Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, September 28, 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

उपन्यास अंश : प्रियाको पत्र

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
प्यारो जीतबहादुर,
जन्म-जन्मको सम्झना ।

Cover Malaya
तपाईंले सिँदूर-पोते लाइदिएको यो शरीरलाई तपाईंकै नाममा चोखै राखेर मैले पाँच वर्ष बिताएँ । ती पाँच वर्ष मेरा लागि पाँच सय जुनीभन्दा कठोर भए । नर्कजस्तो जिन्दगी जीएँ मैले तपाईंको पर्खाइमा । कति रोएँ । कति आँसु बगाएँ । मेरा ती आँसु बटुल्नु हो भने नदी बनेर मलेसियासम्मै पुग्थ्यो होला । तर, त्यो भेलले तानेर ल्याउन सकेन तपाईंलाई ।
मैले त्यो रात तपाईंलाई सोधेँ- ‘कहिले आउने ?’ तपाईंले समय तोक्न सक्नुभएन । पाँच वर्ष त कुरेकै थिएँ, अर्को पाँच वर्ष कुर्न सक्थेँ नै होला । तर, त्यतिन्जेलमा पनि तपाईं आउने ग्यारेन्टी पाउन सकिनँ । जिन्दगी उराठलाग्दो देखेँ । कोही भन्थे- ‘पक्कै अर्की ल्यायो होला ।’ त्यो सुन्दा मलाई भालाले छातीमा रोपेजस्तै हुन्थ्यो । मुख हाँस्थ्यो । मन सधैँ रून्थ्यो । शरीर नेपालमा हुन्थ्यो । मन तपाईंसँगै मलेसियामै पुग्थ्यो ।
Cover Malayaत्यसमाथि तपाईंले भन्नुभयो- ‘औडाहा नै भयो भने खेतालो खोज्नू नि !’ त्यो मलाई वज्र हानेजस्तै भयो । तपाईंजस्ता कठोर मान्छेलाई के थाहा, नारी मन कति पवित्र हुन्छ भनेर ? चरित्र असल नारीको गहना हो । उसले त्यसलाई हमेसा चोरिन/लुटिन र कुच्चिनबाट जोगाउँछे । जब गहना उसका लागि बेकार हुने बाध्यता आउँछ । अनि, मात्र उसले सम्झौता गर्छे । गहना फुकाल्छे । त्यो दिन विरलै आउँछ । अभागी मेरो जीवनमा पनि आखिर आयो त्यो क्षण । चरित्र नामको गहना फुकाल्नै पर्ने भयो ।

सोध्नु होला- कसरी ?

तपाईंको भाषाबाट मैले प्रस्टै बुझेँ- तपाईंलाई अब म चाहिँदैन । मलाई त तपाईं पलपलमा चाहिन्थ्यो । अरुलाई लुकाए पनि तपाईंलाई भन्न मन लाग्यो । मनको कुरा भनेँ । सम्झाउनुहुन्छ/फकाउनुहुन्छ भन्ने सोचेकी थिएँ, तपाईंले त चरित्रसँग जोडेर अपशब्द प्रयोग गर्नुभयो । महिला मन ढुङ्गो हो, धेरै सहन्छ । तर, जब त्यसमा ठूलो चटयाङ पर्छ, माटैमाटो हुँदोरहेछ । जसले पनि सजिलै फुटाउने, उठाउने र लैजानै सक्ने । तपाईंले छाडेको जीवनमा मैले त्यो अनुभव गरेँ । कत्रा-कत्रा पहाड थामेको मेरो सतीत्व त्यसकै परिणाम सजिलै डगमगायो । तपाईंको प्रतीक्षालाई कुर्न सकेन । टिक्न सकेन । कुराइ असीमित थियो । थाहा थिएन- त्यो दिन भनेको हाम्रो सास नगई हो कि गएर आउँथ्यो !
हो, महिला पतिसँग सती गएका उदाहरण छन् । विधवा भए पनि हाँस्दै जिएका उदाहरण छन् । धार्मिक कालदेखि अहिलेसम्म कुनै पुरूष न पत्नीसँगै चितामा जल्न पुगेका छन् । न पत्नी मरी भनेर एक्लै टिकेका छन् । बाध्यतामा जे पनि सहन सक्छे नारी । तर, जब जिउँदो पतिको स्पर्श पाउन सक्दिन, त्यही नारी पलपल जल्दिरहिछे । त्यसको प्रमाण म आफैँ हुँ । र, यो मेरो मनले बोलिरहेछु । आजन्म टाढा हुनुपर्ने के थियो हाम्रो बाध्यता ? केले रोकेको थियो तपाईंलाई उतै ? कुन आसले कुरिरहन बाध्य हुनुपथ्र्यो मैले ?

हो, त्यही भएर मैले आफ्नो बाटो मोडेँ ।

खुकुरीले हानेको अचानोजस्तै छिया-छिया भएको मेरो मनमा अब अर्कैले मल्हम लाइदिएको छ । घाउहरुमा बिस्तारै खाटा बस्दै गएका छन् । दुःखसाथ भन्न बाध्य छु- तपाईंले सिँदूर लाइदिएको त्यही डोबमाथि अर्कैका औँला कुदिसकेका छन् । त्यही गलामा अर्कैले पोते लाइदिइसकेको छ । तपाईंलाई स्वर्गीय आनन्द दिएको यो शरीर अब अर्कैले लुछ्न थालिसकेको छ ।
माफ गर्नुहोला, अब म तपाईंकी छैन । यो जन्ममा हुन सक्दिनँ पनि । तपस्या गरेर सँगै बस्ने विश्वास दिलाउनुभयो भने अवश्यै अर्को जन्ममा तपाईंकै हुनेछु । मलाईचाहिँ जिन्दगीमा तपाईंसँगको भोक अझै मरेको छैन । र, तपाईंजस्तो अरु मान्छे मैले देखेकी पनि छैन । जे भयो- बाध्यताले भयो । तपाईंले ‘आउँछु’ मात्र भनेको भए यो अवस्था आउने नै थिएन ।
आखिर त्यो दिन आइछाडयो । विवशतावश आजै मात्र मैले डेनिससँग बिहे गरेँ । भोलि हामी हनिमुन मनाउन भारतको गोवा जाँदै छौँ । उसले मुम्बई, नयाँदिल्ली सबैतिर घुमाउँछु भनेको छ । म पनि त्यस्तैमा रमाउने प्रयास गर्दै छु । नयाँ जीवन नयै तरिकाले जिउँदै छु ।
संसारमा बुझिनसक्नु आखिर मान्छे नै रहेछ । धरोधर्म मैले तपाईंको जिन्दगीबाट अलग्गिनुपर्छ भन्ने सोचेकी थिइनँ । संसारकै अनुपम पति सम्झन्थेँ तपाईंलाई । सबैभन्दा सुखी घर ठान्थेँ हाम्रो । अर्कातिर डेनिस ! जसलाई सुरूमै पिटेँ, घृणा गरेँ । घृणा गरिरहेँ । पृथ्वी घुमेर दिन र रात भएजस्तै समयले घुमाएर तपाईं डेनिसका ठाउँमा पुग्नुभयो, डेनिस तपाईंका ठाउँमा । समाजका नजरमा म ‘पोइला जाने आइमाई’ भएँ
 
। अनुहार हेरेर कसरी चिन्ने मान्छे ?

तपाईं कुन रमाइलोमा हुनुहुन्छ वा दुःखमा । तपाईंको जीवनमा कोही छ वा छैन, थाहा छैन । मेरो जीवनमा त अब डेनिस छ । मेरो माया, प्रेम, विश्वास र आस्था उही हो । आजीवन साथ दिने कसम खाएको छ उसले । मेरो खुसीका लागि जे गर्न पनि तयार छ ऊ । कृपया, तपाईं एक्लै हुनुहुन्छ भने- मेरालागि भए पनि राम्री केटी खोजेर बिहे गर्नुहोला । मभन्दा राम्री । तर, उसलाई चाहिँ छोडेर कहीँ नजानु होला । किनकि, विवाहित महिलालाई लोग्नेको प्यासले कति जलाउँदो रहेछ भन्ने अनुभव मैले गरेकी छु । अर्की फेरि त्यही आगोमा नजलोस् !
तपाईं त निष्ठुरी हुनु नै भयो । बिचरा आमाको यादले सधैँ सताउँछ मलाई । उहाँले मलाई ‘छोरी’ भन्नुहुन्थ्यो । अब ‘पापिनी’ भन्नुहोला । थुक्नु होला । सहन्छु । आमाको थुक पनि मलाई पवित्र लाग्छ । उहाँले मलाई यति शिक्षित बनाउनुभयो । यो ठाउँमा पुर्‍याउनुभयो । जन्म दिने आमाले नदिएको माया दिनुभयो । उहाँको समीप नभए पनि फोटो राखेकी छु । सधैँ पूजा गर्नेछु । मेरा देवी-देवता सबै उहाँ नै हो । उहाँलाई भेट्न नपाउँदा भने मेरो मन सधैँ जलिरहनेछ । यो पूरै जन्म उहाँलाई आमा बनाउन नसके पनि अर्को जन्ममा अवश्यै बनाउनेछु । मेरो बाँकी जिन्दगीको तपस्यै त्यही हुनेछ । कृपया, भेट भएपछि आमालाई मेरो ढोग सुनाइदिनुहोला ।
छरछिमेकी र माइतीले मलाई थुक्दा होलान् । तर, इज्जतका लागि तपाईं पैसा कमाउन जानुभयो । मैले पनि पैसाको बिटो लगेर सबैतिर छर्किन सकेँ भने बेइज्जतीको दाग सजिलै पखालिँदो हो । मैले त्यही अठोट गरेकी छु । ठूलो मान्छे हुन पैसा चाहिने रहेछ । त्यो तपाईंले नै सिकाएको हो । मैले पनि अथाह पैसा भएको व्यक्तिसँग दोस्रो बिहे गरेकी छु । आशा छ- सबैकी प्यारी हुन समय लाग्ने छैन । बाँकी धेरै कुरा त समयले मिलाउने नै छ । हेरौँ- बिग्रेको मान्छेको भत्केको घर, भत्किई नै सकेपछि केको डर !

प्यारो जितबहादुर,

यो पत्र पढेर छाँगाबाट नखस्नू । तपाईंसँग बिताएका क्षणहरुलाई सपना ठानिदिनू । अनि, विपनामा बिस्तारै भुलिदिनू । अरु राम्रा सपना देख्दै जानू । तिनीहरुलाई छोप्दै जानू । मेटिँदै जानेछन् नाथे प्रियासँगका पलहरु ! त्यो त एउटा धागो थिई, चुँडिई ठान्नू । अझ दह्रो धागामा मगमग बास्ना आउने फूलको माला गाँस्नू । त्यसलाई ओइलाउन नदिनू । चुँडिन नदिनू ।
तपाईंको जीवन फलोस्/फूलोस् । कुनै दिन जम्काभेट भयो भने ‘प्रिया’ भन्न नभुल्नुहोला । म पनि सम्झनाका दुई थोपा आँसु अवश्यै झारिदिनेछु । त्यति त मैले बचाएकै छु तपाईंकै लागि । मलाई शुभकामना दिन नसके पनि कृपया घृणा गरेर नथुक्नु होला । किनकि, जसले आकाशतिर थुक्छ, फर्किएर थुक त उसकै मुखमा पर्छ ।
जति भूल मबाट भयो- त्यसका लागि माफी चाहन्छु ।
तपाईं पनि आफ्नो भूल प्रायश्चित गरी सफल जीवन जीउनुहोला ।
उही तपाईंकी भएर पनि हुन नसकेकी,
अभागी प्रिया
(अखण्ड भण्डारीको उपन्यास ‘मलाया एक्सप्रेस’ को अंश)

onlinekhabar बाट साभार गरियको हो 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, September 27, 2013

अमेरिकाको (Green Card) डि भी मार्फत अमेरिका जाँन चाहानु हुन्छ भने के क सरि जाने भन्ने जान्नको लागि यो लिंक खोल्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

                       भिडियो माथिको बक्समा छ क्लिक गर्नुहोस 
डिपार्टमेन्ट अफ स्टेटले हालसालै प्रकाशित गरेको सूचनाका आधारमा डी. भी भिषा लोटरी-२०१५ लागि तपाईले अक्टुबर १, २०१३ गते देखि नोभेम्बर २, २०१३ को मिति सम्म अर्थात डिपार्टमेन्ट अफ स्टेटले फर्म भर्न आव्हान गरेको मितिले एक महिना भित्र डिपार्टमेन्टकै एकमात्र सम्बन्धित आधिकारिक वेब साईट (डब्लुडब्लुडब्लु. ड़ीवीलाटरी. स्टेट. गव/) मा गएर तपाईले आफ्नो फर्म भर्नु पर्छ । डी. भी भिषा लोटरी को लागि रजिस्ट्रेशन गर्नु पर्दा पेपरको माध्यमद्वारा अर्थात फर्म भरेर हुलाक द्वारा पठाउन मिल्दैन । डी. भी भिषा लोटरी मा  रजिस्ट्रेशन गर्ने एउटा मात्र उपाए भनेको बिदुतीय संजाल अर्थात् ड़ीपार्टमेन्ट अफ स्टेटको वेबसाईट (डब्लुडब्लुडब्लु. डीभीलाटरी. स्टेट. गभ/) द्वारा उपलब्ध गरेको अनलाईन को माध्यमद्वारा मात्र हो ।

पाठकवृन्द, अनलाइन रजिस्ट्रेशन गर्दा तपाईले माथि भनेको समय भित्र आफ्नो  सहभागिता दर्ता गर्नु पर्छ। नोभेम्बर २, २०१२ भन्दा पछाडी भरेको फर्म ले मान्यता पाउदैन। डिपार्टमेन्ट अफ स्टेटको वेबसाईट (डब्लुडब्लुडब्लु. डीभीलाटरी. स्टेट. गभ/) मा भएको फर्मलाई क्लिक गरेर तपाईले आफ्नो नाम, ठेगाना, सोधेको अन्य सामान्य विवरणहरु भरेर अनलाईन फाईल गर्नु पर्छ । यसको साथ साथै फारम भर्दा चाहिएको हालसालै खिचेको पासपोर्ट साईजको फोटो कम्प्युटरबाट डाउनलोड गरेर फर्मको साथै अपलोड गर्नु पर्छ । यो फाईल गर्ने तरिका अति सामान्य छ । अनलाईन फाईल गरिसके पछी डिपार्टमेन्टले तपाईले भरेको फर्मलाई सराहना गर्दै वेबपेजको स्क्रीनमा नै तपाईलाई इन्ट्री गरेको प्रमाणको रुपमा एउटा नम्बर दिन्छ जुन तपाईले प्रिन्ट गरेर ड़ी. भी. भिसा लोटरी को रिजल्ट नआउदा सम्म सुरक्षित राख्नु पर्छ।

ड़ी. भी.  भिषा लोटरी (चिट्ठा) भनेको यु. एस. डिपार्टमेन्ट अफ स्टेटबाट संचालित र संसार भरिका योग्य देशका योग्य व्यक्तिहरुलाई अमेरिकामा आउन दिने लोटरी (चिट्ठा) प्रोग्राम हो । यो वार्षिक चिट्ठाद्वारा प्रत्येक वर्ष ५० हजार व्यक्तिहरुलाई अमेरिकामा स्थायी रुपमा बसोबास गर्न दिने मौका मिल्छ । ड़ी. भी. भिषा लोटरी प्रोग्राम वर्षेनी अमेरिकाको अध्यागमन कानुन ("आइ. यन. ए."  दफा २०३.सी.) अन्तर्गत रहेर यु. एस. डिपार्टमेन्ट अफ स्टेटबाट संचालित गरिन्छ । अमेरिकाको "आइ. यन. ए." भन्ने कानुनले संसारभरिबाट अमेरिकामा कम आप्रबासी भएका मुलुकहरुलाई ड़ी. भी.  भिषा लोटरी (चिट्ठा) द्वारा स्थायी भिषा उपलब्ध गराउने अनुमति दिन्छ । जस्तै, नेपाल अहिले सम्म ड़ी. भी.  भिषा लोटरी प्रोग्रामका लागि योग्य देशको सुचीमा नै पर्छ।

यु. एस. डिपार्टमेन्ट अफ स्टेटले हालसालै प्रकाशित गरेको सूचनाका आधारमा आर्थिक बर्ष २०१५ का लागि संसारभरिका योग्य मुलुकहरुका लागि ५० हजार ड़ी. भी.  भिषा उपलब्ध हुनेछ। पाठकवृन्द, ५० हजार भिषाहरु संसारको ६ वटा भौगोलिक क्षेत्रमा बाडिन्छ र प्रत्येक भौगोलिक क्षेत्रमा भएको देशले कुल भिषाहरु अर्थात ५० हजार भिषाको ७ प्रतिशतसम्मको कोटा एक आर्थिक बर्षमा पाउन सक्छ । तसर्थ नेपालको लागि आर्थिक वर्ष २०१५ का लागि गणितीय हिसाब गर्ने हो भने नेपालीहरुले अत्याधिक भिषा पाउन सक्ने संख्या ५० हजारको सात प्रतिशत मात्र हुन जान्छ । तसर्थ, तपाई भाग्यमानी हुनु भो भने तपाई लाइ भिषा लोटरी (चिट्ठा) २०१४ पर्ने सम्भावना हुनेछ।

ड़ी. भी. भिषा लोटरी फाईल गर्दा तपाई बिबाहित हुनु हुन्छ भने आफ्नो श्रीमान/श्रीमती को नाम समाबेश गर्नु पर्छ। गल्ति ले अर्थात जानी जानी तपाई ले आफ्नो श्रीमान/श्रीमती को नाम समाबेश गर्नु भएन भने तपाई को परेको भिषा चिट्ठा पनि बदर हुने र तपाई अयोग्य ठहरिन सक्नु हुन्छ। फर्म भर्दा २१ वर्ष नपुगेका अबिबाहित छोराछोरीहरु लाई समाबेश गर्न सकिन्छ । ड़ी. भी. भिषा लोटरी फारम दर्ता गर्दा एउटा व्यक्ति ले एउटा भन्दा बढी निवेदन फाईल गरको खण्डमा भने सिधै बदर हुन्छ । तपाईले आफु भरे पनि र तपाईको लागि अरुले भरे पनि एउटा भन्दा बढी निवेदन दर्ता गरेको खण्डमा तपाई अयोग्य ठहरिन्छ । लोग्ने र श्रीमतीले प्रत्येकले भने छुट्टा छुट्टै ड़ी. भी. भिषा लोटरी (चिट्ठा) मा सहभागिता गर्न मिल्छ । एउटा को डी भी. परेमा अर्को पनि अमेरिकामा संगै आउँन पाउछ ।

ड़ी. भी. भिषा लोटरी भर्दा तपाईले कम्ति मा पनि अमेरिका को १२-बर्षे हाई स्कूल सरह को हाई स्कूल (नेपाल मा कम्ति मा पनि "एस. एल. सी." प्लस "२ बर्ष को प्लस टु"=अमेरिका को १२-बर्षे हाई स्कूल) को पढाई सम्पन्न गरेको अथवा विगत पाच वर्ष भित्र मान्यता प्राप्त ड़ी. भी. पेशा (हेर्नुस: ओ. नेट. अनलाइन: ) मा पर्ने पेशाहरु मा तपाईसंग २ बर्षको काम गरेको अनुभव छ भने तपाई योग्य हुन सक्नु हुन्छ। तपाईले ड़ी. भी. भिषा लोटरी मा भाग लिदा आफुले फर्म भरेर आफैले फाईल गर्न सक्नु हुन्छ अथवा कसैले तपाईको फर्म भरि दिन सक्छ। ड़ी. भी. भिषा लोटरी प्रोग्राम मा रजिस्टर गर्नको लागि कुनै फी अर्थात् पैसा लाग्दैन । तपाईले वकिल अर्थात् अरु कसैको सहयोग लिने भन्ने कुरा तपाईले डिसीजन गर्ने कुरा हो । तर जसले फर्म भरे पनि रिजल्टमा कुनै फरक पर्दैन । डी भी. भिषा लाटरी (चिट्ठा) कम्प्युटरद्वारा रय्यान्डम् छनौट गरिन्छ ।

डिपार्टमेन्ट अफ स्टेटले प्रकाशित गरेको सूचनाका आधारमा ड़ी. भी. भिषा लोटरी (चिट्ठा) भरेको व्यक्तिले आफु सम्म भएको कन्फरमेशन नम्बर (यदि तपाईसंग नम्बर छैन भने तपाई आफ्नो रिजल्ट हेर्न सक्नु हुन्न) का आधारमा मे १, २०१४ मा डिपार्टमेन्ट अफ स्टेटको वेबसाईटमा गएर आफु छनौट भएको अर्थात् नभएको कुरा हेर्न सकिने छ। त्यो मात्रै एउटा रिजल्ट हेर्ने आधिकारिक सरकारी वेब पेज हो र छनौट भएको व्यक्तिलाई मात्र सोही वेब पेजको सूचना मार्फत कसरी अगाडी जाने, ड़ी. भी. भिषा बारेमा जानकारी लगायत अन्तरवार्ता का प्रक्रियाहरु लाई निर्देसित गरिएको हुन्छ । तपाई लाइ डी. भी भिषा लोटरी रजिस्ट्रेशन र भविष्यको सफलताका लागि हाम्रो अग्रिम शुभकामना। dcnepal.com
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

३ किलोको च्याउ कहिले देख्नु भको ल हेर्नुहोस ना पत्याय भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथि क्लिक गर्नुहोस 



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

विश्वकै अग्ली मोडेलले रोजिन् हजुरबा जस्तो प्रेमी (फोटोफिचर सहित) -

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

विश्वकी सबैभन्दा अग्ली मोडेलको रुपमा किर्तिमान बनाएकी अमेरिकाकी अमेजन इभले जोडी भेटाएकी छिन् । क्यालिफोर्नियाकी बासिन्दा ३४ वर्षकी इभले जोडी त फेला पारिन्, तर आफुजत्तिकै अग्लो भने फेला पार्न सकिनन् । उनको मनको राजा उनीभन्दा ४ इन्च होँचा छन् । अझ अर्को निराशा लाग्दो कुरा त के भने उनका प्रेमी उनीभन्दा झण्डै दोब्बर जेठा छन् । उनका प्रेमी ६० वर्ष पुगिसकेका छन् ।
=WORLD'S TALLEST MODEL FINDS LOVE
६ फिट ८ इन्च अग्ली इभ अब उनको प्रेमीसँग रोमान्समा मस्त हुन थालिसकेकी छिन् । उनका प्रेमीको नाम डेनिस हारग्रोभ हो । उनी लस एन्जल्सका बासिन्दा हुन् र ६ फिट ४ इन्च अग्ला छन् । जब यी दुइ टक्लु प्रेमी प्रेमिका घुमफिरका लागि निस्कन्छन् तब बाटो हिड्नेहरु तिनछक पर्छन् अनि टाउको आकाश तिर फर्काएर ती अग्ला मनुष्य जोडीलाई नियाल्छन् ।
m1
आफुभन्दा अग्ली तथा तरुनी प्रेमिका पाएकोमा डेनिस मख्ख छन् । आफ्ना साथीहरु आफ्नी प्रेमिका देखेर इष्र्याले जल्ने गरेको उनको दाबी छ । यी दुइको मिलनको कहानी पनि रोचक छ । डेनिस जब इभको व्यक्तिगत लेखापालको रुपमा जागिर खान पुगे तब इभको मन यी अग्ला बुढाप्रति आकषिर्त भयो । नहोस् पनि किन ? उमेर छिप्पिँदै गएपनि आफुसँग उचाइ मिल्ने ठिटा पाउनै सकिएको थिएन र भविष्यमा पनि पाइने सम्भावना कम थियो । त्यसैले आफ्नो हातमा आएको अग्लो बुढो भएपनि रोजौँ भन्ने आकांक्षा उनमा पलायो । डेनिसले प|mेन्च बोलेको सुनेर आफु ऊ प्रति आकषिर्त भएको र पिरती गाँसेको इभको भनाइ छ । अहिले यो जोडी स्पेनको बार्सिलोना र प|mान्सको पेरिसमा हनिमुन मनाइरहेको छ ।Untitled-1
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

संविधानसभा निर्वाचनको सुरक्षाका लागि धमा धाम म्यादी प्रहरीमा भर्ना खुल्यो तँपाई पनि बेरोजगार हुनहुन्छ भने फर्म भरि हाल्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
११ असोज, काठमाडौं । संविधानसभा निर्वाचनको सुरक्षाका लागि सरकारले ४५ हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेपछि यसमा युवामात्रै होइन, ४३ वर्ष पुगेका प्रौढसमेत भर्ती हुने लाइनमा भेटिएका छन् ।
राजधानीको एक निजी कम्पनीका सुरक्षागार्ड ४३ वर्षीय कान्छो गिरी काठमाडौं जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा म्यादीमा भर्ना हुन भन्दै आवेदकहरुको लाइनमा देखिनुभयो । निजी सुरक्षा कम्पनीबाट भनेजस्तो तलव नपाएर दिक्क हुनुभएका गिरीले दुई महिनामै ३५ हजार रुपैयाँ कमाइ हुने थाहा पाएपछि यो उमेरमा पनि म्यादी प्रहरीमा लाग्न खोजेको बताउनुभयो ।

‘देशको सेवा गरेर राम्रो पैसा पनि कमाइ हुने भएकाले म्यादी प्रहरीमा भर्ना हुन आएको हुँ, दशैं आएकाले हामीजस्ता गरिवलाई गर्जो टार्नै गाह्रो छ, गिरी भन्नुहुन्छ- ‘केही कमाइ गर्ने उद्देश्यले यहाँ आएको हुँ, भर्ती भएँ भने चुनाव सफल बनाउन मेहनत गर्नेछु ।’
राजनीतिबारे सोधिएको प्रश्नमा गिरीको जवाफ छ, ‘अहिले देशको राजनीति बिग्रेको छ । चुनाव हुन्छ भन्ने आशामा छु । मलाई कुनै पार्टीसँग आशा छैन र आस्था पनि राखेको छैन । मैले भोट हाल्दा मान्छे हेरेर मात्र हाल्छु ।’
सरकारले म्यादी प्रहरीका का लागि प्रहरीले भर्ना खोलेपछि सामान्य लेखपढ गर्नेदेखि स्नातक उत्तीर्ण गरेकासम्म लाइनमा भेटिएका छन् । ताप्लेजुङबाट राजधानी आएर कपनमा बसिरहेका २५ वर्षीय युवा शशांक घिमिरे पनि म्यादीमा भर्ना हुन हनुमानढोकास्थित जिल्ला प्रहरी कार्यालयमा लाइन लाग्नुभयो । ‘म अहिले बीए पढिरहेको छु, घरबाट सधैं खर्च पठाइदिनु भन्न पनि गाह्रो छ । अहिले कलेजमा पढाइ पनि भइरहेको छैन । शशांक भन्नुहुन्छ- ‘त्यसैले अहिलेको खाली समयलाई सदुपयोग गरेर पढाइ खर्च जुटाउन म्यादीमा भर्ना हुन आएको हुँ । म्यादीमा भर्ना भएँ भने दशैंमा घर पनि जान्न ।’
सिन्धुपाल्चोक घर भएकी २२ वर्षीया शावित्रा लुईंटेल पनि म्यादीमा भर्ना हुने लक्ष्यका साथ आवेदन र्फम भर्न हनुमानढोका पुग्नुभयो । “अन्यत्र राम्रो जागिर खोज्दा पनि पाइन्न, जहाँ पनि सोर्स फोर्सको मात्रै कुरा गर्छन्,’ लुईंटेल भन्नुहुन्छ, ‘त्यसैले छोटो समयका लागि भए पनि म्यादीमा काम गर्ने रहर छ ।’
निर्वाचनमा खटिँदा हुन सक्ने सुरक्षाको खतरालाई बिर्सेरै भए पनि म्यादीका लागि निवेदन दिन आएाके बताउँदै शावित्रा भन्नुहुन्छ, ‘म्यादी प्रहरीमा लागेर संविधानसभा सफल पार्न योगदान दिन पाउँदा देशका लागि केही योगदान हुनेछ र मलाई आम्दानी पनि हात लाग्नेछ ।’ उहाँले तपाई कुन पार्टीको भनेर प्रश्न गर्दा ‘न्यायाधीश पार्टीको’ भन्ने जवाफ दिनुभयो ।
म्यादी प्रहरीलाई सरकारले नेपाल प्रहरीका जवानसरह तलब सुविधा दिने भनेकाले म्यादीमा भर्ना हुनेहरुको आकर्षण बढेको हो । दुई महिनाका लागि नेपाल प्रहरी मातहतमा परिचालित हुने म्यादीका लागि सरकारले पूर्वसैनिक तथा प्रहरीलाई पहिलो प्राथमिकता दिएर भर्ना प्रकृया अघि बढाएको भने पनि यसमा बेरोजगार युवाको आकर्षण देखिएको छ । नेपाली युवाहरुमा रोजगारीको भोक कति छ भन्ने आवेदकहरुको लाइनले स्पष्ट पारेको छ ।
भर्नाबाट बाहिरिएकालाई प्राथमिकता : प्रवक्ता सिलवाल
‘हामीले म्यादीमा भर्नाका लागि पहिलो प्राथमिकतामा सेना र प्रहरीका पूर्वकर्मचारीहरुलाई राखेका छौं । त्यसपछि फौजदारी अभियोग नलागेका र यसअघि प्रहरीमा भर्नामा अन्तिम चरणमा पुगेर बाहिरिएका युवाहरुलाई प्राथमिकता दिन्छौं ।’ नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले अनलाइनखबरसँग भन्नुभयो ।
myadi4
जिल्ला प्रहरी कार्यालय काठमाडौंले म्यादीमा जम्मा एक हजार ६ सय जना भर्ना गर्ने तयारी गरेको छ । तर, एक हजार ६ सय कोटाका लागि विहीबारमात्रै करिव एक हजार ४ सयले निवेदन दिइसकेका छन् ।
‘एउटा मात्र दर्ता केन्द्रबाट आवेदन फर्म संकलन गरिरहेका थियौं, इच्छुकहरुको भीड धेरै भएपछि अहिले दर्ता केन्द्र पनि २ वटा राखेका छौं । दुई महिनाको जोखिमपूर्ण कामका लागि पनि युवाहरुको भीड थेगीनसक्नु छ ।’ जिल्ला प्रहरी कार्यालय हुनमानढोकाकी एक प्रहरी सहायक निरीक्षकले भन्नुभयो ।
आगामी मङसिर ४ गते हुने संविधानसभाको निर्वाचनका लागि मतदान केन्द्रहर र मतपेटिकाको सुरक्षाको जिम्मा प्रहरीलाई दिइएको छ । ४५ हजार म्यादी प्रहरीसहित करिब एक लाख प्रहरी निर्वाचन सुरक्षाका लागि परिचालन गृह मन्त्रालयले जनाएको छ । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीले पनि निर्वाचनको सुरक्षा दिने छ । राष्ट्रपति रामवरण यादवले निर्वाचनमा सेना पनि परिचालन गर्न सकिने बाटो खोलिदिएपछि अब नेपाली सेना पनि निर्वाचन सुरक्षामा खटिने पक्का भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमाडौं, आश्विन ११ - एएफसी यू-१६ च्याम्पियनसिप- २०१४ छनोटको महत्त्वपूर्ण खेलमा नेपाल इराकविरुद्ध भिड्दै

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, आश्विन ११ - एएफसी यू-१६ च्याम्पियनसिप- २०१४ छनोटको महत्त्वपूर्ण खेलमा नेपाल इराकविरुद्ध खेलिरहेको छ । दुई शुन्यले पछि परेको नेपालले विमल घर्ती मगरको गोलले सान्त्वना दिलाएको छ ।
पहिलो हाफसम्ममा इराकले नेपालविरुद्ध दुई गोल गरेको थियो । दशरथ रंगशालामा जारी खेलको १५ औँ मिनेटमा इराकले अग्रता लिएको हो । नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै हसम हसनले खाता खोले ।  पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अमिर सबाहले अर्को गोल थपे । खेलको मध्यभागबाट एकतर्फी लगेका अमिरले फेरि पनि नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाए ।
पहिलो खेलमा हात पारेको जितसँगै समूह 'सी' मा दुवैको ३-३ अंक छ । बहराइन र तुर्कमेनिस्तान अंकविहीन छन् ।
अञ्जन विष्ट र अनन्त तामाङले पहिलो हाफमा गरेको गोलसँगै नेपालले पहिलो खेलमा बहराइनलाई २-० ले हराएको थियो ।
गत वर्ष भएको एएफसी यू-१६ को फाइनल चरणमा अन्तिम चारसम्म पुगेकाले इराकले अर्को महिना फिफा यू-१७ वर्ल्ड च्याम्पियनसिप खेल्दैछ ।
दशरथ रंगशालामा छनोटको पहिलो खेलमा उसले तुर्कमेनिस्तानमाथि गोलको वर्षा गर्दै ८-१ को जित रचेको थियो  लाइब हेर्न यहाँ जानुहोला ।http://kantipurtv.com/live
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सामसुंग ग्यालेक्सीको ब्याट्री कसरी लाइफ कसरी जोगाउने त केहि उपाय हरु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
एक पटक चार्ज गरेर हप्तौं चल्ने मोबाइल फोनको जमाना अब रहेन। ती सेटहरुबाट एउटै काम मात्र गर्न सकिन्छ— त्यो हो फोन कल। झुर फिचर भएका मोबाइलबाट स्मार्टफोनमा अपग्रेड हुँदै हुनुहुन्छ भने तपाइँलाई झट्का दिने पहिलो कुरा ब्याट्री लाइफ हुनेछ । स्मार्टफोनहरु त्यस्ता पकेट कम्प्युटर हुन् जसम थ्रिडी गेम खेल्न मिल्छ, मन परेका तस्विर लिन मिल्छ र साथीसँग भिडियो कन्फरेन्स गर्न मिल्छ । त्यो भन्दा रोमाञ्चक कुरा एक पटक पनि कसैसँग बाटो नसोधी संसार सयर गर्न सकिन्छ । स्मार्टफोन कम्पनीहरु फिचर र एप्सलाई आधुनिकीकरण गर्न अब्बल छन् । तर त्यसको दाँजोमा ब्याट्री लाइफ बढाउने कार्यमा उनीहरु सफल हुन सकेका छैनन् । लोडसेडिङको मार खेपिरहेका नेपाली स्मार्टफोन प्रयोगकर्ताका लागि त झन् ब्याट्री लाइफ ठूलो चुनौती बनेको छ । स्मार्टफोनको ब्याट्री लाइफ जोगाउन १० टिप्स :

१. ब्राइटनेस घटाउनुहोस्

स्मार्टफोनको डिस्प्ले धेरैलाई रंगीचंगी नै मनपर्छ तर यो ब्याट्रीका लागि सबैभन्दा ठूलो शत्रु हो । स्मार्टफोनका अरु कम्पोनेन्ट भन्दा अत्यधिक यसले ब्याट्री लाइफ तहस नहस पारिदिन्छ । धेरैजसो फोन सेटमा अटो ब्राइटनेस फिचर हुनेगर्छ जसले बाहिरको उज्यालोअनुसार अटो एडजस्ट गर्छ । यो मोडमा तपाइँले आफ्नो फोनलाई राख्नु भयो भने लगातार पूरा ब्राइटनेसमा फोन चलाउँदा भन्दा कम ब्याट्री खपत हुनेछ । अझ तपाइँले आफ्नो स्क्रिनको ब्राइटनेसलाई तल्लो लेभलमा सेट गर्नुभयो झन् राम्रो । यही एउटा टिप अनुसरण गर्नुभयो भने मात्रै पनि तपाइँले स्मार्टफोनको ब्याट्री लाइफमा नाटकीय सुधार अनुभव गर्नुहुनेछ ।

२. टाइम आउट छोट्याउनुहोस्

तपाइँको फोनको डिस्प्ले सेटिङ मेनुभित्र स्क्रिन टाइम आउट अथवा यस्तै किसिमको कुनै अप्सन फेला पार्नुहुनेछ । (आइफोन प्रयोगकर्ता हुनुहन्छ भने जेनेरल सेटिङभित्र गएर अटो लक हेर्नुहोस्) यो सेटिङले कुनै काम गरिसकेपछि फोन स्क्रिन कति समयसम्म उज्यालो रहिरहन्छ भन्ने कुरालाई नियन्त्रण गर्छ । धेरैजसो एन्ड्रोइड फोनहरुमा १५ सकेन्डमै टाइम आउट हुने अप्सन हुन्छ । तर आइफोनमा भने यसलाई १ मिनेटभन्दा कममा सेट गर्न मिल्दैन । ब्याट्री लाइफाका लागि प्रत्येक सेकेन्ड महत्वपूर्ण हुने भएकाले दिइएका मध्ये टाइम आउटलाई सबैभन्दा छोटो समयमा सेट गर्नुहोस् ।

३. ब्लुटुथ र वाइफाइ अफ गर्नुहोस्

ब्लुटुथ र वाइफाइ ब्याट्री लाइफका अर्का दुई शत्रु हुन् । त्यसैले प्रयोगमा नआएको अवस्थामा यी दुई अप्सन अफ गर्नुहोस् । वाइफाइ नभएको स्थानमा वाइफाइ अन गर्नुको कुनै औचित्य नहुने हुँदा थ्रिजी वा जिपीआरएस प्रयोग गर्नु उचित हुन्छ ।

४. जिपीएसमा सावधानी अपनाउनुहोस्

जिपीएस ब्याट्री खपत गर्ने अर्को फिचर हो । यो एक प्रकारको रेडियो हो । यसले स्याटेलाइटको विश्वव्यापी नेटवर्कबाट सिग्नल टिपेर पृथ्वीमा तपाइँको फोनको लोकेसन पत्ता लाउने काम गर्छ । धेरै एपहरुले लोकेसनका लागि फोनको जिपीएस एक्सेस गर्छन् । जिपीएस एक्सेस सबै एपलाई नदिनुहोस् । आफ्नो आवश्यकता हेरेर मात्र एपहरुलाई एक्सेस दिँदा ब्याट्री लाइफ जोगिन्छ ।

५. ब्याकराउन्डमा रन हुने एप अफ गर्नुहोस्

एक पटकमा एकभन्दा बढी एप्लिकेसन चलाउन सक्ने क्षमता नै मल्टिटास्किङ हो । स्मार्टफोनको यो महत्वपूर्ण फिचरले पनि ब्याट्री लाइफ उत्तिकै ध्वस्त पार्छ । एप चलरिहँदा यसको लोड प्रोसेरमा पर्छ । ब्याकराउन्डमा चलेका एप बन्द गर्नाले प्रोसेरको लोड घट्नुका साथै मोबाइलको ब्याट्री खपतलाई घटाउन सकिन्छ । मल्टिटास्किङका लागि प्रख्यात एन्ड्रोइड फोनमा एडभान्स टास्क किलर एप इनस्टल गरेर ब्याकराउन्डका एपलाई बन्द गर्न सकिन्छ । समय समयमा सबै एप बन्द गरेर फोनलाई रिबुट अझ राम्रो हो ।

६. तातो स्थानमा नराख्नुहोस्

स्मार्टफोनलाई तातो स्थानमा नराख्नुहोस् । गर्मी मौसममा कारको अघिल्तिर राख्दा स्मार्टफोनको ब्याट्री छिटै नस्ट भएर जान्छ । स्मार्टफोनले अधिकतम कति तापक्रमसम्म काम गर्ने भन्ने निश्चित रेञ्ज हुन्छ । त्यो भन्दा बढी तापक्रममा राखे स्मार्टफोनको ब्याट्री स्वतः नस्ट हुनपुग्छ ।

७. भाइब्रेटसन प्रयोग नगर्नुहोस्

तपाइँ फोनलाई रिङटोनभन्दा भाइब्रेसनमा राख्न रुचाउनुहुन्छ ? रिङटोन भन्दा भाइब्रेसन मोडमा ब्याट्री बढी खपत हुन्छ । रिङटोन बज्दा आवाज निकाल्नको लागि मोबाइल फोनको सानो 'मेम्ब्रेन'लाई भाइब्रेट गरे मात्र पुग्छ । यसको विपरित भाइब्रेसन मोटरले पूरै फोन हल्लाउन सानो वजन नै घुमाउनु पर्नेहुन्छ । यो प्रक्रियाको लागि धेरै उर्जा खपत हुन्छ । आवाजले डिस्टर्भ नहोस् भन्ने चाहनुहुन्छ भने सबै नोटिफिकेशन अफ गरेर फोनलाई देखिने ठाउँमा राख्नुहोस् ता कि भाइब्रेसन बिना नै नयाँ कल आएको थाहा होस् ।

८. अनावश्यक नोटिफिकेशन अफ गर्नुहोस्

प्रायः सबै एपले अपडेटका लागि इन्टरनेट खोजिरहेका हुन्छन् । एपहरुले केही भेटाउन साथ त्यसले आवाज निकाल्छ, स्क्रिन उज्यालो पार्छ वा म्यासेज देखाउँछ । अथवा यी सबै कुरा गर्छ । स्मार्टफोनको यो स्वचालित गतिविधिले ब्याट्री खपत गरिरहेको हुन्छ । ब्याट्री लाइफ जोगाउन अनावश्यक नोटिफिकेसन अफ गर्नु उत्तम उपाय हो ।

९. पावर सेभिङ मोड

स्मार्टफोन कम्पनीहरुले विभिन्न मोडलअनुसार फरक फरक पावर सेभिङ फिचर उपलब्ध गराएका छन् । यो मोड इनेबल गर्नाले पावर बचत गर्ने फिचर प्रयोग गर्न सकिन्छ । यसले एपहरुलाई ब्याकराउन्डमा अपडेट हुनबाट रोक्छ । स्क्रिनलाई मधुरो बनाउँछ, स्क्रिनको टाइम आउट सेटिङ घटाउँछ र भाइब्रेसन अफ गर्छ । हुन तस्मार्टफोनको ब्याट्री २० प्रतिशत बाँकी रहेपछि यो मोड अटो अन हुन्छ ।

१०. अरु केही उपाय

फ्लास प्रयोग नगरी फोटो खिच्नु ब्याट्री लाइफ जोगाउने अर्को उपाय हो । मल्टिपल सट लिने हो भने त सानो फ्लासले नै ब्याट्री लाइफ ध्वस्त पारिदिन्छ । तत्कालै जवाफ फर्काउनु छैन भने इमेल नोटफिकेशनको समय २०—३० मिनेटमा सेट गर्नुहोस् । यसले छिटो छिटो आउने नोटिफिकेशनबाट ब्याट्रीलाई जोगाउँछ । तपाइँ आइफोन ४ एस वा ५ चलाउनुहुन्छ भने सिरीभित्रको सेटिङमा गएर रेज टु स्पिकलाई डिजेबल गर्दिनुहोस् । त्यसले पनि तपाइँको ब्याट्री लाइफ जोगाउँछ । फोन नेटवर्क देखाएन भन्दैमा निरन्तर सिग्नल नखोज्नुहोस् । त्यसले ब्याट्री लाइफ ध्वस्त पारिरहेको हुन्छ । ब्याट्री पूर्णरुपमा डिस्चार्ज नभएसम्म चार्ज नगर्नुहोस् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

ज्यानमाराले उमेद्वार बन्न नपाउने सर्वोच्चको आदेश

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१० असोज, काठमाडौं । सर्वोच्च अदालतले ज्यानसम्बन्धी मुद्दामा सर्वस्वसहित जन्मकैदको सजायँ पाएका व्यक्तिलाई संविधानसभाको उमेद्वार बन्न नपाउने गरी ढोका बन्द गरेको छ । विहीबार अदालतले सुनाएको यस्तो आदेशपछि अनलाइनखबरलाई प्रतिक्रिया दिँदै एमाओवादी पूर्वसभासद वालकृष्ण ढुंगेलले भने पार्टीले आदेश दिएको खण्डमा आफू जस्तोसुकै पर्खाल भत्काउन तयार रहेको प्रतिक्रिया दिनुभएको छ ।
balkrishnabalkrishnaज्यान मुद्दामा सर्वस्वसहित जन्म कैद सजायँ पाएको व्यक्तिलाई उमेद्वार बन्न नदिने निर्वाचन सम्बन्धी अध्यादेशको दफा कार्यान्वयनका लागि विहीबार अदालतले बाटो खोलिदिएको हो । सर्वोच्च अदालतका तीनजना न्यायाधीश सम्मिलित विशेष इजलासको विहीबार गरेको सुनुवाइमा आफैंले तीन दिन पहिले गरेको अन्तरिम आदेश खारेज गरिएको छ ।
असोज ७ गते अदालतको एकल इजलासले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएकाहरुलाई उमेद्वार बन्न नदिने निर्वाचन सम्बन्धी अध्यादेशको दफा १९ (ङ) तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर,त्यसको तीनदिन पछि विहीबार अदालतले उक्त अन्तरिम आदेश खारेज गरिदिएको हो ।
अन्तरिम आदेश खारेज भएपछि अब अध्यादेशको दफा १९ कार्यान्यवन हुने भएको छ । सो दफामा ज्यान सम्बन्धी मुद्दामा अदालतको अन्तिम फैसलाबाट सर्वस्वसहित जन्मकैद वा जन्मकैदको सजायँ पाएको व्यक्ति उमेद्वार बन्न अयोग्य रहेको उल्लेख छ ।
अध्यादेशमा रहेको यस्तो बाध्यात्मक व्यवस्था अन्तरिम संविधान र वृहत् शान्ति सम्झौता विपरीत भएको भन्दै त्यसलाई खारेज गर्न परेको रीटमा विहीबार सुनुवाइ भएको हो । मुद्दाको सुनुवाइ न्यायाधीश गिरीशचन्द्र लाल, सुशिला कार्की र प्रकाश वस्तीको विशेष इजलासमा भएको थियो । प्रस्तुत मुद्दामा निवेदकका तर्फबाट अधिवक्ता मुक्ति प्रधान, चण्डेश्वर श्रेष्ठ, रामनारायाण् विडारी, रामबहादुर थापा र कृष्णप्रसाद सुवेदीले बहस गर्नुभएको थियो । त्यसैगरी विपक्षी नेपाल सरकारका तर्फबाट नायव महान्यायाधिवक्ता ठोकप्रसाद सिवाकोटी, सञ्जीवराज रेग्मी र चन्द्रकान्त खनालले बहस गर्नुभएको थियो ।
पर्खाल भत्काएर पार्टीको आदेश पालना गर्छु : वालकृष्ण ढुंगेल
यसैवीच एमाओवादीका पूर्वसभासद वालकृष्ण ढुंगेलले अदालतमा परेको यो रिट आफ्नो विरुद्ध नभएर सैद्धान्तिकमात्र भएको बताउनुभयो । आफूलाई पार्टीले उमेद्वार नै नबनाइसकेको हुनाले आफ्नो बारेमा कानूनले रोक लगाउने नलगाउने चर्चा गर्ने बेला नआएको उहाँले बताउनुभयो । ‘सर्वाेच्च अदालतले त्रिकालदर्शी भएर अन्तरिम संविधान र शान्ति सम्झौताको मर्म विपरीत काम गर्‍यो भने संविधानसभाको चुनाव सार्थक एवं सफल हुन सक्दैन ।’ ओखलढुंगा २ बाट प्रत्यक्षतर्फ उमेद्वारको सिफारिसमा पर्नुभएका ढुंगेलले अनलाइनखबरसँग भन्नुभयो, ‘राज्यसमितिले सिफारिस गरे पनि पार्टी केन्द्रले मलाई उमेद्वार बनाइसकेको छैन, पार्टीले उठ् भन्यो भने पार्टीको आदेशको पालना गर्दै म कुन पर्खाल तोड्नुपर्ने हो, तोड्छु ।’ तर, पार्टीले उमेद्वार नबन् भन्यो भने इमान्दार सिपाहीको हैसियतले उमेद्वार नबन्ने उहाँले बताउनुभयो ।
ज्यान मुद्दामा सजायँ सुनाइए पनि कारवाही नभएको भन्दै विवादमा तानिँदै आउनुभएका ढुंगेलले अब संविधानसभाको उमेद्वार बन्न नमिल्ने सर्वोच्च अदालतको आदेशबाट प्रष्ट भएको अधिवक्ता दिनेश त्रिपाठीले अनलाइनखबरसँग भन्नुभयो । तर, अग्नी सापकोटाको हकमा भने उहाँविरुद्ध अन्तिम फैसला नभएको हुनाले उहाँको हकमा अध्यादेशको बन्देज नलाग्ने त्रिपाठीको भनाइ छ । source onlinekhabar

यस्तो छ सर्वोच्चको आदेश
court-order
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, September 26, 2013

बाँदरले महिला पत्रकारको टेलीभिजनमा समाचार भन्दा भन्दै स्तन च्याप्पै समायो टेलीभिजन हेर्नेलाई लाज (भिडियो सहित )

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

                                        भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
नेपालका बाँदरले गाउँघरतिर खेतबारीका बालीनाली चोरेर हैरान बनाउँछन् त सहरतिर पनि मान्छेलाई दुख दिन्छन् । तर अहिलेसम्म नेपालका बाँदरले युवतीका वक्षस्थल ताकेको घटना सुन्न पाइएको छैन । नेपालका बाँदरले युवतीका वक्षस्थलमा आँखा लगाउने आइडिया नसिकेर के भो ? अमेरिकाका बाँदर भने यो कुरामा पोख्त भैसकेछन् । एक टेलिभिजन पत्रकार युवतीको स्तनमा एउटा बाँदरले हात हालेपछि यो कुरा प्रमाणित भएको छ की अमेरिकी बाँदर अब यौनको मामिलामा मान्छेलाई पनि पछि पार्दैछन् ।
TV1TV1
अमेरिकाको क्यालिफोर्नियास्थित लोडी ग्रेप पर्वको विषयमा टेलिभिजन रिपोर्टको छायांकन गरिरहेका बेला सबरिना रोडि्रगेज नामकी पत्रकार युवतीलाई बाँदरको एक प्रजाति बबूनले वक्षस्थलमा समाएको हो ।
फक्स ४० टेलिभिजनमा लाइभ रिपोर्टिङ गरिरहेका बेला बाँदरले एक्कासी आएर आफ्नो दाहिने स्तनमा समाएपछि उनी सुरुमा त झसँग भइन् । तर त्यो दृश्य टेलिभिजनमा समेत लाइभ प्रशारण भैरहेको हुनाले उनी संयमित भइन् । उनले बाँदरले आफ्नो स्तन समाएको कुरालाई ठट्यौली पारामा प्रस्तुत गर्दै भनिन्, ‘उसले पनि केही अनुभव गर्न खोजिरहेको छ।’
TV2TV2
केहीबेर अनुभव लिएर आफ्नो स्तनबाट हात हटाउला भन्ने उनको आशा थियो । तर मिकी नामको त्यो बाँदरले भने मरिगए छोडेन । निकै मज्जा आएको जस्तो गर्दै उसले मुस्कान छरेजस्तो गरी दाँत देखाएर पत्रकार महिलाका वक्षस्थल समाइरह्यो । बाँदरको त्यो बदमासीबाट हार खाँदै ती पत्रकारले आखिर आफ्नो लाइभ रिपोर्टिङलाई विसर्जन गर्नुपर्यो ।
उनले अन्त्यमा भनिन्,’हामी केहीबेरपछि बबूनले किन अंगुर मन पराउँदो रहेछ भन्ने कुराको जानकारी लिएर आउनेछौँ ।’
हुनत त्यो बाँदर आफै ती महिला पत्रकार सँग आएको भने होइन । लाइभ प्रसारणको क्रममा उनले सुरुमा त्यो मिकी बाँदरको परिचय गराउँदै उससँग हात मिलाएकी थिइन् । हात मिलाएपछि त्यो बाँदर उनको पछाडितिर गयो, उनको काँधमाथि हात बढायो र अन्त्यमा उनको दाहिने वक्षस्थल च्वाप्पै समायो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

हेर्नुहोस आफ्नै देसमा दलालले नेपाली चेलीलाई बिदेस पठाउछु भनेर मैनौ दिन सम्म यसरि थुनेर राखियो यौटा चेलीले भन्छ होटेलमा लगेर उसले मलाई जाबर जस्ती गैर राक्सि खुवायो उसले पनि खायो म मा ते पछी उसले मलाई के के गर्यो मलाई थाहै भयन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

२०२२ बिस्वो कप फुटबल मैदान बनाउन कतारमा गयको नेपाली कामदार दाजु भाइ हरुको बिजोग यस्तो छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

कर्तीना कैफको पहिलो अंग प्रदर्सन यसरि गरेअका थिय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                    भिडियो हेर्न माथि क्लिक गर्नुहोस 

                            Katrina-Kaif-in-Short-Dress-Boom-2003

mqdefault

Katrina-Kaif-Boom-Hot-Photos (16)

Katrina-Kaif-Boom-Hot-Photos (13)


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

लुक्लामा हेलिकोप्टर दुर्घटना, ३ घाइते

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

                                     भिडियो हेर्न माथि क्लिक गर्नुहोस 

१० असोज, काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा बिहीबार बिहान एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्था गम्भीर छ ।
काठमाडौंबाट लुक्लाका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । अवतरणका क्रममा हेलिकोप्टरको पछाडिको पंखा विमानस्थलको बरपर लगाइएको तारको जालीमा छोएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
दुर्घटनामा हेलिकोप्टरका चौरीखर्चका दागेलु शेर्पा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि तारा एयरर्को हेलिकोप्टर काठमाडौं ल्याइसकेको छ । यती माउन्टेनका लाक्पा सोनाम शेर्पा र उनकी श्रीमती अनिता शेर्पा सामान्य घाइते भएका छन् । तीनै जनाको बल्खुस्थित बयोद्या अस्पचालमा उपचार भइरहेको छ ।हेलिकोप्टरमा चालक अरुण मल्ल सदस्यसहित ४ जना थिए

                                                                  भिडियो तल हेर्नुहोस
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, September 25, 2013

पाकिस्तानको भुइँचालोले समुद्रमा टापु निस्कियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


पाकिस्तानको बलुचिस्तानमा मंगलबार गएको भुइँचालोमा परी ज्यान गुमाउनेका संख्या २ सय नाघिसकेको छ । धेरै मानिस घाइते भएका छन् र ठूलो भौतिक क्षति समेत भएको छ । भुकम्पबाट ठूलो जनधनको क्षति त भयो नै अर्को अनौठो घटना समेत भएको छ । पाकिस्तानको यो ७.८ रेक्टर स्केलको शक्तिशाली भुइँचालोका कारण समुद्रमा टापु निस्किएको छ ।sea2


भुकम्पका कारण अरब सागरमा एक टापु निस्किएको घटनाले अहिले विश्वभरनै चर्चा पाएको छ । यो टापुलाई अहिलेसम्म कुनै नाम भने दिइएकेा छैन ।sea1
पाकिस्तानको सबैभन्दा चर्चित बन्दरगाह ग्वादरभन्दा ३५० फिट टाढा अरब सागरमा सागरको बीचबाट एक्कासी उठेकेा टापुको क्षेत्रफल ४० बर्गफिट रहेको बताइएको छ । समुद्रमा यसरी टापु निस्किनु तटीय सहरका लागि खतराको विषय भएको भुगर्भविदहरुले बताएका छन् । यसले समुद्रको सतह वृद्धि गर्ने र आसपासका इलाका डुबानमा पर्नसक्ने खतरा रहेको बताइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

पुरुष गुप्तांग बारे जान्नै पर्ने ५ रोचक तथ्य

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
पुरुषको यौनांग अर्थात् लिंग पुरुष प्रजनन प्रणालीको एक अभिन्न अंग हो । यसको जतन तथा सरसफाइमा गच्छे अनुसार सबैले ध्यान दिएकै हुन्छन् । तर यो अंगका बारेमा केही त्यस्ता गम्भीर विषयहरु छन् जसको बारेमा धेरैलाई थाहा हुँदैन र जानी नजानी हेलचेक्राइ भैरहेको हुन्छ । लिंगबारेका ५ रोचक तथ्य यस्ता छन्-
linga
linga
लिंग भाँचिन सक्छ -

 लिंगमा हाड नहुने भएकाले यो हातखुट्टा जस्तै गरी भाँचिने चाहीँ होइन । तर लिंगमा यस्तो मांशपेशी हुन्छ जो उत्तेजनाका बेला निकै कडा भैदिन्छ र सामानय अवस्थामा निकै फितलो हुन्छ । यस्तो मांशपेशी सरीरको अरु भागमा हुँदैन । सम्भोगका बेला होसियारी नअपनाउने हो भने र जोर जबरजस्ती गर्ने हो भने यो मांसपेशीमा असर पुग्नसक्छ । सम्भोगका बेला मात्र होइन लिंगलाई बढि दबाब पर्नेगरी हस्तमैथुन गर्दा समेत लिंगको मांशपेशी टुट्ने वा फ्याक्चर हुने सम्भावना हुन्छ ।

बढि चिसो पानी लिंगका लागि शत्रु-

 नुहाउँदा बढि चिसो पानीको प्रयोग गर्नुहुँदैन । यसले लिंगको तल्लो भागलाई एक्कासी बढि चिसो बनाउँदछ । यसले अण्डकोषमा समेत नकारात्मक असर पुग्न गई विर्य तथा शुक्रकिटको निर्माण हुने प्रक्रियामा असर पुग्छ । बढि तातो पानीले नुहाउनु वा तातो वस्तु लिंगमाथि राख्नु पनि हानिकारक हुन्छ ।

लिंगको आफ्नै मस्तिष्क हुन्छ-

 यो कुरा अपत्यारिलो लाग्नसक्छ । लिंगको पनि आफ्नै दिमाग होला र ? किन नहुनु । यस्तो दिमाग लिंगमै नहुने भएपनि हाम्रो मस्तिष्कको एक भाग केवल लिंगसँग मात्र सम्बन्धित हुन्छ । अर्थात् पुरुषको मस्तिष्कमा एक भाग लिंगको निजि भागको रुपमा रहेको हुन्छ । यहीँ भागले लिंगको क्रियाकलाप नियन्त्रण गरिरहेको हुन्छ । यहीँ भागले लिंगलाई उत्तेजित गराउने तथा शान्त पार्ने क्रियामा भूमिका खेल्छ ।
सामान्यतया जब व्यक्तिमा उत्तेजना वा यौनेच्छा पैदा हुँदैन तब लिंगमा कडापन आउँदैन । वयस्क व्यक्तिमा लिंग उत्तेजित हुनु अनिवार्य विषय हो । यदि तपाइँको लिंगमा कडापन आउँदैन भने बुझ्नुहोस् तपाइँमा कुनै समस्या छ । यो गम्भीर कुरा हो । यो समस्यालाई इरेक्टाइल डिसफंक्सन भनिन्छ । त्यसैले यसको समयमै उपचार आवश्यक हुन्छ ।

लिंग बढि बांगो हुनु पनि एक रोग हो

। यसलाई पेरोनी भनिन्छ । यो रोग लागेका मान्छेको लिंग बढि बांगो हुनेमात्र होइन उत्तेजनामा समस्या आउनुका साथै पोल्ने, कत्ला आउने जस्ता समस्या देखा पर्छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यो भिडियो हेर्नुस्त तँपाई हाँसेको हाँसेई गर्नुहुन्छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथि क्लिक गर्नुहोस 


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

केन्याको यक ठुलो सपिङसेन्टरमा आतंककारीको आक्रमणमा परि ६७ जनाको हत्या गरियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
   भिडियो हेर्न माथि क्लिक गर्नुहोस 







भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

कक्षा १२ को परीक्षाफल भर्खरै मात्र पराकसित भयो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, आश्विन ९ - उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षाफल बुधबार प्रकाशित भएको छ  मानविकी र व्यवस्थापनमा यसवर्ष नियमिततर्फ ३८ दशमलव ६३ प्रतिशत उत्तीर्ण भएका छन् । आंशिकतर्फ ३१ प्रतिशत उत्तीर्ण भए ।
परिषद्ले यसअघि नै विज्ञान विषयको परीक्षा प्रकाशित गरिसकेको थियो
।परीक्षाफल हेर्नको लागि  उच्च माध्यमिक शिक्षा परिषद्को वेबसाइट hseb.edu.np र नेपाल टेलिकमको वेबसाइटमा ntc.net.np हेर्न सकिनेछ यो साइट खुले पछी खुलेको बक्समा आफ्नो सिम्बोल नम्ब टाइप गरि इन्टर गर्नुहोस आफ्नो रिजल्ट पाउनु  हुनेछ गर्निउहोस 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

केटा नपाय पछी डर लाग्दो सिंह सँग स्तो मस्ती गरे यक महिलाले

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                 भिडियो हेर्न माथि गर्नुहोस

देख्दै डरलाग्दो, एक क्विन्टल भन्दा पनि बढि तौलको, झम्टेला की भन्ने जस्तो । सेतो खैरो रंगको सिंहलाई देख्दा जो कोहीको पनि आङै सिरिंग हुन्छ । तर ३१ वर्षकी एक युवती भने त्यो सिंहसँगै हेलमेल गरिरहन्छिन् । उसलाई अँगालो हाल्छिन्, अँगालो हाल्न दिन्छिन् । डेढ वर्ष उमेरको त्यो टिम्बा नामको सिंह एन्नेल स्नेम्यानका लागि साँच्चीकै साथी जस्तै भएको छ ।
lion1lion2
दक्षिण अपि|mकाको वाटरवर्ग क्षेत्रमा युवती र उनको सिंहबीचको दोस्ती देख्दा जो कोहीपनि अचम्ममा पर्छन् । गएको वसन्त ऋतुमा सानो डमरुलाई घरमा ल्याएर पालेकी एन्नेलले त्यसको नाम टिम्बा राखिन् । अहिले त्यो डमरु बडेमाको सिंह बनिसकेकेा छ । एन्नेल र टिम्बाको असाधारण जोडी अहिले धेरैका लागि आश्चर्यको विषय बनिरहेको छ ।
lion2lion1
गेष्ट हाउस संचालन गरेकी एन्नेलले केवल यो टिम्बा मात्र पालेकी छैनिन् । उनले धेरै बिराला, चिताको डमरु, पाँचवटा सिंह तथा चितुवा समेत पालेकी छिन् ।
टिम्बाले दिनको ४ किलो मासु खान्छ र त्यसलाई पाल्नु निकै महंगो छ । तर ती जनावर प्रेमी महिलाले ठूलै खर्च गरिरहेकी छिन् । त्यो हिंश्रक जिवले कुनैदिन आक्रमण पनि गर्न सक्छ तर उनलाई त्यसकेा कुनै परवाह छैन । एन्नेलको जिवनमा टिम्बा यति नजिक भैसकेको छ की ऊ एन्नेलको ओछ्यानमा समेत सँगै सुत्छ कहिलेकाहीँ ।lion3
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

मोबाइल नेटवर्कले नै काम गर्न छोड्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
लहान, असोज ८ गते । सिरहाको पूर्वी सिमाना र भारतीय सिमामा अवस्थित रहेको ठाडी वजारमा एनटिसी र एनसेल कुनै पनि मोवाईलको नेटवर्क काम नगर्दा ईनर्वा गाविसमा पर्ने ठाडी वजारका ७ र ८ वाडाका स्थानीयवासीहरु सास्ती खेप्न वाध्य भएका छन  । संचार,  शिक्षा, व्यापार र सिमाना अतिक्रमणको समस्यावाट समेत ठाडी वासी पिडित रहेको धारणा राजनितिक दलका नेताहरु समक्ष चुनावको मुखमा दर्शाउन थालेका छन ।  
    ठाडी वजारका स्थानीय व्यापारीहरुले नेटवर्कको समस्या खेपीरहेको स्थानीयवासीहरुले कैयो पटक सम्वन्धित निकायमा जानकारी गराउदा पनि समस्या जिउँको तिउँ रहेको छ । मोवाईल सम्पर्कको लागि वजारवाट एक किलोमिटर उत्तरमा गएर सम्पर्क गर्नु परिरहेको लहान क्याम्पसमका प्रध्यापक कन्हैया भट्टले जानकारी दिनु भयो । उहाँको अनुसार भारतीय सिमानामा रहेको ठाडी वजारका व्यापारीदेखि सर्वसधारणसम्म मोवाईलको समस्या मात्रै होईन अन्य सेवा सुविद्यावाट समेत वञ्चित रहेका छन  । 
    स्थानीय शिवजी मण्डलका अनुसार नेपालको नागरिकता हामीसंग भएपनि ९० प्रतिशत ठाडी वासीहरु भरतीय रुपैयाँको कारोवार गर्छ भन्ने हरेका सम्मान खरिद विक्री हुँदा भारतीय रुपैयाँमा नै हुने गरेको छ । ठाडी वजारमा रहेको निम्न माध्यमिक विद्यालयमा विद्यार्थीहरु भर्ना रहेपनि   पढन भरतीय लौकहा वजार नै जाने गरेको छ । अधिकांश विद्यार्थीहरु नेपाली भाषा भन्दा हिन्दी भाषा नै वढी वाृेल्ने गरेका छन । ठाडी वजारका व्यापारीहरुले राजश्व कार्यालयमा कर  तिरेपनि सुपारी लगायत अन्य समानहरु नेपाल प्रहरीले ल्याउन नदिदा वजारको व्यापार चौपट्ट नै भएको छ । 
    ठाडी वजारमा माँ दुर्गा क्लवले आफनै सिमामा बनाएको कलभर्ट भारतीय पक्षले अतिक्रमण्म गर्दा पनि यस क्षेत्रका नेताहरुलाई जानकारी गराउदा पनि कसैले पनि मुख नखोल्नु विडम्वना भएको ईनर्वा गाविसका पूर्व अध्यक्ष धनेश्वर यादवले बताउनु भयो । उहाँले चुनावको वेला मात्रै गाँउ पस्ने नेताहरुलाई यस पाली ठाडी वजारको विकासको लागि साझ प्रतिवद्धता जनाए मात्रै गाँउ पस्न दिने तयारी गरिरहेको यादवले बताउनु भयो ,।  
    एमाओवादीका सिफारिस उम्मेदवार जितेन्द्र कुमार यादव  प्रचार प्रसारमा ठाडी वजार पुग्दा स्थानीयवासीहरुले भेला भएर पिडा पोख्दै भन्नु भयो – चुनावमा तपाईहरु मात्रै आउनुहुन्छ अरु वेला अनुहार नै देख्दिन । गएको संविधान सभामा यहि गाविसका गाविस अध्यक्ष समेत रहनु भएका राजलाल यादव सभासद भएपनि हाम्रो समस्या समाधान भएन । ठाडीका व्यापार प्रवर्धन लगायत अन्य कामा ध्यान दिनु भएन । तपाईले गर्नु होला के ग्यारेण्टी भन्ने प्रश्न स्थानीयवासीहरुले एकै स्वरमा तेर्साउनु भयो । 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, September 24, 2013

अख्तियारले खल्लो बनायो आयल निगमका हाकिमहरुको दसैँ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
८ असोज, काठमाडौं । जब दशैंको मौसम आउँछ, आयल नियमका हाकिमदेखि सामान्य कर्मचारीसम्म खुशीको दिन शुरु हुन्छ । राष्ट्रको ढिकुटीबाट अनुदान लिएर पनि घाटामा चल्ने गरेको निगममा दशैं लागेपछि महिला कर्मचारीलाई साडी चोलो र पुरुषलाई दौरासुरुवाल, सर्ट पाइन्टदेखि लिएर मासुभातमा लाग्ने खर्चपर्चसमेत बोनसका रुपमा वितरण गरिँदै आएको छ । तर, यसपालिको दशैंमा भने निगमका ठूला हाकिमहरुले अख्तियारको हिरासतमा दशैं मनाउनुपर्ने भएको छ ।
लगातार घाटामा रहेको नेपाल आयल निगमले अनियमित तरिकाले बोनस बाँडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालसहित चार उच्च अधिकारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कार्यकारी निर्देशक अग्रवाल, निर्देशक नागेन्द्र साह, प्रबन्धकद्वय कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्ले रहेका छन् ।
निगमले ०६५ सालमा भएको नाफावापतको बोनस हालै वितरण गरेको समाचार सार्वजनिक भएको थियो । निगमले ०६५ सालमा नाफा भएको भनिएको रकमबाट बोनस वितरण गरे पनि निगम कुल सञ्चित मुनाफाको अवस्थामा नपुगेसम्म बोनस वितरण नगर्न अख्तियारले ०६५ सालमा नै निर्देशन दिएको थियो ।
निगम सञ्चालक समितिको ०६७ साउन ५ को बैठकले निगमको कुल सञ्चित नोक्सानीको पूर्ति गरी सञ्चित नाफाको अवस्थामा नपुगेसम्म बोनस वितरणको कार्य रोक्ने निर्णय गरेको थियो । तर, सञ्चालक समितिको निर्णय विपरीत निमित्त कार्यकारी निर्देशकसमेतको निर्णयबाट ०६५ सालको नाफा भन्दै बोनस वितरण गरेकाले अनुसन्धानका क्रममा निगमका अधिकारीहरुलाई हिरासतमा लिइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बताउनुभएको छ ।
अख्तियारले निगमका काठमाडौं स्थित कर्मचारीलाई हिरासतमा लिए पनि बिराटनगरलगायतका क्षेत्रीय कार्यालयहरुमा पनि निगमलाई घाटा लगाएर कर्मचारीलाई पैसा र लत्ताकपडा बाँड्ने प्रचलन यथावत छ ।स्रोत :onlnekhabar 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यौन क्रिडा बढाउन भियग्रा ट्याब्लेट खाँदा लिंगनै काट्नु पर्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
तन बुढो भएपनि मन बुढो हुँदैन भन्ने ठिकै रहेछ । ६६ वर्षको उमेरमा समेत मानिसलाई तन्नेरीको जोस देखाउने भुतले समात्दो रहेछ र उस्तै यौन आकांक्षा हुँदो रहेछ । उमेर घर्किएपछि तन्नेरीमा जस्तो जोस कहाँ हुन्छ र ? तरपनि एक वृद्धले प्रसस्तै यौनवर्धक औषधी भियग्रा खाएर आफ्नी गर्लफ्रेण्डसँग रासलीला गर्ने प्रयास गरे । तर विचरा उत्तेजना ल्याउनका लागि खाएको भियग्राले उनको पुरुषत्व सधैका लागि गुम्यो, अर्थात् डाक्टरले उनको लिंग नै काटेर फालिदिनुपर्यो ।viagra
viagra
कोलम्बियाका एक वृद्धको दुखद कहानी हो यो । पर्याप्त उत्तेजना भरेर गर्लफ्रेण्डसँग यौनक्रिडा गर्ने र गर्लफ्रेण्डलाई आफु जोसिलो तरुनो भएको भान पार्ने उद्धेश्यका साथ आवश्यकता भन्दा धेरै भियग्रा सेवन गरेका ६६ वर्षीय जेन्टिल रामिरेज पोलानिया नामका वृद्धलाई भियग्राले पार्नु फसाद पार्यो । भियग्राको सेवनपछि उनको लिंग उत्तेजनामा त आयो नै तर त्यस्तो उत्तेजना यौन सम्पर्कपछि पनि घटेन । धेरै दिनसम्म उनको लिंग उत्तेजित भइरह्यो र लिंगले शान्त हुनै मानेन । उनको गुप्तांग निकै दुख्यो पनि । अनि उनी अस्पतालमा जचाउन गए ।
शनिवार साँझ ७ बजे भियग्रा खाएका उनको नौ बजेदेखि नै लिंग सहनै नसक्ने गरी दुख्न थालेछ । उनी ९ बजेर छिमेकी गुहारेर अस्पताल पुगे । तर अस्पतालमा डाक्टरहरुले आफै ठीक भैहाल्छ भनि उनलाई फर्काए । तर घर आएपछि पनि उनको गुप्तांगको उत्तेजना र दुखाइ कम भएन । धेरै दिनसम्म स्थिति उस्तै भएपछि उनले अर्को अस्पतालमा जँचाउन गए । त्यहाँका डाक्टरहरुले भियग्राको अत्यधिक डोजका कारण लिंगको स्नायु र मांशपेशीमा समेत असर पुगेको र त्यस्तो असर सरीरका अरु भागमा समेत फैलिने खतरा रहेको भन्दै अब लिंग काटेर फ्याँक्नुको कुनै विकल्प नरहेको बताए । त्यसपछि डाक्टरहरुले शल्यक्रिया गरी उनको लिंग काटेर फ्याँकिदिए । साथै डाक्टरहरुले अब कहिल्यैपनि भियग्रा नखान उनलाई सल्लाह दिए । अहिले ती वृद्धको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइएको छ ।source :onlin khabr 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

प्रचण्डकी छोरी र गणेशमानका छोरावीच भिडन्त

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
७ असोज, काठमाडौं । उपत्यकाका तीन जिल्लामा १५ वटा निर्वाचन क्षेत्रहरु छन् । मुलुकको प्रशासनिक केन्द्र भएकाले यहाँ हुने निर्वाचनमा देश-विदेशको चासो हुनु स्वाभाविकै हो । चासो मात्रै होइन, उपत्यकाको चुनाव निकै रोचक पनि हुने गर्छ । यसपालिको चुनावमा प्रचण्डकी छोरीले गणेशमान सिंहका छोरासँग भिड्ने तयारी गरेर अर्को रोमान्स थप्न लागेकी छन् ।prakashman-singh-ra-renu-da
विगतको चुनावमा एमाले महासचिव माधव नेपाल र एमाओवादीका झक्कुप्रसाद सुवेदीको भीडन्तले उपत्यकाको चुनावलाई निकै रोचक बनाएको थियो । त्यसैगरी प्रचण्डले काठमाडौंमा जित्लान् या हार्लान् भन्ने प्रश्नले पनि अघिल्लो चुनाव निकै रोचक भएको थियो । परिणाम आउँदा १६ सीटमा तालमेल गर्ने भनेको एमाले शुन्यमा झरेपछि अर्को रोचकता थपियो उपत्यकाको चुनावमा ।
prakashman-singh-ra-renu-da
यसपालिको चुनावमा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहका छोरा र एमाओवादी अध्यक्ष प्रचण्डकी छोरीवीच चुनावी प्रतिश्पर्धा हुने सम्भावनाले उपत्यकाको माहौललाई रोचक बनाउन लागेको छ । कांग्रेसका गगन थापा र एमाओवादीका पासाङको भीडन्त भएमा यो अर्को रोचकपन हुनेछ । भक्तपुरमा बिजुक्छेलाई हाँक दिइरहेका एमालेका युवा नेता महेश बस्नेतले पनि अर्को रोचकपन थप्दैछन् । पहिले शुन्य भएको एमालेले कति सीट ल्याउने हो, यो अर्को चासो छँदैछ मतदाताहरुमा । त्यस्तै पूर्वमेयर केशव स्थापितले विगतका आफ्नै कार्यकर्ता हिमाल शर्मासँग चुनाव लड्ने सम्भावना बढेको छ ।

प्रकाशमानसँग रेणु र सपना

काठमाडौं क्षेत्र नं १ मा ०६४ को चुनावमा गणेशमानपुत्र प्रकाशमानसिंहले विजय हासिल गर्नुभएको थियो । कांग्रेसले यसपटक पनि काठमाडौं १ मा प्रकाशमानलाई नै उमेद्वारी दिने लगभग निश्चित भएको छ । प्रकाशमानसँग भिडाउन एमाओवादीले प्रचण्डकी छोरी रेणु दाहाललाई उमेद्वार बनाउने सिफारिस गरेको छ । काठमाडौं १ मा एमालेले पनि महिलालाई नै अघि सारेको छ । पूर्व सभासद् एवं अधिवक्ता सपना मल्ल प्रधानको नाम एमालेले काठमाडौं १ का लागि सिफारिस गरेको छ । अघिल्लो चुनावमा यो क्षेत्रमा प्रकाशमानको मत १३ हजार खसेको थियो भने एमाले नेता प्रदीप नेपालको ६७ सय र एमाओवादीका राममान श्रेष्ठको ४८ सय मत झरेको थियो ।

माधव नेपाल र झक्कुको दोस्रो भिडन्त

काठमाडौं क्षत्रे नं २ मा यसपटक पनि एमालेका माधव नेपाल र एमाओवादीका झक्कु सुवेदीवीच प्रतिश्पर्धा हुने संकेत देखिएको छ । अघिल्लो  चुनावमा झक्कुको १३ हजार मत आएको थियो भने माधव नेपालको १२ हजार । यसपालि यो परिणाम उल्टिने एमाले नेताहरुको अनुमान छ । तर, कांग्रेसले पनि यो क्षेत्रबाट ११ हजार मत ल्याएको थियो । कांग्रेसले पनि पुरानै उमेद्वार दीपक कुइँकेललाई उभ्याउने भएको छ ।
काठमाडौं ३ मा एमालेले पुरानै उमेद्वार रामेश्वर फुँयाल र कांग्रेसले पनि पुरानै चक्रबहादुर ठकुरीलाई उठाउने सिफारिस गरेको छ । ०६४ को चुनावमा कांग्रेसका ठकुरीले १२ हजार मत ल्याएर जितेका थिए भने दोस्रो हुने एमालेका फुँयालले ९ हजार मत ल्याएका थिए ।  यसपालि एमाले फुयाललार्इ नै उठाउने तयारीमा छ भने एमाओवादीले मजदुर नेता गणेश रेग्मीको नाम अगाडि सारेको छ ।
काठमाडौं ४ मा भने भाले भीडन्त हुने सम्भावना छ । एमाओवादीले जनयुद्धका कमाण्डर नन्दकिशोर पुन पासाङको नाम अगाडि सारेको छ भने कांग्रेसले चर्चित युवा नेता गगन थापाको नाम सिफारिस गरेको छ । पहिले माओवादीका पवनमान श्रेष्ठले यो क्षेत्रबाट तेस्रो स्थानमात्रै हासिल गरेका थिए । एमाले नेतृ विद्यादेवी भण्डारीले यो क्षत्रेमा कांग्रेस नेतृ सुप्रभा घिमिरेबाट हार व्यहोर्नुपरेको थियो ।
काठमाडौं ५ मा पहिले जितेका कांग्रेसका नरहरी आचार्यसँग एमाले महासचिव ईश्वर पोखरेलले प्रतिश्पर्धा गर्ने सम्भावना छ । पहिले आचार्यसँग पोखरेलले ४ हजार मतान्तरले हार व्यहोर्नुपरेको थियो । पहिले तेस्रो स्थानमा रहेको एमाओवादीले यसपटक नयाँ अनुहारका महेन्द्र श्रेष्ठको नाम अगाडि सारेको छ ।

केशव स्थापितसँग हिमाल शर्मा

काठमाडौं ६ मा पहिलो चुनाव जितेका हितमान शाक्य वैद्यपक्षमा लागेपछि यसपटक एमाओवादीले विद्यार्थी नेता हिमाल शर्माको नाम अगाडि सारेको छ भने एमालेले पूर्वमेयर केशव स्थापितको नाम चर्चामा ल्याएको छ । कांग्रेसले पहिले हितमानसँग झिनो मतले पराजीत भीमसेनदास प्रधानलाई नै उभ्याउने भएको छ ।काठमाडौं ७ मा एमाओवादीले पहिले जित्ने हिसिला गमीकै नाम अघि सारेको छ भने कांग्रेसले विजय माली र एमालेले रामवीर मानन्धरको नाम अगाडि सारेको छ ।
काठमाडौं ८ मा कांग्रेसले पहिले जितेका नविन्द्रराज जोशीलाई नै उभ्याएको छ भने एमाओवादीले पूर्वमहान्यायधिवक्ता मुक्ति प्रधान र एमालेले पुरानै उमेद्वार अष्टलक्ष्मी शाक्यलाई उभ्याएको छ । यो क्षेत्रमा अघिल्लो चुनावमा एमाले दोस्रो र एमाओवादी तेस्रो स्थानमा थियो ।काठमाडौं ९ मा अघिल्ल्ो चुनावमा विजय हासिल गरेका कांग्रेसका ध्यान गोविन्द रञ्जितसँग एमाओवादीका देवेन्द्र पौडेलले प्रतिश्पर्धा गर्ने तयारी छ । अघिल्लो चुनावमा दोस्रो स्थान ल्याएका माइला लामा यतिबेला वैद्य माओवादीतिर लागेका छन् । ०६४ मा तेस्रो स्थानमा आएका एमालेका कृष्णगोपाल श्रेष्ठ यसपालि पनि यही क्षत्रेका प्रतिश्पर्धी बन्दैछन् ।
काठमाडौं १० मा एमाओवादीले अघिल्लो चुनावमा जस्तै प्रचण्डलाई नै उमेद्वार बनाउने तयारी छ । प्रचण्डसँग कांग्रेसका पुरानै उमेद्वार राजेन्द्रकुमार केसीले प्रतिश्पर्धा गर्दैछन् भने एमालेले सानुकुमार श्रेष्ठलाई झिकेर रामकृष्ण दुवाललाई प्रचण्डसँग भिडाउने तयारी गरेको छ ।

ललितपुरमा एमाओवादीका नयाँ

अघिल्लो चुनावमा वर्षमान पुन र पम्फा भुसाललाई जिताएको ललितपुरमा यसपालि एमाओवादीले नयाँ अनुहार अघि सारेको छ । ललितपुर १ मा कांगेसका उदयसमशेर राणा र एमालेका मधुसुदन पौडेलसँग एमाओवादीका हरि दाहाल भिड्दैछन् भने २ नम्बर क्षेत्रमा एमालेका पुराना नेता कृष्णलाल महर्जन र कांग्रेसका रामकृष्ण चित्राकारसँग एमाओवादीका दिनेश महर्जनले प्रतिश्पर्धा गर्ने भएका छन् । ललितपुर-३ मा एमालेका रघुजी पन्तसँग कांग्रेसका मदन अमात्य र एमाओवादीका सरोज डंगोलको प्रतिश्पर्धा हुने देखिएको छ । पहिले एमाओवादीले ललितपुरमा ३ वटै सीट जितेको थियो भने २ सीटमा कांग्रेस र एक सीटमा एमाले दोस्रो स्थानमा थिए ।

भक्तपुरमा महेश बस्नेतको हाँक

नेपाल मजदुर किसान पार्टीले एकलौटी जित्दै आएको भक्तपुरमा यसपालि नेमकिपालाई हराउने एमाले नेता केपी ओलीले उद्घोष गर्नुभएको छ । भक्तपुर १ मा कांग्रेसले नेमकिपामा नारयणमान बिजुक्छेसँग गणेशमान चक्रधरको नाम सिफारिस गरेको छ भने बिजुक्छेलाई हराउने उद्घोष गरेको एमालेले मोहनवीर श्रेष्ठलाई र एमाओवादीले सानुबाबु सिलवाललाई सिफारिस गरेको छ । भक्तपुर २ मा एमालेले युवा नेता महेश बस्नेत र कांग्रेसले दुर्लभ थापाको नाम अगाडि सारेको छ भने एमाओवादीले डीपी ढकालको नाम सिफरिस गरेको छ ।
अघिल्लो चुनावमा भक्तपुरको १ नम्बर क्षेत्रमा एमाले चौथो स्थानमा थियो भने हाल महेश बस्नेतले उमेद्वारी दिन लागेको २ नं क्षेत्रमा एमाले तेस्रो स्थानमा थियो । कांग्रेस २ नं क्षेत्रमा दोस्रो र १ नम्बरमा तेस्रो स्थानमा आएको थियो । एमाओवादी एउटा क्षेत्रमा दोस्रो र अर्को क्षेत्रमा चौथो स्थानमा थियो ।

काँग्रेस-एमालेका पुरानै, एमाओवादी नयाँ किन ?

नेपाली काँग्रेसले उपत्यकामा प्रायः जितेकै उम्मेदवारलाई निरन्तरता दिँदा नतिजा आफ्नो पक्षमा आउने विश्वास गरेको छ । जितेकै उम्मेदवारलाई उठाउँदा पार्टी कार्यकर्ताको मनोवल जित्नेतर्फ उदत्त हुने भएकाले चुनावी प्रचार-प्रचारमा सजिलो हुने र जनताको मत सजिलै जित्न सकिने काँग्रेसको दावी छ । यस्तै नेकपा एमालेले पनि केही क्षेत्रमा बाहेक अन्य क्षेत्रमा पुरानै उम्मेदवारलाई उठाउने तयारी छ ।
०६४ सालको निर्वाचनको माहौल र अहिलेको माहौल फरक रहेकाले आफ्नो पुरानै उम्मेदवारले जित्ने सम्भावना बढेको एमालेको दावी छ । तर केहीसमय मोहन वैद्य नेतृत्वमा बरिष्ठ नेताहरुसहित एमाओवादीवाट अलग्गिएर गएपछि एमाओवादीले भने उपत्यकामा नयाँ उम्मेदवार ल्याएको छ । उसले बरिष्ठ नेतालाई पराजय हुनवाट रोक्नमा ध्यान दिएको बताइन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

साथीहरुको झगडा छुट्याउन खोज्दा मारिए मलेसियामा यक नेपाली

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
८ असोज, क्वालालम्पुर । आफ्नै साथीहरुवीचको झगडा रोक्न खोज्दा मलेसियामा एक नेपाली मजदुरले ज्यान गुमाएका छन् ।क्वालालम्पुरको हुलु सेलेङ्गरमा सोमबार बिहान भएको घटनामा ३० बषिर्य नेपाली पतिराम राधको निधन भएको मलेसियन दैनिक पत्रिका न्यू स्ट्रेट टाइम्सले जनाएको छ ।
कम्पनीमा सँगै काम गर्ने दुई नेपाली साथीहरु झगडा गरेपछि उनले छुट्टाउने कोसिस गरेका थिए । तीमध्येका एकले स्टीलको मोडेको जुत्ताले छातीमा प्रहार गरेका थिए ।उपचारका लागि अस्पताल लैजादै गर्दा उनकोबाटोमै निधन भएको थियो ।स्थानीय प्रहरीले उनमाथि आक्रमण गर्ने र झगडामा संलग्न तीन जना नेपालीलाई पक्राउ गरेको छ । उनीहरुलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाउने प्रहरीले जनाएको छ । स्रोत : onlinekhabar
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला