Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, July 6, 2013

तंपाई बिदेस बाट नेपाल जाँदै हुनहुन्छ भने त्रिभ्बुवन बिमान्स्थलमा सामानको भन्सार सम्बन्धि बिबरण हेनुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१. के तँपाई बिदेस्बाट नेपाल जान्दै हुनहुन्छ यदि जाँदै हुनहुन्छ भने होसियार भयर जानु होलानि  तँपाई पनि त्रिभुवन बिमानस्थलमा ठगियला दुख गरेर कमायर लगेको धन ठगि गरेको  र बिदेशबाट अफ्नो देस फर्केर गयको नेपाली  चेलीबेटीमाथि बलत्कारगरेको खबर सम्म सुनेको प्रमाण हरु सार्बजनिक भैसकेको छ कसैले यस्तो प्रबिर्ती देखायमा निम्न निकाय र निम्न टेलिफोन नम्बर हरुमा तुरुन्त सम्पर्क गर्नुहोला

२,त्रिभवन अन्तरास्ट्रिय बिमानस्थल सम्बन्धित टेलिफोन नम्बर हरु 
----------------------------------
१.महापरबंधक त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल गौचर ०१४११३२६१, ०११३२३४ 
२.प्रहरी महानिरिछेक DIGPबिमानस्थल  ०१४११३१७०, ०१४११३१५१ 
३. माहा निर्देसक भन्सार बिभाग ०१४२५९७१३
४.भन्सार प्रमुख ०१४४७०३८२,०१४४७०११० 
५.माहनिर्देसक अध्यागमन बिभाग ०१४४२९६५९,०१४४२९६६० 
६.महानिरेसक श्रम बिभाग ०१४४६१२९९,०१४४६१२९५ 
७.cibप्रमुख प्रहरी मा नि digp ०१४४१४३९९ ,०१४४११७७६ ,९८५१२८३१४० 
८. प्रहरी प्रधान कार्यलय ०१४४१२७८०,०१४४१२४३२ 
९,दुटी अफिसर त्रिभुवन अंतरास्ट्रीय बिमानस्थल ,०१४११३१६३ 
१०.tdo दुटी अफिसर त्रिब्भुवन अन्तरास्ट्रिय बिमानस्थल गौचर ०१४११३९६३
११.श्रम मन्त्रालय ०१४२११७९४,०१४२१९९९१ 
१२ बैदेसिक रोजगार प्रबर्दन बोर्ड फ्री नम्बर १६६००१५०००५ ,०१ ४१०२६०७ .०१ ४१०२७११ 
१३.बैदेसिक रोजगार ब्यबसायी संघ ०१,४४२६७२० 
  

३,  बिदेस बाट त्रिभुवन अंतरास्ट्रीय बिमानस्थलमा भन्सार नलागने समान हरुको जानकारी 
=============================================
५० ग्राम सम्मको सुन लाना पाउने ५०० ग्राम चांदी लाना पाउने 
३०,००,००० सम्मको जडित गरगहना लाना पाउने 
१४ इन्च देखि ५० इन्च सम्मको lcd tv लाँदा २५० र सो भन्दा बढीको लागेमा प्रति इन्च १२५० 
तिर्नु पर्ने ल्यापटप कम्पुटर क्यामरा मोबाल फोन यक यक थान बिल सहित हुनु पर्ने 
१० जोर सम्मको लत्ता कपडा लाना पाउने १० जोर भन्दा बढी लगेमाभन्सार मुन्लांकन बमोजिम भंसार लाग्ने ,घरायसी समान हरु जस्तै मिक्चार ,जुसर ,आइरन , इलेक्ट्रोनिक समान हरु २ ,२ थान लाना पाउने , त्रिभुवन बिमान स्थलका कर्मचारी अथवा अपरचित कुनै बेक्तिले भंसार चुटाइ दिन्छु अथवा भन्सार रेट कम गरि दिन्छु भनेमा तँपाई फस्नु होला होसियार हुनु होला  अन्य आफ्नो समान तुत फुट हरय्मा तुरुन्त नजिकको प्रहरी अथवा सम्बन्धित एर्लांस्लाई सम्पर्क गर्नुहोला ,
बिनम स्थलमा तँपाइलाई केहि आफ्ठ्यारो सम्स्स्या परेमा जानकारी चाहिय्मा police help desk airport no ,014113151 तुरुन्त सम्पर्क गर्नुहोला यी दुबई अन्तरास्ट्रिय विमास्थल टर्मिनलको अराईभल डीपचार्को छेउमा छन 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, July 5, 2013

Jeevan Sathi with Jitu Nepal & Muna Nepal

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, July 4, 2013

फेसबूकमा नयाँ chat icoin थपियो प्रयोग गरि हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
02 Facebook Sticker store free stickers for Facebook Chats
केहि दिन पहिले मात्रै facebookle coment बाट पनि फोटो अपलोड गर्ने सुबिध्हा थापिय्को थियो अहिले फेरी अर्को यौटा मनोरन्जनात्मक सुब्धा थापिय्को छ त्यो हो च्याटको लागि तँपाई फेसबुक कत्तिको चलाउनु हुन्छ
fesbook चलाउडा कत्तिको मजा लिनु हुन्छ 
फेसबुकमा साथीभाईसँग च्याट गर्नुहुन्छ भने तपाइँका 
लागि रमाइलो र आकर्षक फिचर थप भएको छ। फेसबुकले आज देखी च्याटमा कुराकानीका क्रममा स्माइली बाहेक अर्को सुविधा पनि थपेको छ। त्यो हो स्टिकर। जुन स्माइली भन्दा आकारमा ठूलो र आकर्षक रंगहरुका साथ उपलब्ध छ। हुन त फेसबुकले यो सुविधा एण्ड्रोइड र आइओएसमा केही पहिले देखी नै उपलब्ध गराइसकेको थियो। आज देखी भने वेबसाइटमा पनियो उपलब भयको छ 



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, July 2, 2013

अफगानीस्तानमा चार नेपाली मारिय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काबुल (एजेन्सी), असार १८ -अफगानिस्तानमा बिद्रोहीको आक्रामंमा परि   चार नेपाली मारियको  छ । तालिवानी बिद्रोहीहरुले नाटो सैनिकलाई सामन उपलब्ध गराउने एक कम्पनीमा आक्रमण गर्दा त्यहाँ सुरक्षा गार्डको रुपमा कार्यरत चार नेपालीको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आज बिहान भएको आक्रमणमा ४ नेपालीसहित कम्तिमा ७ जनाको मृत्यु भएको बीबीसीको समाचारमा जनाइएको छ । काबुलमा रहेको उक्त कम्पनीले नाटो सैनिकहरुलाई सामान उपलब्ध गराउँथ्यो । आक्रमणकारीहरुले एक ट्रक बिस्फोटक पदार्थ ल्याएको काबुलका प्रहरी प्रमुखलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
ट्रकमा बिस्फोटक पदार्थ लिएर आक्रमणकारी कम्पनीको गेटबाट भित्र पस्न खोज्दा सुरक्षा गार्डले रोकेका थिए । लगत्तै भएको फायरिङमा नेपाली गार्डसहित बिद्रोही मारिएका हुन् । फायरिङ आधा घण्टा चलेको थियो । ट्रकमा ल्याइको बिस्फोटक पदार्थ पड्कदा घटनास्थलमा ठूलो खाल्डो परेको छ ।
काबुल प्रहरीले आक्रमणमा संलग्न चारजना बिद्रोही मारिएको दाबी गरेको छ । बिद्रोहीले ल्याएको ट्रकको पछाडि रहेका दुई वटा ट्रकका चालक पनि आक्रमणमा मारिएका छन् । उनीहरु गेट भित्र छिर्ने पालो कुरेर बसेका थिए ।
अफगानीस्तानमा पछिल्लो पटक आक्रमणकारीहरुले लगातार हमला गरिरहेका छन् । केही दिन अघि मात्रै राष्ट्रपति भवन नजिकै आत्मघाति बिस्फोट गराउँने बिद्रोही प्रयास अफगानी सैनिकले असफल पारेका थिए । त्यसअघि अफगानीस्तानको सर्वोच्च अदालत र बिमानस्थलमा पनि आक्रमण प्रयास भएका थिए ।
'चार नेपाली सुरक्षा गार्ड, एक अफगानी सुरक्षा गार्ड र दुई अफगानी नागरिक मारिएका छन्', काबुलका प्रहरी प्रमुख मोहम्मद आयुब सलांगीलाई उदृत गर्दै समाचार एजेन्सी एएफपीले लेखेको छ । आक्रमणमा परी ४ घाइते छन् । ठूलो ट्रकमा बिस्फोटक पदार्थ लिएर आएका दुई-तीन जना आक्रमणकारीहरुले सुरक्षा गार्डविरुद्ध लगाचार ३०-४० मिनेट फायरिङ गरेका थिए । संलग्न सबै आक्रमणकारी मारिएको संलागीले जनाएका छन् ।
अफगानीस्तानमा रहेको १० हजार नाटो सैनिकले सुरक्षा जिम्मा अफगानी सैनिकलाई दिएर फिर्ता हुने तयारीमा छन् । अर्को बर्षसम्म अफगानीस्तानको सैनिकलाई देशको सम्पूर्ण सुरक्षा हेर्ने गरी जिम्मा दिने तयारी छ । १२ बर्षदेखि अफगानीस्तानमा हिंसात्मक बिद्रोह गर्दै आइरहेको तालिवानीहरुले राष्ट्रपति हमिद करजाईलाई अमेरिकी कठपुतलीको संज्ञा दिादै वार्ता गर्न अस्वीकार गर्दै आएका छन् ।
सन् २००१ यता अफगानीस्तानमा ३ हजार तीनसय बढी बिदेशी सैनिकहरु मारिएका छन् । तीमध्ये ७ सय ११ जना सन् २०१० मा मात्र मारिएका हुन् । कल कायदा नेता बिन लादेन लुकेको आशंकामा अमेरिकाले सन् २००१ मा अफगानीस्तानमा आक्रमण सुरु गरेको थियो ।
घटना स्थलमा खटियका तैनाथ नाटो अफगानी सैनिक हरु





भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, July 1, 2013

समुन्द्रमा पौडी खेल्ने क्रममा समुन्द्रको छाल्ले बगाइन यक नेपाली चेलीलाई

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
संयुक्त अरब इमिरेट्स (यूएई) को सार्जास्थित एक होटलमा काम गर्ने नेपाली युवतीले समुद्रमा नुहाउने क्रममा ज्यान गुमाएकी छन् । नुहाउने क्रममा समुद्रको छालले बगाएर नेपाली युवतीको मृत्यु भएको हो । बिहीबार साथीहरूसँग दुबईको जुमेरा ब्रिजमा पौडी खेल्न गएकी ओखलढुंगाकी २२ वर्षीया वर्षा मुलिचाको समुद्रले बगाएर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । पौडी खेल्न ब्रिजमा छिरेकी वर्षा लामो समयसम्म हराएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । वर्षाको लास प्रहरीले पोस्टमार्टमपछि अनुसन्धानका लागि नियन्त्रमा लिएको छ । ‘एकछिनमै नुहाएर आउँछु भनेर गएकी थिइन्, तर कहिल्यै नफर्कने गरी गइन्,’ वर्षासँगै रहने साथीभाइको एउटै भनाइ छ ।सबैसँग मिलनसार वर्षाको यो घटनाले नेपालीहरू सबै चिन्तितसमेत बनेका छन् । छुट्टीको दिन पौडी खेल्न यहाँको ब्रिजमा जाने गरेका नेपालीहरू बर्सेनि मृत अवस्थामा फेला पर्ने गरेका छन् । यसअघि झापाको दमक निवासी दीपक ढकालको समुद्रकै छालले बगाएर मृत्यु भएको थियो । हालसम्म यूएईमा समुद्रले बगाएर नौजनाको मृत्यु भइसकेको छ, स्रोत : राजधानी





भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, June 30, 2013

गत असार १७ गते मोरङमा खुकुरी हाना हान भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
गत आसार १७ गते मोरङमा यक जना बेक्तिले मलाई महादेब देउता चढेको भन्दै दुइ हातमा खुकुरी बोकेर मोरङ बजारमा तनाब मच्चाय्को थियो बाटैमा हिड्ने जो पायो तेहिलाई खुकुरी हान्न थाले पछी यक जना नेपाल प्रहरीका लक्का जवानले यसरी खुकुरी बोकेर मान्छेलाई हनन थालेको देखे पछी आफ्नो ज्यान खुकुरीको धारमा राखेर भय पनि ति बेक्तिल्लाई नियन्त्रनमा लिन सफल भयका थिय
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, June 29, 2013

आफ्नो फेसबुक प्रोफाइल कलर चेन्ज रंगी चंगी बनाउनुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
आज मैले हजुर हरुलाई फेसबुक प्रोफाल्ल्लाई कलर चेन्ज गरेर कसरि रंगी चंगी बनाउने भन्ने बारेमा केहि चर्चा गर्न गैरहेको छु  जो तँपाइले चलाई रहनु भयको प्रोफालमा त नर्मल कलर होला हैन चायो भने तेस्लाई कलर चेन्ज गरेर आफुले मन लागेको कलरमा हरियो रातो कालो खैरो जस्तो सुकै पनि कलरमा हामी बदल्न सक्छौ साथै देम्स पनि चेन्ज गर्न सकिन्छ अब लागौँ कम तिर सर्ब प्रथम तँपाइले google crome खोल्नुहोस र store मा जानुहोस यहाँ मुनिको फोटो पनि हेर्नुहोला
अनि अर्को windos खुल्छ त्यहाँ लेफ्ट साइडमा हेर्नुहोस सर्च बक्स देखाउछ त्यहाँ तँपाइले facebook colour changer भनेर टाइप गर्नुहोला  यहाँ तल हेर्नुहोस  र राइट साइडमा हेर्नुस तँपाइलाई कुन कलर मन पर्छ हेरेर दायाँ पट्टि  ad to chrome मा ok गर्नुहोला अनि फेरी अर्को ad भन्नेwindos खुल्छ तेस्मा पनि ad मा क्लिक गर्नुहोला  

अब काम सकियो तपाई आफ्नो फेसबुक खोल्नुहोस प्रोफाइलको दायाँ साइड हामीले sing out गर्ने ठाउमा राइट क्लिक गर्नुहोला माउस स्क्रोल गरेर तल हेर्नुस
 color chang Facebook भन्ने ठाँउमा क्लिक गरेर आफुलाई मन परेको कलर चेन्ज गर्नुहोस साइट हेर्दै गर्नुहोला धन्नेबाद

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, June 28, 2013

world wide free sms गर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नमस्ते आज मैले हजुरहरुको लागि बिश्वो भरि फ्री मा कसरि यस यम यस गर्ने भन्ने बारेमा यौटा अनलाइन टुल्स लिएरआयको छु  यो यक्दमै सजिलो पनि छ स्ले १०० % काम गर्छ  र तँपाईले म्यासेज पठाउदा पनि  तँपाई कै मोबाल नम्बर जान्छ जहाँ पठाय पनि अब कम सुरु गरौं सब भन्दा पहिला यो मुनिको लिंक मा जानु होला http://www.afreesms.com/ र खुलेको पेजमा धेरै देस हरुको नाम देखाउछ तँ पाई कुन देसमा पठाउने हो देसको नाम सेलेक्ट गर्नुहोस जस्तै नेपाल यहाँ मुनिको फोटो हेर्नुस जस्तो मैले नेपालमा रातो एरो देखाको छ
तेस्मा सेलेक्ट गर्नुहोस र फेरी अर्को windos खुल्छ त्यहाँ मोबाइल नम्बर भनेको ठाउँमा कुन नम्बरमा पठाउने
 त्यो नम्बर लेख्नुहोस म्यासेज बक्समा म्यासेज लेख्नुहोस् sender id भनेको ठाउँमा तँपाइको मोबाल नम्बर लेख्नुहोस Verification Code: मा त्यहाँ देखेको कोड लेखिदिनुस र लास्टमा तल देखियको sent मा ok गरिद्निस तँ पाइको काम सकियो नजानेमा हामीलाई सम्पर्क गर्नुहोला skyp id :dipalal.ghising यड गर्न्हुहोला हाम्रो साइट हेर्दै गर्नुहोला धन्नेबाद 




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सशस्त्र प्रहरीका प्रमुख सहित विभिन्न मन्त्रालयका प्रमुख हरुको सम्पति छानबिन सुरु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, असार १४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका प्रमुख सहित बिभन्न मन्त्रलायका पदाधिकारी हरुको सम्पति छानबिन सुरु गरेको छ  
नेपाल प्रहरीका डीआईजी प्रतापसिंह थापा, रमेशविक्रम शाह एसपी सञ्जयसिंह बस्नेत र डीएसपी हिराबहादुर गिरी पनि छानबिनको दायराभित्र आएका छन् । उनीहरु सवैको बैंक लकर रोक्का भएको अख्तियार स्रोतले जनाएको छ ।
अनुसन्धानमा परेका कर्मचारीको सूची
सशस्त्र प्रहरी :
कोषराज वन्त महानिरीक्षक, चिरञ्जीवी अधिकारी एसएसपी, श्यामकाजी कुँवर एसपी र गोपीमान श्रेष्ठ एसपी ।
नेपाल प्रहरी :
प्रतापसिंह थापा डिआईजी, रमेश विक्रम शाह डिआईजी, सञ्जयसिंह बस्नेत एसपी, हिराबहादुर गिरी डिएसपी ।
नेपाल टेलिकम
दिगम्बर झा महाप्रबन्धक, राजेन्द्र नकर्मी, अम्बर स्थापित, पुरुपोत्तम खनाल, दीपेश आचार्य, कुमारप्रसाद शर्मा, सुधीरप्रसाद अर्याल, अनिल आचार्य, मदन शर्मा
भगवमानसिंह प्रधान, प्रदीप ठाकुर, निरज अधिकारी, चन्द्रमोहन झा, देवनारायण यादव
ऊर्जा मन्त्रालय – मोती कुँवर
वैदेशिक रोजगार विभाग – भवानी थानी, विष्णुहरि उपाध्याय, विश्वबन्धु रेग्मी
आयल निगम – वतीराज पौडेल, रविनचन्द्र अधिकारी, रविनकुमार शर्मा, वीरेन्द्र गाइत, मुकुन्दप्रसाद घिमिरे पर्सा
सिटिईभिटी -रामेशकुमार बखती, देवचन्द्र देवकोटा, नरेन्द्र शाह, विष्णु कोइराला, राजु खड्का, यमप्रसाद भुर्तेल
गृह मन्त्रालय- उद्धव तिमिल्सिना बझाङ, गोपाल पराजुली रामेछाप, दीपक पोखरेल झापा
यातायात व्यवस्था कार्यालय- विपिनकुमार लाल कर्ण ललितपुर, भिमप्रसाद गौतम इटहरी, कीर्तिवल्लभ पौडेल ललितपुर, राजेश पन्थी ललितपुर, जीवन आचार्य पर्सा, खुसीलाल कर्ण जनकपुर
नापी विभाग -सुमन्त झा पर्सा
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल- दिनेश श्रेष्ठ महाप्रबन्धक
राजस्व प्रशासन- कुलप्रसाद चूडाल ललितपुर, तुलसी सेढाई धरान, धर्मेन्द्र मिश्र बुटवल, इन्द्र ढुंगाना
ऋण असुली न्यायाधिकरण- दीर्घराज मैनाली बानेश्वर
विद्युत प्राधिकरण- विज्ञानप्रसाद श्रेष्ठ, विमल गुरुङ, रोशन अग्रवाल, बज्रभुषण चौधरी, गणेशप्रसाद राज, होमबहादुर केसी, हरिवीर सिलवाल, बोधराज ढकाल, दीपक उपाध्याय, महेश्वरलाल श्रेष्ठ, चिरञ्जीवी पौडेल, रामचन्द्र पौडेल, शेरसिंह भाट
मेडिकल काउन्सिल- अनिलकुमार झा, मनोहर प्रधान, निलमणि उपाध्याय,
इन्जिनियरिङ्ग परिषद्- शालिग्राम सिंह
दूरसंचार प्राधिकरण- विजय ठाकुर
नगरपालिका- रामबहादुर थापा काठमाण्डौं, साधुराम भट्टराई काठमाण्डौं, बाबुराम गौतम काठमाण्डौं, बद्री खड्का काठमाण्डौं, बसन्त आचार्य काठमाण्डौं, देवेन्द्र पोख्रेल काठमाण्डौं, प्रमोद ढुंगाना काठमाण्डौं, उत्तरकुमार रेग्मी काठमाण्डौं, देवेन्द्र डंगोल काठमाण्डौ, नरेन्द्र श्रेष्ठ काठमाडौं, दीपक कोइराला काठमाडौं, गोपाल रेग्मी विराटनगर
सहरी विकास- कामेश्वरप्रसाद सिंह विराटनगर
सिंचाई मन्त्रालय- सीताराम यादव, हिमालय पौडेल, थलबहादुर तामाङ
कृषि मन्त्रालय- लेखनाथ आचार्य
केयुकेएल- रविन्द्र नेपाल, लीला ढकाल
नागरिक उड्डयन प्राधिकरण- त्रिरत्न मानन्धन नि. महानिर्देशक, पुष्यराज शाक्य
कृषि विकास बैंक- सागरचन्द्र जोशी
मालपोत -बद्रीबहादुर कार्की डिल्लीबजार, ठाकुरप्रसाद निरौला झापा रहेका छ ,श्रोत :   इकान्तिपुर 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

छोरीले आत्मा हय्ता गरे पछी ग्यापा तामाङ रुँदै घर फर्कीन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
सोल (कोरिया), असार १४ - धादिङ लापाकी ग्यापा तामाङ कोरियन संग बिहे गरेर कोरिया गयकी ग्यापा तामांग आफ्नो छोरीले आत्मा हय्ता गरे पछी आफ्नै देस फर्केकी छिन   कोरियन पुरुषसूग बिहे गरेकी २५ बर्षे कान्छी छोरी गौरी तामाङले आत्माहत्या गरेपछि पोस्ट मार्टम प्रतिबेदन बुझ्न र शव दाहसस्कार गर्न उनी यहाँ आएकी थिइन् ।
घटना सुनेदेखि बग्न सुरु गरेका उनका आँशु घर फर्किन्छन्, एयरपोर्ट पुग्दासम्म रोकिएका थिएनन् । 'मेरो मुटुको धड्कनले किन छोडेर गइ ?' भन्दै ग्यापा एकोहोरो कहाल्लिन्थीन् गम्च्छिनमा । 'मलाई सुखी राख्छु भनेर बाचा गरेको यहि हो ?' उनी हिक्हिकाउदै देहत्याग गरेकी छोरीलाई सोध्थिन् । संगै रहेका ज्वाइू छाङ ब्यङ दोको चित्त दुखाई पनि उस्तै छ । 'जति नै दुख कस्ट भए पनि किन प्राण त्याग्नु ?'
एकछिन पीडा बिसाएर ग्यापाले कुरा गरिन् । साथीको लहै लहैमा लागेर गौरी कोरियन पुरुष खोज्दै हिडेकी थिई रे । आफु र श्रीमान् बेलबहादूर तामाङले रोक्ने धेरै प्रयास गरे पनि गौरी नमानेको पनि खुलासा गरिन् । 'आमा बुबाको मन न हो छोरा छोरी खुशी हुन्छन् भने किन इच्छा पुरा नगरिदिने भनेर स्वीकृति दिएकी थियौं तर हामीलाई आूशुको सागरमा डुबाएर गइ' ग्यापाले भरिलो आूशु पुछ्दै भनिन् । गौरी आफैंले म्यारिज ब्युरो खोज्दै गएर गत बर्षको अक्टोबरमा गम्च्छिनका ५० बर्षका छाङ ब्यङ दोसूग बिहे गरेकी थिइन् । काठमाण्डौका सुपर म्यारिज ब्युरो र लाम्टाङ म्यारिज ब्युरोले उनीहरुको बिबाहको चाँजोपाँजो मिलाएको थियो ।
गौरीले आत्माहत्या गर्नुको कारण स्पस्ट नखुले पनि पूर्व तयारी गरेर आत्महत्या गरेको तथ्य 'आइ वान्ट टु डाइ' भनेर मे १४ मा लेखेको सुसाइट नोटबाट थाहा हुन्छ । उनले 'तिमी अर्कैसंग रमाउ' पनि लेखेकी छिन् ।
त्यस्तै त्यहाँको बहुसांस्कृतिक परिवारका सदस्यहरुसूग पनि सम्झनाका लागि भन्दै तस्बिर खिचाएकी थिइन् । उनले मे ३१ मा कोहि नभएका बेला आफू बस्दै आएको घरमा सलले झुण्डिएर आत्माहत्या गरेकी थिइन् । अंग्रेजीमा लेखिएको छोरीको नोट सहयोगीहरुले उल्था गरेर सुनाएपछि 'म्यारिज ब्यूरोहरु मार्फत आएर कुनै छोरीले कोरियामा मर्नु नपरोस् र फेरी कुनै नेपाली आमाहरु यो भूमीमा रुन नपरोस् ।' ग्यापाले भनिन् । भावबिह्वल उनले बिदेशीसँग बिबाह गराउने म्यारिज ब्यूरोहरुलाई सरकारले तत्काल बन्द गर्नुपर्ने माग पनि राखिन् ।
परिवारिक सहमतिमै गौरीको शब बौद्ध परम्परा अनुसार दाह संस्कार गरिएको थियो । शव स्थानीय  जेइल अस्पतालमा राखिएको थियो । अस्पतालले पोस्टमार्टमको प्रारम्भिक प्रतिबेदन सार्बजनिक गर्दै गौरीको शरीरमा कुनै प्रकृतिको खत र बिषजन्य पदार्थको प्रयोग नभएको जनाउदै दाह संस्कारका लागि अनुमति दिएको थियो ।
बैबाहिक भिसामा कोरिया आएर आत्माहत्या गर्ने गौरी पहिलो नेपाली महिला हुन् । नेपाली दूतावासको तथ्यांक अनुसार हालसम्म १ हजार ५० नेपाली महिलाहरु बैबाहिक भिसामा आएका छन् । यी मध्ये अधिकांश घरेलु हिंसामा रहेको छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, June 27, 2013

कम्पुटरमा नेपालीमा सजिलो संग टाइप कसरि गर्ने

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भर्खर भर्खर कम्पुटर सिक्दै गरेको साथी  हरुको लागि कसरि नेपालीमा सजिलो सँग टाइप  गर्ने भनेर सोचिरहनु भको होला तेस्को  बारेमा म तँपाइलाइ सजिलो उपाय  सजिलो टिप्स प्रस्तुत गर्न चाहन्छु तेती गारो छैन मात्र तँपाइले google ime instal गर्नुहोस instal गर्नको लागि यो लिंकमा http://www.google.com/inputtools/windows/index.htmlजानुहोस र र खुलेको windows को दायाँ साइड मा हेर्नुस त्याहाँ भाषाको लिस्ट देखिन्छ तपाईं नेपालीमा टिक मार्क लगाई i agree मा पनि टिक मार्क लगाई  तल downlod मा क्लिक गरि

२. डाउनलोड successfull भैसकेपछी कम्प्युटरमा गएर त्यो सफ्टवेर लाई अनिबार्य antivirus ले  scan गरौँ र त्यो सफ्टवेरलाई अब right click गरि "Run as administrator" मा क्लिक गरौँ 

३. अब केहि समय पर्खिनुहोला उदाहरणको लागी तलको चित्र हेरौं 


४. अब केहि समय पछी नया pop up फाइल खोलिनेछ र त्यहाँ तल हेरौं जस्तै "I accept the term of use in 'End User License Agriment' (A)" मा ठिक लगाइदिउ अनि (next) बटनमा थिच्नुहोस  र फेरी अर्को windows खुल्ने छ finish मा क्लिक गरिद्नुस अब भने तंपाईको कम्पुटरमा नेपाली भासा इन्स्टल भको छ अझै केहि कम हरु बाकीनै छ तल हेर्नुहोस अब केहि शर्कत किहरु मिलाउने पर्ने हुन्छ 
सब भन्दा पहिला कान्त्रोल पयानेलमा जानुस 
Region and langues"  मा क्लिक गर्नुहोस र "Keyboards and languages"मा क्लिक गरी "Change keyboards..." मा (click) गर्नुहोला ८. अब "Advanced key Settings..."  मा क्लिक गर्नुहोस र तल पुछारमा हेर्नुहोस "Change key sequence..." मा क्लिक गरि नया pop up window खोल्नुहोस 
८. अब "Advanced key Settings..."  मा क्लिक गर्नुहोस र तल पुछारमा हेर्नुहोस "Change key sequence..." मा क्लिक गरि नया pop up window खोल्नुहोस

९. अब त्यहाँ खुलेको window मा केहि "Shortcut key"  हरु दिएको छ तपाईं लाई सजिलोको लागी दुइ ओटा मतलब दायाँ र बायाँ shortcut key मा ठिक लगाएर तल ok बटनमा थिच्नुहोस अनि सबै windows files close  गर्नुहोस

अब भने तँपाइले नेपालीमा लेखन सक्नु हुन्छ लेख्नु भन्दा पहिला ctrl र G यकै साथ दबाउनुस फेरी english मा लेख्नु पर्यो भने पानि तेसै गर्नुस फेरी नेपालीमा लेख्नु पर्यो भने पनि तेसै गर्नुस  समस्या भयम मेरो (skyp id dipalal.ghising) मा ad गर्नुहोला धन्नेबाद 

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

उतार खण्डमा भयको बाढी पिडितको साथै लुटपाटको हल्ला पनि मच्चियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
असार १३ - उत्तराखण्डमा भयको बाढी पिडितको साथै लुटपाट पनि हल्ला मच्चियको छ  सहयोगमा कहीकतै लुटपाट समेत सुरु भएपछि त्यहाँ नेपालीहरुको मात्रै संलग्नता नरहेको उच्च अधिकारीहरुले बताएका छन् ।
केदारनाथ बद्रीनाथको बिपत्तीबाट ज्यान जोगाएर ऋषिकेश आइपुगेका नेपाली श्रमिकहरुसाग प्रहरी खानतलाशी बढ्ने क्रम देखिएपछि नेपाली तिर्थयात्रुको सुरक्षामा बढी चासो देखिएको हो । 'रुद्रप्रयाग, गुप्तकाशी, पौडीका जिल्ला प्रहरी अधिकारीसाग कुराकानी भैसकेको छ,' हरिद्धारस्थित नेपाली समुदायका प्रतिनिधि पुष्पराज पाण्डेयले भने-'केही क्षेत्रमा लुटपाट भएको र स्थानीय केही श्रमिकसाग ठूलो अनुपातमा पैसा भेटिएकाले खानतलाशी सुरु भएको बुझिएको छ ।'
यो बहस चर्कदैं गएपछि उत्तराखण्ड मुख्यमन्त्रीका सचिव दिपक डिमरीसाग गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष सूर्यबिक्रम शाहीले देहरादुन मुख्यालयमा कुराकानी गर्दै घटनाबारे जानकारी लिएका थिए । 'लुटपाटमा नेपाली समेत लागेको भन्ने हल्लामा सत्यता छैन,'सचिव डिमरीले भने-'यो प्राकृतिक बिपत्तीका बेला अन्यथा अफवाह फैलाएर हिडिरहनुको अर्थ छैन ।' यो हल्लाका भरमा नेपाली तिर्थयात्रु एवं श्रमिकलाई अनावश्यक दुःख नदिन र खानतलाशी नगर्न आफूले जिल्ला अधिकारी, प्रहरीलाई निर्देशन दिइसकेको सचिव डिमरीले बताए ।
गुप्तकाशीस्थित पत्रकार लखपत्र रानाका अनुसार अहिले पनि आफूसहित स्थानीय समुदायले नेपाली तिर्थयात्रुको सहयोगमा लागिरहेको बताए । 'म आफैंले १ सय ५० नेपाली तिर्थयात्रु तथा श्रमिकलाई सहयोग-उद्धार गरेर पठाएको हुा,'उनले भने-'नेपालीले लुटपाट गरेको भन्ने हौवा मात्रै हो, उस्तो केही घटना भएको छ भने पनि यसमा स्थानीयसहित सबै दोषी हुन सक्छन् ।'
हरिद्धारस्थित माा आनन्दमयी अन्र्तराष्ट्रिय अतिथी गृहका व्यवस्थापक डा.शुशिलकुमार घोष-निलु) ले बिपत्तीमा परेका नेपालीलाई सहयोग गरिरहेका छन् । उनको आश्रममा काठमाडौंबाट आएका कृष्ण चालिसेसहितका आठ नेपाली आश्रति छन् । चालिसे आफ्ना बुबाआमासहित ९ जना सदस्य बद्री केदार यात्रामा गएर ११ दिनदेखि सम्पर्कहीन छन् ।  
'अरु जे भएपनि ऋषिकेशको उद्धार तथा सम्पर्क केन्द्रमा नेपाली दुतावास वा प्रतिनिधिको एउटा केन्द्र तय हुनुपथ्र्यो,'समाजसेवी घोषले भने-'ऋषिकेशमा कुनै सम्पर्क पाउन नसकेर सिधै हरिद्धारमा आफन्त खोज्दै आउने नेपाली पनि थुप्रै छन् ।'
हरिद्धारस्थित नेपाली समाजका सहयोगी पुष्पराज पाण्डेयले अझैपनि बद्रीनाथ तथा केदारनाथ क्षेत्रमा १ सयभन्दा बढी नेपाली सम्पर्कहीन अवस्थामैं रहेको सूचना आइरहेको जानकारी दिए । आवश्यक सूचना-समन्वय र सम्पर्कका लागि प्रयासरत रहेपनि स्थिती काबुबाट बाहिर रहेको उनले बताए ।
उत्तराखण्डमा यो बिपत्ती आएको १० दिनपछि मात्रै ऋषिकेशस्थित उद्धार तथा समन्वय केन्द्रमा बुधबारदेखि नेपालीका लागि सम्पर्क-सूचना उपलब्ध गराउन दिल्लीस्थित हेल्प नेपाली मिसनका अधिकारी उपस्थित भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, June 26, 2013

भारतीय बायुसेनाको हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्‍यु | भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

उड्दा उड्दै हवाइजहाज खस्यो भिडियो हेर्नुस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

रामेछाप जिल्ल्ला पकरबास गाबिसको १ यक बिद्यालयमा यक शिक्षकले अरु शिक्षक नआयको भन्दै सबै बिद्यार्थीलाई कोठामै थुनी दिय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रामेछाप । असार ११ गते,
रामेछापको पकरबास गाविसको पकरबास प्रावि राम्चेका शिक्षक रामचन्द्र खरेलले विद्यालयमा अन्य शिक्षकहरु नआए पछि सो विद्यालयका ४ वटा कक्षाका सबै विद्यार्थीहलाई सोमबार कोठामा थुनिदिएका छन् । कक्षामा थुनेको अवस्थामा बाहिर निस्किएको भन्दै उनले कक्षा ५ मा पढ्ने एक जना विद्यार्थीलाई कुटपीट समेत गरेको अभिभावकहरको आरोप रहेको छ । सो विद्यालयका अभिभावक गोविन्द मानन्धरका अनुसार– विद्यालयमा रहेका ३ जना शिक्षकहरु मध्ये सोमबार २ जना शिक्षकहरु रामकृष्ण खरेल र पदम मानन्धर विद्यालयमा अनुपस्थित रहेका थिए । एक्लै सबै कक्षा धान्न नसक्ने भए पछि रामचन्द्रले कक्षा २ देखि ५ कक्षासम्म बाहिरबाट कोठा थुनेर कक्षा १ मा पढाउन गएका थिए । भित्र थुनेपछि भ्mयालबाट निस्किन खोजेका कक्षा ५ का विद्यार्थी कृष्ण मानन्धरलाई शिक्षक खरेलले कक्षा कोठामा तानेर कुटपीट गरेका थिए । कुटाइबाट उनी कोठामा नै ढलेपछि पनि शिक्षक खरेलले विद्यार्थीहरुलाई दिनभरि कोठामा थुनेर राखेका थिए । विद्यार्थीहरुले पिसाव गर्न बाहिर जान खोज्दा समेत शिक्षकले बाहिर निस्कन नदिएको आरोप अभिभावकहरुको रहेको छ । सोही विषयलाई लिएर मंगलबार अभिभावकहरु विद्यालयमा पुगेका थिए । शिक्षक खरेलले आपूmले विद्यार्थीलाई थुनेको स्विकार गर्दै सकेको गर्न अभिभावकहरुलाई चुनौति दिएको अभिभाक मानन्धरको भनाई रहेको छ । शिक्षक खरेलले भने आपूmले विद्यार्थीलाई सामान्य सजाय दिएको स्विकारे पनि दिनभरि कोठामा थुनेर राखेको कुरा भने अस्विकार गरेका छन् । 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

उकाली ओंराली हेर्नुहोस 2013 june 26

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अष्ट्रेलियाकी प्रधानमन्त्रीलाई बुद्धको मूर्ती उपहार

