Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, July 1, 2013

समुन्द्रमा पौडी खेल्ने क्रममा समुन्द्रको छाल्ले बगाइन यक नेपाली चेलीलाई

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
संयुक्त अरब इमिरेट्स (यूएई) को सार्जास्थित एक होटलमा काम गर्ने नेपाली युवतीले समुद्रमा नुहाउने क्रममा ज्यान गुमाएकी छन् । नुहाउने क्रममा समुद्रको छालले बगाएर नेपाली युवतीको मृत्यु भएको हो । बिहीबार साथीहरूसँग दुबईको जुमेरा ब्रिजमा पौडी खेल्न गएकी ओखलढुंगाकी २२ वर्षीया वर्षा मुलिचाको समुद्रले बगाएर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । पौडी खेल्न ब्रिजमा छिरेकी वर्षा लामो समयसम्म हराएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । वर्षाको लास प्रहरीले पोस्टमार्टमपछि अनुसन्धानका लागि नियन्त्रमा लिएको छ । ‘एकछिनमै नुहाएर आउँछु भनेर गएकी थिइन्, तर कहिल्यै नफर्कने गरी गइन्,’ वर्षासँगै रहने साथीभाइको एउटै भनाइ छ ।सबैसँग मिलनसार वर्षाको यो घटनाले नेपालीहरू सबै चिन्तितसमेत बनेका छन् । छुट्टीको दिन पौडी खेल्न यहाँको ब्रिजमा जाने गरेका नेपालीहरू बर्सेनि मृत अवस्थामा फेला पर्ने गरेका छन् । यसअघि झापाको दमक निवासी दीपक ढकालको समुद्रकै छालले बगाएर मृत्यु भएको थियो । हालसम्म यूएईमा समुद्रले बगाएर नौजनाको मृत्यु भइसकेको छ, स्रोत : राजधानी





भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला