Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, July 27, 2013

खोई श्रीमान् ?

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, श्रावण १२ - शीला र दीपकको भेट दिल्लीमा भयो । दीपक दिल्ली, सालीमारबाघमा काम गर्थे । शीला बुवा-आमासँग बस्थिन् । आफन्तकहाँ आउँदा-जाँदा उनीहरूको चिनजान भएको थियो । चाँदनी-७, कञ्चनपुरकी शीला सुनार र बाजुरा बारबिसका दीपकको भेट बाक्लिँदै गयो । उनीहरूले आफ्नै राजीखुसीले विवाह गरे ।
विवाहको २ वर्षमा छोरा जन्मिएपछि परिवारमा अर्को खुसी छायो । ३ वर्ष उनीहरू हाँसीखुसीले बसे । दीपकको मासिक ८/१० हजार (भारु) ले परिवारको गुजारा गतिलै चलेको थियो । एक दिन दीपकले भाइ (साला) बिरामी छ भनेर शीलालाई माइती पठाए । त्यतिखेर डेंगुको प्रकोप थियो । उनी हानिएर माइती गइन् । भाइ बिरामी थिए, भेटिन्, बसिन् । दीपकले चाँडै लिन आउँछु भनेका थिए, तर आएनन् । दीपक जहाँ चौकीदारी र गाडी सफाइको काम गर्थे, शीला त्यहीं घरमा पुगिन् । मालिकले उल्टै शीलालाई सोधे, खोई दीपक ?
प्रवासी नेपालीको एक संस्थामा आएकी उनले सुनाइन्, 'ऊ कसरी भेटियोस्, अर्कै केटीसँग फसेर मलाई छोडेर भागेको पो रहेछ ।'
२ वर्ष भयो दीपक नफर्केको । एकपटक आफन्तकोमा भेट हुँदा उनी तुरुन्तै त्यहाँबाट निस्किएछन् । शीला फेरि दिल्लीसँग जोडिइएको गाजियाबाद (उत्तरप्रदेश) को शालिमार गार्डेनमा फर्किन् आमा-बुवासँग बस्न । उनी अर्काको घर (कोठी) मा भाँडा माझ्ने, कपडा धुने, झाडु लगाउने गरेर जीविकोपार्जन गर्दै छिन् । 'उसको पहिला अर्कोसँग पनि विवाह भएको रै'छ, आफूलाई केही थाहा भएन, फसियो,' उनले भनिन् ।
उनी आफन्तको सहयोगमा प्रहरीमा पनि पुगिन् । कुनै प्रहरीले श्रीमान् खोजेर ल्याऊ, कारबाही गर्छु भनेछन् । कुनैले यो दिल्लीको केस हो गाजियाबादले हेर्दैन भनेछन् । 'कसैले के भन्छन्, कसैले के ?' उनी भन्छिन्, 'खोज्न नसकेर त्यत्तिकै बसेकी छु ।'
दिल्ली र आसपास गाजियाबाद, गुडगाउँमा अर्को विवाह गर्दै श्रीमती छाडेर भाग्नेहरू अरू पनि छन् । कतिले श्रीमान् छाडेर हिँडेका पनि छन् । स्थानीय 'आँचल च्यारिटेवल ट्रस्ट'मा कार्यरत कमलराज गिरी आफूले करिब ५० वटा यस्ता मुद्दाहरू भेटेको सुनाउँछन् । 'दोस्रो विवाह, जाँड, रक्सी, जुवा-तास, घरायसी झगडा, शंका-उपशंकाले यस्ता घटना वृद्धि भएका छन्,' आफैंले दुई विवाह गरेका ३५ वर्षे गिरी भन्छन्, 'मैले त १५ वर्षसम्म सन्तान नभएर गरेको हुँ तर यहाँ एउटालाई छाड्दै अर्को विवाह गरेका घटना छन् ।'
शीलाकी बहिनी बिना पनि श्रीमान्सँग छैनन् । विवाह गरेको ३ वर्ष भयो अनि श्रीमान्सँग छुट्टिएको एक वर्ष । उनी पनि गाजियाबादमा माइतीमा छिन् । आमा पवीलाई दुई छोरीको चिन्ता परेको छ । 'अहिले त हामीले हेरौंला, भोलि कसले हेर्छ ?' उनी भन्छिन् ।
गाजियाबादमा भेटिएकी शान्तिको व्यथा पनि उस्तै छ । आफैं विवाह गरेकी शान्ति श्रीमान्सँग बरेलीमा बसिन् । २ छोरी छन् । उनी दिल्ली आएको ११ महिना भो । दिल्लीमा पति भरत पार्की चौकीदारी गर्थे । 'सुतेकै बेला भागेर गए, एकपटक फोन र एकपटक भेट भो तर फर्केनन्,' माइतीमा बसेकी शान्ति भन्छिन्, 'उसले लिएको क्रृण तिर्न मैले चौकीदारीसम्म गर्नुपर्‍यो ।'
प्रवासी भूमिमा एकले अर्कोलाई छाडेर भाग्ने समस्या कसरी हटाउने भन्ने चिन्ता नेपाली समुदायमा उत्तिकै छ । 'यहाँ आएर श्रीमान्ले अर्की केटी र श्रीमतीले अर्को केटो लिएर हिँडेका पनि छन्,' गुडगाउँमा भेटिएका एक अनलाइनसम्बन्धी स्टोरका इन्चार्ज मोहन थापाले भने, 'एक भारतीय, जसले नेपालीलाई सहयोग गर्थे, उनले तिमीहरू किन यस्तो रोक्ने कार्यक्रम ल्याउँदैनौ भने ।' एक मेडिकल र्फममा कार्यरत पाल्पाका गणेश थापाले सुनाए, 'यस्ता समस्याहरू धेरै छन्, कसले सुन्ने ? ।'
प्रकाशित मिति: २०७० श्रावण १२ १२:१५
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

हेर्नुस केटि पट्याउने तरिका

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

विदेशबाट फर्कंदा श्रीमती अर्कैसँग

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 Love Couple Young Wallpaper | Get Love Couple Young Wallpaper | Free Love Couple Young Wallpaper, Photos, Background, Pictures १२ साउन । विदेशमा दुःख गरेर कमाएको रकमले स्वदेश फर्किएपछि परिवारसँग रमाइलो गर्ने चाहना बोकेर घर फर्किने थुप्रै युवाहरू यतिबेला नरेश र रमेशकै नियति भोगिरहेका छन् । पछिल्लो पटक मलेसियाबाट फर्कनु एक साताअघि नरेशले आफूले कमाएको सबै रकम श्रीमतीलाई पठाए । उनले नेपाल आउनुभन्दा अघिल्लो दिन घरमा फोन पनि गरे । फोनमा श्रीमतीले ‘तीन–चार दिन काठमाडौंमा बसेर आउँदा हुन्छ’ भन्ने जवाफ दिइन् ।
तर, नरेशलाई के थाहा, प्राणभन्दा प्यारी श्रीमतीले अर्को राजकुमार रोजिसकिन् भन्ने । डेढ वर्षकी छोरी छाडेर विदेश गएका नरेश घर फर्कंदा न श्रीमती घरमा थिइन्, न त छोरी नै । सात महिनाकी गर्भवती उनले छिमेककै भतिजा भन्दै आएको आफूभन्दा तीन–चार वर्ष कम उमेरका पुरुषसँग विवाह गरेकी हो ।
पछिल्ला दिनमा आपू्कले मेहनत गरी कमाएर पठाएको ४ लाख रुपैयाँ र छोरी फर्काउन माग गर्दै नरेश हिजोआज दैनिक महानगरीय प्रहरी परिसर ललितपुरको महिला सेल धाइरहेका छन् । नरेशको झन्डै सात वर्षअघि प्रेमविवाह भएको थियो । एउटै गाविसमा घर रहेकाले नरेशको तीनबर्से प्रेम सम्बन्ध विवाहमा परिणत भएको थियो । छोरी डेढ वर्ष भएपछि आफ्ना बाबुलाई श्रीमती र छोरीको जिम्मा लगाएर उनी वैदेशिक रोजगारीमा गएका थिए । श्रीमती पनि गाउँकै एउटा विद्यालयमा कार्यरत रहेको महिला सेलमा कार्यरत प्रहरीहरू बताउँछन् । फोनमा दैनिक कुरा हुने र पैसा पनि नियमित पठाएकाले सम्बन्धमा कुनै किसिमको समस्या नभएको नरेशले बताउँदै आएका छन् । ‘घर फर्कनुअघिका दिनमा पनि सधैंजस्तो सामान्य कुराकानी नै भएको थियो,’ उनको भनाइ उद्धृत गर्दै परिसरका एक प्रहरीले भने ।
घर आइपुगेपछि श्रीमतीको खोजी गर्दै आएका उनले फोनका आधारमा श्रीमती ललितपुरमा भएको पत्तो लगाए र प्रहरी कार्यालयमा उजुरी हाले । इमाडोलमा अर्कै पुरुषसँग बस्दै आएकी आफ्नी श्रीमतीलाई नरेशले फेला पारे पनि उनीहरूको मुद्दा भने मिलिसकेको छैन ।
यस्तै, रमेशको पनि पीडा उस्तै छ । काभ्रे घर भएका उनी सात/आठ वर्षसम्म कतारमा बसेर अघिल्लो महिना मात्र स्वदेश फर्किएका हुन् । रमेश विदेशबाट आएको झन्डै १६ दिनपछि उनकी श्रीमती घरको लालपुर्जा, सुनका सबै गरगहना, बैंकमा रहेको नगदसहित बेपत्ता भएकी थिइन् । केही दिनअघि छोरी लिएर हिँडेकी उनले अर्को विवाह गरिसकेको सेलमा कार्यरत महिला प्रहरीहरू बताउँछन् । फर्कंदा सामान किनेर बाँकी रहेको रकम श्रीमतीका नाममा पठाएका रमेशसँग अहिले नगद र जिन्सी दुवै छैन । ‘भाडा तिर्नसमेत पैसा नभएकाले रमेश लुभुबाट जाउलाखेलसम्म पैदलै आउने गरेका छन्,’ सेलमा कार्यरत एक महिला प्रहरीले भनिन् ।
अहिले ती महिलाले श्रीमान् रमेशलाई विभिन्न कारण देखाएर उल्टै धम्क्याउँदै आएकी छन् । कतारको एक निजी कम्पनीमा कार्यरत रमेशले त्यहाँबाट भागेर अर्को कम्पनीमा काम गरेदेखि नै आफूले राम्रो आम्दानी गर्न थालेको बताए । आफू कतार गएको केही समयमै गाउँमा काम धेरै हुन्छ भनेर उनले श्रीमतीलाई काठमाडौंमा ल्याएका थिए । विदेशमा कमाएको पैसाले उनले लुभुमा तीन तलाको घर बनाए ।
बीचमा एक पटक आउँदा किनेको घर उनको नाममा थियो भने बाँकी रकम श्रीमतीको नाममा बैंकमा जम्मा गरेका थिए । दाजुभाइले अंशबन्डाका लागि बोलाउन थालेदेखि नै उनकी श्रीमतीले आफ्नो नाममा सम्पत्ति राख्नुपर्ने अडान राख्न थालिन् । ‘यो घर पनि दाजुभाइले बाँड्न लगाउँछन् भन्दै उनले आफ्नो नाममा गर्न मागिन्,’ उनले भने, ‘आएको दुई हप्तापछि नै घर उनको नाममा गरिदिएँ ।’ घर पास गरेको दुई दिनपछि ‘लगनखेल पुगेर आउँछु’ भन्दै घर छाडेकी उनी अहिलेसम्म नफर्किएको रमेशले प्रहरीलाई बताएका छन् । महिला पीडित र पुरुष पीडक हुन् भन्ने नेपाली समाजमा स्थापित सोच यस्ता घटनाले गलत साबित हुन थालेको छ । पछिल्ला वर्षमा महिला हिंसाका घटनामा ह्वात्तै वृद्धि भएको छ ।
महिला हिंसा अन्त्यका लागि महिला अधिकारकर्मी सडकदेखि सिंहदरबारसम्म पुगे । तर, यही समयमा महिलाका कारण पुरुषले पीडा भोगेका घटना बढेको पाइन्छ । यी घटनाहरू तुलनात्मक रूपमा कम भए पनि समाजमा बलियो स्थान बनाउँदै गएको प्रहरीहरू बताउँछन् । महिला हराएको भनेर पर्ने उजुरीमा अधिकांश श्रीमान् विदेश गएपछि श्रीमती अर्कैसँग विवाह गर्ने घटना हुने गरेको महानगरीय प्रहरी परिसर जाउलाखेलको महिला सेलमा कार्यरत सई (सहायक निरीक्षक) लालमाया खड्काले बताइन् । रमाइलो कुरा त के छ भने यसरी विदेश गएका पुरुषका श्रीमतीसँग दोस्रो विवाह गर्नेमा अधिकांश अविवाहित पुरुष छन् । उनीहरू महिलाको भन्दा कम उमेरका हुने गरेका र रोजगारी नहुने युवा बढी पाइएको खड्का बताउँछिन् ।
यसरी अर्को पुरुषसँग विवाह गर्नेमध्ये थोरैले मात्र श्रीमान् गएको केही समयमै विवाह गरेको पाइएको उनले जानकारी दिइन् । ‘अधिकांश महिलाले श्रीमान् आउनुभन्दा केही दिनअघि मात्र वा आएको केही दिनपछि अर्को विवाह गरेको पाइएको छ,’ खड्काले भनिन् । श्रीमान्ले अन्तिम पटक पठाएको रकम र सबै सम्पत्ति लिएर महिलाहरू भाग्ने गरेको उनले बताइन् । यस्ता घटना केही वर्षयता ह्वात्तै बढेको खड्काको अनुभव छ । उनका अनुसार मासिक कम्तीमा तीन–चार ओटासम्म यस्ता घटनाबारे प्रहरीका उजुरी पर्ने गरेको छ । गत चैतमा झन्डै २० ओटा उजुरी परेको उनले बताइन् ।
यसरी विदेशमा श्रीमान् हुने महिलाहरूले श्रीमान्ले खान–लाउन नदिएको वा फोनबाटै मानसिक पीडा दिएको आरोप लगाउने गरेको सेलमै कार्यरत मुना लामाले बताइन् । महिलाले पीडित देखिन खोजे पनि यस्ता घटनामा पुरुष नै पीडित भएका घटना बढी रहेको पाइएको छ । बाबु–आमाको सम्बन्धका कारण उनीहरूका सन्तानमा मानसिक असर पर्ने उनले बताइन् । कतिपय पुरुषहरूले भने धनसम्पत्तिको लोभ र प्रेम सम्बन्धकै कारण प्रहरीकहाँ पुग्दासमेत श्रीमती फर्काउन चाहेको पाइएको छ ।
‘अर्को श्रीमान् सँगै आएको हुन्छ, तर पहिलो श्रीमान्ले श्रीमतीले चाहेमा फर्काउँछु भन्नेसमेत घटना आएका छन्,’ उनले भनिन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आमा छोरीकै यौन प्यास मेटायो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
उनको रवाफ देखेर टोल छिमेकका मान्छे चकित छन्– उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका राजकुमार केसी । पढन नसकेर विदेश भासिएका उनले काठमाडौको थानकोटमा साढे तीन तले घर बनाएका छन । न उनको सरकारी जागिर छ, न कुनै पेसा व्यबसाय, तरपनि केसीको जीवन शैली देखेर उनलाई चिन्नेहरु चकित छन । तीन बर्ष कुवेतमा घरासयी कामदार काम गरेर फर्कीएका केसीको प्रगति देखेर गाँउका अन्यपनि आश्चर्यमा परेका छन । उनको पुर्ख्यौली घर भने धादिङ हो। ‘यस्ले कसरी घर बनायो भनेर हामीपनि चकित छौ, उनलाइ नजिकवाट चिनेका साथीले भने–कुवेतमा पनि घरभीत्रै भाडा माझेर बस्नेले यत्रो प्रगति गरेको देखेर हामीपनि आश्चर्यमा परेका छौ ।’ उनलाई गाँउले भन्छन् ।
निकै कडा मेहनतपछि जनमानसलाई तरंगित पार्ने एक नेपालीको सफलताको रहस्य पत्ता लगाएको छ। भाग्यमानीको भूतै कमारो ! राजकुमारका लागि कुबेतको धनाड्य (सुल्तान)को घरभित्र भाडा माज्ने, खाना पकाउने र सुल्तानका श्रीमतीका कपडा धुने काम पाएको थियो । यसैबाट भाग्य कोर्ने मौका मिल्यो ती युवकलाई । देशभित्र रोगजारी नपाएर हण्डर ठक्कर खादै कुवेत पुगेको नेपाली ठिटोले सुल्तानका श्रीमतीलाइ मिठो मिठो पकाएर मात्र खुवाएनन् बरु शारीरिक भोक प्यास पनि मेटाउन सफल भयो । पैसा कमाउन तल्लिन मुस्लिम सुल्तानहरु आफ्ना श्रीमतीको ‘भोक–प्यास’ मेटाउने तर्फ चिन्तित हुदैनन । त्यही मौकालाइ नेपाली युवाले राम्रोसंग सदुपयोग गरे, यौन प्यासले विरक्तिएकी महिलाको तीर्खा मेटाएर आफ्नो र उनी दुवैको कल्याण गरे । घरमा कामगर्ने हट्टा कट्टा युवासँग सुल्तानकी श्रीमती मात्र होइन, छोरी पनि पल्किएकी रहिछ । आमासँग त्यसो गरेको देखेकी छोरीले घरेलु कामदारलाई धम्काएर आफ्र्नो स्वार्थ पूरा गर्न लगाइ । नेपाली केटोको काम आवरणमा भान्से भएपनि उ वास्तविक मालिक बन्दै गएको थियो । दिउसोमा श्रीमती र साझमा छोरीलाइ ‘सन्तुष्टि’ दिन थाल्यो । भाग्यमानी नेपालीले एउटै घरभित्र तीनवटा जागिर पायो, पैसा पनि कुम्लायो । तर, श्रीमतीको हाउभाउ विस्तारै थाहा पाउन थालेपछि सुल्तानले घरेलु कामदारलाइ यता फर्काइदियो । तरपनि आफ्नो अतृप्त प्यास मेटादिएकोमा सुल्तानकी श्रीमतीले नेपाली केटालाइ नेपाल फर्किनु पहिले केही महङ्गा गहना-जवाहारत समेत दिएकी थिइन । यसरी एकजना सामान्य घरेलु कामदारले नाटकीय ढंगले काठमाडौंमा घर बनाउन सफल भयो । नेपालीहरु पैसा कमाउन कति धुर्त छन भन्ने कुरा यो घटनाले देखाएको छ नै यससँगै कमाईको एउटा नयाँ सनसनीपुर्ण पाटो पनि खुलासा गरिदिएको छ। नेपालमा पनि पेशा विस्तार ! काठमाडौंमा घर बनाइ सकेपछि पनि केसीले कुवेतमा सिकेको सीपको भरपूर सदुपयोग गरे । पल्सर मोटर साइकलमा चढेर काठमाडौं शहर डुल्ने उनको पेसा अहिले पनि त्यही हो । श्रीमान विदेशमा रहेका लाहुरेनी देखी आर्मी प्रहरीका श्रीमती सम्मलाइ उनले अहिले कल्याण गरिरहेका छन । उनी पल्सरमा दिन रात दुवै टाइमको जागिर गर्दछन् यतिखेर राजधानीमा । श्रीमानको ‘सुन्तुष्ट बनाउने’ धन्दा बारे उनकी श्रीमती भने बेखवर छिन । म्यानपावर कम्पनी हो जतिखेर पनि जानु पर्ने हुन सक्दछ भन्दै उनले श्रीमतीलाई विश्वस्त बनाएका छन्। उनको ड्युटी कहिले कहिं चौविसै घण्टा समेत चल्ने गरेको छ। मदिरामा उनको खर्च हुन्न, खानेकुरा ‘जागिर’सँगै पाउने भएपछि उनको कमाई पनि मोटै छ अहिले। श्रीमती र बच्चाबच्ची खुसी राखेका छन् उनले । व्यक्तीगत गोपनियताको लागि उनको नाम परिवर्तन गरिएको छ । 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सर्प र गोहीको भिडन्त हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, July 26, 2013

बाहुनले हलो जोतेको भन्दै छोरी दिएनन्

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
2११ साउन, काठमाडौं । हिजोआज बाहुनले मात्र होइन, अरु जाति र समुदायका मान्छेले पनि हलो जोतेको बिरलै देख्न पाइन्छ । गोरु पाल्ने चलन कम हुँदै गएपछि हलोको सट्टा ट्याक्टरको प्रयोग बढ्न थालेको छ । गोरु पाइने गाउँमा भने अझै पनि हलो जोतिन्छ ।
केही वर्षअघिसम्म धेरै बाहुनले गोरु मात्रै पाल्थे । हलो जोत्दैनथिए । हलो जोत्न अरु समुदायका मान्छेलाई बोलाउने चलन थियो । हलो जोत्दा जात जान्छ भनेर बाहुनहरु झस्किन्थे । बाहुनले हलो जोत्न हुँदैन भनेर अन्धविश्वास मौलाएको बेला आजभन्दा ६४ वर्षअघि लमजुङका केही बाहुनहरुले सामुहिक रुपमा हलो जोतेका थिए । प्रजातन्त्रको उदय हुनुअघि वि.सं. २००६ साल साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा ६ अर्चल्यानीको बाटेगरामा हलो जोत्दा त्यसले देशैभर तरंग फैलाएको थियो ।
बाहुनवाद र हलीप्रथाको अन्त्य गर्न भन्दै पण्डित तोयानाथ अधिकारीको अगुवाईमा लेफि्टनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी, विष्णुप्रसाद अधिकारी, हरिलाल पौडेल लगायतका २७ जना बाहुनले देशमै पहिलोपटक हलो जोतेका थिए । राणा शासनको बिरोधमा हलो जोतेको भन्दै उनीहरुलाई त्यतिबेला सरकारले समातेर जेलमा समेत हालेको थियो । हलो जोत्न हुँदैन भन्ने अरु बाहुनहरुले समेत हलो जोत्नेको खेदो खने । ‘शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे’ भनेर गाउँलेले गीत समेत बनाए ।
बल्लबल्ल बिहे भयो
२००६ सालमा लमजुङमा हलो जोत्ने अभियानका अगुवामध्ये विष्णुप्रसाद अधिकारी मात्र अहिले जीवित हुनुहुन्छ । शुक्रबार लमजुङको दुराडाँडामा भएको हलोक्रान्ति दिवसमा उपस्थित ९५ वषिर्य अधिकारीले टेलिफोनमा अनलाइनखबरसित भन्नुभयो-’त्यतिबेला हलो जोतेर हामीले ठीक गरेका थियौं, तर सास्ती निकै खेप्नुपर्यो । हलो जोतेको भनेर सबैले हेपे । विवाह गर्न समेत गाह्रो भयो । त्यतिबेला सानै उमेरमा विवाह गर्ने चलन थियो । तर मेरो ३० वर्षमा मात्रै भयो । भोटेओढारमा एकजना हलो जोत्ने नै बाहुनले ५ वर्षकी छोरी दिइन् । उनले पनि हलो नजोतेको भए मेरो विवाह हुन गाह्रो हुन्थ्यो ।’ आफूले हलो जोतेपछि हली पाइएन भन्न नपरेको, भनेको समयमा खेती लगाउन पाएको र देशैभर हलो क्रान्ति शुरु भएको उहाँले सुनाउनुभयो । २००८ सालसम्ममा तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा समेत बाहुनहरुले हलो जोतेका थिए ।
त्यतिबेला धादिङमा हलो जोत्ने प्रगतिशील कवि केवलपुरे किसानले भन्नुहुन्थ्यो-’हलो जोत्नेलाई समाजले बहिष्कार गरे । माइत आएकी छोरी घर जान पाएनन् । घर गएका बुहारी माइत आउन पाएनन् । उमेर पुगेका युवायुवतीको विवाह समेत रोकियो । हलो जोत्नेलाई सबैले छिःछि र दूरदूर गरे ।’
लमजुङबाट शुरु भएको हलो जोत्ने अभियानका सबै अगुवाहरुले यस्तै नियति भोग्नुपर्यो । तर यो विभेद धेरै वर्ष टिकेन । विस्तारै बाहुनले हलो जोत्न हुन्छ भन्ने भावनाको विकास भयो । हलोक्रान्तिलाई सबैले प्रशंसा गरे । अहिले पनि साउन ११ लाई हलोक्रान्ति दिवस भनेर सम्झने चलन छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, July 24, 2013

१ अर्ब १८ करोडमा प्रहरी मेडिकल कलेज बन्ने

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
nepal policeकाठमाडौ, श्रावण ९ - नेपाल प्रहरीले १ अर्ब १८ करोड रुपैयाँको लगानीमा प्रहरी अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गर्ने भएको छ । प्रहरी कल्याण कोषबाट ऋण लिएर मेडिकल कलेज बनाउन लागिएको हो ।
अस्पताल विकास समितिअन्तर्गत मेडिकल कलेजमा स्तरोन्नति गर्न सरकारले छ वर्षअघि नै स्वीकृति दिए पनि केही महिनाअघि मात्र काम अघि बढाउने निर्णय प्रहरी प्रधान कार्यालयले गरेको थियो । 'प्रहरी अस्पताललाई मेडिकल कलेज बन्न नदिन प्रहरीभित्रै र बाहिरबाट भएको चलखेलको कारण प्रगति हुन सकेको थिएन,' प्रहरी प्रवक्ता नवराज सिलवाल (नायब महानिरीक्षक) ले भने, 'अब प्रक्रिया अघि बढिसकेको छ, पछाडि फर्किने काम हुन्न ।'
कल्याणकारी कोषले पहिलो वर्ष ३० करोड रुपैयाँ र त्यसपछि हरेक वर्ष २५ करोड रुपैयाँको किस्तामा रकम उपलब्ध गराउने सहमति छ । तर विद्यार्थी भर्नाबाट रकम आउने भएकाले ३/४ वर्षपछि कल्याणकारी कोषबाट सहमतिअनुसारको रकम नलिए पनि मेडिकल कलेज चल्ने अनुमान गरिएको सिलवालले बताए । कोषमा भएको १ अर्ब ४७ करोड रुपैयाँ २२ वटा वाणिज्य बैंकमा बचत छ । यसरी बैंकमा राख्नुभन्दा लगानीमा प्रतिफल देखिएकाले प्रहरीको आफ्नै मेडिकल कलेजमा लगानी गर्ने निधो गरिएको उनले बताए । 'चार्टड एकाउन्टेन्टसहितको विज्ञ समूहले पनि लगानीका लागि उचित परियोजना ठहर्‍याएपछि अघि बढाइएको हो,' उनले थपे ।
२०४० सालमा स्थापित प्रहरी अस्पतालमा १ सय ५५ शय्या क्षमता छ । मेडिकल कलेज सञ्चालनका लागि अस्पतालको शय्या संख्या ३ सय पुर्‍याउन काम भइरहेको छ । हरेक वर्ष एमबीबीएसमा १ सय, बीडीएस र नर्सिङ (प्रमाणपत्र तह) मा ४०/४० विद्यार्थी भर्ना गरी कक्षा सञ्चालन गर्ने योजना छ । एमबीबीएसमा १० सिटमा सरकारले निःशुल्क (प्रतिस्पर्धामा अब्बल ठहरिएको आधारमा सिफारिस गर्ने गरी) प्राप्त गर्ने छ । नेपाल प्रहरी (अवकाशप्राप्त समेत) का छोराछोरी पाँच जनाले पढ्न पाउने छन् । ५० प्रतिशत छात्रवृत्तिमा प्रहरीका थप पाँच छोराछोरीले डाक्टरी पढ्न पाउने छन् । यस्तै निजामती, सेना र सशस्त्र प्रहरीका छोराछोरी पाँच जनाले ५० प्रतिशत छात्रवृत्तिमा पढ्ने सुविधा पाउने छन् । बाँकी ७५ सिटमा पूरै शुल्क तिरेर पढ्नुपर्ने छ । बीडीएस र नर्सिङमा पनि प्रहरीका छोराछोरीलाई आरक्षण छ ।
'प्रहरीको तल्लो दर्जाका (अवकाशप्राप्त समेत) कर्मचारीका जेहेन्दार छोराछोरीले पनि डाक्टरीजस्तो महँगो पढाइ सुविधा पाउनु मेडिकल कलेजको सुन्दर पक्ष हो,' अस्पतालका चिकित्सक दिनेश्ाचन्द्र पोखरेलले भने । निःशुल्क र सहुलियत दरमा अध्ययन पूरा गर्नेले कम्तीमा दुई वर्ष अनिवार्य सेवा गर्नुपर्ने छ । यसमा एक वर्ष दुर्गम क्षेत्रमा बस्नुपर्ने छ । अस्पताल रहेको महाराजगन्जमा सशस्त्र प्रहरी गणको जग्गासमेत गरी १ सय ३५ रोपनी क्षेत्रफलमा मेडिकल कलेज सञ्चालन हुने छ । एमबीबीएसको सुरुको २ वर्ष (बेसिक साइन्स) को कक्षाका लागि साँगामा रहेको प्रहरी स्कुल हातामा पूर्वाधार निर्माण हुने छ ।
मेडिकल कलेजमा क्रमशः एमबीबीएस, नर्सिङ, पोस्ट ग्य्राजुएट कोर्स तथा सुपर स्पेसियालिटी कोर्स सञ्चालन गर्ने १० वर्षको गुरु योजना बनाइएको छ । प्रहरी र पूर्वप्रहरी र तिनका परिवारका लागि विद्युतीय ढोकामार्फत छुट्टै ठाउँमा उपचारको बन्दोबस्त मिलाउने योजना छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनसँग समन्वय गरी मुलुकका गरिब जनताले पनि बेहोर्न सक्ने गरी स्वास्थ्य बिमा योजनाको विकास गरिने भनिएको छ । 'मुलुककै उत्कृष्ट मेडिकल कलेज बनाउने लक्ष्य लिएर हामी अघि बढेका छौं,' पोखरेलले भने ।
प्रहरी अस्पतालमा अहिले ४ सय ५० जति जनशक्ति छ । मेडिकल कलेज बनेपछि यसका लागि १ हजार ४ सय दक्ष जनशक्ति आवश्यक हुन्छ । यसका लागि प्रहरी सेवाका स्थायीका साथै करारमा जनशक्ति लिइने छ । आवश्यक डाक्टरमध्ये ५० प्रतिशत हाल उपलब्ध छन् । तर अस्पतालका चिकित्सक शिक्षण पेसामा संलग्न नभएकाले बेसिक साइन्स (सुरुको दुई वर्षको पढाइ) का लागि जनशक्ति अभाव छ ।
मेडिकल कलेज स्तरोन्नतिको प्रक्रिया अघि बढेपछि प्रहरीका केही अवकाशप्राप्त उच्चपदस्थ विरोधमा उत्रिएका छन् । तिनले कल्याणकारी कोषको रकम मेडिकल कलेजमा लगानी गरेर जोखिम मोल्न नहुने बताइरहेका छन् । प्रधान कार्यालयसम्बद्ध स्रोतका अनुसार जोखिम मोल्न नहुने भनेपनि तिनले आफू मेडिकल कलेजको हर्ताकर्ता हुनपर्ने माग गरिरहेका छन् ।
केहीले प्रहरीमा कमाएको कालोधन मेडिकल कलेजमै लगानी गरेकाले पनि प्रहरीले मेडिकल कलेज सञ्चालन गर्न हुन्न भनेर विरोध गरिरहेको स्रोतको भनाइ छ । 'सेवामा रहँदा पनि फोर्सलाई नै बद्नाम गरेर पैसा कुम्ल्याए,' प्रधान कार्यालयसम्बद्ध स्रोतले भन्यो, 'अहिले पनि मेडिकल कलेजको विरोध गरी दुःख दिइरहेका छन् ।'ekantipur

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

meri basai 23 july2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
part 1

part2 

part3

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, July 22, 2013

रामेछापका तेह्र विद्यालय बन्द गर्ने निर्णय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
मन्थली- हाम्रो रामेछाप डवली जिल्ला शिक्षा कार्यालय रामेछापले जिल्लाका १३ वटा विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कार्यालयले जिल्लास्थित शिक्षकका पेसागत सङ्घ सङ्गठनसँगको सहमतिका आधारमा कम विद्यार्थी र बढी शिक्षक भएका विद्यालयहरु छनोट गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो। तीन दिनसम्म बसेको पेसागत सङ्गठन र शिक्षा कार्यालयका प्रतिनिधिको संयुक्त बैठकले विद्यालयको अनुगमनका क्रममा विद्यार्थी सङ्ख्या १० जनाभन्दा काम भेटिएका र भौगोलिक आधारमा टाढा नभएका १३ वटा विद्यालय बन्द गर्ने निर्णय गरेको कार्यालयका उपसचिव हेमन्त बुढाथोकीले बताए। 
यसरी बन्द हुने विद्यालयमा सबै प्राथमिक विद्यालय रहेको र ती विद्यालयमा कार्यरत शिक्षकलाई अन्य नजिकैको पायक पर्ने विद्यालयमा समायोजन गरिएको छ। बन्द गर्ने निर्णय भएका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई भने नजिकैको विद्यालयमा पढ्न जाने व्यवस्था मिलाइएको पनि बुढाथोकीले जानकारी दिए।
बन्द गर्ने निर्णय भएका विद्यालयमा भीमेश्वर प्रावि रैकाडाँडा सुकाजोर, सरस्वती प्रावि थुम्का सुकाजोर, बुढामहादेवस्थान प्रावि सालु, भुमेस्थान प्रावि कुवापानी माकादुम, तावे छेलिङ गुम्बा प्रावि रस्नालु, नैसा प्रावि फर्पु, ढुङ्गेश्वर प्रावि कुँडहर मन्थली, सिद्धेश्वर जनता प्रावि सुनारपानी भ्यागुरे, हलेश्वरी ओम प्रावि डडुवा, चण्डेश्वरी प्रावि ठिङ्ग्रे रामपुर, बालकल्याण प्रावि मुगीखोला भटौली, इन्द्रावती प्रावि शिखर कटेरी कठजोर र अरुणोदय प्रावि धोवीखोला दोरम्बा रहेका छन्।
तेर्हि प्राथमिक विद्यालय बन्द गर्नुका साथै २३ वटा प्राथमिक विद्यालयको कक्षा १–५ लाई घटाएर १–३ कायम गरिएको छ । दश वटा विद्यालयमा कक्षा १ देखि ३ सम्म एकै शिक्षकले पढाउने गरी बहुकक्षा प्रणालीको व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ।
निर्णय कार्यान्वयनका लागि भने केही समय लाग्न सक्ने पनि बुढाथोकीले बताए । -हाम्रो रामेछाप डबली 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

दुबैमा फेरी १ नेपालीलाई मृतु दण्डको सजाय सुनेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
दुबैमा फेरी १ नेपालीलाई मृतु दण्डको सजाय सुनेको छ 
रोजगारका लागि दुबई गएका संखुवासभा मंडेपोवरी ३ का अनीश खालिङ राईलाई पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
दुबईमा महिलाले सञ्चालन गरेको व्यापारीक भान्सामाकाम गर्ने नेपाली र पाकिस्तानीबी भएको झडपमा एक पाकिस्तानीको मृत्यु भएको थियो। सोही अभियोगमा राईविरुद्ध मुद्दा चलाइएको थियो। अदालतले शनिबार मृत्युदण्ड सजाय सुनाएका राई ८ महिनादेखि अबुधाबीको अलेन कारागारमा छन् । राईलाई फाँसी सजाय दिएको खबर आइतबार विहान पाएपछि डेढवर्षे छोरासहित पत्नी बिना राई परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर घटनाको छानबिन गर्न र जीनव रक्षाका लागि पहल गरिदिन माग गरेकी छन्। उनी पाकीस्तानीसँगको झगडामा गत कात्तिक ९ गते जेल परेका थिए। तर, झगडामा घाइते भएका पाकिस्तानीको मृत्यु भएपछि हत्या अभियोगमा राईविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको थियो।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, July 21, 2013

अ हो कस्तो डर लाग्दो भिडियो गोलि हाना हान

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, July 20, 2013

ओहो हवाइजहाज सिधै गाडी माथि खस्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

बलात्कार भयर उजुरी गर्न गको महिललाई जेल हालियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 (दुबई), श्रावण ५ - बलात्कार घटनाबारे प्रहरीमा उजूरी गर्ने नर्वेकी एक महिलालाई दुबईमा १६ महिना कैद फैसला सुनाइएको छ । नर्वेकी इन्टेरियर डिजाइनर मार्टे डेबोराह डलेल्भ घुम्नको लागि दुबई जाँदा बलात्कृत भएकी थिइन् । बलात्कार बारेको उजूरी गरेकी २४ बर्षीया उनलाई मादक पदार्थ सेवन गरेका, परपुरुषसाग सम्बन्ध राखेको र झुटो बोलेको आरोप लगाइएको छ ।
उनलाई अघिल्लो हप्ता अदालतले जेल सजाय सुनाइएको हो । बीसीले जनाएअनुसार उनी अदालतको निर्णयविरुद्ध अपिल गर्दैछिन् । उनको अपिलको सुनुवाई सेप्टेबरको लागि तय भएको छ ।
उनलाई उदृत गर्दै एफपीले लेखेको छ,'म निकै तनावमा छु । यो निकै क्रुर निर्णय हो । म यहाँबाट मुक्ति चाहन्छु ।' यो घटनाले नर्वेका अधिकारवादी र सरकारी अधिकारीलाई आक्रोशित बनाएको छ ।
डलेल्भका अनुसार उनी मार्च ६ तारिखका दिन उनी दुबईको एक नाईट क्लबमा साथीहरुसाँग जाँदा बलात्कृत भएकी हुन् । तर, प्रहरीलाई उजूरी गर्दा आफ्नो पासपोर्ट र पैसा खोसेर उल्टी आफूविरुद्ध मुद्दा चलाइएको भनाई महिलाको छ । उनी हाल दुबईस्थित नर्वेजियन सिमास सेन्टरमा शरण लिइरहेकी छन् । उनले समस्याको समाधानको लागि घटना सार्वजनिक गरेको जनाएकी छन् ।
अदालतले  फैसला गरेपछि उनी प्रहरीको खोजीको सूचीमा परेकी छन् । नर्वेको बिदेश मन्त्रालयले घटनालाई आफ्नो देशको न्यायको मुखमा झिँगा भनी टिप्पणी गरेको छ । नर्वेले दुबईका अधिकारसाग सम्पर्क गरी घटनाबारे जानकारी लिने कोशिश भइरहेको जनाएको छ । घटनाको बिभिन्न मानवअधिकारवादी संस्थाले विरोध जनाएका छन् । स्रोत कान्तिपुर 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अन्तर्राष्ट्रिय फुटबलमा हार बेहोर्दै आएको नेपाल उपाधिमै केन्द्रित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, श्रावण ५ - अन्तर्राष्ट्रिय फुटबलमा हार नियमित बेहोर्दै आएको नेपालले दोस्रो साफ यू-१६ च्याम्पियनसिप जित्ने प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । दक्षिण एसियाली आठमध्ये सात देश सहभागी प्रतियोगितामा उपाधि जित्ने दाबी गर्ने उनी एक्लो हुन् । ६ पाहुना टोलीले भने स्तर सुधार गर्ने लक्ष्य बनाएका छन् ।
'व्यक्तिगत र टिम सेटका रूपमा सबै खेलाडी राम्रा छन् । त्यसैले उपाधि जित्ने लक्ष्य छ,' महर्जनले भने । विगतको तुलनामा टेक्निक, ट्याक्टिस र शारीरिक रूपमा अहिलेको टिम उत्कृष्ट भएको उनले बताए । उनको टिमले भुटानविरुद्धको खेलसँगै शनिबार समूह 'ए' को यात्रा सुरु गर्नेछ । नेपालले अफगानिस्तानविरुद्ध सोमबार र डिफेन्डिङ च्याम्पियन पाकिस्तानविरुद्ध बुधबार खेल्नेछ । भुटान र अफगानिस्तान साफ यू-१६ मा नयाँ टिम हुन् ।
'भुटानविरुद्ध खासै चिन्ता लिनुपर्ने छैन । तर, बढी आत्मविश्वासी हँुदैनौं,' महर्जनले भने । डेढ-दुई वर्षयता एन्फा एकेडेमीमा रहेका १६ खेलाडी नेपाली टिममा छन् । बाँकी ७ खेलाडी ३ महिनाअघि भएको प्रतिभा छनोटबाट लिइएको हो । एकेडेमीमा रहेका खेलाडीले इरानमा यू-१३, काठमाडौंमा यू-१४ फेस्टिभल र जापानमा किजुना बोन्ड प्रोजेक्ट -दक्षिण एसियाका ८ र जापानका २ टिम सहभागी) खेलेका थिए । ती अनुभव साफमा काम लाग्ने प्रशिक्षकको विश्वास छ ।
'यू-१४ फेस्टिभल र जापानमा गरेको प्रदर्शन तथा अभ्यासका आधारमा अहिलेको टिममा राम्रो सम्भावना देखेको छु,' महर्जनले भने । अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न नसक्ने नेपालको कमजोरी साफ यू-१६ मा हटाउने उनले बताए । 'सिनियर टिमसँगको मैत्रीपूर्ण खेलमा निरन्तर गोल गरे । त्यसैले गोलको समस्या अभाव नहोला,' उनले भने ।
यू-१६ ले अढाई महिने तयारीमा जावलाखेल, संकटा, सरस्वती, एपीएफ, थ्री-स्टार, नेपाल यू-२३ र सिनियर टिमसँग १० खेल खेलेको थियो । उसले एपीएफ, सरस्वती र जावलाखेललाई हरायो । चार खेल बराबरीमा टुंगिए । बंगलादेशविरुद्ध २०६९ असोजमा सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड विमल घर्तीमगर, अञ्जन विष्ट, मिडफिल्डर हेमन्त थापामगर -कप्तान) अनिल राई र डिफेन्डर अनन्त तामाङ मुख्य खेलाडी हुन् ।
विमल, हेमन्त, अनिल र अनन्तले सिनियर राष्ट्रिय टिमसँगै ३ साता अभ्यास गरेका छन् । त्यसैले आफ्नो टिममा साफ यू-१६ च्याम्पियन बन्ने क्षमता भएको महर्जनले बताए । असोज ९-१३ मा काठमाडौंमा हुने एएफसी यू-१६ च्याम्पियनसिप छनोटको तयारी पनि हो, साफ यू-१६ । त्यसमा नेपालले बलिया प्रतिद्वन्द्वीहरू इराक, बहराइन र तुर्कमेनिस्तानविरुद्ध खेल्नुपर्नेछ । त्यसैले साफ यू-१६ नेपालको क्षमता नाप्ने अवसर हुनेछ । 'साफ यू-१६ जित्दै एएफसी छनोटमा टिमलाई  आत्मविश्वासी बन्न चाहन्छौं । र, साफ च्याम्पियनसिपमा सिनियर टिमलाई हौसला दिन चाहन्छौं,' महर्जनले भने ।
भीम थापा, थोमस फ्लाथ, विराटकृष्ण श्रेष्ठ र कृष्ण थापा राष्ट्रिय टिमको प्रशिक्षक छँदा सहायक भूमिकामा रहेका महर्जन अफगानिस्तान र भारतलाई बलिया प्रतिद्वन्द्वी मान्छन् । काठमाडौंमै आयोजित पहिलो संस्करणमा मुख्य प्रशिक्षक रहेका सुनील श्रेष्ठ र मृगेन्द्र मिश्र महर्जनका सहायक छन् । श्रेष्ठले सम्हालेको नेपाल यू-१६ दुई वर्षअघि तेस्रो भयो । सेमिफाइनलमा भारतसँग टाइब्रेकरमा ४-२ ले हारेपछि नेपालले तेस्रो स्थानका निम्ति भएको खेलमा बंगलादेशलाई २-१ ले पन्छाएको थियो । पाकिस्तान, भारत, अफगानिस्तान, बंगलादेश, श्रीलंका र भुटानले भने प्रतियोगिताबाट फुटबल स्तर सुधारको आस गरेका छन् ।
होटलको स्तर भएन’
काठमाडौं- बंगलादेशका डच प्रशिक्षक रेने कोस्टरले साफ यू-१६ च्याम्पियनसिपमा उपलब्ध गराएको होटल राम्रो नभएको बताए । उनले शुक्रबार पत्रकार सम्मेलनमा भने, 'व्यवस्थापन राम्रो छैन । सुविधा भएन । होटल राम्रो भएन । बिरामी भएर एक खेलाडी अस्पताल नै लानुपर्‍यो । राम्रो सुविधा पाए राम्रो हुनेछ ।'नक्सालस्थित क्राउन प्लाजामा बसेको बंगलादेशले मात्र होइन, स्वयम्भूस्थित पिस जोनमा रहेको श्रीलंकाले पनि व्यवस्थापनको आलोचना गर्‍यो । श्रीलंकाली म्यानेजर समन कोटेजले भने, 'हामी प्रतियोगितामा खेल्न मानसिक रूपमा तयार छैनौं । राष्ट्रिय टिमका निम्ति यस्तो बसाइ सुविधा अपेक्षा गरेका थिएनौं । हामी दक्षिण एसियाली हौं । पाँचतारे होटलको सुविधा मागेका छैनौं । आधारभूत सुविधा त दिनुपर्‍यो नि ।' एकै कोठामा ५ खेलाडी बस्नुपरेको र ५ खेलाडीले एउटै बाथरुम प्रयोग गर्नुपर्ने बाध्यता भएको कोटेजले बताए । प्रतियोगितामा अतिथि सत्कारका संयोजक रमेश रायमाझीले भने व्यवस्थापन राम्रो भएको दाबी गरे । 'एक कोठमा ३ जनासम्म खेलाडी राखेका छौं,' एन्फाका केन्द्रीय सदस्यसमेत रहेका उनले भने, 'बंगलादेशी खेलाडी ट्याङ खाएपछि बिरामी भएका हुन् । होटलको स्तर पहिले के थियो ? थाहा छैन । अहिले हाम्रा खेलाडी बस्न सक्ने स्तरका छन् ।' निरीक्षण गरेपछि कमजोरी भेटिए होटल परिवर्तन गर्नसक्ने रायमाझीले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, July 19, 2013

हत्कडी डन गणेस लामा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अब मोबाइलबाट बोस्वोभर फ्री कल गर्ने हैन त (from viber )

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
अहिलेको जमानामा  वाईफाई, थ्रिजी वा जिपीआरएस वाट चल्ने गतिलो ईन्टरनेट र मोबाईल फोन मात्र हुनु पर्छ अवश्था हेरेर लगभग निशुल्क तपाई देश बिदेश कुरा गर्न सक्नु हुन्छ । स्मार्ट
फोनमा तपाईको वा तपाईले कुरा गर्न चाहेको ब्यक्तीको पहुँच छैन भने पनि भिओआईपी प्रविधी बाट देशभित्रै कल गरे सरहको दरमा बिदेश कुरा गर्न सक्नु हुन्छ।

दुवै तर्फ प्रविधीको पँहुच छ भने वाईफाई भएको वा राम्रो जिपीआरएस ईन्टनेट सुबिधा भएको मोबाईल बाट तपाईनिशुल्क कुरा गर्न सक्नु हुन्छ। आउनुहोस यस किसीमको सुबिधा प्रदान गर्ने केही कहलिएका साईटहरुबारे चर्चा गरौ।

भाईवर (Viber)
यस एप्लीकेशनको साहायताले भिओआपी (Voice-Over-Int ernet- Protocal) प्रविधीबाट वाईफाई वा थ्रिजी (3G) प्रविधी नेटवर्कमा आवद्द भएको मोबाईलमा टेलीफोनमा कुरा गरे झै कुरा गर्न सकिन्छ। निशुल्क रुपमामा पाईने यो सफ्टवेयर एन्ड्रोईड (Android), ब्लाकबेरी (BlackBerry), आईओस (iOS), सिम्बायोन (Symbion), विन्डोज मोबाईल (Windows Mobile) अपरेटिङ्ग सिस्टम (OS) जडान भएको मोबाईलमा ईन्सटल गर्न सकिन्छ।

मोबाईलमा यो सफ्टवेयर ईन्सटल भए पछी प्रयोगकर्ताको मोबाईल नम्बरलाई यसले युजरनेम को रुपमा ग्रहण गर्दछ जसले गर्दा एप्लीकेशन सिन्क्रोनाईज (Synchronize) हुने
यसेको मुख्या सर्भरमा सम्पर्क स्थापित गरी तपाईको मोबाईल कन्ट्याक्ट लिष्टमा भएकाहरु मध्ये कसकसले पहिले नै भाईवर चलाई रहेका छन सो देखाउछ र ति कन्ट्याक्टहरु सँग तपाई ईन्टरनेटको माध्यमबाट निशुल्क कुरा गर्न सक्नु हुन्छ।

यसमा अन्य केही भिओआईपी (VOIP) सफ्टवेयर जस्तो कन्टयाक्ट जोड्न पर्ने, स्वीकृत नहुन्जेल पर्खनु पर्ने, छुट्टै सर्म्पर्क सूची बनउनु पर्ने
जस्ता झन्झट हुदैन।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

रोमीङ कलको दुरुपयोग गरि करोडौं ठगि

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, श्रावण ३ - पाकिस्तानी गिरोहले नेपालको कल रोमिङ दुरुपयोग गरी यहाँका दूरसञ्चार सेवा कम्पनीहरूलाई करोडौं घाटा पुर्‍याएका छन् । गिरोहले बेलायतको भोडा फोन र स्पेनी सिमकार्डबाट करोडौं नेपाली रुपैयाँ ठगी गरिरहेको पत्ता लागेको हो । त्यसरी रोमिङबाट कल ठगी गर्ने दुई पाकिस्तानी नागरिक ४९ वर्षीय मोहम्मद आसिफ र ४३ वर्षीय नविर उर रहमानलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको छ । पक्राउ परेकाहरूले कल रोमिङ गरिएका २० भन्दा बढी सिमबाट फोन गरेर एक सातामा झन्डै २ करोड रुपैयाँ बराबर ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस्तो ठगीलाई 'इन्टनेसनल, रेभेन्यु सेयरिङ पड' (आईआरएसएफ) भनिन्छ । यस्ता गिरोहले कल रोमिङ भएका सिमकार्ड नेपालमा ल्याएर यहाँबाट टाढाका देशहरूमा फोन गर्छन् । नेपाल टेलिकम र एनसेल कम्पनीका इन्टरनेसनल गेटवेमार्फत फोन गरेपछि नेपाललाई घाटा लाग्छ । सट्टामा गिरोहका व्यक्तिहरूले फोन गरेका देशका कल सेन्टरहरूलाई फाइदा हुने काठमाडौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेले बताए ।
नेपालबाट कहिल्यै फोन नगएका देशमा एकै रात घन्टौं कुरा भएपछि सेवा प्रदायक कम्पनी पनि चकित भएका थिए । 'एकै रातमा १/२ लाख रुपैयाँभन्दा बढीको फोन हुन थालेपछि एनसेल र एनटीसीले ती सिमकार्ड बन्द गरिदिएका रहेछन्,' घिमिरेले भने, 'यी दुई व्यक्ति पक्राउ परेपछि रोमिङ कलबाट ठगी हुने गरेको खुलासा भयो ।'
उनीहरूले नेपाल टेलिकम र एनसेल प्रालिको रोमिङ प्रयोग गरी इस्टोनिया, लातभिया, लितवानियालगायत मुलुकमा कल गरेर प्रतिमिनेट ४ सय रुपैयाँ नोक्सान पुर्‍याएको प्रहरीले जनाएको छ । यसअघि भीओआईपीबाट कल बाइपास गर्नेहरू पक्राउ पर्दै आएकामा अहिले कल रोमिङबाट ठगी गर्ने समूह फेला परेको हो । प्रहरीका अनुसार यो गिरोहका मुख्य नाइके बेलायत, पाकिस्तान र मलेसियामा छन् । बेलायतमा रहेका व्यक्तिले कल रोमिङ गरिएका सिमकार्डहरू कुरियर गरेर नेपाल पठाइदिन्छन् । अनि नेपालमा रहेका व्यक्तिले ती सिमलाई सेटमा राखेर ल्यापटपमार्फत फोन गरेका थिए । उनीहरूले इन्टरनेटमा 'डब्लुडब्लुडब्लु डट लाइभ डटकम' बाट फोन गरेर छाडिदिने गर्छन् । प्रहरीका अनुसार फोन गएको देशमा कसैले कुरा नगरी घन्टी मात्र बज्ने र त्योबापत रोमिङको पैसा उता रहेको व्यक्तिले कमिसन पाउँछन् ।
पक्राउ परेकाहरूले नेपाल आउनुअघि मलेसियामा गएर कल ठगीबारे तालिमसमेत लिएको प्रहरीले पत्ता लगाएको छ । यिनीहरूले त्यसरी कल गरेबापत साताको ५ हजार अमेरिकी डलर पाउने गरेका थिए । मलेसियाबाट दुई महिनाअघि विशेषज्ञ टोली नेपाल आएर कल ठगी हुने/नहुने विषयमा अनुसन्धान गरेको थियो ।
कसरी थाहा भो ?
आतंकवादसँग सम्बन्धित अपराध हेर्ने विशेष ब्युरोले ३ साताअघि हवाईमार्ग हुँदै नेपाल आएका असिफ र रहमानमाथि निगरानी गरिरहेको थियो । 'उनीहरू दुई/चार दिन यहाँ बसेर चीनको खासा गए,' एक अधिकारीले भने, 'त्यहाँबाट चीनको गेटवे प्रयोग गरेर फोन गरेको पाइएपछि त्यहींबाट नियन्त्रणमा लिइयो ।'
ब्युरोले आतंकवादसँग सम्बन्धित गतिविधिमा लागेको हुन सक्ने आशंका गरेकामा उनीहरूले आईआरएसएफ गर्ने गरेको बयान दिएका हुन् । बयानका आधारमा काठमाडौं प्रहरीले ठमेलस्थित उनीहरू बसेको होटलमा छापा मारी त्यहाँबाट एउटा ल्यापटप, बेलायती फोनको २६ वटा सिमकार्ड, स्पेनी भोडाफोनको १७ सिमकार्ड, पाकिस्तानी यु सिमको एउटा र एनसेलका ३ सिमकार्ड बरामद गरेको छ । विदेशमा रोमिङ कल गर्न प्रयोग भएका २० वटा मोबाइल सेट पनि बरामद भएको छ । पक्राउ परेकाहरूविरुद्ध एनसेलले झन्डै १ करोड रुपैयाँ बराबर ठगी गरेको अभियोग लगाउँदै काठमाडौं प्रहरीमा जाहेरी दिएको छ । नेपाल टेलिकमले पनि उनीहरूविरुद्ध करोडौं ठगीको मुद्दा हाल्ने तयारी गरिरहेको छ । उनीहरूलाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गत मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, July 18, 2013

सब पोस्मारटम नगर्दा ११ जना जन्ती पक्राउ परियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रामेछाप, साउन ३ - छिमेकीको अन्तिम संस्कारमा मलामी गएका रामेछापको माकादुम गाविसका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार ५ गते भीरबाट खसेर ज्यान गुमाएकी माकादुम ९ की सपना खत्रीको पोष्टमार्टम नगरी दाहसस्कार गरेपछि ११ जना मलामी प्रहरी हिरासतमा परेका हुन् ।
गर्भवती समेत रहेकी सपनाको असार ५ गते विहान घाँस काट्न जाँदा भिरवाट लडेर ज्यान गएको थियो ।
सपनाका वावु लोकवहादुर वोहराले आफनी छोरीको मृत्यु स्वाभाविक नभएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेका सपनाका ससुराले ११ जना मलामी पनि साथै रहेको बयान दिएपछि प्रहरीले छिमेकीलाई पनि पक्रेको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सेक्स राम्रो चुम्बनले यो भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अमेरिकाको एउटा विश्वविद्यालयमा गरिएको एकसर्वेक्षणमा पुरुषहरूले सेक्स गर्दा र महिलाहरूले किस गरेको बेला आफ्नो सम्बन्ध अझै राम्रो भएको ठान्ने गर्दछन् । १,०४१ जना विश्वविद्यालयका विद्यार्थीहरू माझ गरिएको सर्वेक्षणमाकेटाहरूले केटीहरूले भन्दा बढी किस नै नगरिकन सेक्स सम्बन्ध राख्ने गरेकोपाइएको थियो । यस्तै अनुसन्धानको क्रममा किस गर्दा सम्बन्धमा अझै रोमान्टिकथपिने अनुभव गरेको पनि पाइएको थियो । 
चुम्बन गर्दा दुवैको तर्फबाट केही रासायनिक तत्वहरू पनि आदान–प्रदान हुने हुनाले यस्तो भएको हुन सक्दछ 
महिलाहरूको तुलनामा पुरुषहरूले बढी खुला मुख र जिब्रोमा चुम्बन गर्नमन पराउँछन् र यस्तो तरिकाले चुम्बन गर्दा एक–अर्कामा रासायनिक पदार्थहरुआदान–प्रदान धेरै हुने गर्दछ । अनुसन्धानकर्तामध्ये एकको भनाई छ । धेरैलेआफ्नो सम्बन्धको एउटा भागको रुपमा चुम्वनलाई लिने गरेको अनुसन्धानकोक्रममा पाइएको थियो ।
एउटा खराव चुम्बनले तपाईंको सम्बन्धलाई बिगार्न सक्न कुरा रिपोर्टमाउल्लेख गरिएको छ । तर महिलाहरूले भने यौन सम्पर्क गरिसकेपछि मात्र चुम्बनकोबारेमा सोच्ने गरेको बताएका थिए ।


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सेक्सको बेला जिब्रोको कस्तो भूमिका हुन्छ जानी राख्नुस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
के तँपाइले कहिले सेक्स गर्दा जिब्रोको भमिका थाहा पाउनु भको छ पक्कै पनि 
थाहा होला सेक्सको लागि ज्वरो यक्दमै महतोपुरन अंग मानिन्छ स्ले हर भरपुर 
आन्द दिलाउछ सोच्न पनि सक्नुहुन तँपाइले 
यदि सेक्स लाईफमा जोश भर्ने हो भने जीब्रोको प्रयोग गर्नु उचित हुन्छ । यदि यसांगलाई सही तरिकाले प्रयोग गर्ने हो भने यसले सेक्स लाईभमा जोश उत्पन्न गराउने भरपृर क्षमता राख्दछ ।
शरीरमा धेरै भागहरु हुन्छन जसले उत्तेजित तुल्याउछ र जोशको क्लाईमेक्स सम्म लैजान सहायक हुन्छ । यदि जीब्रोलाई सही प्रयोगमा ल्याउने हो भने जीव्रोले सेक्स लाइफमा दश गुणा उर्जा उत्पन्न गर्छ ।फोरप्ले संभोग सुखका लागि एक प्रमुख कारक हो । यदि आफनो सहयोगी पार्टनरलाई राम्रो तरिकाले सन्तुष्ट एवं खुशी राख्ने हो भने यस्तो तरिका अपनाउनु पर्छ जसले उनको खुट्टा देखी हुँदे दिलसम्म हलचल उत्पन्न गरिदियोस त्यो पनि जीब्रोको सहयोगले ।
सेक्स जीवनमा उत्तेजित हुन गला र कान जस्ता अंगहरुपनि छन् त्यस्लाई भृल्न सकिन्न । शरीरका यी भागहरुलाई जीब्रोले छोयो भने सोच्न पनि सकिन्नकि यसबाट कति आनन्द मिल्छ प्रयोग गरि हेर्नुहोस 


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आनन्दमय यौन कसरि गर्न सकिन्छ केहि टिप्सहरु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आनन्दमय यौनका केहि टिप्स हरु

धेरै अन्धकार धेरै उज्यालोमा भन्दा हल्का मधुरो पप्रकासमा यौन सम्पर्क रराख्दा धेरै आनन्दमय हुन्छ 
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। हामिले हरेक दिन केहि समय लामो साँसलिने गरेमा जीवन स्वस्थ रहन्छ। यसले हाम्रो यौन क्षमतामा सुधार ल्याउछ।
राती सुत्ने बेलामा लाउने पोशाकले पनि यौन जीवनमा निक्कै फरक ल्याउछ। साधारण कपडामा भन्दा पारदर्शि नाइटी लगाउदा यौन इच्छा बढ्ने तथा आनन्दमयी हुन्छ।
शान्त वातावरण भन्दा मधुर संगितमा यौन सम्बन्ध राख्द बढि आनन्द आउछ।
राती सुत्नु अगाडि कोठामा अत्तर छर्ने गरेमा त्यस्को सुगन्धले हाम्रो शरिरलाई बढि स्फुर्ति दिन्छ। दिनमा केहि समय ब्यायाम गर्ने गरेमा शरिरमा लचिलोपनाआइ यौन सम्बन्ध राख्न शरिरमा स्फुर्ति आउछ।
स्वस्थ यौन जिवनका लागी आवश्यक खाना तथा तिनका कामहरु:
साग सब्जी: यसमा रहेको प्रोटिन तथा भिटामिन्सले शरिरलाई पर्याप्त न्युट्रिएण्टस दिन्छ जसले गर्दा हामि शाररिक तथा भावनत्मक रुपमा चुस्त रहन्छौ।
खोर्सानि तथा लसुन: पौरणिककालमा यौन जनेन्द्रियमा रक्तसन्चार तेज गरी उत्तेजना बढाउन मानिसहरु खोर्सानि तथा लसुनको सेवन गर्ने गर्थे ।
मह: यो स्वस्थ यौन जिवनको एउटा प्रमुख तत्व हो। यसलाई राती सुत्नु अगाडी दुधसंग सेवन गरेमा यौन इच्छा बढाउछ। महको अंग्रेजी शब्द हनी बाट नै सुहागरात अर्थात हनीमुनको प्रचलन आएको थियो।
मधिसे बदाम तथा ओखर: मधिसे बदाम तथा ओखरमा जिन्कको मात्रा बढि हुन्छ जसले गर्दा मानिसको यौन इच्छा जगाउछ
निरस यौन जिवनका केहि कारणहरु:

महिलाहरुमा मेनोपोज तथा पुरुषहरुमा एन्ड्रोपोज भएमा
डिप्रेशन भएमा
न्युट्रेशन तथा भिटामिनको कमी भएमा
मादक पदार्थको बढि सेवन गर्ने गरेमा
थाइराइडको समश्या भएमा
हार्मोन्स सन्तुलित नभएमा
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

हस्त मैथुन र गरें बनि कसरि हुन्छ थाहा पाउनुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
जसै कुनै वर-कन्याको विवाहको बारेमा कुरा चल्दछ त यिनीहरू दुवैको मनमा स्वाभाविक रूपले नै उत्सुकता जाग्दछ कि जीवनसाथी कस्तो होला, उसको रङ, रूप, शारीरिक गठन, स्वभाव, विद्या धन-वैभव इत्यादि कस्तो होला ?
यी सबै जिज्ञासाका बारेमा त प्रायः वर-कन्याका मातापिताले नै जिम्मेवारीपूर्वक भूमिका निभाएका हुन्छन् । अतः यी साधारण प्रश्न नै हुन् ।
तर स्मरण रहोस्, शारीरिक गठन (जसमा गुप्ताङ्ग पनि सम्मिलित छ) मा अङ्गको ठूलो-सानो, पुष्ट-अपुष्ट हुनु इत्यादि पनि ज्योतिषको विषय हो । तर विवेकको दृष्टिबाट गुप्ताङ्गसम्बन्धी अनुसन्धानभन्दा पनि जनमानस तथा नौजवानको मनको खुल्दुली तथा प्राकृतिक उपहारमा आँच पुर्‍याउने गुप्ताङ्गरोग र अप्राकृतिक यौन क्रिया (हस्तमैथुन) सम्बन्धी भन्न सकिन्छ ।
यौन रोग:
कुण्डलीमा छैठौँ भावलाई रोगसम्बन्धी आधार मानेर विचार गरिन्छ । परन्तु यौन रोगको बारेमा विचार गर्दा सातौँ तथा आठौँ भावको पनि अध्ययन गर्नु आवश्यक हुन आउँछ, किनकि सप्तम भाव, बस्तीस्थान (नाभीदेखि मूलसम्म) तथा आठौँ भावलाई गुप्तेन्द्रीयको स्थान मानिन्छ । अतः स्पष्टै छ कि यी दुवै स्थान कामभोगसँग सम्बन्धित छन् ।
यौन विज्ञानमा चन्द्रमाले मनलाई उत्तेजित पार्दछ, मङ्गल वीर्य तथा शक्ति प्रदान गर्दछ, बुध, क्रीडामा स्नायु मण्डलको माध्यमबाट सन्तुष्टि दिलाउँछ र शुक्र सम्भोग गर्दछ । यसरी सफल यौन जीवनमा चन्द्रमा मङ्गल, बुध तथा शुक्रको शुभ स्थिति हुन जरुरत हुन आउँछ । साथै सप्तम तथा अष्टम भाव शनि तथा राहुको प्रभावबाट मुक्त हुनु झन् नितान्त जरुरी छ ।
यसमा पनि स्त्री कुण्डलीमा सप्तम भाव एवं पुरुष कुण्डलीमा अष्टम भावको मुख्य भूमिका रहन्छ । यदि यी भावमा कुनै पापग्रह तथा कुनै पापग्रहको दृष्टि भएमा यौन रोग हुने प्रबल सम्भावना रहन्छ । प्रस्तुत छ, केही यौन रोगसम्बन्धी
ग्रहस्थितिको विवरण:
१) तुला तथा वृश्चिक लग्न कुण्डलीमा सप्तम भावमा शनि बसेमा यौन रोग हुन जान्छ ।
२) सप्तम भावमा मङ्गल, शनिबाट दृष्ट भएमा गुप्ताङ्गसम्बन्धी रोग हुन्छ ।
३) सप्तम भावमै शनि पनि मङ्गलबाट दृष्ट भएमा मानिस गुप्ताङ्गरोगी हुन्छ ।
४) यदि सप्तम भावमा बुध एवं शनि दुवै भएमा पनि नपुंसकता मिल्नेछ ।
५) सिंह एवं कन्या लग्नमा अष्टम भाव तथा अष्टमेशमाथि पापग्रह र शनिको दृष्टि भएमा गुप्ताङ्गरोग हुन्छ ।
६) चन्द्रमा निचो भएमा पनि मानसिक यौन रोगी बनाउँदछ ।
हस्तमैथुन
हस्तमैथुन एक अप्राकृतिक यौन प्रक्रिया हो । यसले शारीरिक र मानसिक विकार उत्पन्न गर्ने हुनाले यससम्बन्धी पनि ज्योतिषीय आधारमा विभिन्न प्रमाणहरू पाइएको छ ।
हस्तमैथुन गर्नेहरूको प्रायः सूर्य, चन्द्र र शुक्र कमजोर या पाप क्रान्त हुनुका साथै पञ्चम, सप्तम र नवम भाव पनि भ्रष्ट भएको पाइएको छ । सूर्य आत्मा, चन्द्रमा मन र कामवासनाबोधक, शुक्र पाप क्रान्त हुनासाथ हस्तमैथुनतिर लिप्त भएको देखिन आएको छ ।
साथै गोचर भ्रमणमा पनि पापग्रह पञ्चम, सप्तम र नवम भावमा परेको अवस्थामा हस्तमैथुनतर्फझुकेको पाइएको छ भने पञ्चम र सप्तम भावपापक्रान्त भइरहे पनि नवम भाव शुभ भएमा, त्यस शुभग्रहको अवधिमा हस्तैमथुन त्यागेको पनि पाइएको छ ।
प्रस्तुत छ, केही हस्तमैथुन सम्बन्धी ग्रहस्थितिको विवरण:-
१) ५/७/९ भाव पापाक्रान्त भएमा आत्महीन भएर हस्तमैथुनतर्फलिप्त भएको पाइएको छ ।
२) पुरुष कुण्डलीमा शुक्र अष्टम भावमा मङ्गल या शनिबाट दृष्ट भएमा जातकमा वीर्यसम्बन्धी रोग हुनुका साथै हस्तमैथुन गर्ने बानी हुन्छ ।
३) शुक्र एवं मङ्गल दुवै अष्टम भाव र शनिबाट दृष्ट भएमा वीर्यसम्बन्धी रोग र हस्तमैथुनको आदत रहन्छ ।
४) शुक्र, शनि, या शुक्र, राहु अष्टम भावमा मङ्गलबाट दृष्ट हुनाले वीर्य रोग या हस्तमैथुनको आदत बसेको हुन्छ ।
५) अष्टम, भावमा पापग्रह बसेको पापग्रहबाटै दृष्ट भएमा गुप्ताङ्ग रोग हुनुका साथै हस्तमैथुनको बानी बसेको हुन्छ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला