Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, June 7, 2013

त्रिसुलीमा ट्यांकर खस्दा दुइ जना बेपत्ता

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 ,धादिङ , जेष्ठ २४ आज बिहान  -पृथ्बी राजमार्ग बा  ट दुध लिएर काठमाण्डौतर्फ आउँदै गरेको ट्याङकर धादिङको जोगिमारा ज्यामिरे घाटमा  त्रिशूली नदीमा खस्दा दुई जना वेपत्ता भएका छन भने एक जनाको सकुशल उद्धार भएको छ
जोगिमारा प्रहरी चौकीका अनुसार राती १ वजे तिर जोगिमारा गाविसमा पर्ने पृथ्वीराजमार्गको ज्यामिरेघाट नजिकैवाट वा १ घ ५४४ नम्बरको ट्याङकर सडक देखि ५० मिटर तल त्रिशूली नदीमा खस्दा ट्याङकरका चालक रुपन्देही जिल्ला बुद्धनगर-७ का ३० बर्षीय छत्रवहादुर थापा र अर्का एक यात्रु हराइरहेका छन । ट्रकका सह चालक २३ बर्षीय प्रकाश पौडेलको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । सडकवाट ५० मिटर तल नदीमा खसेको  ट्याङकरलाई नदीले वगाएर १५ मिटर तल पुर्‍याईसकेको भएपनि नदीमा वढीरहेको वाढी र अविरल बर्षाका कारण थप समस्या आएको प्रहरीले जनाएको छ ।
सकुशल उद्धार गरिएका सह चालकको काठमाण्डौको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

पहिरोले यकै परिवारका ८ जनाको मृतु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

धादिङ , जेष्ठ २४ आज बिहान  -पृथ्बी राजमार्ग बा  ट दुध लिएर काठमाण्डौतर्फ आउँदै गरेको ट्याङकर धादिङको जोगिमारा ज्यामिरे घाटमा  त्रिशूली नदीमा खस्दा दुई जना वेपत्ता भएका छन भने एक जनाको सकुशल उद्धार भएको छ  ।जोगिमारा प्रहरी चौकीका अनुसार राती १ वजे तिर जोगिमारा गाविसमा पर्ने पृथ्वीराजमार्गको ज्यामिरेघाट नजिकैवाट वा १ घ ५४४ नम्बरको ट्याङकर सडक देखि ५० मिटर तल त्रिशूली नदीमा खस्दा ट्याङकरका चालक रुपन्देही जिल्ला बुद्धनगर-७ का ३० बर्षीय छत्रवहादुर थापा र अर्का एक यात्रु हराइरहेका छन । ट्रकका सह चालक २३ बर्षीय प्रकाश पौडेलको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । सडकवाट ५० मिटर तल नदीमा खसेको  ट्याङकरलाई नदीले वगाएर १५ मिटर तल पुर्‍याईसकेको भएपनि नदीमा वढीरहेको वाढी र अविरल बर्षाका कारण थप समस्या आएको प्रहरीले जनाएको छ ।सकुशल उद्धार गरिएका सह चालकको काठमाण्डौको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, June 6, 2013

बिना softwear अफ्नो कम्प्युटरबाट स्क्रीन फोटो क्याप्चर गर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नमस्कार अनलाइन मित्र हरुलाई म दिपालाल घिसिंग हाल अहिले म युनाइटेड अरब इमिरेट्स दुबैबाट bloging गरिरहेको छु सन्चै हुनहुन्छ  हजुर हरूलाई आज मैले यस्तो मजाको चिज भेटको छ कम्प्युटरमा फेरी के भेटायो भनेर चाहिँ नसोध्नु होला है फेरी किनकि पहिलो चोटी भाकोले मजा लग्यो होला मलाइ हेहेहे अब आफुले जानेको कुरा अरु साथी हरुलाई पनि सेर गरौन हैन त्यो हो बिना सफ्वेअर  हाम्रो कम्पुटरको स्क्रीन फोटो कसरि क्याप्चर गर्ने त यौटा कि को भरमा  सब भन्दा पहिला तपाई  यो कि खोज्नुस तपाई अफ्नो कि बोर्डमा PRTSE SYSRQ अब तपाई कुनै पनि आफ्नो यौटा फोटो open गर्नुस र त्यो कि ला यक चोटी थिच्नुस अनि तपाई फेरी फर्केर आउनुस र तल हेर्नुस यो महिले यस्तै तरिकाले मेरो फेसबुक  को टाइम लाइन फोटो क्याप्चर गरेको हो अब तपाई start बाट paint program खोनुस र CTRL र  V यकि चोटी थिच्नुस  तपाइको   फोटो त्याहा देख्नुहुनेछ अनि तपैले सेव पनि गर्नु सक्नु हुन्छ सेव गर्नको लागि बाँया साइटमा  home
मा जानुस अनि save as मा क्लिक्क गरेर सेव  गर्नुसक्नु हुन्छ  धन्नेबाद

                 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

फेसबुक मा फोटो जुम गरेर हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नमस्कार साथी हरु हार्दिक अभिबादन हुनुत म भन्दा जान्ने साथी हरु कती होलान  कति म जस्तै नजाने साथी हरु पनि होलान ति नजाने साथी हरुको लागि मैले सानो यौटा फेसबुक चलाउने साथीहरुलाई काम लाग्ने खालको सफ्टवेर लियर उपस्थित भयको छु यो यकदम मज्जाको छ मलाई चाहिँ मजा लाग्यो है अब तापैहरुलाई कस्तो लाग्छ त्यो हो फेस्बुकमा  सजिलो तरिकाले  कसरि फोटो जुम गरेर हेर्ने भन्ने बारेमा अब काम सुरु गरिहालौं सब भन्दा पहिला यो तलको लिंकमा क्लिक्क गर्नुहोस https://chrome.google.com/webstore/category/apps?hl=en
अनि खुलेको विन्डो को right साइडमा हेर्नुस ad मा क्लिक्क गर्नुस मुनिको चित्र हेर्नुहोस  रातो यरोले देखाको ठाउँमा क्लिक गर्नुस                               
अनि फेरी अर्को विन्डो खुल्छ यो मुनिको फोटो हेर्नुहोस 
यसमा पनि add गर्नुहोला add गरे पछी बायाँ site मा download 
भको देख्नु देख्नु हुन्छ download  भय पछी तपाई आफ्नो फेसबुक 
id खोल्नुहोस अनि च्याट बक्समा भयको कुनै साथीहरुको फोटोमा माउस लगिहेर्नुस तपाई आफै थाहा पाउनु हुन्छ कस्तो लाग्यो  त यो ट्रीक  तपाईं हरुलाई धन्नेबाद 


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

बलियुड नायिका जिया खानले किन गरिन आत्मा हत्या पुरा भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                     
                                                     भिडियो हेर्न माथिकोमा क्लिक् गर्नुहोस
                                           
    
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, June 5, 2013

बेलायतमा यक नेपाली महिलाको बलात्कार पछी हत्या भयको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
लन्डन, जेष्ठ २२ - बेलायतस्थित रेडिङ सहर नजिक आर्वरफिल्ड निवासी एक नेपाली महिलाको बलात्कारपछि हत्या भएको छ । 
पाँचथर थर्पु– ६ स्थायी घर भएकी ४० वर्षीया कृष्णमाया माबोको हत्या भएको हो । गत आइतबार साँझ ६ बजे घरबाट हिंड्डुल गर्न निस्किएकी माबो मध्यरातसम्म पनि नफर्किएपछि परिवारले स्थानीय प्रहरीलाई खवर गरेको थियो । 
प्रहरीले तालिमप्राप्त कुकुर र हेलिकप्टरको सहयोगमा त्यस रातभर खोजी गरे पनि केही पत्ता नलागेपछि भोलिपल्ट सोमबार पुनः खोजी गर्दा घरबाट करिब दुई माइल टाढा रोविन हुड कोप्स्को गहुँबारीमा दिउँसो एक बजेतिर शव भेटिएको उनका श्रीमान ठालुमान माबोले ईकान्तिपुरलाई बताए । 
ठालुमान ब्रिटिश आर्मीमा १६ वर्ष जागिर गरेर अवकासपछि हाल आर्मीकै एमपीजिएसमा कार्यरत छन् । उनका अनुसार, कृष्णमायाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ । शव हाल रोयल बक्र्ससायर हस्पिटल रेडिङमा राखिएको छ । 
थेम्स् भ्याली पुलिसले हत्या आरोपमा तीस वर्षीय एक पुरुषलाई पक्रिएर अनुसन्धान भइरहेको जनाएपनि विस्तृत केही बताएको छैन् । सन् २००० देखि बेलायत बस्दै आएकी कृष्णमायाका श्रीमान, एक छोरा र दुई छोरी छन् ।  
हत्याको खवरले बेलायतको नेपाली समाज स्तव्ध छ । पाँचथर सेवा समाज यूकेका कोषाध्यक्ष नगेन्द्र लिम्बुले हत्यापछि समस्त पाँचथरवासी मर्माहत भएको उल्लेख गर्दै उनको अन्त्येष्टिमा सघाउन सबै लागिरहेको जनाए । 

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

दैलेखमा बस दुर्घटनामा ४ को मृतु ४० भन्दा बढी घाईते

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
दैलेख, जेष्ठ २२ - राकमकर्णालीबाट सुर्खेततर्फ आउँदै गरेको बस दैलेखको नेपा गाविसमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा दैलेखको सिंगौडी गाविस ९ का तर्कबहादुर शाही, ४५ वर्षीय हर्कबहादुर विक, ५५ वर्षीय भोगे कामी र अछाम पुलेतोला गाविस ५ का ६ महिने बालक क्षितिज रावल रहेका छन् ।
जिल्ला प्रहरीका अनुसार कालिकोटबाट छुटेको ना ३ ख ४७३८ नम्बरको बस बुधबार बिहान सियाला खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी ४० जना घाइते भएका छन् । तीमध्ये आधा जतिको अवस्था गम्भीर छ ।
घाइतेलाई दुई वटा सार्वजनिक बसमार्फत नेपालगञ्ज लगिएको छ । बे्रक हान्दा चिप्लिएर दुघर्टना भएको प्रहरीको अनुमान छ । बस सडकबाट १ सय ५० मिटर तल खसेको थियो
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सिंहदरवारका शौचालय पनि अनुगमनको तयारीमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
सरसफाइ सप्ताहका अवसर पारेर भोलिबाट शौचालयको अनुगमन तथा निरीक्षण गर्न लागेको हो ।
सिंहदरबारभित्र कति शौचालयहरु छन् भन्ने जानकारी मन्त्रालयसँग छैन । शौचालयका तथ्याङ्कका लिनुका साथै त्यसका अवस्थाबारे मन्त्रालयले अनुगमन तथा निरीक्षण गर्न लागेको हो ।
हालै सिंहदरबारभित्र रहेका चमेनागृहका निरीक्षण तथा अनुगमन गर्दा अधिकांश चमेनागृह मापदण्डविपरीत भएको भेटिएको थियो । अर्थ मन्त्रालयको मात्र चमेनागृह मापदण्डभित्र परेको थियो ।
मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा मन्त्रालयका सचिव किशोर थापाले भने–“हामी सिंहदरबार भित्रका सबै शौचालयको एक हप्ताभित्र निरीक्षण तथा अनुगमन गर्ने कार्यक्रम बनाएका छौँ र आधारभूत सरसफाइ नपाइएमा सुधारका लागि सम्बन्धित निकायलाई सुझाव पनि दिन्छौँ ।”
निरीक्षण तथा अनुगमन कार्यका लागि मन्त्रालयले खानेपानी तथा ढल निकास विभागलाई तोकिदिएको छ । विभागका महानिर्र्देशक ईश्वरीप्रसाद पौडेलले पत्रकारसम्मेलनमा भने–“पहिलो चरणमा निरीक्षण तथा अनुगमन गर्छौं, मापदण्डविपरीत भएमा सुधारका लागि आग्रह गर्छौं, आग्रहलाई परिपालन नभएमा कारबाही प्रक्रियासमेत अगाडि बढाउँछौँ ।”
‘सबै जनता सबै दल, सरसफाइमा लगाऔँ अझै बल’ भन्ने नाराका यस वर्ष राष्ट्रिय सरसफाइ सप्ताह विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।
पत्रकारसम्मेलनमा दिइएको जानकारीअनुसार कार्यक्रमअन्तर्गत सरसफाइका महत्वबारे आम जनतालाई जानकारी दिने तथा सरसफाइ गर्ने रहेका छन् ।
हाल ६२ प्रतिशत जनताले मात्र सरसफाइ सेवा, ८५ प्रतिशतले खानेपानी सेवा पाएका छन् । हालसम्म सातवटा जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भएका छन् । करिब ८४० गाउँ विकास समिति पनि खुला दिसामुक्त भइसकेका छन् ।
अर्काेतर्फ सरकारले सन् २०१७ भित्र सबैका लागि खानेपानी तथा सरसफाइ सेवा पु¥याउने लक्ष्य पनि लिएको छ । लक्ष्य हासिल गर्नका लागि हालसम्म २७ लाख शौचालय निर्माण गरिसकेको मन्त्रालयले जनाएको छ । 

-
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

नक्कली कागजपत्रमा जापान पठाउने ८ इन्स्टिच्युटमा प्रहरी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ , जेष्ठ २२ - नक्कली कागजपत्र बनाएर बिद्यार्थी भिसामा विदेश पठाउने ८ इन्स्टिच्युटमा प्रहरीले छापा मारेर त्यसका सञ्चालकलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले बागजबजार पुतलीसडक, कंलकी र भक्तपुरमा रहेका कन्सल्टेन्सी र जापनिज भाषा पढाउने इन्स्टिच्युटमा छापमा मारेको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, June 4, 2013

कारागार बाट कैदीको नाईके फरार

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
jail
नेपालगन्ज, जेष्ठ २१ - बाँके जिल्ला कारागारबानाउ फरार भएका छन् ।
कर्तव्यज्यान मुद्दामा १० वर्षदेखि सजाय भोगिरहेका नाउको पछिल्लो आचरण राम्रो देखिएपछि कारागार प्रशासनले उनलाई कैदीको नाइके बनाएको थियो ।
नाइके बनाएपछि उनले पाउने सुविधाअनुसार, कारागार क्षेत्रको बाहिर र भित्र सहज हिँडडुल गर्न पाउने सुविधाको दुरुपयोग गरी उनी फरार भएको जनाइएको छ । कारागार प्रशासनले पनि उनको निगरानीलाई सामान्यरुपमा लिँदा उनी फरार हुने अवस्था सहज बनेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतले फरार कैदी नाइकेको           खोजीका लागि सबै सीमा नाकामा प्रहरी सक्रियता बढाइएको बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सर्पले बच्चा निलेको हेर्नुस कस्तो अचम्म

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आबुइ कस्तरी किस खाको बुबुमा हेर्नुस भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, June 3, 2013

खोज खबर 02 june 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, June 2, 2013

कसले गर्यो त राजा बिरेन्द्रको हत्या हेर्नुस पुरा भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                       
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आज राजा बिरेन्द्रको बंस नास भयको आज १२ वर्ष पुरा भयो आजै भयो पर्दा फास कसले हत्या गरेको रहेछ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
हत्याकाण्ड गराएको हो भन्ने मेरो निष्कर्ष रहेको छ ।'
हत्याकाण्डपछि यसको छानबिन गर्न गठित उच्चस्तरीय आयोगले त्यो रात घटनास्थलमा के भएको थियो भनेर मात्र छानबिन गरेको, तर घटना किन भयो, त्यसमा कसले सहयोग गरेको थियो जस्ता पक्षको खोजी हुन नसकेको शाहको भनाइ छ । त्यसको छानबिन गर्न आवश्यक परे विदेशी विशेषज्ञको पनि सहयोग लिनुपर्छ भनेर जोड दिए पनि राजा ज्ञानेन्द्रले ध्यान नदिएको उनले उल्लेख गरेका छन् । हत्याकाण्डमा मारिएकाहरूको पोस्टमार्टम पनि गरिएको थिएन ।
मुमा बडामहारानी रत्नको 'हुकुम' अनुसार त्यसो गरिएको शाहले खुलासा गरेका छन् । 'महाराजाधिराजको शरीरचाहिँ नचिर्ने हो कि ? हुकुम भयो । अनि प्रधानमन्त्री कोइराला पनि यस कुरामा सहमत हुनुभयो,' पुस्तकमा उल्लेख छ 

                                               माओवादीसँग रुष्ट भारत

राजसंस्थालाई विस्थापित गर्न भारतले माओवादीलाई प्रयोग गरे पनि संविधानसभा निर्वाचनबाट ठूलो शक्ति बनेपछि उसलाई 'साइज' मा राख्न 'मधेस कार्ड' प्रयोग गर्न थालेको शाहको बुझाइ छ । यस सन्दर्भमा उनले २०६३ चैत ७ गते भारतीय राजदूतावासमा कार्यरत द्वितीय सचिव दार्जिलिङ निवासी धीरज मुखियाको घरमा केही साथीहरूसँग डिनरमा जाँदा थाहा पाएको तथ्य सार्वजनिक गरेका छन् ।
त्यसै दिन गौरमा माओवादीका २७ भन्दा बढी कार्यकर्ता मारिएका थिए । 'हामी डिनरमा पुग्दा भारतीय दूतावासका तीन-चारजना कर्मचारी आइसकेका रहेछन् । तीमध्ये एक जनाको हातमा दुइटा मोबाइल थिए । उनी गौर घटनाको विवरण र अन्य जानकारी एउटा मोबाइलबाट 'अपडेट' गरी उक्त खबर अर्को मोबाइलबाट रिपोर्ट गरिरहेका थिए । साथै स्थानीय इन्र्फमरलाई केही निर्देशनसमेत दिँदै थिए । उनलाई गौरबाटै माओवादी कार्यकर्ताको हत्याबारे सम्पूर्ण ताजा विवरण आइरहेको थियो । त्यसबाट मलाई दूतावासका ती कर्मचारी भारतीय गुप्तचर संस्था रअका हुन् भन्ने स्पष्ट भयो,' शाहले लेखेका छन् ।
संयोगवश उक्त घटनाको भोलिपल्ट भेटिएका माओवादी नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईले शाहसँग भनेका रहेछन्, 'भारतलाई हामीले प्रयोग गरिरहेका छौं भन्ने हाम्रो बुझाइ थियो तर भारतले हामीलाई पो उल्टै खेलाइरहेको रहेछ, अहिले आएर हामी स्तब्ध भएका छौं ।'

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भारतले नेपाल प्रहरीलाई अत्याधुनिक एकेडेमी बनाइदिने

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, जेष्ठ १९ - भारतले नेपाल प्रहरीलाई अत्याधुनिक एकेडेमी बनाइदिने प्रतिबद्धता कर्मचारीको करकट्टामा सानो सहमति नहुँदा लामो समयदेखि त्यत्तिकै थन्केको रहेछ । भारतको भनाइ थियो, एकेडेमीका लागि भनेर खटिएर आउने भारतीय कर्मचारीको पारिश्रमिकमा करकट्टी गर्न पाइँदैन । नेपालले भने त्यसरी निर्माण कर्मचारीलाई समेत कूटनीतिक हैसियतमा करमुक्ति दिन नसकिने भन्दै आएको हो ।
राजधानीमा शनिबार सुरु नेपाल-भारत गृह सचिवस्तरीय वार्तामा भारतले यो माग छाड्ने सहमति जनाएपछि एकेडेमी निर्माणको एजेन्डा फत्ते भएको छ । 'हामीलाई यत्ति कुराले पनि झिँजो भइरहेको थियो, कामै रोकिएर,' बैठकमा संलग्न एक अधिकारीले भने, 'तर भारतीय गृह-सचिवले एकै भनाइमा हाम्रो कुरा माने ।'
भारतीय गृह-सचिव आरके सिंको नेतृत्वमा आएको १८ सदस्यीय वार्ता टोली र त्यत्तिकै संख्याको नेपाली टोलीबीच शनिबारै मात्र वार्ता गर्ने कार्यक्रम तय भएको हो । निर्धारित भ्रमणका बाँकी दुई दिन भारतीय प्रमण्डल पोखरा रिटि्रटमा जाँदै छ । शनिबार साँझै वार्ता सकिए पनि मस्यौदा गर्ने कामले गति नलिएपछि राति अबेर मात्र टुंगिने छाँट देखिएको थियो ।
वार्ताको उपलब्धि नै भन्न मिल्ने गरी दुइटा सहमति भए । नेपालको आग्रहमा भारत पश्चिम नेपालको शारदा ब्यारेजको पुल दैनिक सात घन्टा खुला राख्न सहमत भएको छ । यसैगरी दुई देशबीच सीमास्तम्भ नियमित पार्न तीन वर्षअघि भंग भएको प्राविधिक टोली फेरि बनाउन प्रयास गरिने भएको छ ।
नेपालका तर्फबाट वार्ता टोलीको नेतृत्व गृह सचिव नवीन घिमिरेले गरेका छन् । वार्तामा नियमित एजेन्डामै बढी छलफल भए । नेपाली पक्षले मेडिकल ड्रगको तस्करी रोक्न भारतको सहयोग माग्यो भने भारतले नक्कली नोट र गाँजा रोक्न भन्यो ।
नेपाली पक्षले सीमा क्षेत्रमा नेपाली कामदारहरूले भारतीय सुरक्षाकर्मीहरूबाट पाउने सास्ती हटाउन पर्याप्त पहल नभएको गुनासो गरेको थियो ।
यसैगरी आतंकवादीहरूले नेपाली भूमिलाई प्रयोग गर्न सक्ने कुरा उठाउँदा नेपाली पक्षले त्यो रोक्न क्षमतावृद्धिमा सहयोग गर्नुपर्ने कुरा उठाएको थियो । सीमाक्षेत्रमा बढ्दो मदरसाहरूको संख्याका सम्बन्धमा पनि भारतीय पक्षले चासो राख्यो । नेपालीमा भूराजनीतिक प्रभावको विषयमा भारतीय पक्षले चासो राख्ने अनुमान गरिएकामा त्यस्तो 'तर चीनको च पनि उठेन,' एक अधिकारीले भने ।
सोल्टी होटलमा भएको वार्ता दौरान नै भारतीय गृह सचिव सिंले सिंहदरबार गई गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेलाई भेटेका थिए
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

गोलि हानी फरार

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
, जेष्ठ १९ - मोटरसाईकलमा आएको अज्ञात समूहले आज विहान भैरहवाको पिपरैयामा एक स्थानीयवासीलाई गोली हानेर फरार भएको छ ।
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका ११ निवासी जमसेर पठान नामका स्थानीयलाई चिया पसलमा बसिरहेको अवस्थामा गोली प्रहार गरिएको हो । बाँया कुममा गोली लागेर घाईते भएका पठानको हाल भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार जारी छ ।
रुपन्देहीका डीएसपी पोषराज पोखरेलले दुईवटा मोटरसाईकलमा आएका तीनजनाको समूहले पठानमाथि गोली प्रहार गरी फरार भएको जानकारी दिादै घटनाको अनुसन्धान र खोजी कार्य जारी रहेको बताए ।
घटनास्थल पठानको घरदेखि करिव १ किमी पूर्व र नेपाल-भारत सिमानादेखि करिव दुई सय मिटरको दुरीमा छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

दोलखामा प्रही भ्यान भित्रै वाईसेलले कांग्रेस नेता कुट्दा पनि पराही हेर्या हेरै

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

मनोज श्रेष्ठले रामेछापको बेतालीबाट किनेर
ल्याएको कवाडी स्काभेटर बिहान सदरमुकाम चरिकोट 
ल्याइपुर्याएका थिए।
चरिकोटमा वाइसिएलका जिल्ला संयोजक
नवीन जिरेलको नेतृत्वको समूहले बसपार्क
क्षेत्रमा स्काभेटर हालेर ल्याएको ट्रक रोकी ३ लाख रुपैयाँ चन्दा मागेपछि श्रेष्ठले प्रतिवाद
गरेका थिए। 'मेरो सामान नै ३ लाखको होला म
दिन सक्दिनँ भन्दै उनले कांग्रेसको तरुण
परिचालन विभागका प्रमुख सानु शेर्पालाई
बोलाएर कुरा मिलाइदिन आग्रह गरेका थिए। त्यही बेला माओवादी जिल्ला नेता विशाल
खड्का सहितको टोली बसपार्क
क्षेत्रमा आइपुग्यो। शेर्पा र मनोजको ट्राफिक
प्रहरीसँग पनि सामान्य विवाद
भएपछि ट्राफिक प्रहरीले तत्कालै भेन बोलायो।
मनोज श्रेष्ठ र सानु शेर्पालाई प्रहरीले भ्यानभित्र हालेपछि विशाल खड्काले
'यिनीहरुलाई ठोक' भन्दै कार्यकर्तालाई
आक्रमणको निर्देशन दिएका थिए।
त्यसपछि वाइसिएल कार्यकर्ताले
प्रहरी भेनभित्र रहेका शेर्पा र श्रेष्ठलाई फलामे
रडले हान्न थालेको थियो। भेनभित्रै कुटपिट भए पनि प्रहरीले दुवै पक्षलाई अलग पार्ने प्रयास
गरेन। प्रहरी भेनबाट बाहिर निस्केर भागे।
पछि कांग्रेस कार्यकर्ताको समूह आएर
वाइसिएललाई लखेटेको थियो।
कांग्रेसका जिल्ला सभापति तारा कोइराला सहितका नेताहरु
घटनास्थल आएर दोषीलाई पक्राउ गरी कारवाही नभएसम्म आन्दोलन जारी रहने
बताएका छन्। अहिले प्रहरीले
एमाओवादीको जिल्ला कार्यालयमा प्रहरीले
पहरा दिइरहेको छ। डिएसपी ओम
अधिकारी त्यहाँ आफैँ खटिएका छन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, June 1, 2013

जिउदो मान्छेलाई आगो लगायो यस्तो पनि हुदो रहेछ कुनै देसमा किन स्तो सजाय दियको होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

प्रहरी र लिम्बुवान बिच घमासान झडप

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
विराटनगर, जेष्ठ १८ - मोरङको टाँडी गाविसमा शनिबार अपराह्न प्रहरी र लिम्बुवान कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी एकजना केन्द्रीय सदस्यलगायत कार्यकर्ता घाइते भएको मञ्चसम्बद्ध लिम्बुवान राज्य परिषदले जनाएको छ । झडपका कारण सो क्षेत्रमा तनाव उत्पन्न भएको छ ।
टाँडी गाविसमा सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन तथा नागरिकता वितरण कार्यक्रममा मञ्चसम्द्ध लिम्वुवान राज्य परिषद् र नेकपा माओवादीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको हो । उनीहरुले कार्यक्रमको विरोध गर्दै शुक्रबारैदेखि कालोझन्डासहित प्रदर्शन गरिरहेका थिए । विरोधका कारण शुक्रबार नामावली संकलन र नागरिकता वितरण हुन सकेको थिएन । विरोधका बीच शनिबार कार्यक्रम सञ्चालन भइरहे पनि अपराह्नबाट अवरुद्ध भएको छ ।
परिषदका अध्यक्ष कुमार लिङदेनका अनुसार झडपमा वैकल्पिक केन्द्रीय सदस्य निश्चलता लावतीको हात भाँचिएको छ । मोरङका प्रंहरी नायब उपरीक्षक दीपक पोखरेलले अवरोध भएपछि थप प्रहरी टोली त्यसतर्फ पठाएको बताए । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

हुम्ल्ला जिल्लामा आज सिता यर बिमान दुर्घटना

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
  १८ जेठ- हुम्लामा आज बिहान सवा ७ बजे सीता एयरको विमान दुर्घटनामा परेको छ । 9 एनएचवीको विमान हुम्लाको सिमकोट विमानस्थलमा दुर्घटनामा परेको हो । आकाशमा बादल लागेर मौसम अनुकूल नहुँदा नहुदै पनि उडेपछि समस्या आएको थियो । विमान जबर्जस्ती ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको सिमकोट विमानस्थलले जनाएको छ ।ठूलो आवाजसहित विमान दुर्घटनामा परेको र  विमान क्षतिग्रस्त भएको स्थानियबासिन्दाले जनाएका छन् । विमानका क्याप्टेन किरण भट्टराई, को–पाइलट दीपक शाह, विमानमा सवार धनगडीका खगेन्द्र भण्डारी, बाँकेका अस्कर शेखलगायत पाँचजनाको  अवस्था भने सामान्य रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आज बिहान कलैयामा बस पल्टिदा ३६ जना घाइते

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
बारा, जेष्ठ १८ - मटिअर्वा मानमथ सडक खण्ड अन्र्तगत उत्तरझिटकैया ४ स्थित सडकमा शनिबार बिहान १० बजे यात्रुवाहक बस पल्टिदा दुर्घटनामा परी दुई प्रहरी सहित ३६ जना भन्दा बढी यात्रुहरु घाइते भएका छन् ।
जैतापुरबाट यात्रु बोकेर कलैया तर्फ जाँदै गरेको ना ३ ख ५७४६ नम्बरको यात्रबवाहक बस सडकबाट खेतमा पल्टिँदा उक्त दुघर्टना भएको हो ।
दुर्घटनामा बीरगंज १४ मुर्ली निवासी जलिल भनिने ईस्लाम मंसुर, खुटवा प्रसौनी २ निवासी तेतरी देवी यादव, हरैया १ रामनगर निवासी लालबाबु सहनी, बघवन ९ लक्ष्मिनिया निवासी असनी देवी, पसौ बैरिया ४ निवासी उर्मिला देवी, रौतहट दोस्तीया ४ निवासी नसिमा खातुन, फेटा ६ निवासी सारदा साहका ९ वर्षीया छोरा सन्तोष कुमार, जैतापुर १ रामएकवाल चौधरी, मनहर्वा ९ निवासी प्रमोद चौधरी, मनहर्वा ४ निवासी श्यामबाबु यादव, जैतापुर ९ निवासी प्रेम चौधरी, भारत बिहार पश्चिमी चम्पारण बेतिया पकडीहार निवासी आशिक मस्तान, जैता पुर प्रहरी चौकीका प्रहरी जवान शिवकुमार कुर्मी, प्रकाश भुजेल सहित ३६ जना भन्दा बढी यात्रुहरु घाइते भएका हुन् ।
घाइतेहरुलाई स्थानियवासिन्दा, सशस्त्र प्रहरी बल सुरक्षा बेस उत्तरझिटकैयाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बुद्धीबहादुर बस्नेत, प्रहरी चौकी जैतापुरका प्रहरी हवल्दार भक्तबहादुर यौनजनको लगायतको टोलीले उद्धार गरेको हो ।
घाइते सबैको जिल्ला अस्पताल कलैयामा उपचार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला