Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, June 16, 2013

आँखा तिरिमिरी पार्ने फोटो हेर्नुहोस आँखा कमजोरी छ भने नहेर्नुहोस्

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नमस्कार नमस्कार साथी हरु आज तपाँई हरुको आँखाको पावोर कतिको रहेछ भनेर केहि आँखा तिरिमिरी पार्ने खल्ल्का वाल्पेपर हरु लियर आयको छु अहिलेको कम्प्युटरको जमानमा कम्पुटरले बनायो  भने जे पनि हुदो रहेछ यो तलको वाल्पेपर हरु पनि च्म्पुतार्ले नै बनको हुन् विभिन्न फोटोलाई अमिनेसंको रुप्प्मा परिबर्तन गर्न सकिन्छ तेस्तै यी तलको फोटो हरु हेर्नुहोस तपाईंले आफ्नो डेसतमा wअल्पेपर्को रुपमा पनि राखन सकिन्छ केहि आँखा तिरिमिरी पर्ने फोटो हरु तल राखियका छन हेर्नुहोस 
ठूलो पार्न फोटोमा  क्लिक गर्नुहोस्
ठूलो पार्न फोटोमा क्लिक्क गर्नुहोला 
ठूलो पार्न फोटोमा  क्लिक गर्नुहोस्
ठूलो पार्न फोटोमा  क्लिक गर्नुहोस्
ठूलो पार्न फोटोमा  क्लिक गर्नुहोस्
ठूलो पार्न फोटोमा  क्लिक गर्नुहोस्
ठूलो पार्न फोटोमा  क्लिक गर्नुहोस्
ठूलो पार्न फोटोमा  क्लिक गर्नुहोस्
 
 
 
 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, June 15, 2013

कुटो प्रहर गरि भाइ बुहारीको हत्या

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रुकुम, असार १ - जिल्लाको नुवाकोट गाविसका एक जनाले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सेलाउन नपाउँदै सो गाविससँगै जोडिएको पेउघा गाविसमा पनि उस्तै प्रकृतिको घटना भएको छ ।
सामान्य विवाद भएपछि पेउघा– २ का ४५ वर्षीय तेजबहादुर खड्काले  आफ्नै सहोदर भाइबुहारी ३५ वर्षीया मनकुमारी खड्कालाई कुटो प्रहार हत्या गरी फरार भएका छन् ।
घरमाथिको भल छेक्नका लागि दुवै पक्षबीच शुक्रबार समान्य विवाद हुँदा तेजबहादुरले कुटोको पासोले टाउकामा हिर्काएपछि मनकुमारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ । भल छेक्ने नाली काटेर मनकुमारीको घरतिरै भल लगाइदिएपछि आफ्नो घरतिर कुलो नलगाइदिन आग्रह गरेकी मनकुमारीलाई तेजबहादुरले उल्टै कुटो प्रहार गरेको स्थानीवासीले बताएका छन् । घटना हुँदा मृतकका श्रीमान् गणेश घरमा नभएको बताइएको छ ।
फरार अभियुक्तको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमबहादुर कँवरले जानकारी दिए ।
गत सोमबार राति मात्रै पेउघाकै छिमेकी गाविस नुवाकोटका एक जनाले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गर्नुका साथै दुई छोरा र एक छोरीलाई समेत काटेर गम्भीर घाइते बनाई आफूले पनि आत्महत्या गरेका थिय 

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

पिसाब गर्न गाको ४ जना किसोरी फर्केनन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
बारा , असार १ - सदरमुकाम नजिक उत्तरझिटकैया गाउँ मा  एकै परिवारका ३ र अर्की १ किशोरी पिसाब फेर्न भनि घर बटा निक्लेको बिहीबार बेलुका  देखि सम्पर्कविहीन भएका छन् । शौच गर्न घरबाट समूहमा निस्केका २१ वर्षीया लक्ष्मी मिश्र, उनकी ४ वर्षीया छोरी खुश्बु कुमारी, १३ वर्षीया भान्जी प्रियंका र स्थानीय शिवदत राउत कुर्मीकी १५ वर्षीया छोरी कविताकुमारी रातिदेखि बेखबर रहेको प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले बताए । गाउँ नजिक खेतबारीमा शौचमा राति ९ बजेतिर निस्केका उनीहरू नफर्केपछि आफन्तले खोजतलास थालेका हुन् । खेत, उखुबारी, बाँसघारीलगायतमा बिहान ५ बजेसम्म खोजी गरे पनि कुनै पतो नलागेको स्थानीय धर्मेन्द्र साह तेलीले बताए । घटनालाई आफन्तले लुकाएका कारण आफूहरूले बिहानमात्र थाहा पाएको प्रनाउ अधिकारीले बताए । किशोरी हराएको बारे घरभन्दा सय मिटर दूरीको सशस्त्र प्रहरी बल सुरक्षा बेसले बिहान जानकारी पाएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

दोहा कतार राजदुताबास माया कुमारी सर्माले आफु माथि आरोप लगायको भन्दै यक नेपालीलाई देस फिर्ता गरेका छन्

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, असार १ कतार स्थित राजदुताबास मायाकुमारी सर्मामाथि आफु माथि नचाहिदो आरोप लगाकोमा यक नेपालीलाई देस फिर्ता गर्न लागेका छन्  घर फिर्ती (डिपोर्ट) गर्न कतार सरकारलाई पत्राचार समेत गरिसकेका छन । त्यहाँका गैरआवासीय नेपालीको दबाब र सरकारको निर्देशन पाएपछि निर्णय फिर्ता लिएकी छन् ।
कतारमा म्यानेजरका रूपमा कार्यरत चितवनका दीपक भनिने दीपेन्द्र भेटवाललाई राजदूत शर्माले व्यक्तिगत प्रतिशोधका आधारमा अनौठा-अनौठा आरोप लगाउँदै निकालाको पहल गरेकी हुन् । त्यसका लागि कतारको विदेश मन्त्रालय, कन्सुलर विभागलाई मे १ मा पत्र लेखेकी थिइन् ।
'कतारको २८१५२४१०४०० नम्बर परिचयपत्र वाहक नेपाली नागरिक भेटवाल नेपाल सरकाविरुद्ध दोहामा कथित नेता भइरहेका छन् । हालसालै उनले दोहास्थित नेपाली दूतावासविरुद्ध लेख लेखे जसमा महामहिम राजदूतको व्यक्तित्वको आलोचना गरिएको थियो,' नेपाली दूतावासले कतार सरकारलाई लेखेको पत्रमा भनिएको छ, 'त्यस लेखमा उनले तलब नपाएका मजदुरलाई सम्बन्धित कम्पनीमा हडताल गर्न उकासेका छन् । यदि उनीमाथि कुनै कारबाही गरिएन भने तिनीहरू (मजदुरहरू) ले आगो लगाएर आत्महत्या गर्न सक्छन् ।'
चलानी नम्बर एनई/दोहा/ कन्सुलर/०६९/७०/१६६९ को पत्रमा उनले भेटवाललाई सकेसम्म छिटो पक्राउ गरी देश निकालाको व्यवस्थाका लागि सम्बन्धित निकायलाई भनिदिन विभागलाई आग्रह गरेकी छन् । उनले फिर्ता पठाउने मिति थाहा दिन अनुरोध गर्दै त्यसो भए आफूले काठमाडौंमा नेपाल सरकारलाई उनलाई पक्राउ गरी आवश्यक कारबाही गर्न खबर गर्न पाउने जानकारी गराएकी छन् । सात वर्षदेखि कतारमा कार्यरत भेटवाल निर्माण सुरक्षासम्बन्धी सामग्री बिक्री गर्ने कम्पनीमा म्यानेजर छन् । त्यही कम्पनीले सञ्चालन गरेको एबल मार्ट हाइपर मार्केटको पनि उनी म्यानेजर हुन् । उनले नेपाली श्रमिकका समस्यामा दूतावास गम्भीर नभएको आरोप लगाउँदै लेखहरू प्रकाशन गरेका थिए ।
उनलाई कतारको आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको अनुसन्धान तथा अनुगमन विभागले बोलाएर नेपाल र्फकन कागजपत्र मागेको थियो । 'म शुक्रबार चीनबाट फर्केको थिएँ । आइतबार बिहान कतारको अनुसन्धान तथा अनुगमन विभागका अधिकारीले दूतावासबाट डिपोर्ट गर्न पत्राचार गरेको जानकारी दिँदै राहदानी र टिकट ल्याउन भने,' भेटवालले कान्तिपुरलाई भने, 'मेरो कम्पनीका जनसम्पर्क अधिकृत (मन्दुक) ले जिम्मेवारी लिएपछि सोमबार हाजिर हुने गरी छाडिदिए ।'
त्यो विषय बाहिर आउनासाथ दोहाका अगुवा नेपालीहरूले राजदूतलाई भेटी विरोध जनाएका थिए । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय सचिव टीवी कार्की, खाडी संयोजक नरेन्द्र भाट, संघका कतार अध्यक्ष अमृत गुरुङ लगायतले राजदूत शर्मालाई भेटी सामान्य कारणलाई भयानक बनाई नेपालीलाई फिर्ता नपठाउन ध्यानाकर्षण गराएका थिए । उनीहरूले पत्र फिर्ता लिन दबाब दिएका थिए ।
उनीहरूसँग राजदूतले भेटवालले आफूविरुद्ध लेख लेखेको र आफूलाई फिर्ता पठाउन परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा गएर भेट गरेको कारण 'डिपोर्ट' का लागि पत्राचार गरेको बताएकी थिइन् । 'म कतार आएदेखि लेख लेख्ने काम गर्नुभयो,' उनको भनाइ त्यहाँका एक सहभागीले सुनाए ।
घटनाको जानकारी मुख्य सचिव र माओवादी नेताहरूसम्म पुगेपछि उनीहरूले निर्णय तुरुन्त फिर्ता गराउने पहल गरेका थिए । यो कदम नागरिक हितविपरीत भएको भन्दै तत्काल फिर्ता लिन भन्न परराष्ट्र सचिव दुर्गा भट्टराईलाई मुख्य सचिवले निर्देशन दिएको स्रोतले जनायो । काठमाडौंको निर्देशनपछि राजदूतले सोमबार कतारको कन्सुलर विभागलाई फेरि पत्र लेखी पुरानो पत्र फिर्ता लिएको जानकारी दिएको थियो ।
किन डिपोर्ट गर्न खोज्नुभएको हो ? भनी कान्तिपुरले काठमाडौंबाट टेलिफोनमा सोध्दा राजदूत शर्माले आफूले 'डिपोर्टका लागि पत्राचार गरेको नभई भेटवालले प्रहरीमा गएर आत्मालोचना गरेको' बताइन् । दूतावासले डिपोर्ट गर्न लेखेको पत्र कान्तिपुरलाई प्राप्त भएको छ त भन्दा उनले भनिन्, 'अहिले जहाँबाट जानकारी पाउनुभयो, उहीं सोध्नुस्, अरू कुरा पछि गरौंला ।'
कतारमा सामाजिक अगुवाहरूले राजदूतले मन नपरेको व्यक्तिलाई आफूखुसी डिपोर्ट गर्न खोज्नु अख्तियारको चरम दुरुपयोग भएको बताएका छन् । एमाओवादी कोटामा राजदूत भएकी शर्माको कार्यशैली चित्तबुझ्दो नभएपछि यसअघि एमाओवादीकै कतारस्थित भ्रातृ संगठन नेपाली जनप्रगतिशील मञ्चले समेत फिर्ता बोलाउन निर्णय गर्दै केन्द्रीय कार्यालयलाई जानकारी दिएको थियो । राजदूतले बीबीसीको साझा सबालमा 'कतार खुला जेल' भनेपछि काठमाडौंस्थित कतारी दूतावासले आपत्ति जनाएको थियो । त्यसका आधारमा परराष्ट्र मन्त्रालयले उनलाई स्पष्टीकरणसमेत सोधेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

झापामा हाती आतंक अनुगमन गर्न आयका बिस्वो बैंकका टोलि माथि ढुंगा मुडा गरेका छन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काँकडभिट्टा, असार १ - झापा वाहुनडाँगीमा हातीले मच्चाय्को आतंक लाइ  अनुगमन गर्न आयका  विश्व वैंकको प्रतिनिधिसहितको टोलीलाई स्थानीयवासीले प्रतिकार गरेका छन
यी  टोलीलाई स्थानीयले शुक्रवार राति ढुंगामुडा गरेको प्रकृति संरक्षण समाजका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । भारतीय क्षेत्रवाट आउने हात्तीलाई मेची नदीवाट पुगेर प्रत्यक्ष अवलोकन गरी फर्किएको टोली स्थानीयको अवरोधमा परेको थियो ।
टोलीमा क्षेत्रीय वनका निर्देशक मोहन कोइराला, जिल्ला वनका प्रमुख विष्णु भण्डारीलगायत थिए ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार टोलीलाई स्थानीयको करिव दुई घण्टा बन्धक पनि वनाएका थिए । 'पिसाव फेर्न पनि दिइएन,' टोलीमा सहभागी वन प्रमुख भण्डारीले भने । स्थानीयको अवरोधवाट मुक्त गर्ने क्रममा करिव डेढ सयको संख्यामा प्रहरी र सशस्त्र खटाइएको थियो । सो क्रममा स्थानीय र प्रहरीवीच झडप पनि भएको थियो । झडपमा पाच प्रहरी घाइते छन् ।
स्थानीयले हात्ती मार्न पाउनु पर्ने भन्ने नारावाजी गरेको स्थानीय निरज घिमिरेले जनाए । प्रहरीका अनुसार अहिले पनि वाहुनडागी क्षेत्र तनावग्रस्त छ । स्थानीय हात्ती पीडितले सशस्त्र प्रहरीको कार्यालय र प्रहरी चौकी घेराउ गरेका छन् ।
यसैबीच हात्ती आतंकबारे अवलोकनका भ्रमणका लागि आएको विश्व बैंकको प्रतिनिधिसहितको टोलीलाई अवरोध गर्दा प्रहरीले ज्यादती गरेको भन्दै शनिबार स्थानीयले सशस्त्र प्रहरीको कार्यालय (एलआरपी) मा ढुंगामुडा गरे ।
स्थानीय सन्तोष सुवेदीका अनुसार स्थानीयले कार्यालयमा अन्धाधुन्धा ढुंगा प्रहार गरेपछि प्रहरी प्रतिकारमा उत्रिएको थियो । सो क्रममा सशस्त्रले लाठीचार्ज गर्दा ३० वढी स्थानीय घाइते भएका छन् । स्थिति नियन्त्रण गर्न सशस्त्रले करिव ५० राउण्ड अश्रुग्यास प्रहार गरेको छ । घटनास्थलमा अहिले २ सय बढी प्रहरी तैनाथ गरिएको सशस्त्रका डीएसपी विश्व खड्काले जानकारी दिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला