![]() |
मान्छेका किर्तिमान राख्ने कला भिन्न भिन्न हुन्छन् । अस्ट्रेलियाका एक युवकले २४ घण्टासम्म लगातार उल्टो साइकल चलाएर आफ्नो नाम गिनिज बुकमा लेखाउन सफल भएका छन् । एन्ड्रीउ हेलिंगाले २४ घण्टासम्म उल्टो बसेर साइकल चलाउँदा ३३७ किलोमिटरको दुरी पार गरे । साइकल चलाइरहँदा उनले आफ्ना सहयोगीहरुसँग कुरा गरिरहेका थिए, ता कि मनोबल उच्च बनोस् र बाटोमा कुनै दुर्घटना नहोस् ।
cycle
हेलिंगालाई २४ घण्टामा ३ सय किलोमिटर सम्म साइकल गुडाउन सकिन्छ की भन्ने लागेको थियो । तर साइकल चलाउँदै जाँदा उनी यतिधेरै उत्साही भए की उनले ३३७ कि मि पार गरेको पत्तै पाएनन् । चेन्ज फर चेन्ज नामक एक संस्थाको आयोजनामा उनले उक्त किर्तिमानी साहसिक काम गरेका थिए । उल्टो साइकल चलाउनु कम कठीन काम होइन । अझ साइकल चलाउँदै गर्दा मौसम पनि प्रतिकुल बन्दा उनलाई थप कठिनाइ परेको थियो । तर उनले हाँसी हाँसी चुनौतिको सामना गरे ।
उनले आफ्नो उक्त साहसिक काम बापत गिनिज बुकमा त नाम लेखाए नै थप १० हजार डलर पुरस्कार पनि पाए । उक्त रकम जाम्बियाका गरीब बच्चाहरुको सहयोगमा खर्च गरिनेछ । साइकल मार्फ यस्तो परोपकारी काम गर्ने प्रेरणा उनलाई आफ्नै साथी रेड एन्डर्टनबाट मिलेको थियो । रेडले यसअघि ३७ दिनसम्म लगातार साइकल चलाएर विश्व रेर्कर्ड बनाएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला