ पड्कदा घटनास्थलमा ठूलो खाल्डो परेको छ ।
काबुल प्रहरीले आक्रमणमा संलग्न चारजना बिद्रोही मारिएको दाबी गरेको छ । बिद्रोहीले ल्याएको ट्रकको पछाडि रहेका दुई वटा ट्रकका चालक पनि आक्रमणमा मारिएका छन् । उनीहरु गेट भित्र छिर्ने पालो कुरेर बसेका थिए ।
अफगानीस्तानमा पछिल्लो पटक आक्रमणकारीहरुले लगातार हमला गरिरहेका छन् । केही दिन अघि मात्रै राष्ट्रपति भवन नजिकै आत्मघाति बिस्फोट गराउँने बिद्रोही प्रयास अफगानी सैनिकले असफल पारेका थिए । त्यसअघि अफगानीस्तानको सर्वोच्च अदालत र बिमानस्थलमा पनि आक्रमण प्रयास भएका थिए ।
'चार नेपाली सुरक्षा गार्ड, एक अफगानी सुरक्षा गार्ड र दुई अफगानी नागरिक मारिएका छन्', काबुलका प्रहरी प्रमुख मोहम्मद आयुब सलांगीलाई उदृत गर्दै समाचार एजेन्सी एएफपीले लेखेको छ । आक्रमणमा परी ४ घाइते छन् । ठूलो ट्रकमा बिस्फोटक पदार्थ लिएर आएका दुई-तीन जना आक्रमणकारीहरुले सुरक्षा गार्डविरुद्ध लगाचार ३०-४० मिनेट फायरिङ गरेका थिए । संलग्न सबै आक्रमणकारी मारिएको संलागीले जनाएका छन् ।
अफगानीस्तानमा रहेको १० हजार नाटो सैनिकले सुरक्षा जिम्मा अफगानी सैनिकलाई दिएर फिर्ता हुने तयारीमा छन् । अर्को बर्षसम्म अफगानीस्तानको सैनिकलाई देशको सम्पूर्ण सुरक्षा हेर्ने गरी जिम्मा दिने तयारी छ । १२ बर्षदेखि अफगानीस्तानमा हिंसात्मक बिद्रोह गर्दै आइरहेको तालिवानीहरुले राष्ट्रपति हमिद करजाईलाई अमेरिकी कठपुतलीको संज्ञा दिादै वार्ता गर्न अस्वीकार गर्दै आएका छन् ।
सन् २००१ यता अफगानीस्तानमा ३ हजार तीनसय बढी बिदेशी सैनिकहरु मारिएका छन् । तीमध्ये ७ सय ११ जना सन् २०१० मा मात्र मारिएका हुन् । कल कायदा नेता बिन लादेन लुकेको आशंकामा अमेरिकाले सन् २००१ मा अफगानीस्तानमा आक्रमण सुरु गरेको थियो ।
घटना स्थलमा खटियका तैनाथ नाटो अफगानी सैनिक हरु





भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, July 1, 2013

समुन्द्रमा पौडी खेल्ने क्रममा समुन्द्रको छाल्ले बगाइन यक नेपाली चेलीलाई

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
संयुक्त अरब इमिरेट्स (यूएई) को सार्जास्थित एक होटलमा काम गर्ने नेपाली युवतीले समुद्रमा नुहाउने क्रममा ज्यान गुमाएकी छन् । नुहाउने क्रममा समुद्रको छालले बगाएर नेपाली युवतीको मृत्यु भएको हो । बिहीबार साथीहरूसँग दुबईको जुमेरा ब्रिजमा पौडी खेल्न गएकी ओखलढुंगाकी २२ वर्षीया वर्षा मुलिचाको समुद्रले बगाएर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । पौडी खेल्न ब्रिजमा छिरेकी वर्षा लामो समयसम्म हराएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । वर्षाको लास प्रहरीले पोस्टमार्टमपछि अनुसन्धानका लागि नियन्त्रमा लिएको छ । ‘एकछिनमै नुहाएर आउँछु भनेर गएकी थिइन्, तर कहिल्यै नफर्कने गरी गइन्,’ वर्षासँगै रहने साथीभाइको एउटै भनाइ छ ।सबैसँग मिलनसार वर्षाको यो घटनाले नेपालीहरू सबै चिन्तितसमेत बनेका छन् । छुट्टीको दिन पौडी खेल्न यहाँको ब्रिजमा जाने गरेका नेपालीहरू बर्सेनि मृत अवस्थामा फेला पर्ने गरेका छन् । यसअघि झापाको दमक निवासी दीपक ढकालको समुद्रकै छालले बगाएर मृत्यु भएको थियो । हालसम्म यूएईमा समुद्रले बगाएर नौजनाको मृत्यु भइसकेको छ, स्रोत : राजधानी





भिडियो हेर्न यहाँ क्लिक गर्नु होला