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
photoअष्ट्रेलिया, असार ८ - अष्ट्रेलियामा रहेका नेपाली समुदायका तर्फबाट यहाँकी प्रधानमन्त्री जुलिया गिलार्डलाई शान्तिको प्रतिक बुद्धको मूर्ती उपहार स्वरुप प्रदान गरिएको छ । प्रधानमन्त्रीको कार्यलय क्यानबेरामा आयोजित एक कार्यक्रममा उक्त बुद्ध प्रतिमा प्रधानमन्त्री गिलार्डलाई हस्तान्तरण गरिएको हो ।
नेपाल र नेपाली समुदायको तर्फबाट यहाँको मन्त्रिस्तरीय सुझाव समितिका सदस्य महेन्द्र कुमार लम्साल सहितको नेपाली टोलीले बुद्धको प्रतिमा हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रधानमन्त्री गिलार्डले उक्त उपहार आफ्नो कार्यलयमा सजाउन पाएकोमा खुशी ब्यक्त गर्दै यसले दुईदेशबीचको सम्बन्ध अझ दरिलो बनाउन मद्दत पुरयाउने बताइन् । उनले उक्त बुद्ध प्रतिमा आफ्नो कार्यलयमा तत्कालै सजाएकी थिइन् ।
पछिल्लो समयमा बुद्ध भारतमा जन्मिएको गलत प्रचार चिर्नकालागि समेत बुद्ध प्रतिमा अष्ट्रेलिया सरकारलाई उपहार दिइएको समितिका सदस्य लम्सालले इकान्तिपुरलाई जानकारी दिए । विभिन्न भारतीय समकक्षीहरुका साथ प्रधानमन्त्री कार्यलय पुगेका लम्सालसहितको नेपाली टोलीले बुद्ध नेपालमै जन्मिएको सन्देश समेत प्रधानमन्त्री गिलार्डलाई दिएका थिए ।
यसले विश्व शान्तिको सन्देश दिनुका साथै दुई देशबीचको आपसी सम्बन्धलाई अझ विश्वासिलो र दरिलो बनाउन मद्दत पुराएको उनको भनाई थियो । गौतम बुद्धको जन्मभुमि नेपाल र शान्तिको सन्देश विश्वभरि फैलाउँदै आएको लुम्बिनी कपिलवस्तु अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले पनि यस कार्यक्रमले बुद्धको जन्मस्थलका बारेमा फैलिंदै आएको प्रचारलाई गलत सावित गरेको बताए ।
कार्यक्रममा प्रधानमन्त्री गिलार्डका साथै अष्ट्रेलियाका सहायक अर्थमन्त्री डेभिड ब्राडबरीको समेत उपस्थिती रहेको थियो । त्यसका साथै भारतको युनाईटेड इण्डिया एसोसिएसन अफ अष्ट्रेलियाका अध्यक्ष अमरिन्दर बाजवा, फेन्ड्रस अफ लेवरका चेयरमेन हरिष भेल्जी, फेडेरल मेम्बर फर गि्रन्वेकी मिसेल रोयलेण्ड, पाकिस्तानी समुदायकी सदस्य आइसा अहमद लगायतको उपस्थिती रहेको थियो ।
 यहाँ रहेका नेपाली समुदायका तर्फबाट पहिलो पटक अष्ट्रेलियाको सरकारी र राजनीतिक उच्च तहमै उपहारस्वरुप सो प्रतिमा प्रदान गरिएको हो । श्रोत:    इकान्तिपुर 

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमान्डौ ,कलंकी कोठेसोर बाटो अब ३ वर्ष भित्रमा दायाँ बायाँ गरि ८ लेनको बन्ने

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमान्डौ असार ११ गते कलंकी देखि कोठेस्वोर सम्मको१० किलो मिटर ३९ मिटर लम्बाई भयको बाटो  चक्र चक्र पथ रोड अब दाँया  बाँया गरि ८ लेनको बनाउने काम सुरु भैसकेको छ आगामी ३ वर्ष भित्रमा सबै काम समाप्त समाप्त भैसक्नु पर्ने  पर्ने भौतिक पुर्बाधार तथा यातायात मन्त्रलायका सहसचिब मुक्ति गौतमले बतायका छन यो योजना सन् २०१२ डिसेम्बर १२ मा चाइना सरकार सँग सहमति भयको थियो र सहमति अनुसार चिन सरकारलाई सो काम जिम्मा लगायको छ ,




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, June 25, 2013

meri basai 25 june 2013 हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

part 1

part 2

part 3

part 4

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

तँपाइको पनि कम्पुटर स्लो छ भने केहि फास्ट गराउनु होस्

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
के तपाईंको पनि कम्पुटर स्लो भयको छ स्लो भयको छ भने आउनुहोस मैले केहि सिम्पल उपाय दिदै छु , जस्तो हामीले कम्पुटर खोल्ने  बितिकै विभिन्न सफ्टवेर हरु अटोमेटिक कम्पुटर संगै खुल्ने हुन्छ त्यो भनेको हामीले त्यो सफ्वेर इन्स्टल गर्दा खेरि नै  थाहै नपाई start up मा गयर बसेको हुन्छ त्यो नै हो हामीले कम्प्युटर स्टार्ट गर्ने बितिकै कम्पुटर संगै टाक्स बारमा खुल्छ यहि कारणले कम्प्युर ढिलो अथवा स्लो चल्ने हुन्छ स्लाई यसरि नखुल्ने बनाउन सकिन्छ तेस्को लागि तँपाइले सब भन्दा पहिला start मा गयर तपाइको run programखोल्नुहोस अथवा किबोरड बाट windos key र R यकि चोटी दबाउनुस अनि खुलेको बक्समा config टाइप गरि ओक गर्नुस यो मुनिको फोटो हेर्नुहोस र startup मा click गर्नुहोस 
यसमा  हेर्नुहोस कुन कुन सफ्वेर अटोमेटिक खुल्छ तेस्को टिक मार्क हटाई दिनुहोला अनि aply बटम मा वो के गर्नुहोस र कम्प्युटर restart गर्नुहोस  तपाइको कम्पुटर पहिलाको भन्दा केहि छिटो चल्ने अनुभब हुन्छ तँपाइलाई यदि नबुझेमा हामीलाई सम्पर्क गर्नुहोस skyp id dipalal.ghising ad गर्नुहोस धन्नेबाद 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

खिलराज रेग्मीको घरमा प्रेसर कुकर बम भेटियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
आसार १० अन्तरिम संबिधान चुनाबी मन्त्रि परिसदको पुर्खेली घरमा प्रेसर कुकर बम झोलामा भेटियको  हो सो झोलामा नेकपा मावोबादिको कागजात हरु सहित २ किलोको प्रेसर कुकर बम भेटियको  हो बम फेला परे पस्चात नेपाली सेनाका बम डिस्पोजल टोलि खटियको थियो हिजोमात्र रेग्मीले आफ्नो कार्य काल अबधि  १०० दिन मात्र  पुरा गरियको थियो झोलामा २ किलोको प्रेसर कुकर बम सहित नेकपा मावोबादिको क्रान्तिकारी पर्चा रेग्मीको घर  हेर्न मान्छेले र्देखियको थियो ,

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, June 24, 2013

७ महिने बालकको पुच्छर पलायो चाइनामा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
गाइ बाख्रा भैंसीको को त पुच्छर लियरै जन्मिन्छन तर चाइनामा मान्छेकै बचाले पनि पुछार लियर जन्मेको छ यो घटना चाइनाको हो । अरु जिउ सकुसल रामरी छ । तर पछाडी पिठ्युमा यौटा पुछर जस्तो मासुको पोको जुहुन्दिय्को छ ।  रबढ्दै जाने सम्भावना पनि छ अहिले ३ इन्च लामो भैसकेको छ । यो पुछर जस्तो झुन्दिय्को मासुले यी बालकलाई धेरै अफ्ठ्यारो परिरहेको छ , यी बाछाको आमाले आफ्नो ननिको लागि यसको उपचार गरे दिन धेरै डाक्टर हरु संग हर गुहार गरे पनि कसैले सुनी देको छैन  ।   । चीनको गुआंडोङ प्रान्तमा बस्ने चेन नामकी महिलाको कथा हो यो । उनको सात महिने छोरा जिआओ वेइको पुच्छर पलाएको छ र त्यो दिनदिनै बढिरहेको छ । मेरुदण्ड राम्रोसँग नबनेको अर्थात् स्पाइना बाइफिडा नामक समस्याबाट ग्रसित उक्त बालकको पुच्छर हटाइदिन आफुले धेरैजना सर्जनसँग आग्रह गरेपनि डाक्टरहरुले त्यो असामान्य रहेको भन्दै सर्जरी गर्न अस्विकार गरेको चेन बताउँछिन् । शल्यचिकित्सक हुआंगका अनुसार त्यो बालकको पुच्छर निकै विकशित भैसकेको छ र अहिले १० सेन्टिमिटर लामो भैसकेको छ । यसलाई काटेर फ्याँकेपनि त्यो फेरी    पलाउने भन्दै उनले यसको वृद्धि रोक्नका लागि सबैभन्दा पहिले सुसुम्नाकै उपचार गर्नुपर्ने बताए,
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

२०७० असार १० पाकिस्तानमा तालिबान आक्रमण, १ नेपालीसहित १० जनाको मृत्यु भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, June 23, 2013

रोजगारीको लागि बिदेसियका क्रममा अबैध रुप्प्मा काम गर्ने नेपालीलाई कोरियामा पनि धमा धाम पक्क्रिदै

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 असार ९  कोरियामा अबैध रुपमा काम गर्दै आएका नेपालीलाई   यसै हप्तामात्र ५० भन्दा बढी नेपाली कामदारहरु पक्राउ परेका छन् ।
  पक्राउ पर्नेमा  नेपाल सहित इण्डोनेशीया, मंगोल, चीन, भियतनाम लगायतका कामदारहरु कम्पनीबाट पाउनु पर्ने तलब भत्ता समयमै नगराउँदा मानसिक तनावमा रहेको कामदारले बताए ।
गत सोमबार तमुधि कोरियाका अध्यक्ष रामकाजी गुरुङसहित तीन जना सोलस्थित नेपाली दूतावास परिसरबाट पक्राउ परेका थिए । गुरुङ पक्राउ परेको बिषयलाई लिएर कोरियाको नेपाली समाजमा विभिन्न बहस भइरहेका छन् ।
बन्दी गृहमा रहेका गुरुङले स्थानीय पत्रकारहरुलाई दूतावासका उपनियनेग प्रमुख राजाराम बर्तौलाको उजुरीमा आफू पक्राउ परेको अन्र्तवार्ता दिएपछि बहस सुरु भएको हो । सकृय समाज सेवी समेत रहेका गुरुङ पक्राउको बिषयलाई लिएर दक्षिण कोरियाकालागि नेपाली राजदूत कमानसिंह लामाले दुखद बिषय भएको प्रतिकृया दिएका थिए ।
कुटनीतिक मान्यतामा विदेशी नियोग परिसरमा सम्बन्धित देशको कानुन लागु हुनेभएकाले दूतावासकै ढोकामा पक्राउ पर्नु संयोग मात्र नभएको यहा रहेका नेपालीहरुको ठहर रहेको छ ।
यसअघि छनान क्षेत्रमा रहेको एक कम्पनीबाट १८ र उइजङ्बो, किम्पो, इन्च्छन क्षेत्रबाट २० भन्दा बढी अवैधानिक नेपाली कामदार पक्राउ परेका थिए । सोलस्थित अध्यगमन विभागको तथ्यांक अनुसार ईपीएसबाट आएका ९ सय र अन्य ९ सय नेपाली अवैधानिक रहेका छन् । कोरियामा सबै भन्दा धेरै करिब ७० हजार चीनीयाँ नागरीकहरु अवैधानिक रहेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

गुम्बा बाट खोर्लो चोरी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रामेछापको हिलेदेवी र दिमीपोखरी गाविसबीचमा पर्ने बौद्ध स्तुपाबाट १९ वटा खोर्ला चोरी भएका छन् । स्थानीय असलसिंह तामाङका अनुसार मंगलबार स्तुपामा पुजा गर्न जाँदा खोर्ला चोरी भएको पत्ता लागेको हो । खोर्ला कसले र कहिले चो¥यो भन्ने तथ्य खुल्न सकेको छैन । अहिले सो ठाउँमा प्रहरी एवं स्थानीय वासी खोजतलासमा संम्लग्न भएको तामाङले बताउनु भयो । खोर्ला १ लाख ३८ हजार रुपैयाँ मुल्य बराबरको भएको स्थानीयले बताएका छन् । स्तुपामा रहेको खोर्ला मध्ये ४ वटा भने त्यही छाडेको तामाङले बताउनु भयो । 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला